Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




उहाँको रगतद्वारा हामी शुद्ध पारिएका छौं

BY HIS BLOOD WE ARE CLEANSED!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२८ जनवरी, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 28, 2018

‘ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।’ (यशैया ५३:३)

‘तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउन दण्ड उसमाथि पऱ्यो र उसको कोर्राको चोटले हामी निको भयौं।’ (यशैया ५३:५)


अस्तिको आइतबार मैले ख्रीष्टको रगतको आवश्यकताको विषयमा प्रचार गरेँ (रगतसहित वा रगतविना)। त्यो सन्देशमा दुइ वटा मुख्य बुँदा थिए। पहिलो, ख्रीष्टको रगतविना तपाईंलाई के हुनेछ। दोस्रो, यदि तपाईंसँग ख्रीष्टको रगत भने तपाईंलाई के हुनेछ।

मैले पहिलो बुँदा अन्तर्गत दुइ वटा छोटो खण्डमा नरकको विषयमा चर्चा गरेँ। त्यसपछि पहिलो बुँदाको बाँकी भागमा मैले पापको विषयमा चर्चा गरेँ। मैले भनेँ कि, येशूको रगतविना, ‘तपाईंको पापबाट कुनै छुटकारा छैन। तपाईंको पापबाट उद्धार छैन। तपाईंको पापबाट स्वाधीनता छैन। तपाईंको पापको क्षमा छैन।’ त्यसपछि म दोस्रो बुँदामा गएँ,‘ तपाईंसँग येशूले बगाउनुभएको रगत छ भने के तपाईंलाई हुनेछ।’ मैले पूरा चार पन्नामा ‘तपाईंका पाप मेटाउने,’ ‘तपाईंका पाप क्षमा गर्ने,’ र ‘तपाईंलाई स्वर्गमा लैजाने,’ ख्रीष्टको रगतको अचम्मको शक्तिको बारेमा बताएँ। मैले भनेँ कि, ती स्वर्गमा हुनेहरूले ‘ख्रीष्टको रगतले उद्धार पाएको’ स्तुति गाउनेछन् भनी भनेँ। मैले फेन्नी जे. क्रस्बीले लेखेका ‘थुमाको रगतद्वारा बचाइएको’ भन्ने भजन पनि उल्लेख गरेँ। मैले श्री स्पर्जनको भनाइ उल्लेख गरेँ, ‘रगतविहीन सुसमाचार... शैतानको सुसमाचार हो।’ मैले चार्ल्स वेस्लीको भजन उल्लेख गरेँ, जसले भन्छ,

उहाँको रगतले अति घृणितलाई शुद्ध पार्नुहुन्छ
उहाँको रगतमा छ मेरो फाइदा।
(‘ओ फर अ थाउजन्ड टङ्गस् टु सिङ,’ चार्ल्स वेस्ली-१७०७-१७८८)

मैले त्यो भजन तपाईंहरूलाई गाउन लगाएँ। त्यसपछि मैले तपाईंहरूलाई ‘शक्ति छ, छ उदेकको शक्ति छ, येशूको रगतमा’ (लिविस ई. जोनेस-१८६५-१९३६- द्वारा रचित) भजन गाउन लगाएँ। वास्तवमा मैले त्यो तपाईंहरूलाई तीन चोटि गाउन लगाएँ। त्यसपछि मैले १९ औं शताब्दीका महान् प्रचारक श्री अक्टाभियस विन्स्लोको भनाइ उल्लेख गरेँ, जसले भनेका छन्, ‘जब तपाईं ख्रीष्टको अगाडि घुँडा टेक्नुहुन्छ अनि (तपाईंको विवेक शुद्ध पारेर) त्यो रगत, जसले तपाईंका सारा दोषहरू क्षमा गर्छ, ढाक्दछ र रद्द गर्दछ।’ त्यसपछि मैले श्री स्पर्जनले एक जवान केटोलाई भनेका कुरा उल्लेख गरेँ, ‘तपाईं स्वयम् ख्रीष्टकहाँ आउनुहोस्। उहाँले आफ्नो अमूल्य रगतले तपाईंका पापहरू पखाल्नुहुनेछ।’ अनि मैले ‘जस्तो म छु’ भन्ने भजन उल्लेख गरेँ, जसले ‘येशूको रगत मेरो निम्ति बगेको थियो’ भनी भन्दछ। मैले यसो भन्दै मेरो त्यो सन्देश अन्त्य गरेको थिएँ, ‘येशूमा विश्वास गर्नुहोस्, येशूकहाँ आउनुहोस्, येशूको अनमोल रगतद्वारा तपाईंका पापहरूबाट पखालिएर शुद्ध हुनुहोस्।’ मैले ती कुरा स्पष्ट बुझाउन सकेँ कि सकिनँ मलाई थाहा छैन।

