Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जतिले उहाँलाई ग्रहण गरे!

AS MANY AS RECEIVED HIM!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१५ अप्रेल, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, April 15, 2018

‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्।’ (यूहन्ना १:११-१३)


येशू यरूशलेममा हुनुहुन्थ्यो। त्यो निस्तार-चाडको समय थियो। येशूले आश्चर्यकर्महरू गर्नुभएको धेरै जना मानिसले देखेका थिए। ती आश्चर्यकर्महरू देखेपछि तिनीहरूले विश्वास गरे। तिनीहरूले आश्चर्यकर्महरूमा विश्वास गरे, तर विश्वास उहाँमा गरेनन्। यसैले तिनीहरूका विश्वास व्यर्थ थियो। यसले मलाई आजका धेरै वटा केरेस्मेटिक मण्डलीहरूको सम्झना गराउँछ। तिनीहरूका विश्वास आश्चर्यकर्महरूमा केन्द्रित हुन्छ। वास्तवमा त्यसको अर्थ ‘चिन्हहरू’ हो। तिनीहरू सधैं चिन्ह र आश्चर्यकर्महरूको खोजी गर्दछन्। ती कुराले त्यस्ता मानिसहरूको उद्धार गराउँदैनन्।

‘तर येशूले आफैलाई तिनीहरूको भरमा छोड्नुभएन, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो।’ (यूहन्ना २:२४,२५)

येशूले तिनीहरूका हृदयभित्र देख्न सक्नुहुन्थ्यो। तिनीहरूले उहाँमा विश्वास गरेका छैनन् भनी उहाँले जान्नुहुन्थ्यो। तिनीहरू आश्चर्यकर्ममा मात्र विश्वास गर्दथे। चिन्ह र आश्चर्यकर्ममाथिको तिनीहरूका विश्वासले तिनीहरूलाई बचाउन सक्दैन भनी उहाँले जान्नुहुन्थ्यो। ‘तिनीहरूभित्र के छ भनी उहाँले जान्नुहुन्थ्यो।’ उहाँले ‘सबै मानिसको’ हृदयलाई जान्नुहुन्छ। उहाँले तपाईंको हृदयलाई पनि जान्नुहुन्छतपाईंले नयाँ जन्मको अनुभव गर्नुभएको छ कि छैन, त्यो पनि उहाँले जान्नुहुन्छ। तपाईंले नयाँ जन्मको अनुभव गर्नुभन्दा अघि तपाईंको हृदय पापको कारण भ्रष्ट हुन्छ। बाइबलले भन्छ,

‘मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ।’ (यर्मिया १७:९)

येशूले त्यो रात कहाँ बिताउनुभयो सो कुरा बाइबलले हामीलाई बताएको छैन। तर निकोदेमस नाउँका एक प्रसिद्ध विद्वान ‘राती येशूकहाँ आए’ (यूहन्ना ३:१,२)। अब यूहन्ना ३:१,२ पदहरू हेर्नुहोस्,

‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्।’ (यूहन्ना १:११-१३)

एक पापीले ख्रीष्टलाई ग्रहण गर्दा उसले उद्धार पाउँछ। यी तीन वटा बाइबल पदले उहाँलाई ग्रहण गर्ने मुख्य रूपरेखा बताउँछन्। पद ११ मा धेरै जना मानिसले ख्रीष्टलाई ग्रहण गर्नेछैनन् भनिएको छ। धेरै जना मानिस नरक जानेछन्। यो पदले भन्छ,

‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।’ (यूहन्ना १:११)

‘आफ्नै मानिसहरू’ भन्ने शब्दहरूको पहिलो प्रयोगले सामान्यतः मानिसहरूको संसारलाई बुझाउँछ। ‘आफ्ना मानिसहरू’ शब्दहरूको दोस्रो प्रयोगले यहूदीहरूलाई बुझाउँछ। तिनीहरूसँग उहाँको विषयमा पुरानो करारका अगमवाणीहरू भए पनि तिनीहरूमध्ये अधिकांशले उहाँलाई आफ्ना मसीह र प्रभुको रूपमा ग्रहण गरेनन्। यहूदीहरू र अन्य मानिसहरू, दुवैले नै ख्रीष्ट पृथ्वीमा आउनुहुँदा उहाँलाई ग्रहण गरेनन्, र आज पनि तिनीहरू उहाँलाई ग्रहण गर्दैनन्।

