Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टको रगतमा धोइएको!

WASHED IN CHRIST’S BLOOD!
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा रेभ. जोन शमूएल केगनद्वारा ३ जुन, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles Lord’s Day Morning, June 3, 2018

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’
(प्रकाश १:५)


यो पदको पहिलो आधा भागमा प्रेरित यूहन्नाको अभिवादन छ, जहाँ तिनले सातवटा मण्डलीमा भएका आफ्ना श्रोताहरूले येशू ख्रीष्टबाट अनुग्रह र शान्ति पाऊन् भनी प्रार्थना गर्दछन्, ‘जो विश्वासयोग्य साक्षी, मृतकबाट प्रथम जीवित हुनुभएका, तथा पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।’ ख्रीष्टको विषयमा यसो भनिसकेपछि यूहन्नाले भने,

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)

यो बाइबल पदले भन्छ ‘ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो’ अनि उहाँको आफ्नै रगतले ‘हामीलाई धुनुभयो।’ आज यो पदको समालोचना गर्ने केही मानिसहरूले आफ्नो विद्वता देखाउँदै यो ‘धुनुभयो’ भन्ने शब्दलाई ‘स्वतन्त्र पार्नुभयो’ भनी परिवर्तन गरेका छन्। उनीहरूले ज्ञानवादीहरूको कलंक लागेको सिनाइटिकसको पाठमा, नेस्ले अलण्ड ग्रीक न्यू टेस्टामेन्टमा एउटा ग्रीक शब्द परिवर्तन गरिएको आधारमा त्यसो गरेका हुन्। तर ‘स्वतन्त्र पार्नुभयो’ भन्ने शब्द सरल अलेक्जेन्ड्रियन बाइबलमा प्रयोग गरिएको शब्द हो, र त्यसलाई ज्ञानवादको लक्षणको रूपमा हेरिन्छ। ज्ञानवादीहरू कुनै व्यक्ति रगतमा ‘धोइने’ कुराले तर्सिन्थे! यसैले ज्ञानवादी अलेक्जेन्ड्रियनहरूले ‘धुनु’ को साटो ‘स्वतन्त्र पार्नु’ बनाउनका निम्ति एउटा ग्रीक शब्द निकाले।

डा. चार्ल्स जोन इल्लिकोट (१८२९-१९०३) एक एंगलिकन विद्वान, केम्ब्रिजमा नयाँ करार पुस्तकका प्राध्यापक, अनि नयाँ करारको रिभाइज्ड भर्सन (RV) अनुवाद गर्ने विद्वानहरूको समितिको अध्यक्ष थिए थिए। डा. इल्लिकोट ल्लिकोटस् कमेनटेरी अन द होल बाइबल (जोन्डरभन पब्लिसिङ हाउस) का सम्पादक थिए। हाम्रो आजको बाइबल पदको विषयमा इल्लिकोटको कमेनटेरीले भन्छ,

केही पाण्डुलिपीहरूमा ‘हामीलाई धुनुभयो’ को साटो ‘स्वतन्त्र पार्नुभयो’ भनी पढिन्छ। ती दुइ ग्रीक शब्दमा एउटा मात्र अक्षरको फरक छ। हाम्रो विचारमा यो ‘धुनुभयो’ भनी पढ्नु नै ठीक लाग्छ। यूहन्नाले स्पष्ट वर्णन गरेका जस्तो एउटा गम्भीर अवसरमा हाम्रा प्रभुले यसो भन्नुभएको थियो, ‘मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।’ ख्रीष्टलाई भालाले घोंच्दा उहाँको कोखाबाट निस्केको पानी र रगत (यूहन्ना १९:३४) आफ्नै आँखाले देखेको सम्झँदा यूहन्नाको मनमा ‘रगतले धोइनु’ भन्ने विचार झन् अति तीव्र रूपमा घरीघरी आइरहन्छ, प्रकाश ७:१३,१४; १ यूहन्ना १:७; ५:५-८ (चार्ल्स इल्लिकोट, एम.ए. डी.डी.,ल्लिकोटस् कमेनटेरी अन द होल बाइबल (जोन्डरभन पब्लिसिङ हाउस, एन.डी.,भाग ८, पृष्ठ ५३५, प्रकाश १:५ को टिप्पणी)।

