Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

प्रवचनका यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ३७ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglocal.net




जागृतिले तिरस्कारलाई हटाउँछ

REVIVAL CURES REJECTION
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

९ अगस्त, २०१७, बुधबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Wednesday Evening, August 9, 2017

‘प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ। अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन’ (१ यूहन्ना ४:१८)।


एक प्रसिद्ध मनोवैज्ञानिकले लेखेका एउटा पुस्तकमा डर २८८ प्रकारका हुन्छन् भनिएको छ, ती २८८ प्रकारका डर मानिसहरूले आफ्नो जीवनमा अनुभव गर्दछन्! छ वटा सामान्य डर हुन्- तिरस्कारको डर, मृत्युको डर, बूढेसकालको डर, गरिबीको डर, रोग-बिमारको डर, निन्दाको डर। ती मनोवैज्ञानिकले त्यसपछि भनेका छन्, ‘डरहरूमध्ये सबैभन्दा ठूलो तिरस्कारको डर हो। तिरस्कारको डर मृत्युको डरभन्दा खतरा हुन्छ। मानिसहरू तिरस्कृत हुनुभन्दा बरु मर्न तयार हुन्छन्!’

डा. क्रिस्टिफर केगनले मलाई अरू कसैले भन्दा धेरै राम्ररी जान्दछन्। तिनले भने, ‘डा, हिमर्स एउटा सामान्य परिवारमा हुर्कनुभएको होइन। यति त्यस्तो परिवारमा हुर्कनुभएको भए उहाँ धेरै घुमफिर र हेलमेल गर्ने व्यक्ति बन्नुहुन्थ्यो। तर उहाँको मार्मिक अनुभव र तिरस्कारले उहाँलाई अन्तर्मुखी व्यक्ति बनायो- एक जना यस्तो व्यक्ति, जसले भित्रतिरबाट हेर्दछन्। तपाईं उहाँलाई अन्तर्मुखी व्यक्ति सोच्न सक्नुहुन्छ, किनकि उहाँले राम्रो प्रचार गर्नुहुन्छ। तर भित्रिय रूपमा उहाँ एक संवेदनशील व्यक्ति हुनुहुन्छ, जसले आफ्नै कमजोरीको बारेमा जान्नुहुन्छ।’ डा. केगनले भन्नुभएको कुरा ठीकै हो। म आनन्दित मानिसहरूको भीडमा रहन सक्छु, तिनीहरूका संगतमा रमाउँछु, जब अचानक मेरो मनको अवस्था बद्लिन्छ र म अप्रसन्नता, एकलोपनको पीडा, तिरस्कार र निराशाको अनुभव गर्दछु। जब म एकलो हुन्छु र जब म परमेश्वरको उपस्थितिको अनुभव गर्दछु, तब मात्र मलाई आफू तिरस्कृत भएको महसुस हुँदैन।

चर्चमा पनि त्यत्ति बेला म ढुक्क महसुस गर्दछु, जब त्यहाँ जागृति हुन्छ- त्यो बेला परमेश्वरले तिरस्कार र एकलोपनको मेरा भावनाहरू सबै हटाइदिनुहुन्छ।

त्यसैकारण जवान केटाकेटीहरू जब चर्च आउँछन् त्यसबेला तिनीहरूले कस्तो महसुस गर्छन् भन्ने कुरा म जान्दछु। हामी उनीहरूलाई स्वीकार र प्रेम गर्छौं। तर उनीहरू केही पटक आएपछि अब उनीहरू चर्च ‘भित्र’ का हुन् भन्ने हामी सोच्छौं। उनीहरू अब ठीकठाक छन् भन्ने सोच्छौं। तर चाँडै उनीहरूले पहिले अनुभव गरेझैं आफू पन्छाइएको र तिरस्कार गरिएको अनुभव गर्छन्। जस-जसले आफूलाई स्वीकार गरिएको महसुस गर्छन् उनीहरू मात्र चर्चमा रहन्छन्। उनीहरू मजस्तै चर्चमा आइरहन्छन्। मैले आफूलाई तिरस्कृत महसुस गरे पनि म चर्चमा आउन छोडिनँ, किनकि मेरो निम्ति जाने अर्को ठाउँ थिएन। म एकलो थिएँ, तर चर्चमा धेरै जना मानिस थिए। यसैले मेरो मनमा पीडा र तिरस्कारका भावनाहरू भए पनि मैले आफूलाई स्वीकार गरिएको छ जस्तो ठानें। आइतबारका साँझहरूमा जब म घर जान्थें, त्यस बेला तिरस्कारको भावना झन् बढेर जान्थ्यो। गाडी हाँकेर घरतिर लाग्दा मेरो मनमा त्यो बेलाको लोकप्रिय गीत ‘फेरि एकलै, सधैंझैं’ सम्झना आउँथ्यो।

