Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




आज भूतात्माहरू

DEMONS TODAY
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, २३ अक्टोबर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, October 23, 2016

'अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। येशू डुङ्गाबाट बाहिर निस्किने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एउटा मानिसले उहाँलाई भेट्यो” '(मर्कूस ५:१-२)।


मैले कुनै पास्टरले गेरासेनसको भूतात्मा लागको मानिसको बारेमा प्रचार गरेको कहिल्यै सुनेको छैनँ। बिल्ली ग्राहामले यस विषयमा प्रचार गर्ने गर्थे- तर कुनै चर्चको पास्टरले प्रचार गरेको कहिल्यै सुनिनँ। यस्तो किन भएको? यो घटना भूतात्माहरूको विषयमा भएकोले गर्दा हो। यो ख्रीष्ट र शैतानको लडाइँको विषयमा छ। यसले चर्चका केही महिलाहरूलाई भयभीत बनाउँछ। डेभिड मुर्रोले यस विषयमा एउटा सिङ्गो पुस्तक लेखेका छन्। त्यस पुस्तकको नाम हो, मानिसहरू चर्च जान किन मन पराउँदैनन्( नेलसन बुक्स्, २००५)। त्यो पुस्तक प्रत्येक पास्टरले पढोस् भन्ने म इच्छा गर्दछु। मुर्रो भन्छन्, जवान मानिसहरू अर्थात् १८ देखि २९ वर्षका पुरुषहरू चर्चमा हुने धेरै सम्भावना हुन्छ(पृष्ठ १८)। तिनी भन्छन्, पुरुषहरू र जवान वयस्कहरू 'चुनौतीमा ध्यान दिनेहरू' हुन्छन्। तिनीहरू साहसिक कार्य, जोखिम, खतरा र द्वन्द्वमा महत्त्व देख्छन्। 'तिनीहरू निर्भय, साहसी र यहाँसम्म कि खतरनाक व्यक्तिको रूपमा चिनिन चाहन्छन्।' अर्कोतिर धेरै महिला र पाका व्यक्तिहरू 'सुरक्षामा ध्यान दिनेहरू' हुन्छन्'(पृष्ठ १९)।

ख्रीष्टले खतरनाक कार्यहरू गर्नुभयो। उहाँ साहसी हुनुहुन्थ्यो र जोखिम उठाउन र लडाइँमा होम्मिन डराउनुहुँदैनथ्यो। मेरो विचारमा डेभिडले भनेका कुरा सत्य हो। केही महिलाहरू र पाका व्यक्तिहरू त्यस्ता हुँदैनन्। दुःखको कुरा छ, तिनीहरूले धेरै चोटि हाम्रा चर्चहरूका वातावरण यस्तै बनाउँछन्। त्यसैकारणले गर्दा भूतात्माहरू र शैतानको विषयमा प्रवचनहरू भनिँदैन। तिनीहरू कुनै किसिमको लडाइँमा पर्न चाहँदैनन्।

आज धेरै जवान मानिसहरू कट्टर मुसलमान बनिरहेका कुरामा अचम्म मान्नुपर्दैन। तिनीहरूका नेताहरूले तिनीहरूलाई आफ्नो धर्मका निम्ति संसार जित्न जाओ भनिरहेका छन्। तिनीहरू टेनिस्सीको त्यो २४ वर्षे अमेरिकीजस्ता छन्, जसले चार जना नाविकको हत्या गऱ्यो। आज यस्तो घटना बारम्बार भइरहेको छ। ती जवान मानिसहरू विश्वास गर्न सकिने केही कुरा खोजिरहेका छन्। तिनीहरूले आफ्ना जीवनमा कारण र उद्देश्य खोजिरहेका छन्।