‘ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो...जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्।’( यशैया ५३:३)

परमेश्वरको स्वतन्त्र इच्छामा गरिएको कामले नै हराएको एक पापीलाई ख्रीष्टमा ल्याउँदछ। तर त्यसले हामीलाई हाम्रो मुख्य बाइबल पद यूहन्ना १:१२ तिर डोऱ्याउँछ,

‘तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।’ (यूहन्ना १:१२)

यस पदबाट हामी तीन वटा बुँदा निकाल्न सक्छौं।

१. पहिलो, ख्रीष्टलाई ग्रहण गर्नु भनेको के हो सो म बताउनेछु।

जुन ग्रीक शब्दलाई ‘ग्रहण’ भनी अनुवाद गरिेको छ त्यो, ‘लाम्बानो’ हो। यसको अर्थ ‘लिनु,’ ‘ग्रहण गर्नु,’ ‘प्राप्त गर्नु’ हो। हामी तपाईंलाई ख्रीष्टलाई ग्रहण गर्न लगाउँछौं। हामी तपाईंलाई उहाँलाई प्राप्त गर्न, उहाँमाथि विश्वास गर्न, उहाँलाई आफ्ना उद्धारकर्ता र प्रभुको रूपमा लिन अनुरोध गर्दछौं।

ख्रीष्टलाई ग्रहण गर्नका निम्ति बाइबलमा उहाँलाई जस्तो बताइएको छ त्यस्तै रूपमा तपाईंले उहाँलाई ग्रहण गर्नुपर्छ। ख्रीष्ट इम्मानुएल हुनुहुन्छ- अर्थ, परमेश्वर हामीसँग। परमेश्वर शरीरमा प्रकट हुनुभयो। उहाँ पिता परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ। येशू त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ, जो मानिसको स्वरूपमा बनाइनुभएको थियो। परमेश्वर-मानिस, जो अहिले स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। मानिसको रूपमा उहाँ कन्या मरियमद्वारा जन्मनुभएको थियो। उहाँ अनन्तका प्रभु हुनुहुन्छ- जसको सुरु र अन्त्य छैन, उहाँ परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ। यदि तपाईं यो कुरालाई ग्रहण गर्नुहुन्न भने ग्रहण गर्नुपर्ने अरू कुरा नै के छ र? उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ मात्र हुनुहुन्छ, जसले तपाईंको पाप हटाउन सक्नुहुन्छ र सारा अनन्तताभरि तपाईंका पापहरूबाट तपाईंलाई बचाउन सक्नुहुन्छ!

तर तपाईंले येशूलाई राजाको रूपमा लिनुहुन्न भन्ने उहाँलाई ग्रहण गर्न सक्नुहुन्न। उहाँले तपाईंको जीवनमा राज्य गर्नै पर्छ। तपाईंले आफैलाई पूर्ण रूपमा उहाँको हातमा दिनुपर्छ। तपाईं उहाँको अधीनमा बस्नुपर्छ। तपाईंले आफ्नो शरीर र प्राणमा ख्रीष्टलाई राज्य गर्न दिनुपर्छ। तपाईंले आफैलाई उहाँको नियन्त्रणमा दिनुपर्छ। तपाईं उहाँको अधीनमा बस्नै पर्छ, र तपाईंको इच्छा, तपाईंका विचारहरू, तपाईंका आशाहरू, तपाईंको सम्पूर्ण जीवन उहाँद्वारा नियन्त्रित हुनुपर्छ। तपाईंले यसो भन्न छाड्नुपर्छ, ‘हामीले यस व्यक्तिलाई हामीमाथि शासन गर्न दिनुहुँदैन।’ जोन केगनले यस्तो आवाज सुने, ‘ख्रीष्टमा समर्पण गर! ख्रीष्टमा समर्पण गर!’ तर यसले तिनलाई दुःखी बनायो। तिनी ‘येशूमा समर्पित हुन’ चाहदैनथे। तिनी येशूले तिनको जीवनमा अधीन गर्नुभएको चाहदैनथे। जोनको अवस्था दुःखमय थियो। ‘येशू मेरा निम्ति क्रूसमा मर्नुभयो... तापनि मैले आफैलाई उहाँमा समर्पित गरिनँ। यो विचारले मलाई तोड्यो।...’ त्यस क्षण जोनले आफैलाई ख्रीष्टमा समर्पण गरे। तिनले भने, ‘मैले आफैलाई मर्न दिनुपरेको थियो, अनि ख्रीष्टले मलाई जीवन दिनुभयो।’ जर्ज मथेसन (१८४२-१९०६) ले सही कुरा भनेका छन्। तिनले रचेका भजनको शीर्षक ‘प्रभु, बनाउनुहोस् मलाई कैदी’ भन्ने छ।