एउटा जवान मानिसले चर्चमा स्वीकृति र प्रेम खोजिरहेको थियो, तर उसले रूखोपन र निराश मात्र पाउँथ्यो। चर्चले जुन कुराको प्रतिज्ञा गरेको छ त्यो कुरा गर्न नसकेको कारण नै धेरै जवान मानिसहरू चर्च छोडेर जान्छन्। हामी यस्तो भजन गाउँछौं,

घर आओ चर्चमा र खाओ,
भेला होओ मिठो संगतिका निम्ति
त्यो एक सुन्दर मिठो हुनेछ
जब हामी खान बस्छौं।

उनीहरू हामीले यो भजन गाएका सुन्छन् अनि त्यसलाई ठट्टाजस्तो ठान्छन्। तिनीहरूमा चर्चको बारेमा ठट्टा गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूका अनुहारमा खिसी गरेकोजस्तो हाँसो हुन्छ, किनकि हामीले ‘मिठो संगति’ भन्दै झुटो बोल्छौं भनी तिनीहरू जान्दछन्। ‘जब हामी खान बस्छौं, त्यो मिठो संगति’ भएको तिनीहरू महसुस गर्दैनन्। तिनीहरू मनमनै विचार गर्छन्, ‘यी मानिसहरू मिठो संगति’ को कुरा गर्छन्, तर त्यसको अनुभव भने गर्दैनन्। यहाँसम्म कि, डा. हिमर्सले समेत त्यो अनुभव गर्दैनन्।’ यसैले तिनीहरू त्यहाँबाट निस्केर संसारतिर जान्छन्। तिनीहरू फर्केर संसारमा जान्छन्, किनकि तिनीहरू संसार चर्चभन्दा नराम्रो पाउँदैनन्। कम्तीमा पनि संसारले ‘मिठो संगति’ भन्दै झुटो त बोल्दैन। कम्ती पनि संसारमा त्यस्तो मित्र पाइन्छ, जसले तपाईंलाई स्वीकार गर्छ। यस्तो कुरा पाउनुहुन्छ, जुन तपाईंले चर्चमा कहिल्यै पनि पाउनुभएन। चर्चमा त तपाईंले पाखण्डीपन, रूखोपन र तिरस्कार मात्र पाउनुभयो।

चर्चमा हामीलाई कुन कुराले ख्रीष्टियन प्रेम गर्नदेखि रोक्दछ? डरले नै हामीबाट साँचो ख्रीष्टियन प्रेम खोसेर लैजाँदछ। अरू मानिसले मलाई के सोच्लान्? तिनीहरूले मेरो विषयमा के भन्लान्? तिनीहरूले मलाई साँच्चै चिने भने के होला? म के सोच्छु र कस्तो महसुस गर्छु भनी थाहा पाए भने के गर्लान्? तिनीहरू मलाई तिरस्कार गर्नेछन्- हो तिनीहरूले त्यसै गर्नेछन्! अनि तिरस्कारको डर सबैभन्दा ठूलो डर हो- मृत्युको डरभन्दा पनि ठूलो हो। रोग-बिमारको डरभन्दा पनि ठूलो हो। सारा संसारमा हुने अरू कुनै पनि डरभन्दा ठूलो हो!