यसबाहेक प्रकाश ७:१४ मा हामीलाई भनिएको छ,

‘यिनीहरू ती हुन्, जुनहरू महासंकष्टबाट आएका हुन्, र तिनीहरूले आफ्ना-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्’ (प्रकाश ७:१४)

यो पदमा हामीलाई स्वर्गमा हुनेहरूसँग ‘धोइएका’ र ‘थुमाको रगतमा धोएर सेता बनाएका’ वस्त्रहरू हुनेछन् भनी स्पष्ट बताइएको छ। प्रकाश ७:१४ को स्पष्ट अर्थ यही भएकोले हाम्रो आजको बाइबल पदमा ‘धुनुहुने’ शब्दको प्रयोगले यो कुरा स्पष्ट पार्दछ।

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)

डा. जोन एफ. वलभुर्डले भनेका छन् कि, ग्रीक शब्द ‘louō’ (धोइएको) मा ‘luō’ (स्वतन्त्र पारिएको) भन्दा एउटा अक्षर बढी छ। डा. वलभुर्डले भनेका छन्, इल्लिकोट जस्ता विद्वानहरू केही लामो शब्द (धोइएको) मन पराउँथे, किनकि ‘प्रतिलिपी बनाउनेहरूका निम्ति एउटा अक्षर थप्नुभन्दा बरू एउटा अक्षर घटाउनु सजिलो हुन्थ्यो’ (जोन एफ. वलभुर्ड, टीएचडी., द रिभिलेसन अफ जिजस क्राइष्ट, मुडी प्रेस, १९६६, पादटिप्पणी १, पृष्ठ ३८)। यो किङ जेम्स अनुवादको पक्षमा एउटा दर्रो तर्क हो।

लुथरको ‘पवित्र-शास्त्रको समानता’ सम्बन्धी व्याख्यात्मक धारणा अझैसम्म पनि सत्य रहेको छ- पवित्र-शास्त्रको एउटा वचनले त्यही विषयमा चर्चा गरिएको अर्को वचनको अर्थ खुलाउँछ, विशेष गरी एउटै पुस्तकको! यसैले हामी अहिलेका शास्त्रीहरूलाई हेर्दैनौं र तिनीहरूबाट पिठिँउँ फर्काउँछौं, जसले आत्माद्वारा प्रेरित ‘धोइएको’ भन्ने ग्रीक शब्द हामीबाट खोस्ने कोसिस गरेका छन्। परमेश्वरलाई धन्यवाद होस्, प्रत्येक साँचो ख्रीष्टियन येशूको ‘महिमा होस्’ भन्दै कराउन सक्छ, ‘जसले हामीलाई प्रेम गर्नुभयो, र उहाँको आफ्नै रगतले हाम्रा पापहरू धुनुभयो!’

