Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टमा मात्र!

IN CHRIST ALONE!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२२ अप्रेल, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, April 22, 2018

‘आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’(होशे ६:१,२)


यी पदहरूको अर्थ स्पष्ट छ। यो परमेश्वरले इस्राएललाई दिनुभएको अन्तिम बोलावट हो। चाँडै तिनीहरूलाई अश्शूरीहरूले कब्जा गरे अनि फेरि बेबिलोनमा लगिए। तिनीहरूलाई टुक्रा-टुक्रा पारिएपछि तिनीहरूले भने,‘आओ, हामी परमप्रभुतिर फर्कौं।’

हो, त्यो अगमवाणी पूरा भएको थियो, र तिनीहरू बेबिलोनीहरूद्वारा कैदी बनाई लगिए। त्यस अगमवाणीले भविष्यको बारेमा बताउँछ। परमेश्वरले भविष्यमा तिनीहरूलाई निको पार्नुहुनेछ। ‘उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’ भविष्यको त्यो दिनमा परमेश्वरले इस्राएलीहरूलाई फर्काएर त्यो देशमा ल्याउनुहुनेछ र तिनीहरूलाई बचाउनुहुनेछ।’ परमेश्वरले हाम्रो समयमा उहाँको अगमवाणी पूरा गर्न थाल्नुभएको छ। सन् १९४८ मा इस्राएललाई एउटा राष्ट्र घोषणा गरियो। त्यस समयदेखि यता इस्राएलीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको स्वदेश, इस्राएलमा फर्किन थालेका छन्। चाँडै तिनीहरू उहाँको सामने जिउनेछन्, ‘यसरी इस्राएलको उद्धार हुनेछ’ (रोमी ११:२६)। यी पदहरूको अर्थ यही नै हो।

तर अझै अरू कुराहरू छन्। कसैले भनेको छ, ‘यसको अर्थ एउटा छ, तर प्रयोग धेरै वटा छन्।’ यहाँ यी पदहरूका दुइ वटा प्रयोग छन्।

१. पहिलो, यी बाइबल पदहरू ख्रीष्टियनहरूलाई लागू हुन्छ।

यो खण्ड प्रयोगद्वारा ख्रीष्टियनहरूसँग बोल्दछ। थोरै ख्रीष्टियनहरू मात्र बिनाबाधा प्रभुको पछि लाग्छन्। उनीहरू आफ्नो ख्रीष्टियन जीवनमा अटल हुन्छन्। तर हामी धेरै जना ख्रीष्टियनहरू कहिलेकहीं सेलाउँछौं। यसैले परमेश्वरले हाम्रो जीवनमा समस्या र कष्टहरू पठाउनुहुन्छ। उहाँले ती समस्या र कठिनाइहरूद्वारा हामीलाई चूर हुन र पिटिइन दिनुहुन्छ। परमेश्वरले तपाईंको मनको सान्ति खोस्नुहुन्छ। परमेश्वरले तपाईंलाई निराश र गह्रौं मनको बनाइदिनुहुन्छ। आज राति यहाँ चर्चमा बसिरहँदा पनि तपाईंलाई त्यस्तै हुन्छ। परमेश्वरले तपाईंलाई किन यस्तो हुन दिनुहुन्छ? हुन सक्छ, उहाँले तपाईंको निम्ति केही नयाँ कुरा गर्नुहुनेछ। हुन सक्छ, परमेश्वरले अर्को वर्ष मेरो साथमा गएर एउटा नयाँ चर्च खडा गर्नका निम्ति तपाईंलाई तयार पारिरहनुभएको छ। वा हुन सक्छ, यो चर्चमा नयाँ जिम्मेवारीहरू उठाउन उहाँले तपाईंलाई तयार पारिरहनुभएको छ। मानिस भएकोले गर्दा हामी परिवर्तन हुन चाहँदैनौं। यसैले हामी भिन्नै जिम्मेवारीहरू लिन तयार नहोऊञ्जेल परमेश्वरले हामीलाई च्यात्नु र पिट्नुहुन्छ। परमेश्वरले हामीलाई उहाँको राज्यमा अझ बढी उपयोगी बनाउन हामीले समातेर बसेका मूर्तिहरू भत्काइदिनुहुन्छ। डा. टोजरले भनेका छन्, ‘कुनै व्यक्तिलाई गहिरो चोट नपारी परमेश्वरले उसलाई धेरै आशिष् दिनुहुन्छ भन्ने कुरामा शंका लाग्छ।’ यदि तपाईंको हृदय परिवर्तन भएको छ भने परमेश्वरले तपाईंलाई नाश पार्नुहुनेछैन। तर उहाँले तपाईंलाई झक्झकाइरहनुभएको । हुन सक्छ, उहाँले तपाईंलाई जागृति ल्याउन प्रयोग गर्नुहुनेछ।

