Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सुरुको पाप र त्यसका समाधानको विषयमा लुथर

(प्रोटेस्टेन्ट धार्मिक सुधारको ५०० वार्षिकीमा प्रचार गरिएको प्रवचन)
LUTHER ON ORIGINAL SIN AND ITS CURE
(A SERMON PREACHED ON THE 500th ANNIVERSARY
OF THE PROTESTANT REFORMATION
)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२९ अक्टुबर, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, October 29, 2017

‘किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्।’ (मर्कूस ७:२१-२३)


येशूका चेलाहरूले भोजन खाने बेलामा हात नधोएका कारण फरिसीहरूले त्यसको दोष येशूलाई दिए। येशूका चेलाहरूले विधिपूर्वक हात नधोइ भजन खाएका देखेर उऩीहरूले तिनीहरूलाई अशुद्ध भएको ठाने। तर येशूले हामीले खाने कुराले हामीलाई अशुद्ध पार्दैन भनी भन्यो। उहाँले मानिसहरूका हृदयमा हुने कुराले तिनीहरूलाई अशुद्ध पार्दछ भनी भन्नुभय़ो। ‘यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन्’ (मर्कूस ७:२३)।

बाइबलले सुरुदेखि अन्त्यसम्मै हाम्रा हृदय दुष्ट छ भनी शिक्षा दिँदछ। बाइबलले भन्छ, ‘मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र’(यर्मिया १७:९)? बाइबलले भन्छ, ‘हामी हरेक आफ्नै दुष्ट हृदयको हठअनुसार चल्नेछौं’ (यर्मिया १८:१२)। बाइबलले भन्छ, ‘तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्’(भजन ७८:३७)। ‘मूर्खले आफ्नो मनमा भन्छ, ‘ईश्वर छँदैछैन।’(भजन १४:१)। डा. वाटस्ले तिनको एउटा भजनमा तपाईंको हृदयको विषयमा यसो भनेका छन्,

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

तपाईंको दुष्ट हृदयभित्र। बाइबलले ‘दुष्ट अविश्वासी हृदय’ (हिब्रू ३:१२) को विषयमा कुरा गर्दछ।

‘कुनै पनि बाहिरी स्वरूप (बाहिरी धार्मिक विधि- जस्तै पापीले गर्ने प्रार्थना भनेर) तपाईं शुद्ध हुन सक्नुहुन्न। त्यो कुष्ठरोग भित्र बसेको हुन्छ।’

के होइन र? के होइन र? तपाईं जान्नुहुन्छ, त्यो भित्र बसेको हुन्छ। कुनै निर्णय वा प्रार्थनाले तपाईंलाई शुद्ध बनाउन सक्दैन। तपाईंले सिकेको वा महसुस गरेको कुनै पनि कुराले तपाईंलाई शुद्ध बनाउँदैन। अनि त्यो कुरा तपाईं. जान्नुहुन्छ। तपाईंको दुष्ट अविश्वासी हृदयभित्र ‘पापको त्यो कुष्ठरोग बसेको हुन्छ। अनि तपाईंलाई त्यो थाहा छ- के थाहा छैन र?’