मैले यो बुँदामाथि लामो चर्चा गर्नुको एउटा कारण छ। तपाईं आफ्ना पापहरूबाट ‘स्वतन्त्र’ मात्र नपारिएर त्यसबाट ‘धोइनु’ अति नै जरूरी छ। तपाईं परमेश्वरलाई आमनेसामने भेट्न लाग्नुभएको छ। यदि तपाईं आफ्नो हिसाबमा पाप बोकेर परमेश्वरसँग भेट्नुहुन्छ भने तपाईंलाई साँच्चै समस्या हुनेछ! अन्तिम न्यायमा तपाईंको हिसाब पूर्ण रूपमा चोखो हुनुपर्छ, नत्रभने परमेश्वरले तपाईंलाई दोषी ठहराउनुहुनेछ र नरकको अनन्त आगोमा पठाउनुहुनेछ (प्रकाश २:११-१५)। जब परमेश्वरले तपाईंको हिसाब हेर्नुहुन्छ त्यसबेला त्यसमा कुनै पाप नभेट्टाउनु नै राम्रो हुन्छ। न्यायको दिनमा तपाईं पापहरूबाट ‘स्वतन्त्र पारिनु’ मात्र पर्याप्त हुँदैन। होइन, होइन, नरकको अनन्त यातनाबाट बच्नका निम्ति तपाईं ‘धोइनु र थुमाको रगतमा धोएर सेता हुनु’ आवश्यक छ (प्रकाश ७:१४)। प्रकाश ७ अध्यायमा भनिएको छ, स्वर्गमा हुनेहरूले ‘आफ्ना-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्’ (प्रकाश ७:१४)। यो पदबाट हामी सबैले जान्दछौं कि, यदि हामी नरकको उम्कन र स्वर्गमा सुरक्षित रहन चाहन्छौं भने हामी ख्रीष्टको रगतद्वारा धोइनुपर्दछ। त्यसैकारण मैले यो कुरामा धेरै जोड् दिएको हो। तपाईं ख्रीष्टको रगतमा धोइनुपर्छ, नत्र तपाईं सधैंका निम्ति नरक जानुहुनेछ। ती उदारवादी र नव सुसमाचारीवादी बाइबल शिक्षकहरू सायद ‘धोइनु’ को साटो ‘स्वतन्त्र पारिनु’ भन्नु नै राम्रो भनी सोच्लान्। तर मेरो काम तपाईंहरूजस्ता पापीहरूलाई प्रचार गर्नु हो। तपाईंको हिसाबमा पापहरू लेखिएका छन्! ती धोइनु नै पर्छ, नत्रभने परमेश्वरले तपाईंलाई नरक पठाउनुहुनेछ। तपाईंका पापहरू कुन कुराले पखाल्न सक्छ? येशूको रगतबाहेक अरू कुनै कुराले सक्दैन।

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)

म अहिले नै तपाईंलाई बताउन चाहन्छु, ख्रीष्टको रगत अतिनै महत्त्वपूर्ण छ! तपाईं आफ्नो अनन्तता कहाँ बिताउनुहुनेछ भन्ने कुरा ख्रीष्टको रगतमा निर्भर छ। तपाईंले एक सफल ख्रीष्टियन जीवन जिउने कुरा पनि ख्रीष्टको रगतमा निर्भर छ। त्यस रगतको विषयमा महत्त्वपूर्ण कुराहरू तल बताइन्छ।

१. पहिलो रगतको बलिदानको कुरा समयको सुरुआतदेखि नै पाइन्छ।

संसारका प्राचीन मानिसहरूले पनि रगतको बलिदानमा विश्वास गर्दथे। प्राचीन संसारमा रगतको बलिदान चढाउने प्रथा नभएको कुनै समाज भेट्टाउनु गाह्रो छ। उदाहरणका निम्ति, प्राचीन मेक्सिकोका अजटेक इन्डियनहरूले तिनीहरूका झूटा देवताहरू र मूर्तिहरूलाई प्रसन्न तुल्याउन तिनीहरूका मूर्तिपूजाको वेदीमा २० हजारभन्दा धेरै मानिसहरूको हत्या गरेका थिए। मायन जातिका मानिसहरूले पनि त्यसै गर्दथे। प्राचीन समयमा प्रशान्त क्षेत्रका टापूहरूका सबै जनजातिहरूले रगतको बलिदान चढाउने गर्दथे। त्यसरी नै अफ्रिकाको प्रायः प्रत्येक जातिले पनि त्यसै गर्दथ्यो। प्राचीन चिनियाँहरूले उनीहरूका एक मात्र देवता शाङ टीलाई रगतको बलिदान चढाउँथे, जो ख्रीष्टभन्दा करिब २ हजार वर्ष अघिका थिए। चिनियाँहरूले इतिहासको प्रारम्भिक कालदेखि, समयको सुरुआतदेखि नै एक परमेश्वर, र रगतको बलिदान आवश्यक छ भनी जानेका थिए! प्रचीन समयमा जिएका एक चिनियाँ व्यक्तिले ईश्वर, र उहाँलाई हाडका टुक्राहरू र कछुवाका खबटाहरूमा रगतको बलिदान चढाउनुपर्ने विषयमा लेखे, जुन कुराहरू हालसालै गरिएको खननबाट प्राप्त भएको छ। ती सामग्रीहरू ४ हजार वर्षभन्दा पुराना हुन्। यस्तो विचार कहाँबाट आएको थियो? यो पहिलो आदम र तिनका सन्तानबाट सुरु भएर एक पुस्तादेखि अर्को पुस्तामा सर्दैआएको थियो।