बनाऊ कैदी मलाई, प्रभु, र म हुनेछु स्वतन्त्र
लगाऊ कर मलाई उचाल्न मेरो तरवार, र म हुनेछु विजेता,
डुब्छु म सांसारिक डरमा, जब हुन्छु खडा म एकलै
बनाऊ कैदी मलाई तिम्रा हातहरूले, हुनेछ हात मेरा बलिया।

ख्रीष्टलाई ग्रहण गर्नका निम्ति तपाईंले उहाँलाई आफ्ना उद्धारकर्ता र राजाको रूपमा लिनुपर्छ। तपाईंले आफैलाई उहाँको हातमा दिनुपर्छ। तपाईंलाई यस्तो हुनै पर्छ। के उहाँको अमूल्य रगतले तपाईंका पापहरू हटाएको छ? के तपाईंले उहाँको रगतमा विश्वास गर्नुभएको छ? के त्यसले तपाईंका पापहरूबाट तपाईंलाई पखालेको छ? के उहाँलाई राजा मानेर तपाईंले आफैलाई उहाँको अधीनमा सुम्पिनुभएको छ? तपाईंले उहाँलाई समात्नु नभईञ्जेल र उहाँलाई तपाईंको आफ्नो भनी दाबी नगर्नु भईञ्जेल तपाईंले ख्रीष्टलाई ग्रहण गर्नुभएको हुँदैन। उहाँलाई ‘ग्रहण’ गर्नु भनेको उहाँमा ‘विश्वास’ गर्नु हो- जसको अर्थ उहाँलाई तपाईंका आफ्नै उद्धारकर्ता र आफ्नै राजाको रूपमा विश्वास गर्नु हो। जसरी भजनकारले भनेका छन्, ‘पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ।... ती सबै धन्य हुन्, जो उहाँको शरणमा पर्दछन्’ (भजन २:१२)। परमेश्वरका पुत्रलाई चुम्बन गर्नुहोस्! परमेश्वरका पुत्रलाई ‘ग्रहण’ गर्नु भनेको अर्थ यही हो।

२. दोस्रो, हामी परमेश्वरले हामीलाई उहाँका पुत्रलाई ग्रहण गर्ने शक्ति दिनुहुन्छ भनी जान्दछौं।

‘तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।’

‘अधिकार’ भनी अनुवाद गरिएको शब्द ‘एक्जौसिया’ हो। जामिसन, फस्सेट र ब्राउन भन्छन्, ‘यो शब्दले अधिकारक्षमतालाई बुझाउँछ।’ यस पदमा निश्चय ती दुवै अर्थ छन् (पृष्ठ ३४८)। ‘परमेश्वरका सन्तान’ लाई अझ राम्ररी ‘परमेश्वरका छोराछोरी’ भनी अनुवाद गरिएको छ (NKJV)। ख्रीष्टलाई ग्रहण गर्नु भनेको तपाईंले उहाँमाथि विश्वास गर्नु र तपाईं आफैलाई उहाँमा समर्पण गर्नु हो। तपाईं परमेश्वरको सन्तान कसरी बन्नुहुन्छ? येशू ख्रीष्टलाई ग्रहण गरेर नै हो।