आइतबार बिहानको सेवामा श्री जोन शमूएल केगनले ‘ख्रीष्टको श्रेष्ठता’ भन्ने विषयमा प्रचार गरे। श्री केगनले कलस्सी १:१४ उल्लेख गर्दै तिनको सन्देश समाप्त गरे,

‘उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ।’

त्यसपछि श्री केगनले भने, ‘उहाँको रगतले तपाईंको पापका निम्ति प्रायश्चित गर्दछ। आफैलाई उहाँको कृपामा छाड्नुहोस्। उहाँले मात्र आफ्नो रगतले तपाईंका पापबाट तपाईंलाई छुटकारा दिन सक्नुहुन्छ। म प्रार्थना गर्दछु, कि तपाईंले आज नै येशूमा विश्वास गर्नुहोस्।’ श्री केगनको सन्देश श्री ग्रिफिथले ‘ओ सेक्रेड हेड, नाउ वुनडेड’ भजन गाएपछि प्रस्तुत गरिेको थियो, त्यस भजनले हाम्रो पापका निम्ति भएको ख्रीष्टको बलिदानको प्रशंसा गर्दछ। अहो, अनि त्यस आइतबार बेलुकी मेरो सन्देश श्री ग्रिफिथले विलियम काउपरद्वारा रचित भजन ‘छ त्यहाँ एउटा मुहान’ गाएपछि प्रस्तुत भएको थियो। त्यस भजनले भन्छ,

‘छ त्यहाँ एउटा मुहान रगतले भरेको,
   निकालिएको इम्मानुएलका नसाहरूबाट;
पापीहरू डुब्छन् त्यो भलभित्र,
   हराउँछन् सब दोषका दागहरू।’

तापनि पाप पखाल्ने येशूको रगतको विषयमा गरिएको प्रचार र गाइएको भजन सबैले ती सुन्ने तपाईं हराएका मानिसहरूमध्ये धेरैलाई कुनै प्रभाव पारेन! कुनै प्रभाव नै पारेन! बेलुकीको सन्देश सुनेपछि एउटी केटी मलाई भेट्न आई। मैले भनेँ, ‘घुँडा टेक र ख्रीष्टमा विश्वास गर।’ उसले रिसाएर मलाई हेरी र भनी, ‘गर्दिनँ!’ मैले विश्वासै गर्न सकिनँ! उ मलाई भेट्न किन आएकी थिई? के उसले मलाई भेट्दा उद्धार पाइन्छ भनी सोचेकी थिई? म छक्क परेँ। त्यसपछि एक जवान केटो मलाई भेट्न आयो। उसको आँखामा आँसु थियो, यसैले सायद उसलाई आफ्नो पाप महसुस भयो होला भनी मैले सोचेँ। तर होइन रहेछ। ऊ त नरक जन डराएको मात्र रहेछ, जुन कुराको मैले आफ्नो सन्देशमा सायदै चर्चा गरेको थिएँ। ऊ नरक जान डराएको थियो। बस, त्यत्ति मात्र रहेछ। उसले पापको बारेमा कुनै कुरा गरेन। अनि उसले येशूको रगत र उसको पाप पखाल्न सक्ने त्यसको शक्तिको विषयमा एक शब्द, एकै शब्द पनि भनेन! साँच्चै एक शब्द पनि भनेन- तापनि उसले आइतबार बिहान श्री जोन केगनको सन्देशदेखि लिएर रातिको मेरो सन्देशसम्म सारा दिनभरि येशूको रगतको शुद्ध पार्ने शक्तिको बारेमा सुनेको थियो। पाप पखाल्ने येशूको रगतको विषयमा गाइएका सबै भजनहरूको पनि उसले कुनै कुरा गरेन। यस्तो लाग्थ्यो, त्यो दिनभरि उसले येशूको रगतको शक्तिको बारेमा एउटै पनि शब्द सुनेन- उसलाई एउटै शब्द पनि सम्झना थिएन!