मोशाले करिब इतिहासको सुरुआततिर उत्पत्तिको पुस्तक लेख। तिनले हाम्रा प्रथम आमाबुबाले पाप गर्दा उनीहरूको शरीर ढाक्न पशुहरू मार्न परेको कुरा लेखेका छन्। उनीहरूका छोरा हाबिलले रगतको बलि चढाए, जसद्वारा परमेश्वर प्रसन्न हुनुभयो। तर उसको दाजु कयिनले जमिनको उब्जनीको भेटी ल्याए र त्यो अस्वीकार गरियो। नोआले परमेश्वरलाई रगतको बलि चढाए। अब्राहामले पनि त्यसै गरे। यी सबै बलिदानहरू यहूदीहरूलाई परमेश्वरमा पशुहरूको बलिदान चढाउने आदेश दिइनुभन्दा धेरै अघि चढाइएका थिए। तिनीहरू मिश्रमा दास बनेर बसेका बेला परमेश्वरले तिनीहरूलाई पाठोको बलि चढाउने र त्यसको रगत ढोकाका चौकोसहरूमा लगाउने आज्ञा दिनुभयो। परमेश्वरले भन्नुभयो, कि जब उहाँले त्यो रगत देख्नुहुनेछ, तब उहाँले तिनीहरूलाई छोडिदिनुहुनेछ, र तिनीहरूका पापको दण्ड तिनीहरूलाई दिनुहुनेछैन। हामी त्यस विषयमा एउटा भजन पनि गाउँछौं,

देख्छु जब म त्यो रगत, देख्छु जब म त्यो रगत,
   देख्छु जब म त्यो रगत, म छोडिदिनेछु,
तिमीहरूलाई म छोडिदिनेछु।
   (‘व्हेन आई सी द ब्लड,’ जोन फूटीद्वारा १९औं शताब्दीमा रचित)

परमेश्वरले मिश्रदेशमा दासत्वमा रहेका यहूदीहरूलाई पहिलो निस्तार-चाडको समयमा यही कुरा भन्नुभयो। त्यो रात परमेश्वरले यहूदीहरूलाई यसो भन्नुभयो,

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन।’ (प्रस्थान १२:१३)

यहूदीहरूले आजको दिनसम्म चिन्हको रूपमा निस्तार-चाड्को रगतको बलि चढाउने गर्छन्। ख्रीष्ट क्रूसमा टाँगिनुभन्दा एक रात अघि उहाँले निस्तार-चाड्को अर्थ बदलाउँदै त्यसलाई पवित्र प्रभु-भोज बनाउनुभयो। कुनै-कुनै मण्डलीले त्यसलाई पवित्र भोज पनि भन्ने गर्छन्। क्याथोलिक र ईस्टर्न अर्थोडक्सहरू त्यसलाई मास भन्ने गर्छन्। तर त्रिएक परमेश्वर मान्ने प्रत्येक मण्डलीले यो पालन गर्दछ। बाइबलले भन्छ,

‘तिनीहरूले भोज खाइरहेका बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनकि यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बहाइन्छ।’(मत्ती २६:२६-२८)

तपाईं देख्नुहुन्छ, मूर्तिपूजकहरूले चढाउने रगतका सबै बलिदानहरू मानिसले परमेश्वरलाई बलिदान चढाउनु आवश्यक छ भन्ने धमिलो सम्झनाबाट आएको हो। अनि पुरानो करारको निस्तार-चाड्ले क्रूसमा हुने मसीहा, ख्रीष्टको बलिदानलाई संकेत गर्थ्यो। आज प्रभु भोजले चाहिँ ख्रीष्टले क्रूसमा हाम्रा निम्ति गर्नुभएको कामलाई संकेत गर्दछ। क्रूसमा भएको ख्रीष्टको मृत्यु त्यहाँ बगेको उहाँको रगत संसारको सम्पूर्ण इतिहासमा धार्मिक घटनाहरूको केन्द्र हो!