‘दुइ दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’

म विश्वास गर्छु, नयाँ चर्च सुरु गर्दा तपाईंहरूमध्ये केहीलाई बलियो ख्रीष्टियन हुन सहायता मिल्नेछ। छोराछोरीहरू तरून अवस्थामा पुग्दा प्रायः हात-गोडा दुखेको अनुभव गर्दछन्। तिनीहरू त्यसलाई ‘बढ्दै जाने पीडा’ भन्छन्। नआत्तिनुहोस्। दुइ दिनपछि उहाँले तपाईंलाई पुनर्जीवित पार्नुहुनेछ र तपाईंलाई अझ बढी विश्वास र जीवन दिनुहुनेछ। उहाँले जे भत्काउनुहुन्छ त्यसको स्थान उहाँका प्रिय पुत्रद्वारा भर्नुहुन्छ। श्री जोन न्यूटनले ‘उदेकको अनुग्रह’ भन्ने भजन लेखे। तिनले यो कविता पनि लेखे।

म बढ्न सकूँ भनी प्रभुसँग गरेँ बिन्ती
विश्वास र प्रेम र हरेक अनुग्रहमा,
उहाँको उद्धारलाई अझ बढी जान्न सकूँ
खोजूँ गम्भीरतासाथ उहाँको मुहार।

सिकाउनुभो उहाँले नै मलाई प्रार्थना गर्न
गर्छु विश्वास, उहाँले दिनुभो प्रार्थनाको उत्तर!
तर त्यो यस्तो किसिमले भयो
जसले मलाई झन्नै निराश बनायो।

गरेँ आशा कुनै कृपाको समयमा
उहाँले दिनुभो तुरुन्त प्रार्थनाको उत्तर,
उहाँको प्रेमको बाध्यकारी शक्तिले
मेरा पापलाई पराजित गरी दिनुभो विश्राम।

साटोमा त्यसको गराउनु भो मलाई
महसुस हृदयमा लुकेका दुष्टताहरू,
अनि नरकको क्रोधका शक्तिहरूले
मेरो प्राणको हरेक भागमा गरे प्रहार।

त्यसपछि तिनी हामीलाई परमेश्वरले भन्नुभएको कुरा बताउँछन्,

यी भित्रिय कठिनाइहरू म गर्छु प्रयोग
स्वार्थ, अहंकार, पार्न तिमीलाई स्वतन्त्र,
अनि तोड्न तिम्रो सांसारिक आनन्दका युक्ति
ताकि पाउनोस् सम्पूर्ण तपाईं ममा।
(‘आस्क द लर्ड द्याट आइ मे ग्रो,’ जोन न्यूटनद्वारा रचित, १७२५-१८०७)

२. दोस्रो, यी बाइबल पदहरू हृदय परिवर्तन नभएकाहरूलाई लागू हुन्छ।

आज बेलुकी मेरो मुख्य उद्देश्य तपाईंलाई जीवनमा प्रयोग गर्नुपर्ने दोस्रो कुरा दिनु, र यदि तपाईंको हृदय अझैसम्म परिवर्तन भएको छैन भने यी पदहरू तपाईंसँग कसरी बोल्छन् भनी देखाउनु हो। परमेश्वर तपाईंलाई यसो भनिरहनुभएको छ।

‘आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’(होशे ६:१,२)