तर कट्टर मुसलमान धर्म त्यो उत्तर होइन। न त आज चर्चहरूमा प्रस्तुत गरिने कोमल, विनयशील ख्रीष्टियमत नै त्यसको उत्तर हो। तर म तपाईंलाई येशूको पछि लाग्नु भनिरहेको छु। म तपाईंलाई प्रभु येशूको कट्टर चेला बन्नुहोस् भनिरहेको छु। त्यसमा लडाइँ छ। हामी लडाइँमा छौं। तर यो लडाइँ शारीरिक होइन। यो आत्मिक लडाइँ हो। महान् ब्रिटिस प्रचारक डा. मार्टिन लोयड-जोनेस (१८९९-१९८१) ले त्यो लडाइँको विषयमा बताएका छन्। तिनले भनेका छन्,'जब हामी ख्रीष्टियन जीवनमा प्रवेश गर्दछौं, हामी परमेश्वरको फौज र नरकका सेनाबीच हुने ठूलो लडाइँको हिस्सा बन्छौं। यो संसारमा शैतानको कारण हाम्रो जीवन एउटा आत्मिक लडाँइमा छ'(लाइफ इन गड्, क्रसवे बुक्स्, पृष्ठ १०५,१७९)। म उनीसँग पूर्ण सहमत छु।

प्रभु येशू र भूत लागेको त्यस मानिसको यो कथा महत्त्वपूर्ण छ। परमेश्वरले नयाँ करारमा मत्ती, मर्कूस र लूकाका सुसमाचारहरू, यी तीन विभिन्न ठाउँमा यो लेख्नुभएको छ। आज आतंक र आत्मिक लडाइँ फैलिएको यो समयमा जवान मानिसहरूका निम्ति यसमा ठूलो शिक्षा छ।

यो घटना सरल छ। येशू सानो डुङ्गामा सवार भए गालील समुद्रको पारिपट्टि जानुभयो। उहाँ त्यो सानो समुद्रको अर्कोपट्टि गेरासेनसको गाउँमा पुग्नुभयो। म र मेरी पत्नी धेरै वर्ष अघि त्यहाँ गएका थियौं। यो घटना घटेको स्थान हाम्रा आफ्नै आँखाहरूले देख्यौं।

“येशू डुङ्गाबाट बाहिर निस्किने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एउटा मानिसले उहाँलाई भेट्यो'” (मर्कूस ५:१-२) ।

अब म यस जवान मानिस र येशू ख्रीष्टसँग उसको भेटको विषयमा केही कुराहरू भन्न लागेको छु।

१.पहिलो, यो जवान मानिस भूतात्माले ग्रस्त थियो

भूतात्माद्वारा ग्रस्त हुने कुरामा के म विश्वास गर्दछु? ज्यू, म गर्छु, म निश्चित रूपले विश्वास गर्छु। बाइबलले भूतात्मा वा दुष्टात्माहरू धेरै छन् भन्ने शिक्षा दिन्छ। प्रेरित पावलले तिनीहरूका विषयमा बोल्दै भने,

'किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर ... दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्ध हो' (एफिसी ६:१२)।

यो पदमा तिनले विभिन्न किसिमका भूतात्मा र दुष्टात्माहरूको बारेमा बताएका छन्। डा. लोयड-जोनेसले भनेका छन्,'दुष्टात्माहरू ठूलो संख्यामा छन्। त्यहाँ हजारौं, सायद करोडौं दुष्टात्माहरू छन्'(क्रिश्चियन युनिटी, द बेनर अफ त्रुथ ट्रस्ट,१९८०. पृष्ठ ५८)।

यदि तपाईं शैतान र भूतात्माहरूमा विश्वास गर्नुहुन्न भने आतंकवाद, भौतिकवाद र अमेरिकाका पापहरूलाई कसरी व्याख्या गर्न सक्नुहुन्छ?

अनि यो जवान मानिसलाई भूतात्माले सताएको थियो। ऊ भूतात्माहरूद्वारा नियन्त्रित थियो। त्यस्तो अवस्थाका मानिसहरूको मैले व्यक्तिगत रूपले सामना गरेको छु। म जान्दछु, जब कुनै जवान मानिसले नशालु औषधी खान्छ, वा कालो जादू र तन्त्रमन्त्रतिर लाग्छ, तब उसलाई यस्तो हुन सक्छ।

तर भूतात्माको कम प्रभाव पनि हुन सक्छ, जसले विश्वास नगर्ने हरेक व्यक्तिको सोचविचारलाई नियन्त्रण गरेको हुन्छ। प्रेरित पावलले भूत लागेको मानिसलाई 'अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा' भनेका छन्(एफिसी २:२)। कुनै बेला यस्तो समय पनि थियो जुन बेला मेरो आफ्नै समझ भूतात्माद्वारा अन्धो पारिएको थियो। हृदय परिवर्तन नभएको र प्रभु येशू ख्रीष्टद्वारा छुटकारा नपाएको प्रत्येक व्यक्तिको अवस्था यस्तै हुन्छ। ख्रीष्टले बचाउनुभन्दा र हाम्रो नयाँ जन्म हुन अघि हामी सबै त्यस्तै अवस्थामा हुन्छौं। साँचो हृदय परिवर्तनमा सधैं शैतानको शक्तिबाट छुटकारा गराइएको हुन्छ।