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)

ख्रीष्टले क्रूसमा गर्नुभएको रगतको प्रायश्चित किन अति महत्त्वपूर्ण छ त्यो म तपाईंलाई बताउनेछु। तर त्योभन्दा अघि मैले तपाईंलाई अर्को बुँदा बताउनुपर्छ।

२. दोस्रो, ख्रीष्टको रगतलाई शैतानले अति नै घृणा गर्दछ।

प्रकाशको पुस्तकमा लेकिएको छ,

‘...हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। तिनीहरूले थुमाको रगत...को कारण त्यसलाई जितेका छन्।’ (प्रकाश १२:१०-११)

शैतानले जान्दछ कि कसैले पनि त्यसलाई थुमाको रगत- अर्थात् ख्रीष्टको रगत, परमेश्वरका थुमाको रगतद्वारा जित्नुसक्छ। बाइबलले शैतान हत्यारा हो भनी भन्दछ। त्यसले सकेसम्म सबैलाई नाश पार्न चाहन्छ। त्यसैकारण त्यसले ख्रीष्टको रगतलाई नराम्रोसँग घृणा गर्छ। त्यसले जान्दछ, जब कुनै व्यक्तिसँग ख्रीष्टको रगत हुन्छ, तब त्यसलाई जित्न सकिन्छ। पापीहरूले ख्रीष्टको रगतद्वारा शैतानलाई जित्न सक्छन्। तर शैतान त्यस्तो भएको चाहँदैन। त्यसकारण ख्रीष्टको रगतलाई तुच्छ र बदनाम गराउन त्यसले सक्दो कोसिस गर्छ।

उन्नाईसौं शताब्दीको अन्त्यतिर र बीसौं शताब्दीको सुरुतिर शैतानले डा. हेरी इमिरसन फसडिक र डा. नेल्स फेर्रीजस्ता धेरै जना उदारवादी ईश्वरशास्त्रीहरूलाई ख्रीष्टको रगतलाई आक्रमण गर्न सुऱ्यायो। डा. फेर्रीले भने, ‘ख्रीष्टको रगतमा कुखुराको रगतभन्दा बढी शक्ति छैन।’ त्यस्ता मानिसहरू ख्रीष्टको रगतको विरुद्ध क्रोधित भएर बोले- किनकि त्यसो गर्न शैतानले तिनीहरूलाई सुऱ्याएको थियो।

तर, बीसौं शताब्दीको अन्त्यतिर शैतानले अर्को प्रकारले ख्रीष्टको रगतलाई आक्रमण गर्न थाल्यो। त्यसले रुढिवादी सुसमाचारवादी मानिसहरूलाई ख्रीष्टको रगतको महत्त्व कम गराउन मनायो। डा. जे. भर्नोन मेकजी अमेरिकमा अति प्रिय र धेरैले सुन्ने रेडियो शिक्षक हुन्, उनले त्यो शैतानिक प्रवृति फैलिरहेको महसुस गरे। डा. मेकजीले हाम्रो आजको बाइबल पद प्रकाश १:५ को आफ्नो टिप्पणीमा भने,

‘आजका केही मानिसहरूले गरेजस्तो ममा ख्रीष्टको रगतलाई तुच्छ देखाउन खोज्ने प्रवृति छैन। मलाई अझै पनि यी शब्दहरू भएको भजन मन पर्छ’ (जे. भर्नोन मेकजी, टीएचडी.,थ्रू द बाइबल, थोमस नेलसन पब्लिसर्स, १९८३, भाग ५, पृष्ठ ८९०,८९१ प्रकाश १:५-६ को टिप्पणी)

छ फोहरा त्यहाँ रगतले भरेको
निकालिएको इम्मानुएलका नसाहरूबाट;
अनि पापीहरू त्यो भलभित्र हाम्फाल्छन्,
तिनीहरूका दोषका दागहरू सबै हराउँछन्।
(‘दिअर इज अ फाउन्टेन,’ विलियम काउपर-१७३१-१८००-द्वारा रचित; ‘अमेजिङ ग्रेस’ को लयमा)।