कवि रबर्ट फ्रोस्टले यो कुरा ठीकसँगले व्यक्त गरेका छन्। तिनको कविताको नाउँ हो,‘प्रकाश।’

हामी बनाउँछौं आफै ठाउँ अलग
खिसी र उपहासको हलुका बोलीवचनपछि
तर अहो, आक्रोशित हृदय
नभेटाऊञ्जेल कसैले हामीलाई।

त्यस्तो घटना हुनैपर्ने, दुःखको हो कुरा
(वा हामी भनौं) अन्त्यमा त्यो
बोल्छौं दिन प्रेरणा साँच्चै
एक मित्रको त्यो समझ।

तर खेल्ने शिशुदेखि सबै यस्तै हो
परमेश्वरदेखि टाढा लुकाचोरी
यसरी लुक्ने जति सबै हुन्छन् टाढा
तिनीहरू छन् कहाँ सो बताउनुपर्छ।
(‘रेभलेसन्,’ रबर्ट फ्रस्ट, १८७४-१९६३)

यसले हामीलाई आजको हाम्रो बाइबल पदमा ल्याउँछ।

‘प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ। अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन’ (१ यूहन्ना ४:१८)।

तिरस्कारको डरमाथि म कसरी विजय पाउन सक्छु? सिद्ध प्रेमद्वारा! तर त्यस्तो ‘सिद्ध’ प्रेम हामी कसरी प्राप्त गर्न सक्छौं? ‘म तिमीलाई प्रेम गर्छु! म तिमीलाई प्रेम गर्छु!’ भनेर होइन। १ यूहन्ना ३:१८ हेर्नुहोस्,‘साना बालकहरू, वचन र बोलीले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।’ हामी कसरी त्यसो गर्न सक्छौं? यसो गर्नु सजिलो छैनँ। हामी त्यसो गर्न डराउँछौं। हामी तिरस्कृत हुन सक्छौं! तर यदि हामी वास्तविक र साँचो जागृति चाहन्छौं भने हामीले त्यसो गर्नै पर्छ। हामीले त्यसो गर्न आफैलाई करमा पार्नुपर्छ। ‘हामी मित्रको समझलाई प्रेरित गर्न वास्तविक कुरा बोल्छौं।’ ‘यसैले लुक्नेहरू पनि बोल्नुपर्छ र तिनीहरू को हुन् सो हामीलाई बताउनुपर्छ।’ यदि हामी साँच्चै जागृति चाहन्छौं भने हामीसँग यस्तो प्रकाश हुनुपर्छ। कृपया, १ यूहन्ना १:९ र १० पद पढ्नुहोस्। कृपया, मैले यो पढ्दा खडा हुनुहोस्।

‘यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन’ (१ यूहन्ना १:९,१०)।

तपाईंहरू बस्न सक्नुहुन्छ। हामीले पाप स्वीकार गर्नु जागृति ल्याउने मुख्य कुरा हो। यदि परमेश्वरको विरुद्धमा पाप गरेका छौं भने हामीले रुँदै उहाँको सामुन्ने त्यो पाप स्वीकार गर्नुपर्छ। मुखले मात्र स्वीकार नगरी, रुँदै स्वीकार गर्नुपर्छ, जसरी चीन देशका विश्वासीहरूले गर्छन्, तिनीहरू सबै साँचो जागृतिहरूमा त्यसो गर्ने गर्छन्। ब्रियन एडवर्डले ठीकै भनेका छन्, ‘आफ्नो दोष महसुस गर्दै आँसु बगाउनुजस्तो जागृति अर्को हुँदैन’ (रिभाइभल, पृष्ठ ११५)। तिनले अझै भनेका छन्,‘पापले गहिरो असजिलो र पापको दोषी नठहराऊञ्जेल कुनै जागृति हुँदैन’ (पृष्ठ ११६)। ‘आफ्नो पाप थाहा पाएर त्यसलाई घृणा गरेपछि नै मानिसहरू गहिरो रूपले आफूलाई पापको दोषी सम्झन्छन्’(पृष्ठ १२२)। पापको निम्ति दोषी महसुस गर्नु नै जागृतिको मुख्य कुरा हो। यदि हामीले परमेश्वरको विरुद्ध पाप गरेका छौं भने हामी रुँदै त्यो पाप परमेश्वरको सामुन्ने स्वीकार गर्न सक्छौं, अनि उहाँले हामीलाई ‘सबै अधार्मिकताबाट शुद्ध पार्नुहुन्छ।’ कृपया खडा भएर गाउनुहोस्, ‘हे परमेश्वर, मलाई जाँच्नुहोस्।’