हृदय परिवर्तन पीडादायक हुन्छ। यो पीडादायक हुन्छ, किनकि तपाईं आफ्नो हृदय परिवर्तन गर्न चाहनुहुन्न। सायद तपाईं हृदय परिवर्तन गर्न चाहन्छु भन्नुहुन्छ होला- तर त्यो कुरा सत्य होइन। सायद तपाईं हृदय परिवर्तन भएको चाहनुहुन्छ भनी सोच्नुहुन्छ होला- तर त्यो पनि सत्य होइन! पवित्र बाइबलले भन्छ, ‘परमेश्वरलाई खोज्ने कोही छैन’ (रोमी ३:११)। त्यसो हो भने किन कुनै-कुनै मानिसहरूले ख्रीष्टको खोजी गर्न थाल्छन्? यसको जवाफ यूहन्ना १६:८ मा छ, जसले पवित्र आत्माले ‘संसारलाई पापको विषयमा दोषी ठहराउनुहुन्छ’ भन्दछ। यो ‘दोषी’ शब्द ग्रीक शब्द ‘इलिंगखो’- बाट आएको हो- जसको अर्थ, ‘कायल पार्नु,’ ‘दोष बताउनु,’ ‘हप्काउनु,’ ‘विश्वास दिलाउनु’ हो।

कुनै पनि मानिसलाई ऊ एक हराएको पापी हो भनेको मन पर्दैन। तर सुसमाचार प्रचारको कार्यक्रममा त्यसो भन्नु जरूरी हुन्छ। तपाईंको हृदय अहिलेसम्म परिवर्तन नहुनुको कारण यो हो कि, तपाईंले अहिलेसम्म आफ्नो पाप महसुस गर्नुभएको छैन। त्यसैले धेरै प्रार्थना गर्नु जरूरी छ, परमेश्वरले उहाँका पवित्र आत्मा पठाऊन् भनी बिन्ती गर्नुपर्छ, ताकि हराएका मानिसहरू तोडिऊन्, पिटिऊन् र तिनीहरूका स्वार्थीपन, र सर्वशक्तिमान् परमेश्वरको विरुद्ध गरेका विद्रोहका निम्ति दोषी ठहराइऊन्। तपाईंको हृदयमा त्यत्ति धेरै विद्रोह र पाप लिएर त्यो अन्तिम न्यायको बेला परमेश्वरको अगि कसरी उभिनुहुन्छ? यस्तो सन्देश सुनेपछि पनि माथ्लो तलामा संगति भवनमा गएर साथीहरूसँग हाँस्दै कसरी भोजन खान सक्नुहुन्छ? प्रत्येक दिन एउटा सन्देश नपढी र सन्देशको एउटा भिडियो नहेरी कसरी हप्ताभरि जिउन सक्नुहुन्छ? तपाईंले परमेश्वरको, साँचो परमेश्वरको भय मान्नुपर्छ, जुन परमेश्वरलाई दुःखी बनाउनुभएको छ, र जुन परमेश्वर तपाईंका निराश विचारहरू र कठोर हृदयको कारण रिसाउनुभएको छ! यो एउटा गम्भीर कुरा हो। योभन्दा गम्भीर कुरा यस संसारमा अरू केही छैन। नरकको आगोका ज्वालाले तपाईंलाई पर्खिरहेको छ, अनि तपाईं भने प्रचार सुनेलगत्तै आफ्ना मित्रहरूसित बसेर हाँस्नुहुन्छ। तपाईंका निम्ति त्यस्तो कुनै आशा छैन!

श्री जोन केगनले भनेका कुरा सुन्नुहोस्, ‘मेरो हृदय परिवर्तन हुनुभन्दा अघि मलाई मर्न मन लाग्दथ्यो। मलाई निद्रा लाग्दैनथ्यो। म हाँस्न सक्दिनँथेँ। म कुनै शान्ति पाउन सक्दिनँथेँ। म त्यो पीडाको भावना रोक्न सक्दिनँथेँ। म पूर्ण रूपले थकित भइसकेको थिएँ। ती सबै कुराद्वारा म थकित भइसकेको थिएँ। मैले आफैलाई घृणा गर्न लागेको थिएँ, म मेरो पाप र त्यसले ल्याउने अनुभवहरूलाई घृणा गर्थेँ,... मेरा पाप अति नै भयानक हुँदैगयो। म अब त्यो अझ सहन गर्न सक्दिनँथेँ। म जान्दथँ कि, परमेश्वर धर्मी हुनुहुन्छ र मलाई नरकमा पठाउन सक्नुहुन्छ। म संघर्ष गर्दागर्दा थाकिसकेको थिएँ। म जे थिएँ, ती सबैसँग म थाकिसकेको थिएँ। तापनि अझै मैले येशूमा विश्वास गरिनँ। मैले उद्धार पाउने ‘कोसिस’ गरिरहेको थिएँ। मैले ख्रीष्टमा विश्वास गर्ने ‘कोसिस’ गरिरहेको थिएँ र सकेको थिइनँ। मैले ख्रीष्टियन बन्ने निर्णय गर्न सकिरहेको थिइनँ, र त्यसले मलाई आशारहित महसुस गराएको थियो।