स्पष्ट छ, डा. मेकजीले ती मानिसहरूलाई संकेत गरिरहेका थिए, जसले ख्रीष्टको रगतलाई तुच्छ बनाइरहेका थिए, जस्तै आर.बी. थिमी, जोन मेकअर्थर र चार्ल्स सी. रिर्री पनि, जसले कयिनको भेटीको बारेमा यसो भनेका थिए, ‘त्यो रगतहीन भेटी पूर्ण रूपले उचित थियो’ (चार्ल्स सी. रिर्री, टीएचडी., द रिर्री स्टडी बाइबल, मुडी प्रेस, १९७८, उत्पत्ति ४:३ को टिप्पणी)। डा. रिर्रीले लेखेका टिप्पणी पढ्दा मैले त्यो विश्वास नै गर्न सकिनँ। अनि डा. रिर्रीले त्यसो भनेकोमा श्री वारेन विर्सबीले उनलाई ‘बधाई’ दिएकोमा म अझ चकित भएँ! (वारेन डब्लु. विर्सबी, फिफ्टी पिपल एभरी क्रिश्चियन सुड नो, बेकर बुक्स, २००९, पृष्ठ २०७)। यी सबै कुरा मलाई उदारवादको अझै अर्को गलत विचारहरू आएको जस्तो लाग्यो। हामीले उदारवादी विद्वानहरूको स्वीकृति पाउने कोसिस गर्नु बन्द गर्नुपर्छ- त्यसमा पूर्ण बिराम लगाउनुपर्छ!।

यी मानिसहरूले उद्धारकर्ताको रगतको महत्त्व कति छ भनी नबुझेकाजस्तो देखिन्छ! धेरै जना मानिस तिनीहरूका पछि लागेका छन्, र तिनीहरूका प्रचारमा त्यो रगतको प्रशंसा गर्दैनन्। मलाई त यो अन्तिम समयको एउटा गम्भीर छलजस्तो लाग्छ। यदि हामी शैतानले ख्रीष्टको रगतलाई घृणा गर्छ, त्यो झूटा र छली हो भन्ने कुरा मनमा राख्छौं भने हामी त्यस छलमा पर्नेछैनौं! आमिन। सबै पास्टरले ख्रीष्टको अनमोल रगतको बारेमा प्रचार गरिरहनुपर्छ! किनभने बाइबलले यसलाई त्यसै भन्छ,

‘...ख्रीष्टको अनमोल रगत’ (१ पत्रुस १:१९)

३. तेस्रो, ख्रीष्टको रगतले हामीलाई छुटकारा दिन्छ।

पहिलो पत्रुसको त्यो सम्पूरण खण्डले भन्छ,

‘तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्टाइएका होइनौ, तर निष्खोट र निष्कलंक थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।’ (१ पत्रुस १:१८,१९)

तपाईं सुनद्वारा छुट्टाइनुभएको होइन। चाँदीद्वारा पनि परमेश्वरले तपाईंलाई बचाउनुहुन्न। तपाईं मण्डलीमा कति धेरै पैसा दिनुहुन्छ त्यसद्वारा पनि परमेश्वरले तपाईंलाई बचाउनुहुन्न। हामी ‘ख्रीष्टको अनमोल रगतद्वारा छुटाइएका छौं।’

छुट्ट्याइनु भनेको कसैलाई दासत्वबाट किन्नु हो। येशूले भन्नुभयो, उहाँ ‘धेरैको छुटकाराको मोल स्वरूप उहाँको आफ्नो प्राण दिन आउनुभएको हो’(मत्ती २०:२८)। उहाँले त्यो कुरा बुझाइरहनु परेन, किनकि त्यो बेला संसारमा दुइ-तिहाइ मानिसहरू दासको रूपमा थिए। प्राचीन ब्रिटेनदेखि लिएर स्पेन, स्पेनदेखि अफ्रिका सबैतिर हरेक जातिमा दासहरू थिए। कुनै बेला संसारमा हरेक जातीय समूह दासत्वमा परेको थियो। यहूदीहरू ४०० वर्षसम्म मिश्र देशमा दासत्वमा थिए, जुन कुरा मैले केही अघि बताएँ।