‘हे परमेश्वर, मलाई जाँच्नुहोस्,
मेरो हृदयलाई जान्नुहोस्।
र मलाई जाँच्नुहोस्,
मेरा चिन्ताहरू जान्नुहोस्।
हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि,
र मलाई अनन्तको मार्गमा डोऱ्याउनुहोस्।’
(भजन १३९:२३,२४)

तपाईंहरू बस्न सक्नुहुन्छ। हामीले पूर्ण जागृति कहिल्यै पनि प्राप्त गरेका छैनौं, किनकि हामीले सधैं ‘आफैलाई जिस्किने र अनादर गर्ने’ (गिल्ला गर्ने, उपहास गर्ने, हाँसो उडाउने, ठट्टा गर्ने) व्यक्ति बनाएका छौं।’

तर दोस्रो कुरा, हामी अझ गहिराइमा जानुपर्छ। याकूब ५:१६ खोलेर हेर्नुहोस्। कृपया, मैले यो पढदा खडा हुनुहोस्।

‘तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर’ (याकूब ५:१६)।

तपाईंहरू बस्न सक्नुहुन्छ। मेथ्यू हेनरीले भनेका छन्,

यहाँ जुन पाप स्वीकारको कुरा छ, त्यो ख्रीष्टियनहरूले एक-अर्कासँग गर्नुपर्ने कुरा हो। पाप स्वीकार हाम्रो मिलापका निम्ति आवश्यक हुन्छ, त्यो विभिन्न प्रकारले गर्न सकिन्छ, यसो गर्दा एकले अर्कोको पाप क्षमा र तिनीहरूका विरुद्ध रहेको शक्तिको निम्ति प्रार्थनाद्वारा सहायता गर्न सक्छन्। आफ्ना गल्तीहरू एक-अर्कासँग स्वीकार गर्नेहरूले एक-अर्काका निम्ति प्रार्थना पनि गर्नुपर्छ।

दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्ट्रीले याकूब ५:१६ माथि यस्तो विचार व्यक्त गर्दछ,

संगति गर्नुको अर्थ हामीले आफ्ना पापहरू एक-अर्कासँग स्वीकार गर्नु हो। जब हामी यसो गर्दछौं, तब हामी आत्मिक चंगाइ पाउनेछौं। हामीले एक-अर्काबाट कुनै पनि कुरा लुकाउनुहुँदैन।

प्रत्येक ख्रीष्टियनले अरूको विरुद्ध केही गल्ती गरेको हुन्छ। हामीभित्र स्वार्थीपन भएकोले अरूप्रतिको हाम्रो प्रेम विस्तारै घट्न थाल्छ। चर्चको कुनै व्यक्तिले तपाईंसँग, वा तपाईंको विषयमा कठोर वचन भन्छ। कसैले तपाईंलाई वास्ता नगरेको जस्तो देखिन्छ। कसैले तपाईंले प्रभुका निम्ति गर्नुभएको कामको प्रशंसा गर्दैन। कसैले तपाईंलाई दुःखी बनाउने कार्य गर्दछ। कसैले तपाईंको भावनालाई चोट पुऱ्याउँछ। हामीले एक-अर्काबाट आफ्ना गल्तीहरू लुकाउनुहुँदैन। परमेश्वरको उपस्थिति पाउनु एउटा अति अमूल्य कुरा हो। हाम्रा चोट र गुनासाहरू मनमा राखिरहँदा त्यसले हामीलाई एक-अर्कालाई प्रेम गर्नबाट रोक्दछ। ‘पापप्रति गहिरो रूपले कायल हुँदा त्यसले हामीलाई त्यो सबैका अगि खुल्लमखुल्ला स्वीकार गर्ने बनाउँछ, यसरी बिग्रेका सम्बन्धहरू ठीक हुन्छन्, अनि पापको निम्ति कायल भएपछि परमेश्वरका मानिसहरूसँग महिमा र आनन्दको सम्बन्ध सुरु हुँदछ। त्यसबेला आँसु बग्दछ र ईश्वरीय शोक हुन्छ। त्यहाँ सच्याउनु पर्ने गल्तीहरू हुन्छन्, मानिसहरूका आँखाले नदेख्ने गोप्य कुराहरू हुन्छन्, ती फाल्नुपर्छ, अनि बिग्रेको सम्बन्ध खुल्लमखुल्ला सुधार गर्नुपर्छ। यदि हामी यसो गर्न तयार हुँदैनौं भने हामीले जागृतिका निम्ति प्रार्थना नगरेको राम्रो। जागृति चर्चमा रमाइलो गर्नका निम्ति होइन, तर शुद्धीकरणका निम्ति हो। ख्रीष्टियनहरूले पाप महसुस नगरेका र ती पाप एक-अर्कासँग स्वीकार नगरेका (रुँदै एक-अर्काको अगि) कारण आज हामीसँग अपवित्र चर्चहरू छन्’ (एडवर्डस्, रिभाइभल, पृष्ठ ११९,१२०)।