ती केटी येशूको प्रेम र पापका निम्ति उहाँले बगाउनुभएको रगतको विषयमा एकै क्षण पनि विचार नगरी किन रिसाएको अनुहार लिएर आई? त्यो केटो नरकको डर मानेर किन आयो- जसले पाप पखाल्ने येशूको रगतको बारेमा एक शब्द पनि भनेन? यसको उत्तर हाम्रो आजको पहिलो बाइबल पदमा छ,

‘ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो,...ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।’ (यशैया ५३:३)

मेरा प्रिय मित्रहरू, हराएका पापीहरूले अनुग्रहद्वारा आश्चर्यकर्म भयो भने मात्र येशूलाई घृणा र इन्कार गर्न छाड्छन्। पवित्र आत्माको कामद्वारा मात्र हराएको पापीले येशूबाट आफ्नो मुख फर्काउन छोड्छ- र पाप पखाल्नका निम्ति उहाँले चढाउनुभएको रगतको बलिदानलाई सम्मान गर्दछ।

यदि तपाईंले अहिलेसम्म पनि येशूको बचाउने रगतलाई घृणा र इन्कार गरिरहनुभएको छ भने हाम्रो आजको दोस्रो बाइबल पदले हामीलाई बचाउन येशूले के गर्नुभयो भन्ने कुरा बताउँछ। तपाईंले उहाँलाई र उहाँको रगतलाई इन्कार गर्नुभए पनि

‘उहाँ त हाम्रा(तपाईंको) अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। ... र उसको कोर्राको चोटले हामी (तपाईं) निको (हुनुभएको छ) भयौं।’ (यशैया ५३:५)

अस्तिको आइतबार बेलुकी मैले प्रचार गर्नुभन्दा अघि मैले स्पर्जनको चर्चमा जाने दुइ जना जवान केटीहरूका जीवन साक्षी पढेर सुनाएँ। पहिलो केटीको बारेमा यसो भनिएको थियो,

     श्री स्पर्जनको प्रचार सुन्नुभन्दा अघिसम्म तिनको हृदय कठोर थियो। तिनको पापको दण्डको बारेमा सुनेर तिनी अति भयभीत भइन्। तिनी चर्चको सेवामा गइरहिन्, तर धेरै महिनासम्म निराश भइरहिन्। एक दिन तिनले स्पर्जनले येशूको बारेमा प्रचार गरेका सुनिन्। तिनले येशूमा र उहाँको प्रायश्चितको रगतको विषयमा सुनिन् विश्वास गरिन् अनि आनन्दित भइन्। तिनले येशूमा मात्र विश्वास गरिन् र उद्धार पाइन्।

दोस्रो केटीको बारेमा यसो भनिएको थियो,

तिनले आफ्नो उत्सुकताको कारण श्री स्पर्जनको प्रचार सुनिन्। डरले भुतुक्क भई तिनी चर्च जान छाडिन्। तिनले भनिन्, ‘काश, म तिनको प्रचार सुन्न कहिल्यै नगएकी भए राम्रो हुन्थ्यो। म फेरि नजाने संकल्प गर्दछु। तर अलग बस्दा पनि म दुःखी महसुस गर्दछु। केही सीप नलागेर मैले ख्रीष्टमा विश्वास गरेँ अनि उहाँमा मैले शान्ति र सान्त्वना पाएँ। मैले येशूबाहेक अरू कुनै कुरामा शान्तिको खोजी गर्न छाडेपछि मात्र ख्रीष्टलाई पाउन सकेँ। पहिले त मैले सबै प्रकारको कोसिस गरेँ। तर मैले ख्रीष्ट र सबैलाई बचाउने उहाँको रगत नभेटेसम्म अरू कुनै कुराले पनि मलाई शान्ति दिएन।’

बचाइएको! यो कोरस मसँगसँगै गाउनुहोस्!