म दुइ वर्षको हुँदा मेरा पिताले मलाई छोडेर जानुभयो, र म फेरि कहिल्यै उहाँको साथमा बसिनँ। म हुर्कंदै जाँदा मभन्दा ठूला केटाहरूले मलाई गिजाउँथे। मेरो हाँसो उडाउँदै भन्थे, ‘रोबर्टको बुबा छैन।’ त्यही बेलादेखि मैले मेरो नाउँ रोबर्ट एल. हिमर्स, जुनियर लेख्न थालेँ। मेरो नाउँ पिताको नाउँमा राखिएको थियो। मेरा पिता साँच्चै छन् भनी देखाउन मैले मेरो नाउँको पछिल्तिर ‘जुनियर’ लेखेँ। आजको दिनसम्म पनि म त्यसै गर्छु। सबैले मेरा पिता थिए भनी जानून् भन्ने म चाहन्थेँ। तर परमेश्वरलाई तपाईंको पिताको रूपमा पाउनु झन् धेरै महत्त्वपूर्ण कुरा हो। येशूलाई ग्रहण गर्ने प्रत्येक पुरुष, स्त्री र बाल-बालिकाका पिता परमेश्वर हुनुहुन्छ। यदि आज राति मैले यहाँ खडा भएर म अमेरिकाका राष्ट्रपतिको छोरा हुँ भन्न सकेँ भनेँ तपाईंहरूले मसँग डाह गर्नुहुनेछ। तर म परमेश्वरको छोरा हुँ भन्नुमा अझ बढी गर्व गर्दछु। मैले येशूलाई ग्रहण गरेँ अनि येशूले मलाई परमेश्वरको, ब्रह्माण्डमा शासन गर्नुहुने परमेश्वरको सन्तान बन्ने अधिकार र शक्ति दिनुभयो।

हुँ म राजाका सन्तान,
   राजाका सन्तान
मेरा येशू मेरा उद्धारकर्तासँग
   हुँ म राजाका सन्तान।
('अ चाइल्ड अफ द किङ,' हर्रिट ई. बुएलद्वारा रचित, १८३४-१९१०)

यदि तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ भने, परमेश्वरले तपाईंलाई अति धेरै प्रेम गर्नुहुन्छ। यदि तपाईं परमेश्वरका सन्तान हुनुहुन्छ भने, तपाईं उहाँसँग जोडिएको हुनुहुन्छ, ‘त्यस ईश्वरीय स्वभावमा सहभागी’ हुनुहुन्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने रातको कुनै पनि समय तपाईं उहाँकहाँ आउन सक्नुहुन्छ, उहाँ तपाईंलाई सहायता र अगुवाइ गर्न उपस्थित हुनुहुन्छ। जोन केगनका असल पिता छन्। तिनले कहिलेकहीं आफ्नो पिताको परिचय दिँदै यसो भन्छन्, ‘मेरा पिताले दुइ पल्ट पीएचडी. गर्नुभएको छ।’ तर मेरा पिताको विषयमा म अझै धेरै कुराहरू भन्न सक्छु। मेरा पिताले उच्च विद्यालयको पढाइ पनि पूरा गरेनन्। तर मेरा स्वर्गका पिता यस ब्रह्माण्डका राजा हुनुहुन्छ।

मेरा पिता घरहरू र जग्गाजमिनमा धनी छन्,
   संसारका सम्पत्तिहरू उहाँकै हातमा छन्!
माणिक र हीराहरूको, चाँदी र सुनको,
   उहाँको भण्डार पूरा, छ सम्पत्ति असीम,
   हुँ म राजाका सन्तान, हुँ म राजाका सन्तान:
मेरा येशू मेरा उद्धारकर्तासँग, हुँ म राजाका सन्तान।

मेरो निम्ति कलेज वा सेमिनरीको खर्च बेहोरिदिने वा नयाँ मोटरगाडी किनेदिने सांसारिक पिता थिएन। तर मसँग स्वर्गका पिता हुनुहुन्छ, जसले ‘आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार मेरो हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ’ (फिलिप्पी ४:१९)। मसँग स्वर्गका पिता हुनुहुन्छ, जसले मलाई विश्वासै गर्न नसकिने प्रतिज्ञा दिनुभएको छ, ‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’ (फिलिप्पी ४:१३)। सारा महिमा, प्रशंसा र आदर मेरा पिता र मेरा राजालाई होस्, जसले मलाई शक्ति दिनुभयो, र जसले मेरो जीवनभरि मेरा खाँचोहरू पूरा गरिदिनुभयो। मेरो जीवनीको पुस्तकभित्र डा. केगनले यसो भनेका छन्,