प्रभु येशू तपाईंको पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो। तपाईंको मन र हृदयलाई सारा पापहरूबाट शुद्ध पार्न उहाँले आफ्नो रगत बगाउनुभयो। तपाईंलाई जीवन दिन उहाँ मरेकोबाट शारीरिक रूपमा फेरि बिउँतिनु भयो- अनि तपाईंलाई भूतात्माले गराउने अन्धोपनबाट छुटकारा दिनुभयो। महान् प्रचारक र भजनकार चार्ल्स् वेस्ली (१७०७-१७८८)ले असल कुरा भनेका छन्,

रद्द गरिएको पापको शक्ति उहाँले तोड्नुहुन्छ,
   कैदीहरूलाई उहाँ छुटकारा दिनुहुन्छ,
उहाँको रगतले सबैभन्दा फोहोरलाई शुद्ध पार्दछ
   उहाँको रगत मेरो निम्ति उपयोगी छ।
('ओ फर अ थाउजन्ड टङ्गस्'- चार्ल्स वेस्ली -१७०७-१७८८- द्वारा रचित)

ख्रीष्टले पापको 'शक्ति तोड्नुहुन्छ!' ख्रीष्टले 'कैदीहरूलाई छुटकारा दिनुहुन्छ!' उहाँले एक बिहान मेरो निम्ति त्यसो गर्नुभयो, जुन बेला म बीस वर्षको थिएँ- अनि उहाँले तपाईंको निम्ति पनि त्यसो गर्न सक्नुहुन्छ! आज बिहान यहाँ धेरै जना यस्ता मानिसहरू छन्, जसले ख्रीष्टले तपाईंलाई पाप र भूतात्माहरूबाट छुटकारा दिन सक्नुहुन्छ भनी भन्न सक्छन्। यदि तपाईं प्रभु येशूद्वारा बचाइनुभएको छ भने अहिले नै खडा हुनुहोस्!- अब तपाईंहरू बस्न सक्नुहुन्छ। ख्रीष्टले उनीहरू प्रत्येकका निम्ति जे गर्नुभयो त्यो तपाईंको निम्ति पनि गर्न सक्नुहुन्छ।

२. दोस्रो, यो जवान मानिस एकलो थियो

“'त्यो रात र दिन सधैं चिहानहरू र डाँडाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले चिथोर्दै हिँड्थ्यो'” (मर्कूस ५:५)।

धेरै जवान महिलाहरू आफैलाई धारिलो अस्तुराले काट्छन्। तिनीहरूले किन त्यसो गर्छन् त्यो भन्न सक्दैनन्। मैले एउटी तरुणी केटीलाई टेलिभिजनमा देखें, जसले त्यसरी नै बारम्बार आफ्ना पाखुराहरू काटेकी थिई। अन्तर्वार्ता लिने व्यक्तिले उसले किन त्यसो गरेकी भनी सोधे। उसले भनी,'मलाई थाहा छैन! मलाई यसो गर्नु कर पर्छ, म आफूलाई रोक्नै सक्तिनँ।' त्यस जवान महिलालाई येशू चाहिन्छ। ख्रीष्टले त्यो शैतानिक बन्धन तोड्न सक्नुहुन्छ।

अनि हाम्रो यो बाइबल खण्डको मानिस एकलो थियो। भूतात्माले उसलाई उसको परिवारबाट बाहिर एकलास स्थानमा खेदेको थियो, जहाँ येशूले उसलाई भेट्नुभयो। आज अमेरिका र पश्चिमी मुलुकका जवान मानिसहरूका निम्ति एकलोपन भन्दा ठूलो समस्या अर्को छैन। एकलोपन! जवान मानिसहरूले भोग्ने धेरै ओटा समस्याको जड् एकलोपनमा हुन्छ। बिटल्सहरूले पनि त्यस्तै एउटा लोकप्रिय गीत गाए,'सबै एकलो मानिसहरू, तिनीहरू सब कहाँबाट आए'(एलिनोर रिग्बी)।