त्यसको सट्टा उहाँले मलाई बरु
गराउनुभो महसुस मेरो हृदयको दुष्टता
अनि नरकको क्रोधका शक्तिहरूले
मेरो प्राणको हरेक भागमा गरे प्रहार।

मेरो पापले मलाई नरकतिर ठेलिरहेको म महसुस गर्न सक्थेँ, तापनि मेरो हटीपनले मेरा आँशुहरूलाई पन्साएको म महसुस गर्न सक्थेँ। मैले सबै कुरालाई मर्न दिनु परेको थियो!

जोनलाई त्यस्तो कसरी भयो? सही शब्दहरू भन्न सकेकाले होइन! हे परमेश्वर, त्यस्तो हुँदैहोइन! शब्दहरूले कहिल्यै पनि सहायता गर्न सक्दैनथे। कुनै प्रकारका ‘भावनाहरू’ प्राप्त गरेर पनि होइन। हे परमेश्वर, त्यस्तो हुँदैहोइन! भावनाहरूले तिनलाई सहायता गर्न सकेनन्।

प्रभुले ‘च्यातिनु भएको छ। उहाँले पिट्नुभएको छ!’ उहाँले जोनको हृदय तोड्नुभएको छ। उहाँले जोनलाई पिटेर लडाउनुभएको छ!

साँचो हृदय परिवर्तन पीडादायक हुन्छ! तपाईं सर्वशक्तिमान् परमेश्वरसँग लडाइँ गरिरहनुभएको छ! तपाईं झुक्याएर त्यसबाट उम्किन सक्नुहुन्न! तपाईं कुरा बनाएर त्यसबाट उम्किन सक्नुहुन्न! तपाईं त्यसबाट आफ्नो बाटो बनाउन जान्न सक्नुहुन्न!

यी भित्रिय कठिनाइहरू म गर्छु प्रयोग
स्वार्थ, अहंकार, पार्न तिमीलाई स्वतन्त्र,
अनि तोड्न तिम्रो सांसारिक आनन्दका युक्ति
ताकि पाउनोस् सम्पूर्ण तपाईं ममा।

‘पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरणमा पर्दछन्।’ (भजन २:१२)

श्रीमती एमी जाबालागाले भनेकी कुरा सुन्नुहोस्, ‘मेरो पापको चिन्ताले गर्दा म आफैलाई टिठाएको अवस्थामा थिएँ।... आफ्नो हृदयको कालोपन र विकृत रूप कस्तो हुन्छ त्यो म पूरा वर्णन गर्न सक्दिनँ। परमेश्वरले ममा जे देख्नुभयो भनी म जान्दथेँ त्यसद्वारा म निराश र लज्जित थिएँ। सबै कुरा देख्नुहुने परमेश्वरको अगि म एक घृणित प्राणी थिएँ। मैले चर्चमा गरेकी सबै कार्यको जरा पापमा गाडिएको थियो। मैले आफैलाई शुद्ध ख्रीष्टियनहरूको माझमा फोहोरी कुष्ठरोगीजस्तो महसुस गरेँ। तापनि अझै पनि म ख्रीष्टमा विश्वास गर्दिनँथेँ। येशू मेरो निम्ति एउटा शब्द मात्र, एक टाढाका व्यक्तिजस्तो मात्र हुनुहुन्थ्यो। मैले राम्रा भावनाहरूको, मैले उद्धार पाएकी छु भन्ने प्रमाणस्वरूप कुनै प्रकारको अनुभवको खोजी गरिरहेकी थिएँ। डा. हिमर्सले हराएका मानिसहरूलाई सर्वशक्तिमान् परमेश्वरसँग खेलाँची गरेकोमा हप्काउनुभयो। म डरले काम्दै आफ्नो स्थानमा बसेँ। त्यो व्यक्ति म नै हुँ भनी म जान्दथेँ। डा. हिमर्सले बाइबलको यो वचनबाट बोल्नुभयो,’