     यो एक जना यस्तो मानिसको कथा हो, जसले ठोकर खाए, चोट पाए र तोडिए, अनि आफैलाई उठाए र असंख्य बाधाहरूमाथि विजय पाए, अनि येशू ख्रीष्टले मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ भनी देखाए।
     उनी सधैं झगडा गर्ने मतवालाहरूको तोडिएको परिवारमा हुर्किए- तर अरूलाई प्रेरणा दिने व्यक्ति बने, जसले हजारौं मानिसको जीवन परिवर्तन गरे। उनी कलेजमा फेल भए- तर पछिबाट तीन वटा डाक्टरी डिग्री पाए र सत्र वटा पुस्तक लेखे। उनले विदेशी मिसनरी बन्ने कोसिस गरे र असफल भए- तर सारा संसारका मानिसहरूका निम्ति शक्तिको स्रोत बने!
     सायद अरू कोही हुन्थ्यो भने छोडेर जानेथियो होला, डा. हिमर्सले भने डाउनटाउन लस एन्जलसको बीचमा बीस वटा जातिय समूह भएको अनौठो मण्डली र पृथ्वीको अन्तिम छेउसम्म पुग्ने विश्वव्यापी सेवकाइ खडा गरे।...
     यो डा. आर. एल. हिमर्स, जुनियरको जीवन कथा हो, एक जना यस्तो व्यक्ति, जो सारा डरहरूको विरुद्ध असम्भव कुरा प्राप्त गर्न खडा भए। म यो जान्दछु, किनकि मैले चालीस वर्षभन्दा बढी समयदेखि उहाँको साथमा काम गर्दैआएको छु।
-                        डा. क्रिस्टोफर एल, केगन

म परमेश्वरको सन्तान हुँ!

हे जवान मानिस हो, तपाईंहरूको विश्वास र भरोसा येशू ख्रीष्टमा राख्नुहोस्। ख्रीष्टलाई ग्रहण गर्नुहोस् र उहाँले तपाईंहरूलाई परमेश्वरका छोराछोरी हुने अधिकार दिनुहुनेछ। जसरी उहाँले मलाई एउटा ठूलो घर, एउटा असल मण्डलीको चर्चको पास्टरी काम, अति सुन्दर पत्नी, असल दुइ छोराहरू र दुइ राम्री नातिनीहरूले आशिष् दिनुभएको छ, त्यसरी तपाईंहरूको जीवनलाई पनि आशिष् दिनुहुनेछ। म राजाको सन्तान हुँ।

यदि तपाईं ख्रीष्टलाई ग्रहण गरी उहाँकै निम्ति जिउनुभयो भने उहाँले तपाईंको जीवनलाई यसरी आशिष् दिनुहुनेछ, जुन देखेर संसार छक्क पर्नेछ- किनकि तपाईं पनि राजाको सन्तान बन्नुहुनेछ। अनि तपाईं यो भजन गाउन सक्नुहुनेछ,

हुँ म राजाका सन्तान,
   राजाका सन्तान
मेरा येशू मेरा उद्धारकर्तासँग
   हुँ म राजाका सन्तान।

‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्।’ (यूहन्ना १:११-१३)

३. तेस्रो, हामीले ख्रीष्टलाई ग्रहण गर्दा परमेश्वरले दिनुहुने नयाँ जन्मको बारेमा जान्दछौं।

‘तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्।’ (यूहन्ना १:११-१३)

यहाँ मैले भन्नैपर्छ कि, यो सन्देशका मुख्य विचारहरूको रूपरेखा ‘प्रचारकहरूका राजकुमार’ महान् स्पर्जनबाट लिइएको हो।

