Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सुसमाचार विस्फोट

THE EVANGELISM EXPLOSION
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

३ नवम्बर, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, November 3, 2019

‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ’ (एफिसी २:८,९)


विगत विहीबार बेलुकी म हाम्रो चर्चमा प्रार्थना सेवाका निम्ति आएँ। मैले प्रचार गरिनँ वा सेवा संचालन गरिनँ। तर म भवनको पछिल्तिर बस्दा मलाई एक जना जवानको सम्झना भयो जो हराएको थियो। त्यो सेवाको अन्त्यमा अरूहरू त्यहाँबाट जाँदा मैले त्यस केटोलाई बोलाएँ र मेरो छेउमा बस्न लगाएँ।

मैले डा. डी. जेम्स केन्नडीले लेखेका पुस्तक ईभान्जलिज्म एक्स्प्लोसन् पढिरहेको थिएँ। यसकारण मैले डा. केन्नडीले यस जवान केटोको बारेमा भनेका कुरा अजमाउने विचार गरेँ। उसलाई त्यो सजिलो लागेको थियो। किनकि ऊ सारा जीवन हाम्रो चर्चमा आउने गरेको थियो। उसले धेरैवटा सुसमाचारीय सन्देशहरू सुनेको थियो। उसले अघिबाटै सुनिसकेका महान् सन्देशहरूमा डा. केन्नडीले उसलाई दिएका सरल विचारहरू उसले किन प्राप्त गर्न सकेन? तर हामीले भनेको कुनै पनि कुराले उसलाई उद्धार पाउनका निम्ति सहायता नगरेकोले गर्दा मैले उसलाई डा. केन्नडीको सरल भनाइ पनि बताउनु पर्छ कि भनी सोचेँ।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

मैले उसलाई भनेँ, ‘यदि तिमी आज राति मऱ्यौ र स्वर्गमा परमेश्वरको सामुन्ने खडा भयौ- र परमेश्वरले तिमीलाई भन्नुभयो, ‘म तिमीलाई स्वर्गमा पस्न किन दिऊँ?’ तिमी परमेश्वरलाई के भन्नेछौ?’ ऊ केही क्षणसम्म चूपचाप बस्यो। अनि उसले भन्यो, ‘म परमेश्वरलाई भन्नेछु, म असल केटो थिएँ।’

रोमी ६:२३ ले भन्छ, ‘परमेश्वरको वरदान अनन्त जीवन हो।’ स्वर्ग एउटा सित्तैंको दान हो। त्यो कमाउन सकिँदैन वा पाउन सकिँदैन। अनि मैले भनेँ, ‘मैले पनि धेरै वर्षसम्म तिमीले जस्तै सोच्थेँ। म असल बन्नुपर्छ, मैले स्वर्ग ‘कमाउनु’ पर्छ र त्यसका निम्ति काम गर्नुपर्छ भनी सोच्थेँ।’

उसले भनेको कुरामा मैले विश्वास गर्नै सकिनँ। मैले त्यही प्रश्न दोहोऱ्याएँ: ‘यदि परमेश्वरले तिमीलाई किन स्वर्गमा पस्न दिनु भन्नुभयो भने तिमी के भन्नेछौ?’ यस पल्ट मैले उसको आँखामा आँसु देखेँ। तर उसले मलाई त्यस्तै जवाफ दियो, ‘म एक असल केटो थिएँ भनी परमेश्वरलाई भन्नेछु।’ जवानीको संघारमा पुगेको यो केटो सारा जीवन हाम्रो चर्चमा आउने गरेको थियो- आइतबार बिहान र बेलुकीको सेवा पनि आउने गर्थ्यो, हप्ताको बीचमा हुने प्रार्थना सेवाहरूमा पनि आउने गर्थ्यो। तापनि उसको उत्तर स्पष्ट थियो- तिनले असल कामहरू गरेर उद्धार पाइने विश्वास गर्थ्यो। उसले एफिसी २:८,९ को वचनमा विश्वास गर्दैन थियो।

मैले उसलाई हप्काइनँ। मैले यति मात्र भनेँ, ‘अब केही क्षण तिमीलाई म अहिलेसम्म तिमीले नसुनेको सबैभन्दा महान् समाचार सुनाउँछु।’ अनि मैले उसलाई एफिसी २:८,९ पद खोलेर पढन लगाएँ।

‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ’ (एफिसी २:८,९)।

अनि मैले भनेँ, ‘हामी बाइबलका ती वचनहरूलाई ध्यान लगाएर हेरौं।’ यो ‘अनुग्रहबाट उद्धार पाउँछौ’ भन्दै सुरु हुँदछ। अनुग्रह एउटा दान हो, ‘यो परमेश्वरको वरदान हो।’ स्वर्ग एउटा दान हो- अनन्त जीवनको वरदान। त्यसपछि मैले रोमी ६:२३ को आधा भागको वचन बताएँ, ‘परमेश्वरको वरदान अनन्त जीवन हो।’ स्वर्ग एउटा सित्तैंको वरदान हो। त्यो कमाउन सकिँदैन वा हामी त्यो पाउने योग्यका छैनौं। अनि मैले भनेँ, ‘मैले पनि धेरै वर्षसम्म तिमीले जस्तै सोच्थेँ। म सकेसम्म राम्रो हुनुपर्छ र मैले स्वर्ग ‘कमाउनु’ पर्छ र त्यसका निम्ति काम गर्नुपर्छ भनी सोच्थेँ। अनि अन्त्यमा मैले स्वर्ग त सित्तैंको वरदान –पूर्ण रूपमा सित्तैंको हो भनी थाहा पाएँ। यो अचम्मको कुरा हो। बाइबलले भन्छ, ‘अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ’ (एफिसी २:८,९)।’

अनि मैले उसलाई भनेँ, ‘सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्’ (रोमी ३:२३)। हामीले आफ्नो बोलिवचनमा, विचारहरूमा र कामहरूमा पाप गरेका छौं। हामी कोही पनि स्वर्ग जाने योग्यका छैनौं। हामी कहिल्यै पनि सिद्ध हुन सक्दैनौं।

तर परमेश्वर दयालु हुनुहुन्छ। उहाँ हामीलाई दण्ड दिन चाहनुहुन्न। तर परमेश्वर धर्मी हुनुहुन्छ- यसैले उहाँले हामीलाई दण्ड दिनै पर्छ। परमेश्वरले उहाँको बुद्धिले त्यसको समाधान देख्नुभयो। परमेश्वरले हामीलाई बचाउन उहाँका आफ्ना पुत्र येशूलाई पठाएर यो समस्या समाधान गर्नुभयो। येशू को हुनुहुन्छ? येशू परमेश्वर-मानिस हुनुहुन्छ। बाइबलअनुसार येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ, त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ। अनि बाइबलले भन्छ, येशू ‘देहधारी बन्नुभयो र हाम्रो बीचमा वास गर्नुभयो’ (यूहन्ना १:१,१४)। परमेश्वर-मानिस येशू क्रूसमा मर्नुभयो र हाम्रो पापको मूल्य चुकाउन र स्वर्गमा हामीलाई अनन्त जीवन दिन मरेकोबाट फेरि जीवित हुनुभयो। येशूले क्रूसमा उहाँ आफैमाथि हाम्रा पापहरू बोक्नुभयो। ख्रीष्टले ‘उहाँको आफ्नै शरीरमा हाम्रा पापहरू बोक्नुभयो’ (१ पत्रुस २:२४)। उहाँ तीन दिनसम्म चिहानमा गाडिनुभयो। तर उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो र हाम्रा निम्ति ठाउँ तयार पार्न स्वर्ग जानुभयो। अहिले येशूले स्वर्गमा अनन्त जीवन दिनुहुन्छ- त्यो हामीलाई दिइने सित्तैंको वरदान हो। त्यो हामी कसरी प्राप्त गर्दछौं? हामी विश्वासद्वारा त्यो दान प्राप्त गर्छौं। ‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ’ (एफिसी २:८)।

येशूमा विश्वास गर्दा स्वर्गको ढोका खोलिन्छ। विश्वास गर्नु भनेको दिमागी रूपमा सहमत हुनु मात्र होइन। शैतान र भूतात्माहरूले पनि येशू ईश्वर हुनुहुन्छ भनी विश्वास गर्छन्। तर तिनीहरूले उद्धार पाएनन्। विश्वास गर्नु भनेको यो जीवनमा केही कुराहरू प्राप्त गर्नु मात्र होइन- जस्तै स्वास्थ्य, धन, सुरक्षा र मार्गनिर्देशन- यो जीवनसित सम्बन्धित कुराहरू बितेर जानेछन्।

बाइबलअनुसार विश्वास गर्नु भनेको येशूमा मात्र भरोसा गर्नु हो। हामीले अनन्त जीवन पाउन सकौं भनी ख्रीष्ट हामीलाई स्वर्गमा लग्नका निम्ति आउनुभयो। बाइबलले भन्छ, ‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ’ (प्रेरित १६:३१)।