‘आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।... उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’ (होशे ६:१,२)

एमीले भनिन्, ‘मेरो पाप अगाध समुद्रजस्तो फैलिएको थियो। म त्यो अझ सहन सक्दिनँथेँ। मैले येशूलाई पाउन परेको थियो। मैले उहाँको रगत पाउन परेको थियो।’

परमप्रभुले एमीलाई ‘टुक्रा-टुक्रा पार्नुभएको थियो। उहाँले तिनलाई पिट्नुभएको थियो।’ उहाँले एमीको हृदय तोड्नुभएको थियो! उहाँले एमीलाई पिटेर लडाउनुभएको थियो!

साँचो हृदय परिवर्तन पीडादायक हुन्छ! तपाईं सर्वशक्तिमान् परमेश्वरसँग लडाइँ गरिरहनुभएको छ! तपाईं झुक्याएर त्यसबाट उम्किन सक्नुहुन्न! तपाईं कुरा बनाएर त्यसबाट उम्किन सक्नुहुन्न! तपाईं त्यसबाट आफ्नो बाटो बनाउन जान्न सक्नुहुन्न!

के यी सबै कुराले तपाईंलाई विचलित बनाउँदैन? के तपाईं डराउनुभएको छैन? के धर्मका कुराहरू तपाईंको घाँटीसम्म आउँदैन? हे परमेश्वर, तिनीहरूलाई आगोका ज्वालाहरूबाट बचाउनुहोस्!

‘पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरणमा पर्दछन्।’ (भजन २:१२)

के तपाईं परमप्रभुद्वारा टुक्रा-टुक्रा पारिनुभएको छ? के उहाँका हातहरूद्वारा घाइते हुनुभएको छ? के तपाईंका दुःख र पीडा परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्न भन्ने कुराको चिन्ह हुन् भन्ने महसुस गर्नुहुन्छ? त्यो कुरा कसैलाई बताउन नसकेकोले गर्दा के पीडा महसुस गर्नुहुन्छ? के तपाईं पनि ख्रीष्टले गेतसमनीको बगैंचामा गर्नुभएको जस्तो एकलो र परमेश्वरद्वारा त्यागिएको अनुभव गर्नुहुन्छ? के तपाईं मनमनै यसो भन्नुहुन्छ, ‘परमेश्वरले मलाई किन त्याग्नुभयो?’ शैतानले खुसुक्क कानमा भन्छ, ‘अझै किन अगाडि बढ्छौ? कसैलाई तिम्रो वास्ता छैन। कसैले तिमीलाई प्रेम गर्दैन।’ मेरो बिन्ती छ, ‘शैतानको कुरा नसुन्नुहोस्!’

तपाईंले सुन्नुपर्ने सही व्यक्ति म नै हुँ। म जीवनमा कम्तीमा छ पल्ट यस्तो यातनाबाट भएर गएको छु। मेरो हृदय परिवर्तन हुनुभन्दा अघि, अरू बेला पाँच पल्ट।

उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’ (होशे ६:१,२)

म हरेक पल्ट यो गड्बडीबाट भएर जाँदा त्यो मलाई परमेश्वरका निम्ति अझ बढी काम गर्ने तयारी थियो। हरेक पल्ट त्यो पीडा चर्को हुन्थ्यो, त्यो कहिल्यै हट्दैनजस्तो लाग्थ्यो। अनि येशूले मलाई भन्नुभयो,

यी भित्रिय कठिनाइहरू म गर्छु प्रयोग
स्वार्थ, अहंकार, पार्न तिमीलाई स्वतन्त्र,
अनि तोड्न तिम्रो सांसारिक आनन्दका युक्ति
ताकि पाउनोस् सम्पूर्ण तपाईं ममा।