प्रभु येशूमा विश्वास गर्ने प्रत्येक व्यक्तिको पुनर्जन्म भएको हुन्छ। केही ईश्वरशास्त्रीहरू पहिले विश्वास कि पुनर्जन्म आयो भनी सोच्ने गर्छन्। म श्री स्पर्जनसँग सहमत छु। तिनले भने, विश्वास र पुनर्जन्म ‘सँगसँगै’ आएको हुनुपर्छ। पुनर्जन्म नयाँ जन्मका निम्ति प्रयोग गरिने ईश्वरशास्त्रीय शब्द हो। श्री स्पर्जनले भने, ‘यदि मैले येशू ख्रीष्टमा विश्वास गरेँ भने मेरो पुनर्जन्म भएको छ कि छैन भनी मैले सोध्नु पर्दैन, किनकि पुनर्जन्म नभएको व्यक्तिले प्रभु येशू ख्रीष्टमा विश्वास गर्न सक्दैन, र यदि पुनर्जन्म भएको छ भने मैले येशूमा विश्वास गर्नै पर्छ, किनकि स्पष्ट छ, त्यसो नगर्ने व्यक्ति पापमा मरेको हुन्छ। विश्वासअनुसारको कार्यले त्यो व्यक्तिको पुनर्जन्म भएको दर्शाउँछ।’

हामी ख्रीष्टियनहरूकै रूपमा जन्मेका होइनौं। न त हामी ‘मानिसको इच्छाद्वारा जन्मेका’ नै हौं। संसारका महानभन्दा महान् ख्रीष्टियनले पनि हामीलाई नयाँ बनाउन सक्दैन। हामी ‘शरीरको इच्छाले’ नयाँ गरी जन्मेका होइनौं। हाम्रो स्वतन्त्र इच्छाले पनि होइन। मानिसको इच्छामा पुनर्जन्म गराउने क्षमता हुँदैन। हामी माथिबाट नै जन्मनुपर्छ। पवित्र आत्मा नै त्यो शक्ति हुनुपर्छ जो हामीभित्र प्रवेश गर्नुहुन्छ र हामीलाई फेरि नयाँ प्राणीहरू बनाउनुहुन्छ।

जहाँ येशूमा विश्वास हुन्छ, त्यहाँ नयाँ जीवन हुन्छ। जहाँ विश्वास हुँदैन त्यहाँ जीवन हुँदैन। यदि तपाईंले येशू ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईं नयाँ गरी जन्मनुभएको छ। ‘मानिसको इच्छाद्वारा होइन, तर परमेश्वरको इच्छाद्वारा।’ मैल तपाईंलाई यो प्रश्न गर्नैपर्छः के तपाईंले ख्रीष्टलाई ग्रहण गर्नुभएको छ? के तपाईं उहाँमा मात्र भरोसा गर्नुहुन्छ? के तपाईं यसो भन्न सक्नुहुन्छ,

ख्रीष्ट बलियो चट्टानमा म खडा हुन्छु
अरू सबै भूमि भास्सिने बालुवा हो?

के तपाईं येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ? के तपाईंले उहाँलाई ग्रहण गर्नुभएको छ? यदि उहाँलाई ग्रहण गर्नुभएको छैन भने किन गर्नुभएको छैन? के उहाँलाई ग्रहण गर्न तपाईंका निम्ति कुनै कठिनाइ छ? ममा विश्वास गर्नु एउटा कुरा हो। तर येशू ख्रीष्टमा विश्वास गर्नु अर्को कुरा हो। उहाँमा विश्वास गर्नु भनेको उहाँमा भरोसा गर्नु हो। उहाँमा भरोसा गर्नु भनेको उहाँलाई ग्रहण गर्नु हो।

यदि डा. केगनले तपाईंलाई ‘के तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ’ भनी सोध्नुभयो भने तपाईंको जवाफ के हुनेछ? तपाईंले उहाँलाई हेर्नु पर्दैन। तपाईंले उहाँलाई अनुभव गर्नु पर्दैन। तपाईंले केवल उहाँमाथि विश्वास गर्नुपर्छ। डा. केगनले तपाईंलाई झुक्याउने कोसिस गर्नुहुनेछैन। उहाँ तपाईंलाई पास गराउन चाहनुहुन्छ, र म तपाईंलाई बप्तिस्मा दिन चाहन्छु। हामी तपाईंजस्ता मानिसहरूले येशूमा विश्वास गरेको देख्न चाहन्छौं। येशू तपाईंको पापको दाम तिर्न क्रूसमा मर्नुभयो। के तपाईं उहाँमा विश्वास गर्नुहुनेछ? किन अहिले, आज राति नै येशूमा विश्वास गर्नुहुन्न? तपाईं भन्नुहोस्, ‘म उहाँमा विश्वास गर्न चाहन्छु।’ त्यसो भए अहिले नै किन त्यसो नगर्ने? भावनाहरू नखोज्नुहोस्। येशूलाई हेर्नुहोस्। कुनै ठूलो अनुभव नखोज्नुहोस्। येशूलाई हेर्नुहोस्। तपाईंले आफैभित्र पनि नहेर्नुहोस्। तपाईंभित्र कुनै यस्तो कुरा छैन, जसले तपाईंलाई बचाउन सक्छ। आफ्नै विचारहरूमा भरोसा नराख्नुहोस्। स्वयम् येशूमा भरोसा राख्नुहोस्। येशूलाई ग्रहण गर्नुहोस्, र उहाँले तपाईंलाई ग्रहण गर्नुहुनेछ!