बचाइएको, बचाइएको, बचाइएको थुमाको रगतद्वारा;
   बचाइएको, बचाइएको, उहाँको सन्तान र म सधैँ छु।
(‘रिडिम्ड,’ फेन्नी जे. क्रस्बी-१८२०-१९१५-द्वारा रचित)

यो फेरि गाउनुहोस्!

बचाइएको, बचाइएको, बचाइएको थुमाको रगतद्वारा;
   बचाइएको, बचाइएको, उहाँको सन्तान र म सधैँ छु।

हामीलाई बचाउने येशको रगत कुनै साधारण रगत होइन। प्रेरित २०:२८ बाट हामी येशूको रगत कति महान् छ भनी थाहा पाउँछौं। पावलले एफिससको मण्डलीका एल्डरहरूलाई यसो भने,

‘उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरको मण्डलीका हेरचाह तपाईंहरू गर्नुहोस्।’

के तपाईं किङ जेम्स बाइबल गलत अनुवाद भएको छ भनी सोच्नुहुन्छ? त्यसोभए, न्यू इन्टरनेसनल अनुवाद सुन्नुहोस्,

‘परमेश्वरले उहाँको आफ्नै रगतले किन्नुभएको उहाँको मण्डलीको तपाईंहरू गोठालो गर्नुहोस्।’

सायद अझै पनि तपाईंलाई विश्वास भएन होला। म तपाईंलाई न्यू अमेरिकन स्टान्डर्ड अनुवाद सुनाउँछु,

‘तपाईंहरू परमेश्वरको मण्डलीको गोठालो गर्नुहोस्, जुन उहाँले आफ्नै रगतले किन्नुभएको हो।’

स्पष्ट छ, तपाईंको पाप पखाल्ने येशूको रगत कुनै साधारण रगत होइन। हामी ‘परमेश्वरको रगत’ पापबाट छुटकारा पाउँछौं। येशू ख्रीष्ट त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ- पुत्र परमेश्वर हुनुहुन्छ। देहधारी परमेश्वर हुनुहुन्छ। मानवको शरीरमा आउनुभएका परमेश्वर हुनुहुन्छ। यसैले उहाँको रगतलाई ‘परमेश्वरको रगत’ भन्नु उचित नै हुन्छ। त्यसैकारण महान् स्पर्जनले भने, ‘येशूको रगतले पखाल्न नसक्ने कुनै पाप छैन।’ चार्ल्स वेस्लीले ठीकै भनेका छन्,

उहाँ रद्द गरिएको पापको शक्ति तोड्नुहुन्छ,
   उहाँ कैदीलाई छुटकारा दिनुहुन्छ;
उहाँको रगतले अति घृणितलाई शुद्ध पार्नुहुन्छ
   उहाँको रगतमा छ मेरो फाइदा।
(‘ओ फर अ थाउजन्ड टङ्गस् टु सिङ,’ चार्ल्स वेस्ली-१७०७-१७८८-द्वारा रचित, ‘ओ सेट ये ओपन अनटु मी’ को लयमा)

यो गाउनुहोस्!