फिलिप स्लेटरले द परसुट अफ् लोनलीनेसः अमेरिकन कल्चर एट द ब्रेकिङ पोइन्ट लेखे(विकन प्रेस,२००६ संस्करण)। द परसुट अफ् लोनलीनेस मा लेखकले एकलोपनलाई 'टेक्नोलजीप्रति देशको कुलत' सँग जोडेका छन्। श्री स्लेटरले भनेका छन्,'उदाहरणका निम्ति, अरू कुनै पनि कुराले भन्दा मोटरगाडीले अमेरिकामा सामाजिक जीवनलाई धेरै नाश पारेको छ। यसले तिनीहरूलाई छरपष्ट पाऱ्यो, यसैले तिनीहरू एक-अर्कासँग अपरिचित भए'(पृष्ठ १२६,१२७)।

जवान मानिसहरू आफ्नो गाडीमा सवार हुन्छन्, अनि कलेज जानका निम्ति सान्ता बारबरा वा बर्किलेतिर गाडी हाँक्छन्। यो अति सजिलो छ, तर तिनीहरू आफ्ना सबै मित्रहरू गुमाउँछन्, अनि सायद सधैंका निम्ति गुमाउँछन्। कलेज जाने उमेरका जवान मानिसहरू एकलो छन्, जुन अचम्म मान्नुपर्ने कुरा होइन। तपाईं भन्नुहुन्छ,'हामी सम्पर्कमा रहनेछौं।' तपाईंको भनाइको अर्थ तपाईंहरू एक-अर्कालाई सन्देशहरू पठाउन सक्नुहुन्छ। के त्यसले तपाईंहरूलाई 'सम्पर्कमा' राख्छ? राख्दैन, मोबाएल फोनद्वारा कदापि वास्तविक सम्पर्क हुँदैन।

ग्वाटेमालामा बस्ने मेरी पत्निकी हजूरआमा एक समझदार समाजशास्त्रीजस्तै बुद्धिमानी थिइन्। उनका छोराले उनको घऱमा टेलिफोन जडान गर्न खोज्यो। उनले भनिन्,'फोन राख्नु पर्दैन। यदि फोन राख्यौ भने तिमी मलाई भेटन कहिल्यै पनि आउँदैनौं।' जब म जवान मानिसहरूलाई मोबाएल फोनमा टाँसिएर हिँडिरहेको देख्छु, तब मलाई धेरै दुःख लाग्छ। एउटा यन्त्रले वास्तविक मित्रहरूको स्थान लिन्छ।

के तपाईंले 'हर' भन्ने चलचित्रको विषयमा सुन्नुभएको छ? म त्यो हेर्ने सल्लाह दिँदिनँ- त्यो एक जना एकलो मानिससम्बन्धी चलचित्र हो, जो वास्तवमा आफ्नो कम्प्युटरसँग प्रेममा फस्छ, जसलाई उसले 'सामान्था' भन्छ। त्यो चलचित्र मैले हेरिनँ। त्यसमा स्पष्ट केही यौनसम्बन्धी दृश्यहरू थिए। तर धेरै जवान बुद्धिजीविहरूले त्यो हेरे- एउटा केटो यन्त्रसँग प्रेममा फसेको कथा। तपाईं यहाँ त्यससम्बन्धी विल्किपेडिया लेखमा क्लिक गरेर त्यो चलचित्रको बारेमा पढ्न सक्नुहुन्छ। तापनि म तपाईंलाई त्यो हेर्नुहोस् भन्ने सल्लाह दिँदिनँ।

म विश्वास गर्दछु, अमेरिकी र युरोपेली संस्कृतिको एकलोपनलाई शैतानले जवानहरूलाई वशमा पार्न र नाश पार्नका निम्ति प्रयोग गरिरहेको छ। ती चार जना नाविकको हत्या गर्ने जवान व्यक्ति 'कम्प्युटर' यन्त्रद्वारा आइ.एस.आइ.एस.सँग जोडिएको थियो। ऊ साँच्चै एकलो थियो। येशूले भेट्नुभएको मानिस पनि चिहानहरू हुँदो एकलो थियो। ऊ भूतहरूद्वारा नियन्त्रित थियो। हे परमेश्वर, हामीलाई सहायता गर्नुहोस्।