प्रेरित पत्रुसले भने, ख्रीष्टले हामीलाई उहाँको आफ्नै अनमोल रगतद्वारा किन्नुभएको हो। उहाँले कुन अवस्थाबाट तपाईंलाई किनेर बाहिर निकाल्नुभयो? पापको दासत्वबाट। लस एन्जलसका लाखौं मानिसहरू पापको दास बनेका छन्। तिनीहरू चुरोटमा अल्झिएका छन्- त्यो छाड्दैनन्। तिनीहरू छाडा फिल्महरूमा फसेका छन्, अनि त्यो हेर्न छाड्दैनन्। तपाईं त्यो पापको दास हुनुहुन्छ। तर बाइबलले भन्छ, ख्रीष्टले तपाईंलाई त्यसबाट छुटाउन सक्नुहुन्छ। उहाँले तपाईंलाई तपाईंको आफ्नै विरोधी अविश्वासी हृदयको पापबाट बचाउन सक्नुहुन्छ। मलाई लाग्छ, त्यो सबैभन्दा गाह्रो कुरा हो। ख्रीष्टले तपाईंको आफ्नै अविश्वासको दुष्ट हृदयबाट बचाउन सक्नुहुन्छ! अरू पनि धेरै कुरा भन्न सकिन्छ, तर समयको कमी छ। तपाईंको सम्पू्र्ण उद्धार ख्रीष्टको रगतमा निर्भर छ। ख्रीष्टको रगतले तपाईंलाई सबै पापबाट छुटकारा दिनु सक्छ। श्री विलियम काउपरले भनेका कुरा सुन्नुहोस्,

विश्वासद्वारा त्यो खोला देखेको दिनदेखि
   तपाईंको आलो घाउहरूले दिन्छ,
छुटकाराको प्रेम मेरो विषय भएको छ,
   म नमरुञ्जेल त्यो हुनेछ।
छ फोहरा त्यहाँ रगतले भरेको
   निकालिएको इम्मानुएलका नसाहरूबाट;
अनि पापीहरू त्यो भलभित्र हाम्फाल्छन्,
   तिनीहरूका दोषका दागहरू सबै हराउँछन्।
(‘दिअर इज अ फाउन्टेन,’ विलियम काउपर-१७३१-१८००-द्वारा रचित; ‘अमेजिङ ग्रेस’ को लयमा)।

अनि फान्नी क्रसबीले भने,

छुटाइएको, छुटाइएको,
   थुमाको रगतले छुटाइएको;
छुटाइएको, छुटाइएको,
   उहाँको सन्तान, सदाका निम्ति म!
(‘रिडिम्ड,’ फान्नी जे. क्रसबी-१८२०-१९१५- द्वारा रचित)

४. चौथो, ख्रीष्टको रगतले हरेक पापबाट तपाईंलाई शुद्ध पार्न सक्छ।

येशू को हुनुहुन्छ भन्ने कुरा नभुल्नुहोस्! उहाँ कुनै साधारण व्यक्ति हुनुहुन्न। तपाईंले चिन्नुहुने कुनै पनि व्यक्तिमा त्यो रगत हुँदैन जसले तपाईंका पापहरू पखाल्न सक्छ। तर येशू सड्कमा हिँड्ने कुनै साधारण मानिस हुनुहुन्न। होइन! येशू परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ, पवित्र त्रिएक परमेश्वरमा दोस्रो व्यक्ति, ‘परमेश्वरका परमेश्वर’ हुनुहुन्छ।

‘सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँबिना बनिएन।’ (यूहन्ना १:३)

प्रभु येशू ख्रीष्टले स्वर्ग छोडेर पृथ्वीमा आउनुभन्दा अघि सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभयो। उहाँ त्यो व्यक्ति हुनुहुन्छ, जसको रगतले तपाईंका पापहरू पखालिन सक्छ- र तपाईंलाई स्वर्ग जान सक्ने शुद्ध बनाउन सक्छ! प्रेरित यूहन्नाले भने,

‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ।’ (१ यूहन्ना १:७)