यदि तपाईं इमानदार हुनुहुन्छ भने यो कुरा साँचो हो भनी जान्नुहुन्छ। तपाईंले कुनै बाहिरी पाप गर्नुभन्दा अघि नै यो कुरा जान्नुहुन्थ्यो। तपाईंले त्यो जानीजानी गर्नुभएको थियो। तपाईंले के गरिरहनुभएको छ त्यो तपाईं ठीक-ठीक जान्नुहुन्छ। त्यो गलत हो भनी जान्दाजान्दै तपाईंले त्यो किन गर्नुभयो? तपाईंले उद्धार नपाएको अवस्थामा अन्धकारलाई प्रेम गर्नुहुन्थ्यो। तपाईंले पाप गर्न मन पराउनुहुन्थ्यो। पाप गर्दा खुशी हुनुहुन्थ्यो। त्यसको स्वाद तपाईंलाई मन पर्थ्यो। त्यो गलत हो भनी जान्दाजान्दै पनि तपाईं त्यो मन पराउनुहुन्थ्यो। त्यसरी नै मैले तपाईंको पापी हृदयको बारेमा बताएको कारण मलाई पनि तपाईं घृणा गर्नुहुन्छ। तपाईं आफ्नो पापी हृदयसम्बन्धी सत्य कुरालाई मन पराउनुहुन्न। यसले तपाईंलाई दोष दिन्छ र सत्य कुरा सुन्न तपाईंलाई कठिन पर्छ। ‘त्यो कुष्ठ रोग भित्र छ।’ तपाईंको हृदय बरालिएको र भ्रष्ट भएको छ। तपाईं जे असल र ठीक छ त्योभन्दा बरू पापमा रमाउनुहुन्छ। त्यो कुष्ठ रोग तपाईंको दुष्ट अविश्वासी हृदयभित्र रहेको छ। यो कुरा म आफैले भनेको होइन। मैले त मेडिकल डा. मार्टिन लोयड-जोनेसले भनेका कुरा आफ्नै शब्दहरूमा बताएको मात्र हुँ, तिनले तपाईंको जस्तो पापी हृदयको बारेमा सबै कुरा जान्दछन्।

हो, यो कुरा तपाईंले पहिले सुन्नुभएको थियो। मैले मैले नामानको कुष्ठरोग निको भएको नामक मेरो प्रवचनमा डा. लोयड जोनेसले भनेका कुरा आफ्नै शब्दहरूमा बताएको थिएँ। एक जना जवान केटो थियो, जो उद्धार पाउन चाहन्थ्यो, तर मेरो त्यो प्रवचन सुनेपछि हतारहतार निस्केर गयो। ऊ उद्धार पाउने विषयमा डा. केगनसँग कुराकानी गर्न आएन। त्यसो नगरेर बरु ऊ भागेर गयो र डा. लोयड-जोनेसले साँच्चै ती कुरा भनेका हुन् कि होइनन् भनी थाहा पाउ उहाँका केही प्रवचनहरू पढ्यो।

हो, निश्चय डा. लोयड-जोनेसले उऩको प्रवचन ‘मानिसको मुख्य समस्या’ मा त्यसो भनेका छन्। ती डाक्टरले भनेका छन्, ‘त्यो हामीले जानीजानी, के गर्दैछौं भनी जानेर पनि गऱ्यौं। त्यसो गर्नु गलत हो भनी जान्दाजान्दै हामी त्यो किन गर्छौं? हामी इमानदान बनौं, र आफ्नै सामना गरौं। हाम्रा स्वभावहरू त्यस्तै छन्। ती स्वभावले अन्धकार मन पराउँछ र ज्योतिलाई घृणा गर्दछ। ती बरालिएका र भ्रष्ट छन्, तिनले सहीभन्दा गलतलाई मन पराउँछन्, र असलभन्दा खराबमा रमाउँछन्। के असल र सही हो भन्ने कुरा हामी जान्दछौं, तर हामी त्यसो गर्न चाहँदैनौं, किनकि हाम्रो स्वभाव नै त्यस्तो भएकोले हामी ती कुरा मन पराउँदैनौं। तपाईंको स्वभाव, तपाईंको हृदय, तपाईंको वास्तविक व्यक्तित्व र अस्तित्व नै गलत छ, हाम्रा पापहरू सकारात्मक, सावधान र हठी छन्।’ यिनै भनाइलाई मैले आफ्नै शब्दमा व्याख्या गरेको हुँ (हेर्नुहोस्, डा. मार्टिन योलड-जोनेस,इभान्जलिस्टिक सरमन्स् एट एब्राभोन, ब्यानर अफ त्रुथ, २०१०, पृष्ठ ६५-७७।