अहिल्यै किन नगर्ने? अहिल्यै किन नगर्ने?
   अहिल्यै किन नगर्ने भरोसा उद्धारकर्तामा?
अहिल्यै किन नगर्ने? अहिल्यै किन नगर्ने?
   अहिल्यै किन नगर्ने भरोसा उद्धारकर्तामा?

भयौ संसारमा पाउन तिमी असफल
   थोरै भए पनि शान्ति अशान्त मनलाई,
आऊ ख्रीष्टमा, गर विश्वास उनमा,
   शान्ति र सान्त्वना पाउनेछौ।

अहिल्यै किन नगर्ने? अहिल्यै किन नगर्ने?
   अहिल्यै किन नगर्ने भरोसा उद्धारकर्तामा?
अहिल्यै किन नगर्ने? अहिल्यै किन नगर्ने?
   अहिल्यै किन नगर्ने भरोसा उद्धारकर्तामा?
(‘व्हाइ नट नाउ,’ डेनिएल डब्लु. व्हिटल- १८४०-१९०१- द्वारा रचित, पास्टरद्वारा केही फेरबदल गरिएको)

येशूमा विश्वास गर्नु सजिलो छ। श्रीमती एमी जाबालगाले के भनी सुन्नुहोस्, ‘मेरो विश्वासलाई प्रमाणित गर्न म कुनै प्रकारको भावना वा केही अनुभवको खोजी गरिरहेकी थिएँ... यसरी अन्त्यहीन रूपमा येशूलाई इन्कार गर्दैथिएँ। मैले आफैलाई छोडिदिएँ र मलाई पर्खिनुहुने उद्धारकर्ताको हातमा दिएँ।’ श्री जोन केगनले भने, ‘मेरो मनले गरेको कुनै काम वा इच्छाले होइन, तर मेरो हृदयले ख्रीष्टमा भरोसा राख्दा उहाँले मलाई बचाउनुभयो।’ एमी र जोनले येशूमा भरोसा राखे। उनीहरूले उहाँलाई ग्रहण गरे। बस त्यत्ति मात्र गरे! आज राति तपाईंहरूले येशूमा विश्वास गर्नुहोस् भन्ने मेरो प्रार्थना छ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अ चाइल्ड अफ द किङ,' हर्रिट ई. बुएलद्वारा रचित, १८३४-१९१०)


रूपरेखा

जतिले उहाँलाई ग्रहण गरे!

AS MANY AS RECEIVED HIM!

by Dr. R. L. Hymers, Jr.

‘उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।’ (यूहन्ना १:११-१३)

(यूहन्ना २:२४,२५; यर्मिया १७:९; यूहन्ना ३:१,२; १:११-१३; यशैया ५३:३)

१. पहिलो, ख्रीष्टलाई ग्रहण गर्नु भनेको के हो सो म बताउनेछु। भजन २:१२

२. दोस्रो, हामी परमेश्वरले हामीलाई उहाँको पुत्रलाई ग्रहण गर्ने शक्ति दिनुहुन्छ भनी जान्दछौं। फिलिप्पी ४:१९, १३; यूहन्ना १:११-१३

३. तेस्रो, हामीले ख्रीष्टलाई ग्रहण गर्दा परमेश्वरले दिनुहुने नयाँ जन्मको बारेमा जान्दछौं। यूहन्ना १:१३