हाम्रो आजको बाइबल पदले पनि त्यसै भन्छ,

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)

के तपाईंलाई पनि त्यस्तो होस् भन्ने चाहनुहुन्छ? के तपाईं शैतानका पासोहरूबाट बच्न चाहनुहुन्छ? ख्रीष्टको रगतले त्यो गर्न सक्छ! के तपाईं पापबाट छुटकारा पाउन चाहनुहुन्छ? ख्रीष्टको रगतले त्यो गर्न सक्छ! के तपाईं सबै पापबाट धोइएर शुद्ध हुन चाहनुहुन्छ, र स्वर्गमा गएर हामीसँग आनन्द मनाउन चाहनुहुन्छ? ख्रीष्टको रगतले त्यो गर्न सक्छ!

तर तपाईंले गर्नै पर्ने केही कुरा छ। ख्रीष्टको रगतले तपाईंका निम्ति यी सबै कुरा गर्नुभन्दा अघि तपाईं आफ्नो पापबाट फर्कनुपर्छ। त्यो पहिलो कुरा हो। तपाईं आफ्ना पापहरूबाट फर्कनै पर्छ। दोस्रो, तपाईंले येशूमा विश्वास गर्नुपर्छ। विश्वासद्वारा उहाँकहाँ आउनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्। कसैले भन्ला, ‘के त्यत्ति मात्रै गर्नुपर्छ?’ हो, त्यत्ति मात्र गर्नुपर्छ। अनि उहाँको रगतले प्रत्येक पापबाट तपाईंलाई शुद्ध पार्दछ, अनि तपाईंलाई पिता परमेश्वरको संगति र आनन्दमा ल्याउँदछ! के तपाईं आफ्ना पापहरूबाट फर्कनुहुन्छ र येशूमा विश्वास गर्नुहुन्छ? श्री ग्रिफिथले उनको एकल गीतको एउटा खण्ड फेरि गाउँछन्, सुन्नुहोस्। श्री ग्रिफिथ बिस्तारै गाउनुहोला।

न चाँदी, न त सुनले पाएको हो मेरो छुटकारा,
   न संसारको धनले बचाउन सक्थ्यो मेरो आत्मालाई
क्रूसको रगत मेरो एकमात्र जग हो,
   मेरा उद्धारकर्ताको मृत्युले अब मलाई बनाउँछ पूर्ण।
छुटाइएको छु म, तर चाँदीले होइन,
   किनिएको म तर सुनले होइन;
येशूको रगतको दामले किनिएको,
   अवर्णीय प्रेमको अनमोल मूल्य।
(‘नर सिल्भर, नर गोल्ड,’ जेम्स एम. गेरी- १८५१-१९३५-द्वारा रचित)

यदि तपाईं येशूमा विश्वास गर्ने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने अरूहरू माथिल्लो तलामा भोजन गर्न जाँदा तपाईंहरू आएर पहिलो दुइ पंक्तिमा बस्नुहोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियोः
('नर सिल्भर नर गोल्ड,' डा. जेम्स एम. गेरीद्वारा रचित, १८५१-१९३५)


रूपरेखा

ख्रीष्टको रगतमा धोइएको!

WASHED IN CHRIST’S BLOOD!

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा रेभ. जोन शमूएल
केगनद्वारा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan

‘हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई धुनुहुनेलाई...।’ (प्रकाश १:५)
प्रकाश ७:१४p

१. पहिलो रगतको बलिदानको कुरा समयको सुरुआतदेखि नै पाइन्छ,
प्रस्थान १२:१३; मत्ती २६:२६-२८

२. दोस्रो, ख्रीष्टको रगतलाई शैतानले अति नै घृणा गर्दछ।
प्रकाश १२:१०-११; १ पत्रुस १:१९

३. तेस्रो, ख्रीष्टको रगतले हामीलाई छुटकारा दिन्छ। १ पत्रुस १:१८,१९;
मत्ती २०:२८

४. चौथो, ख्रीष्टको रगतले हरेक पापबाट तपाईंलाई शुद्ध पार्न सक्छ।
यूहन्ना १:३; १ यूहन्ना १:७