मैले तपाईंहरूलाई तपाईंको मोबाएल फोन र कम्प्युटरबाट छुटकारा पाउनुहोस् भनिरहेको छैनँ। 'यति हो, ती यन्त्रहरूले तपाईंलाई वशमा नपारून्। कम्प्युटर छोडेर उठ्नुहोस्, अनि यो मण्डलीमा सधैंभरिका लागि केही मित्रहरू बनाउनुहोस्।' चिहानहरूमा बस्ने त्यस मानिससम्बन्धी यो भजन-गीत सुन्नुहोस्,

परिवार र मित्रहरूबाट उसलाई दुष्टात्माले खेदयो,
   दयनीय भई चिहानहरूमा ऊ बस्यो,
भूतात्माको शक्तिले सताएपछि उसले आफैलाई अलग्ग्यायो।
   अनि येशू आउनु भो र कैदीलाई छुटकारा दिनुभो,
जब येशू आउनुहुन्छ, परीक्षकको शक्ति तोडिन्छ,
   जब येशू आउनुहुन्छ, आँसुहरू पुछिन्छन्।
उहाँले निराशा लिनुहुन्छ, र जीवन महिमाले भर्नुहुन्छ
   किनकि येशू बस्न आउनुभएपछि सबथोक बदलिन्छ।
('देन जिजस केम' असवल्ड जे. स्मिथ-१८८९-१९८६-द्वारा रचित,
     संगीत होमर रोडहिभर-१८८०-१९५५ द्वारा)।

जवान मानिस हो, तपाईंहरूलाई हाम्रो मण्डलीमा आउनुहोस् भनी आग्रह गरिरहेको छु। आइतबार बिहान र राति यहाँ आउनुहोस्। शनिबार राति पनि यहाँ हामीकहाँ आउनुहोस्। म वचन दिन्छु- हामी तपाईंका मित्रहरू बन्नेछौं। म वचन दिन्छु- यहाँ हामीकहाँ आउनुभयो भने तपाईं एकलो महसुस गर्नुहुनेछैन। आमिन।

३. तेस्रो, यो जवान मानिस येशूसँग डराएको थियो

बाइबलले भन्छ,

'ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो,'हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ हालेर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्'” (मर्कूस ५:७)

ऊ येशूसँग डरायो। आजका जवान मानिसहरूमा पनि प्रायः यस्तै कुरा पाइन्छ। येशू र यो मण्डलीले तपाईंलाई सहायता गर्न सक्थ्यो, तर तपाईं डराउनुभएको हुन सक्छ। कुनै प्रतिज्ञा गर्नुपर्छ भनी सायद तपाईं डराएको हुन सक्छ। तपाईं हरेक हप्ता यो मण्डलीमा हामीसँग केही घन्टा बिताउन डराउनुभएको होला। म यति मात्र भन्न सक्छु, कि त्यस्तो कुराले मलाई धेरै दुःखी बनाउँछ। म जान्दछु, तपाईंको डर शैतानबाट आउँछ। त्यसले किन त्यसो गर्छ? किनकि त्यसले जान्दछ, यदि तपाईं हामीकहाँ र येशूकहाँ आउनुभयो भने त्यसले तपाईंलाई गुमाउनु पर्छ।

म १९ वर्षको हुँदा रातको समयमा लस एन्जलसका सड्कहरूमा एकलै हिँड्थें। हाइ स्कूलका मेरा मित्रहरू कतै गइसकेका थिए। म एकलै थिएँ, अनि अति एकलो थिएँ। एक शनिबार राति म ओल्भेरा सड्कतिर हिँडिरहेको थिएँ। चाइना टाउन पार गरेर गएँ। त्यहाँबाट दाहिनेतिर यल सड्कतिर लागेँ। त्यो सड्कको अन्त्यतिर मैले एउटा चर्च देखेँ। त्यो चिनियाँ ब्याप्टिस्ट चर्च थियो। मैले चर्चको ढोका ढकढक्याएँ, अनि लोर्ना लुम नाउँकी जवान महिलाले ढोका खोलिन् र मसँग कुरा गरिन्। तिनले मलाई भोलिपल्ट चर्चमा आउने निम्तो दिइन्, किनकि भोलिपल्ट आइतबार थियो। भोलिपल्ट म त्यहाँ गएँ। त्यसपछि धेरै वर्षसम्म म त्यहाँ गएँ। म त्यहाँ भएकै बेला येशूले मलाई बचाउनुभयो। मैले त्यहाँ लोर्ना र मर्फी लुमजस्ता साँचो, जीवनभरका मित्रहरू बनाएँ।