मेरो हृदय परिवर्तन हुँदा पहिलोपल्ट यस्तो भएको थियो। हालैमा चाहिँ त्यसबेला भयो, जब मलाई केन्सरले आक्रमण गरेको थियो। डाक्टरहरूले भने, ‘तपाईंलाई केन्सर भएको छ।’ तिनीहरूले मलाई धेरै औषधिहरू दिए। मैले आफूलाई उजाड-स्थानको एकलो मोशाजस्तो महसुस गरेँ। म घरीघरी धुरुधुरु रुन्थेँ, मध्यरातमा पनि रुन्थेँ। म अब सिद्धिएँ भनी सोच्थेँ। म टुक्रा-टुक्रा पारिएको थिएँ। म जान्दछु, मलाई कस्तो महसुस हुन्थ्यो। हरेक पल्ट म प्राणको अँध्यारो रातबाट भएर जाँदा परमेश्वरले मलाई कुनै नयाँ कुराका निम्ति तयार पारिरहनुभएको थियो। यस पटकचाहिँ एउटा नयाँ चर्च खडा गर्न मलाई तयार पार्नका निम्ति थियो।

प्रिय मित्र, परमेश्वरले हामीलाई त्याग्नुभएको छैन। हो, उहाँले तपाईंलाई टुक्रा-टुक्रा पार्नुभएको छ- तर उहाँले तपाईंलाई निको पार्नुहुनेछ! हो, उहाँले तपाईंलाई चोट पार्नुभएको छ- तर उहाँले पट्टी बाँधिदिनुहुनेछ! ख्रीष्टले मात्र तपाईंलाई आशा दिन सक्नुहुन्छ भनी तपाईंलाई जनाउन उहाँले तपाईंलाई एउटा उद्देश्यले पिट्नुभएको र टुक्राउनुभएको छ! ख्रीष्टमा मात्र तपाईंले शान्ति पाउनुहुन्छ भनी तपाईंलाई जनाउन! ख्रीष्टमा मात्र तपाईंले आनन्द पाउन सक्नुहुन्छ भनी तपाईंलाई जनाउन! उहाँ तपाईंका पापहरूको मूल्य चुकाउनका निम्ति मर्नुभयो भनी बताउन। तपाईंलाई एउटा नयाँ जीवन दिन उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो भनी तपाईंलाई जनाउन यसो गरिएको हो!

छ ख्रीष्टमा मात्र मेरो आशा, उहाँ ज्योति मेरो मेरो शक्ति, मेरो गीत,
   यो कुनेढुंगो, यो बलियो भूमि, भयानक खडेरी र आँधीद्वारा बलियो बनेको।
कति उच्च प्रेम, कति गहिरो शान्ति, डर साम्य हुन्छ, संघर्ष हुन्छ समाप्त!
   मेरा शान्तिदाता, मेरा सर्वेसर्वा- यहाँ ख्रीष्टको प्रेममा हुन्छु म खडा।

ख्रीष्टमा मात्र, जसले देह धारण गर्नुभो, असहाय बालकमा परमेश्वरको पूर्णता!
   प्रेम र धार्मिकताको वरदान, गिल्ला गरे उसैले जसलाई बचाउन आउनुभो।
त्यो क्रूसमा येशू मर्नुभयो, भो शान्त परमेश्वरको क्रोध,
   बोकाइयो उहाँलाई हरेक पाप- यहाँ ख्रीष्टको मृत्युमा म जिउँछु।

त्यहाँ जमिनमा उहाँको देह राखियो, संसारको ज्योति अन्धकारले छोप्यो,
   अनि अचानक त्यो महिमित दिन, जीवित हुनुभो चिहानबाट उहाँ!
उहाँ उभ्नुहुन्छ विजयमा, पापको पकड् मबाट हटेको छ
   किनकि म उहाँको, उहाँ मेरो- ख्रीष्टको अनमोल रगतले किनेको।
('इन क्राइष्ट एलोन,' केथ गेट्टी र स्टुअर्ट टाउनएन्डद्वारा रचित, २००१)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('इन क्राइष्ट एलोन,' केथ गेट्टी र स्टुअर्ट टाउनएन्डद्वारा रचित, २००१)


रूपरेखा

ख्रीष्टमा मात्र!

IN CHRIST ALONE!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं।’ (होशे ६:१,२)

(रोमी ११:२६)

१. पहिलो, यी बाइबल पदहरू ख्रीष्टियनहरूलाई लागू हुन्छ।

२. दोस्रो, यी बाइबल पदहरू हृदय परिवर्तन नभएकाहरूलाई लागू हुन्छ।
रोमी ३:११, यूहन्ना १६:८, भजन २:१२