मानिसहरू दुईमध्ये एउटा कुरामा भरोसा राख्छन्- कि आफैमा वा येशू ख्रीष्टमा। मैले असल जीवन जिउनका निम्ति मेरा आफ्नै कोसिसहरूमा भरोसा गरिरहेको थिएँ। अनि मैले थाहा पाएँ, मैले आफैमाथि भरोसा राख्न छोड्नुपर्छ र त्यसको साटो येशूमा भरोसा गर्नुपर्छ। मैले त्यसै गरेँ- अनि येशूले हामीलाई अनन्त जीवनको वरदान दिनुभयो। त्यो एउटा दान थियो. ‘कर्महरूद्वारा प्राप्त गरेको होइन।’

म तिमीलाई यो कुर्सीको उदाहरण दिन चाहन्छु। के तिमी यो कुर्सीमा बस्यौ भने यसले तिमीलाई थाम्छ भनी विश्वास गर्छौ? (गर्छु)।

तर अहिले यसले हामीलाई थामेको छैन, किनकि म अहिले त्यसमा बसेको छैन। अब म यो कुर्सीमा भरोसा गर्छु भनी कसरी प्रमाण दिन सक्छु?

ठिकै हो, त्यसमा बसेर मात्र सक्नुहुन्छ।

येशूको विषयमा पनि हामीले त्यसै गर्नुपर्छ। स्वर्ग जानका निम्ति हामी उहाँमाथि भर पर्नुपर्छ।तिमी भन्छौ, ‘म असल केटो थिएँ भनी परमेश्वरलाई भन्नेछु।’ तपाईंको जवाफमा कुन व्यक्ति थियो? (तिमी नै)।

त्यसो भनेर तिमीले स्वर्ग जानका निम्ति कसमाथि विश्वास भरोसा गरिरहेका छौ? (ठिकै भन्यौ, तिमीमा नै)।

अनन्त जीवन पाउनका निम्ति तिमीले आफैमाथि भरोसा राख्न छाड्नुपर्छ, र त्यसको साटो येशूमा भरोसा गर्नुपर्छ। (रित्तो कुर्सीमा बस्नुहोस्)।

के तिमीले कुरा बुझ्यौ? अब परमेश्वर तपाईंलाई सोध्नुहुन्छ- ‘के तिमी अहिले नै अनन्त जीवनको वरदान प्राप्त गर्न चाहन्छौ?’ (ज्यू, चाहन्छु)।

अब म प्रार्थना गर्नेछु, ‘म प्रार्थना गर्छु, हे परमेश्वर, तपाईंले अहिले नै मेरा मित्रलाई अनन्त जीवन दिनुहोस्।’

अब, येशू यहाँ हुनुहुन्छ, र उहाँले तपाईंको प्रार्थना सुन्नुहुन्छ। तिमी साँच्चै अनन्त जीवन पाउन चाहन्छौ भने म येशूलाई त्यो कुरा भन्न चाहन्छु। मैले भनेका शब्दहरू येशूलाई भन,

‘हे येशू, म अहिले नै तपाईंमा विश्वास गर्दछु। म एक पापी हुँ। मैले आफैमा र आफ्नै असलपनमा भरोसा गरिरहेको थिएँ। प्रभु येशू अब म तपाईंमा भरोसा राख्न चाहन्छु। अहिले म तपाईंमा भरोसा राख्छु। म विश्वास गर्छु, मेरा पापहरूको दाम तिर्न तपाईं मर्नुभयो। अहिले म तपाईंमा भरोसा राख्दछु। म मेरो आफ्नो असलपन र मेरा पापहरूबाट फर्कन्छु। म तपाईंमाथि भरोसा राख्छु। म अनन्त जीवनको सित्तैंको वरदान ग्रहण गर्दछु। येशूको नाउँमा। आमिन।’

अब, म तिम्रो निम्ति प्रार्थना गर्दछु। ‘हे येशू, मेरो मित्रले गरेको प्रार्थना तपाईंले सुन्नुभएको छ। म प्रार्थना गर्दछु, उसले आफ्नो आत्मामा यसो भनिरहेको आवाज सुन्न सकोस्, ‘तिम्रा पापहरू क्षमा भए।’ ‘जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै पनि नाश हुनेछैन, तर त्यसले अनन्त जीवन पाउनेछ।’ येशूको नाउँमा। आमिन।’

अब म चाहन्छु, तिमीले यूहन्ना ६:४७ सुन्ने गरी पढ।

‘म तिमीलाई भन्दछु, मलाई विश्वास गर्नेसित अनन्त जीवन छ।’

भावनाको पछि नलाग। तिमीले विश्वासद्वारा आफ्नो भरोसा येशू ख्रीष्टमा राखेका छौ। के त्यो सही हो?