उहाँ रद्द गरिएको पापको शक्ति तोड्नुहुन्छ,
   उहाँ कैदीलाई छुटकारा दिनुहुन्छ;
उहाँको रगतले अति घृणितलाई शुद्ध पार्नुहुन्छ
   उहाँको रगतमा छ मेरो फाइदा।

के तपाईंमा पाप छ भनी सोच्नुहुन्छ? उद्धार पाउनुभन्दा अघि चार्ल्स वेस्ली जत्ति शुद्ध थिए त्यत्ति तपाईं हुनुहुन्छ जस्तो मलाई लाग्दैन। तिनले एक हप्तामा धेरै वटा छाक छोडेर उपवास बस्थे। के तपाईं त्यसो गर्नुहुन्छ? तिनी एक मिसनरी बनेर अमेरिकी इन्डियनहरूको माझमा पनि गए। के तपाईं जानुहुनेछ? तिनले आफू हृदयमा पापी भएको कुरा स्वीकार गर्दैनथे। तिनी श्री स्पर्जनको चर्चकी त्यस केटीजस्तो थिए, जसले यसो भनी,

पहिले त मैले सबै प्रकारको कोशिश गरेँ। मैले येशूबाहेक अरू कुनै कुरामा शान्तिको खोजी गर्न छाडेपछि मात्र ख्रीष्टलाई पाउन सकेँ। पहिले त मैले सबै प्रकारको कोशिश गरेँ। तर मैले ख्रीष्ट र सबैलाई बचाउने उहाँको रगत नभेटेसम्म अरू कुनै कुराले पनि मलाई शान्ति दिएन।’

के तपाईंले पनि त्यसो गर्नुभएको छैन र? तपाईंले सबै कुरा गर्ने कोसिस गर्नुभएको छ। तर ती कुराले तपाईंलाई शान्ति दिएको छैन- के दिएको छ र? के दिएको छ? निश्चय, दिएको छैन! अनि तपाईं कहिल्यै शान्ति पाउनुहुने पनि छैन। कहिल्यै शान्ति पाउनुहुनेछैन। शान्ति कहिल्यै पाउनुहुनेछैन। जबसम्म तपाईं अरू सबै कुरा गर्न छाडेर तपाईंलाई उहाँको रगत चाहिएको छ भीन येशूसँग स्वीकार गर्नुहुन्न तबसम्म कहिल्यै शान्ति पाउनुहुनेछैन।

ती अर्की जवान केटीको बारेमा यसो भनिएको थियो,

तिनी चर्चको सेवामा गइरहिन्, तर धेरै महिनासम्म निराश भइरहिन्। एक दिन तिनले स्पर्जनले येशूको बारेमा प्रचार गरेका सुनिन्। तिनले येशूमा र उहाँको प्रायश्चितको रगतको विषयमा सुनिन् विश्वास गरिन् अनि आनन्दित भइन्। तिनले येशूमा मात्र विश्वास गरिन् र उद्धार पाइन्।

मैले येशूबाहेक अरू कुनै कुरामा शान्तिको खोजी गर्न छाडेपछि मात्र ख्रीष्टलाई पाउन सकेँ। पहिले त मैले सबै प्रकारको कोशिश गरेँ। तर मैले ख्रीष्ट र सबैलाई बचाउने उहाँको रगत नभेटेसम्म अरू कुनै कुराले पनि मलाई शान्ति दिएन।

बाइबलले भन्छ,

‘उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ।’

अनि श्री जोन केगनले भने, ‘उहाँको रगतले तपाईंको पापका निम्ति प्रायश्चित गर्दछ। आफैलाई उहाँको कृपामा छाड्नुहोस्। उहाँले मात्र आफ्नो रगतले तपाईंका पापबाट तपाईंलाई छुटकारा दिन सक्नुहुन्छ। म प्रार्थना गर्दछु, कि तपाईंले आज नै येशूमा विश्वास गर्नुहोस्।’

‘ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो,...जसलाई देखेर हामी आफ्ना मुख फर्काउँछौं...।... तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउन दण्ड उसमाथि पऱ्यो र उसको कोर्राको चोटले हामी निको भयौं।’ (यशैया ५३:३,५)

‘रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन’ (हिब्रू ९:२२)। तर परमेश्वरलाई धन्यवाद दिनुहोस्, ‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ’ (१ यूहन्ना १:७)। अहो, आज राति, चार्लोट इल्लियट (१७८९-१८७१) का शब्दहरू तपाईंको आफ्नो शब्द बनोस्। तिनले भनिन्,

जस्तो म छु, एउटै विन्तीविना
   तर बग्यो तपाईंको रगत मेरो निम्ति
अनि मलाई आफूकहाँ बोलाउनुहुन्छ,
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!