हामीसँग नडराउनुहोस्! येशूसँग नडराउनुहोस्! हाम्रो साथमा आउनुहोस् र हामी तपाईंको भलाइ गर्नेछौं। फर्केर हामीकहाँ आउनुहोस्, अनि म वचन दिन्छु, अनि त्यसले अझ राम्रोका निम्ति तपाईंको जीवन परिवर्तन गर्नेछ। यदि अर्को हप्ता पनि तपाईं हामीकहाँ यहाँ आउनुभयो भने, अनि येशूकहाँ पनि आउनुभयो भने, त्यसरी आउनुभएकोमा अबको हजार वर्षसम्म आनन्दित हुनुहुनेछ!

प्रभु येशूले गेरासेनसको त्यस मानिसबाट भूतात्माहरू निकाल्नुभयो येशूले उसलाई बचाउनुभयो। हो, ऊ येशूद्वारा बचाइएको थियो।

यसैले आज मानिसले सक्षम उद्धारकर्ता पाएका छन्,
   तिनीहरू कामवासना, कामुकता र पापलाई जित्न सक्दैनथे;
टुटेका हृदयले तिनीहरूलाई दुःखी र एकलो बनाएको थियो,
   अनि येशू आउनुभो र आफै त्योभित्र बस्नुभयो।
जब येशू आउनुहुन्छ, परीक्षकको शक्ति तोडिन्छ,
   जब येशू आउनुहुन्छ, आँसुहरू पुछिन्छन्;
उहाँले निराशा लिनुहुन्छ, र जीवन महिमाले भर्नुहुन्छ
   किनकि येशू बस्न आउनुभएपछि सबथोक बदलिन्छ।

ख्रीष्टले तपाईंलाई शैतानबाट छुटकारा दिन सक्नुहुन्छ! ख्रीष्टले तपाईंलाई जीवन र शक्ति दिन सक्नुहुन्छ! ख्रीष्टले तपाईंको जीवन परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंलाई येशूकहाँ पुग्ने बाटो देखाउने मौका हामीलाई दिनुहोस्। फर्केर आउनुहोस् र हामी तपाईंलाई त्यो बाटो देखाउनेछौं। कसैले भन्ला,'म भूतात्माहरू वा शैतानमा विश्वास गर्दिनँ।' ठीकै छ। कुनै बैला मैले पनि तिनमा विश्वास गर्दिनँथें। तर त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा यो जान्नु हो, कि प्रभु येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ, अनि त्यो महसुस गराउन हामी पनि तपाईंलाई प्रेम गर्छौं। यो अनन्त मित्रहरू बनाउने ठाउँ हो। यो यस्तो ठाउँ हो, जहाँ तपाईंलाई प्रेम र स्वीकार गरिन्छ। परमेश्वरका एक मात्र पुत्र ख्रीष्टमा विश्वास गर्नुहोस्, उहाँले आफ्नो क्रूसको मृत्युद्वारा तपाईंलाई सधैंका निम्ति पापको दण्डबाट बचाउनुहुनेछ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो ऐबेल प्रुद्योमेद्वारा – मत्ती ८:२८-३४
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('देन जिजस केम' असवल्ड जे. स्मिथ-१८८९-१९८६-द्वारा रचित,
संगीत होमर रोडहिभर-१८८०-१९५५ द्वारा)।


रूपरेखा

आज भूतात्माहरू

DEMONS TODAY

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। येशू डुङ्गाबाट बाहिर निस्किने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एउटा मानिसले उहाँलाई भेट्यो' (मर्कूस ५:१-२)।

१.  पहिलो, यो जवान मानिस भूतात्माले ग्रस्त थियो, एफिसी ६:१२; २:२

२.  दोस्रो, यो जवान मानिस एकलो थियो, लूका ८:२७; मर्कूस ५:५

३.   तेस्रो, यो जवान मानिस येशूसँग डराएको थियो, मर्कूस ५:७