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

यस चर्चको उद्धार पाएका मानिसहरू मैले डा. लोयड-जोनेसको कुरालाई आफ्नो शब्दहरू थपेर वर्णन गरेकोमा सहमत छन्। तर त्यो जवान मानिस, जो उद्धार पाउन चाहन्छु भन्थ्यो, मैले भनेको कुरा सुनेर यस भवनबाट भाग्यो। अनि अर्को हप्ता उसले डा. लोयड जोनेसले के उसको हृदयको विषयमा के साँच्चै त्यसो भनेको हो त भनी पत्ता लगाउन खोज्यो। उसले त्यसो किन गऱ्यो? किनकि ऊ आफैमा नै दुष्ट अविश्वासी हृदय थियो। त्यसैकारण उसले त्यसो गऱ्यो। हे जवान मानिस,

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

हे मेरो छोरा, तपाईं यसबाट भाग्न सक्नुहुन्न। डा. लोयड जोनेसले ठीक त्यही विश्वास गर्थे, जुन मैले तपाईंको पापी र विद्रोही हृदयको विषयमा भनेँ। अनि आज बेलुकी म तपाईंलाई भन्छु, डा. लोयड जोनेसले भनेझैं यदि तपाईंको हृदय साँच्चै ‘बरालिएको र भ्रष्ट’ छ भन्ने कुरा आफैसँग र परमेश्वरको अगाडि स्वीकार नगरेसम्म तपाईंले कहिल्यै पनि उद्धार पाउनुहुन्न। किनकि येशू आफैले भन्नुभएको छ, ‘किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार निस्कन्छन्... दुष्ट अविश्वासी हृदयबाट यी सबै खराब कुराहरू निस्कन्छन्’ (मर्कूस ७:२१,२३) यर्मिया १७:९ अनुसार तपाईंको हृदय ‘अति नै दुष्ट छ।’

तपाईं आफ्ना आमाबुबालाई दोष लगाउन सक्नुहुन्न। उनीहरू जत्तिनै नराम्रा थिए भने पनि मेरा आमाबुबा जत्तिको नराम्रा हुन सक्दैनन्। होइन, तपाईंका आमाबुबा जत्ति नै नराम्रा भए पनि तपाईं उनीहरूलाई दोष लगाउन सक्नुहुन्न। तपाईं आफैलाई मात्र दोष लगाउन सक्नुहुन्छ। मैले डाक्टरको पुस्तकबाट तपाईंको हृदयको अवस्था वर्णन गरेको तपाईंले सुन्नुभयो। तपाईंले सुन्नुभयो, डाक्टर भन्छन्, त्यो तपाईंको र मात्र तपाईंको गल्ती थियो, तपाईंसँग दुष्ट, बरालिएको र अविश्वासको भ्रष्ट हृदय छ। तपाईंले नै येशू ख्रीष्टलाई इन्कार गर्ने निर्णय गर्नुभएको हो। तपाईंले जुन पापमय कार्यहरू गर्नुभयो त्यो तपाईंले नै चुन्नुभएको हो। कसैले पनि तपाईंलाई ती गराएको होइन। तपाईंले अन्धकारलाई प्रेम गर्नुहुन्छ त्यसैले ती कार्यहरू गर्नुभयो। तपाईं पाप गर्न मन पराउनुभयो। तपाईंले त्यसको स्वाद मन पराउनुभयो। त्यसो गर्नु सरासर गलत हो भनी जानेर पनि तपाईंले त्यो गर्नुभयो। प्राणको कुष्ठरोग- त्यो निन्दनीय पाप तपाईं दुष्ट अविश्वासी हृदयभित्र रहन्छ। त्यसै कारण मैले तपाईंको पापी हृदयको बारेमा बताउँदा तपाईं मलाई घृणा गर्नुहुन्छ- के होइन र?

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

तपाईंको हृदयभित्र!