श्री जोन शमूएल केगनले तिनी पन्ध्र वर्षको हुँदा भने,

मैले कुनै किसिमको शान्ति पाउन सकिनँ... मेरो मैले यातनाको अनुभव त्याग्न सकिनँ... संघर्ष गर्दागर्दा म थाकिसकेको थिएँ, म जे थिएँ, मेरो अवस्थासँग अति थकित भएको थिएँ... मैले उद्धार पाउने कोसिस गरिरहेको थिएँ। मैले ख्रीष्टमा विश्वास गर्ने कोसिस गरिरहेको थिएँ, तर सकिरहेको थिइनँ। मैले आफै ख्रीष्टको इच्छा गर्न सकिरहेको थिइनँ। मैले एक ख्रीष्टियन बन्ने निर्णय गर्न सकिनँ, त्यसले मलाई अझ आशारहित बनायो। येशूले मेरो निम्ति उहाँको जीवन दिनुभएको थियो। येशू मेरो निम्ति क्रूसमा टाँगिनुभयो। त्यस कुराले मेरो हृदय छियाछिया बनायो। मैले ती सबै छोड्न परेको थियो। मैले येशूलाई पाउन परेको थियो। त्यस क्षण म उहाँमा समर्पित भएँ, र विश्वासद्वारा, मेरो सारा हृदयसहित उहाँकहाँ आएँ, ख्रीष्टमा साधारण प्रकारले विश्वास गर्दैमा उहाँले मलाई बचाउनुभयो। उहाँले आफ्नो रगतले मेरा पापहरू पखाल्नुभयो। मैले कुनै भावनाको खाँचो थिएन। मसँग ख्रीष्ट हुनुहुन्थ्यो। तापनि ख्रीष्टमा विश्वास गर्दा मेरो प्राणबाट मेरा पापहरू उठाइलगिएको अनुभव भयो। म मेरा पापहरूबाट फर्किएँ र येशूलाई मात्र हेरेँ! येशूले मलाई बचाउनुभयो, किनकि उहाँले मलाई परिवर्तन गर्नुभएको छ। उहाँले मलाई जीवन र शान्ति दिनुभयो। ख्रीष्ट मकहाँ आउनुभयो, यसैकारण म उहाँलाई छोड्नेछैनँ।... उहाँले आफ्नो रगतले मेरा पापहरू पखालिदिनुभयो।

जस्तो म छु, एउटै विन्तीविना
   तर बग्यो तपाईंको रगत मेरो निम्ति
अनि मलाई आफूकहाँ बोलाउनुहुन्छ,
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!

जस्तो म छु, पर्खिदैछैन
   मेरो प्राणलाई अन्धकारबाट छुटाउन
तपाईंको रगतले सक्छ पखाल्न हरेक दाग
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!

जस्तो म छु, तपाईं स्वीकार गर्नुहुन्छ
   स्वागत, क्षमा, शुद्धता, छुटकारा छ
तपाईंको रगतले सक्छ पखाल्न हरेक दाग
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!

तपाईंको रगतले सक्छ पखाल्न हरेक दाग
   हे परमेश्वरका थुमा, म आउँछु, म आउँछु!

के तपाईं येशूको अमूल्य रगतद्वारा तपाईंका सारा पापहरू पखाल्न उहाँकहाँ आउनुहुनेछ? यदि तपाईं येशूकहाँ आउनुहुनेछ भने तपाईंका निम्ति प्रार्थना गर्न हामीले पर्खिरहेका छौं। अरूहरू रातिको भोजन खान माथिल्लो तलामा जाँदा कृपया तपाईंहरू आएर पहिलो दुइ लहरको बेन्चीमा बस्नुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('सेभ्ड बाई द ब्लड अफ द क्रूसिफाइड वान,' एस. जे. हेन्डरसनद्वारा रचित, १९०२)