हामीले एक-अर्कासित रुँदै आफ्ना पापहरू स्वीकार नगरूञ्जेल हामी आफ्ना हृदयमा साँच्चै आनन्दित हुन सक्दैनौं। चीन देशमा बारम्बार यस्तो हुन्छ। हाम्रो चर्चमा त्यस्तो किन हुँदैन? हामी घमन्डी छौं, र हाम्रा गल्तीहरू स्वीकार गर्न चाहँदैनौं। अरूले के सोच्लान् भनी हामी डराउँछौं। शैतानले यही डर प्रयोग गरी हामीलाई आफ्ना पाप स्वीकार गर्नदेखि रोक्दछ। अरूले हाम्रो विषयमा के भन्लान् भन्ने डर देखाउँदै हामीलाई जागृतिको आनन्दबाट वञ्चित गर्न सकिन्छ भनी शैतानले जान्दछ। हामीलाई डर देखाउँदा हाम्रो चर्चलाई कमजोर र प्रतिकूल अवस्थामा राख्न सकिनेछ भनी शैतानले जन्दछ। अरूले के सोच्लान् भन्ने डरले हामीलाई आफ्ना पाप स्वीकार गर्न र हाम्रा आत्माहरूलाई चंगाइ प्राप्त गर्न दिँदैन। यशैयाले भने, ‘मरणशील मानिसदेखि,...डराउने तँ को होस्? आफ्ना सृष्टिकर्तालाई भुल्दछस्”’ (यशैया ५१:१२,१३)। पवित्र बाइबलले भन्छ, ‘मान्छेको डर एउटा पासोजस्तो हो’(हितोपदेश २९:२५)। कृपया खडा हुनुहोस् अनि हितोपदेश २८:१३ पढ्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ ९४८ मा छ। सबैले यो ठूलो सोरमा पढ्नुहोस्!

‘आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर ती जसले स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ’(हितोपदेश २८:१३)।

‘हे परमेश्वर, मलाई जाँच्नुहोस्’ भजन गाउनुहोस्ः

‘हे परमेश्वर, मलाई जाँच्नुहोस्,
मेरो हृदयलाई जान्नुहोस्।
र मलाई जाँच्नुहोस्,
मेरा चिन्ताहरू जान्नुहोस्।
हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि,
र मलाई अनन्तको मार्गमा डोऱ्याउनुहोस्।’
(भजन १३९:२३,२४)

‘जीवित परमेश्वरका आत्मा’ भजन गाउनुहोस्ः

‘जीवित परमेश्वरका आत्मा, गर्छौं प्रार्थना, ओर्लिआउनोस्।
जीवित परमेश्वरका आत्मा, गर्छौं प्रार्थना, ओर्लिआउनोस्।
मलाई पगाल्नोस्, गाल्नोस्, तोड्नोस्, निहुराउनोस्।
जीवित परमेश्वरका आत्मा, गर्छौं प्रार्थना, ओर्लिआउनोस्।
(‘जीवित परमेश्वरका आत्मा,’ डेनिएल आइभर्सन-१८९९-१९७७- द्वारा रचित, पास्टरद्वारा फेरबदल गरिएको।