अब तिमीले उद्धार पाउनका निम्ति कसमाथि भरोसा राखेका छौ? (येशू ख्रीष्टमा)।

बचाउने विश्वास भनेको अनन्त उद्धारका निम्ति येशूमा भरोसा राख्नु हो। के तिमीले भर्खरै त्यसो गरेका छौ हैन? (हो, गरेको छु)।

येशू भन्नुहुन्छ, जसले त्यसो गर्छ उसले अनन्त जीवन पाउँछ। के तिमीले त्यसै गऱ्यौ हैन त? (ज्यू, गरेँ)।

अब, यदि आज राति तिमी सुतेको बेला मऱ्यौ भने र परमेश्वरले तिमीलाई किन स्वर्गमा पस्न दिनु भनी सोध्नुभयो भने तिमी के भन्नेछौ? (मैले अनन्त जीवन पाउनका निम्ति येशूमा विश्वास गरेको छु)।

मित्र, यदि तिमीले इमानदारीसाथ त्यो प्रार्थना गरेका छौ भने येशूले तिम्रा पापहरू क्षमा गर्नुभएको छ, र अहिले नै तिमीले अनन्त जीवन पाएका छौ।

म चाहन्छु, तिमीले प्रत्येक दिन यूहन्नाको सुसमाचारको एक अध्याय पढ। यूहन्नाको सुसमाचारमा २१ वटा अध्याय छन्। प्रत्येक दिन एउटा अध्याय पढ, यसरी तीन हप्तामा तिमी यूहन्नाको सुसमाचार पढिसक्नेछौ।

म चाहन्छु, आज राति तिम्रो जीवनमा जुन घटना भएको छ त्यो कुनै एक जना व्यक्तिलाई बताऊ। कुन व्यक्तिलाई बताउँछौ? (मेरो भाईलाई)।

के तिमीले आज राति येशूमा विश्वास गरेको कुरा उसलाई भन्नेछौ? (ज्यू, भन्नेछु)।

अब, अर्को आइतबार तिमीलाई मेरो गाडीमा राखेर चर्चमा ल्याउन चाहन्छु। के म तिमीलाई मेरो गाडीमा मेरो साथमा ल्याउन सक्छु? (सक्नुहुन्छ)। यदि त्योभन्दा अघि मलाई केही भन्न मन लागे मलाई फोन गर्नुहोला। मेरो फोन नम्बर लेऊ।

अहिले, केही क्षणका निम्ति येशूले तिम्रो आत्मालाई बचाउनुभएको र तिमीलाई अनन्त जीवन दिनुभएका निम्ति उहाँलाई धन्यवाद चढाऊँ हैन? (प्रार्थना गर्नु)।

अब तिमीले एफिसी २:८,९ पद सुन्ने गरी पढ भन्ने म चाहन्छु।

‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- र यो तिमीहरू आफैबाट होइन, योत परमेश्वरको वरदान हो- कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ’ (एफिसी २:८.९)।

संसारका ती हजारौं मानिसहरूलाई विचार गर्नुहोस्, जो यस्तै सरल तरिकाद्वारा साँच्चै परिवर्तन भएका छन्। यदि तिनीहरू अझै पनि अनिश्चित छन् भने, हँसिलो भएर त्यो भेटघाट समाप्त गर्नुहोस्, अनि कम्तीमा प्रत्येक दिन यूहन्नाको सुसमाचार पढने प्रतिज्ञा गर्न लगाउनुहोस्। यदि तिनीहरू रिसाएनन् भने तपाईं तिनीहरूसित अर्कोचोटि भेटने मौका पाउनुहुनेछ।

यो सन्देश तपाईंको घरमा लैजानुहोस्। यसमा भनिएका कुराहरू तपाईंलाई याद नहुञ्जेल दोहोऱ्याइ-तेहेऱ्याइ पढनुहोस्। त्यसपछि तुरून्तै एक जना मित्रसँग यो तरिका प्रयोग गर्नुहोस्। तिमी छक्क पर्नेछौ, तिनीहरूले यसमा चासो देखाउनेछन् र तपाईंको साथमा चर्च आउनेछन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।