तपाईंहरू बस्न सक्नुहुन्छ।

ख्रीष्टले भन्नुभयो, ‘धन्य शोक गर्नेहरू।’ यसले ती मानिसहरूलाई बुझाउँछ, जसले आफ्ना पापहरू स्वीकार गर्छन् र त्यसका निम्ति रुन्छन्। जागृतिको चाहना गर्नेहरूका निम्ति पाप एउटा ठूलो समस्या हो। जागृतिले सधैं हामीलाई भित्रिय पापको बारेमा सोच्ने बनाउँछ, जुन पाप संसारले देख्न सक्दैन। जागृतिले हृदय भित्रका पाप प्रकट गर्दछ। इभान रोबर्टले आफ्नो विश्वासी समुदायलाई जागृतिका निम्ति प्रोत्साहन दिइरहेको बेला ती मानिसहरू तयार नभईञ्जेल पवित्र आत्मा ओर्लेर आउनुहुन्न भनी भने। तिनले भने, ‘हामीले सबै खराब भावनाहरूबाट छुटकारा पाउनुपर्छ-’ सबै तीतोपनबाट, सबै मतभेदबाट, सबै क्रोधबाट छुटकारा पाउनुपर्छ। यदि तपाईं कुनै व्यक्तिलाई क्षमा गर्न सक्नुहुन्न भनी सोच्नुहुन्छ भने निहुरिनुहोस्, र क्षमा गर्ने हृदय पाउनका निम्ति प्रार्थना गर्नुहोस्- त्यो व्यक्तिकहाँ गएर क्षमा माग्न तयार हुनुहोस्, त्यसपछि मात्र तपाईं परमेश्वरको मिठो उपस्थितिको अनुभव गर्न सक्नुहुन्छ। केवल शुद्ध ख्रीष्टियनहरूले मात्र परमेश्वरको उपस्थितिको आनन्द महसुस गर्न सक्छन्। आइतबार बेलुकीको सेवामा हाम्री बहिनीले ‘मेरो दर्शन भर्नुहोस्’ भजनको धुन बजाउँदा हामी तपाईंलाई पाप स्वीकारको प्रार्थना गर्ने मौका दिन्छौं। आइतबार बेलुकी तपाईं र अरूहरू कुन पापबाट शुद्ध हुनु आवश्यक छ त्यो पवित्र आत्माले देखाइदेऊन् भनी प्रार्थना गर्नुहोस्। आइतबार बेलुकी तपाईंहरू दुई-दुई जना वा तीन-तीन जनाको झुन्डमा पाप स्वीकारको प्रार्थना गर्नुहोस्। अब खडा हुनुहोस् र ‘मेरो दर्शन भर्नुहोस्’ भन्ने भजन गाउनुहोस्। यो भजन नम्बर १७ हो।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)।

अब ‘म यो अर्कोलाई दिन चाहन्छु’ भजन गाउनुहोस्। यो भजन पुस्तकमा नम्बर १८ हो।

‘आगो बल्न एउटा सानो झिल्का मात्र चाहिन्छ,
त्यसको रापमा चाँडै सबै न्यानो हुन सक्छन्,
त्यस्तै छ परमेश्वरको प्रेम, गर एक पल्ट अनुभव,
बाँड् सबैलाई उहाँको प्रेम, तिमी त्यो अरूलाई दिन चाहन्छौ।

बसन्त कति सुन्दर समय, जब वृक्ष सबै कोपिला हाल्छन्,
पक्षीहरू गाउन थाल्छन्, फूलहरू फक्रन्छन्,
त्यस्तै छ परमेश्वरको प्रेम, गर एक पल्ट अनुभव,
गाउनेछौ, त्यो बसन्तजस्तै छ ताजा, त्यो अरूलाई दिन चाहन्छौ।

छ इच्छा मित्र तिम्रो निम्ति, मैले पाएको आनन्द तिमीले पाऊ,
भर पर्ने सक्छौ उहाँमा कता तिमी जाँदैछौ,
शिखरबाट म कराउनेछु, मेरो संसारले जानोस्,
ख्रीष्टको प्रेम ममा आएको छ, त्यो अरूलाई दिन चाहन्छु।
(‘पास ईट अन,’ कर्ट कैजर,१९६९,द्वारा रचित, पास्टरद्वारा फेरबदल गरिएको)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('रिभाइभ् अस एगेन,' विलियम पी. मेक्केद्वारा रचित, १८३९-१८८५)