तपाईं आफ्नो वातावरणलाई पनि दोष लगाउन सक्नुहुन्न। त्यस ठूलो जलप्रलयपछि जलप्रलय हुनुभन्दा अघिको त्यो दुष्ट वातावरण रहेन। परमेश्वरले नोआलाई भन्नुभयो, ‘पृथ्वीसहित सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु’ (उत्पत्ति ६:१३)। त्यस ठूलो जलप्रलयभन्दा अघिका सबै दुष्ट मानिसहरू नाश भए। तापनि जलप्रलयको पछि परमेश्वरले भन्नुभयो, ‘मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्’ (उत्पत्ति ८:२१)। लुथरले भने, ‘त्यस जहाजभित्र भएकाबाहेक अरू कुनै पनि मानिस जीवित रहेन। तापनि परमेश्वरले तिनीहरूका भावनाहरू खराब हुन्छन्’ भन्नुभएको छ(उत्पत्ति ८:२१ माथि लुथरको टिपप्णी)। तपाईंले कसैबाट सिकेर तपाईंको हृदय खराब भएको होइन। तपाईं आमाको गर्भमा आउनुभएदेखि नै तपाईं हृदय खराब छ। लुथरले भनेका छन् कि पापी हृदय ‘बाल-बालिका, शिशु, आमाको गर्भमा भ्रूणको रूपमा रहँदादेखि नै हुन्छ र त्यो सजीव हुन्छ, जुन कुरा भजन ५१:५ ले पनि भन्छ।’ यो (पापको हृदय, सिकिने) प्राप्त गरिने कुरा होइन; त्यो भ्रूण अवस्थामा निष्क्रिय हुन्छ।’ सही समय आएपछि त्यो बदला लिन तयार हुन्छ।

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

सबैभन्दा पहिलो पापी, आदमबाट एक दुष्ट हृदय तपाईंमा सारिएको छ। हामी सबै तिनका सन्तान हौं। लुथरले भने, ‘मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्, त्यसो भनेको मानिसको विवेक हो, तपाईंको विवेक हो। तपाईंका हृदयका विचारहरूले सधैं परमेशअवरको व्यवस्थाको विरोध गर्दछ, त्यो सधैं पापको अधीनमा हुन्छ, सधैं क्रोधको (परमेश्वरको) अधीनमा हुन्छ, अनि त्यसको आफ्नै शक्तिले उत्पन्न गर्ने दुःख-कष्टबाट आफैलाई मुक्त गर्न सक्दैन।’ बाइबलले भन्छ,

– तिमीहरू सबै ‘स्वभावैले क्रोधका सन्तान’ हौ। (एफिसी २:३)

– तिमीहरू सबै ‘पापको वशमा’ छौ। (रोमी ३:९)

– तिमीहरू सबै ‘पापमा मरेका’ छौ। (एफिसी २:५)

किन? किनकि

– ‘एक जना मानिस (आदम) द्वारा संसारमा पाप आयो।’ (रोमी ५:१२)

– त्यसैकारण, ‘धर्मी कोही छैन, एक जना पनि छैन। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन’। (रोमी ३:१०, १२)।

– ‘मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्।’ (उत्पत्ति ८:२१)

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

हामीले श्री मार्टिन लुथरको वार्षिकी मनाइरहेका छौं, जसले क्याथोलिक चर्चको झुटो शिक्षाको विरुद्ध लडाइँ गरेका थिए, तिनको विरोध ५०० वर्षअघि बिहीबार कै जर्मनीको विटेनवर्गको चर्च भवनको ढोकामा पन्चानब्बे वटा प्रश्न टाँसेर सुरु भएको थियो। तपाईंको हृदयको ‘मूल पाप’ प्रोटेस्टेन्ट र ब्याप्टिस्ट धार्मिक सुधारको केन्द्रमा छ। बाइबलले भन्छ, तपाईंसँग दुष्ट हृदय छ- र त्यो तपाईं आफै परिवर्तन गर्न सक्नुहुन्न

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

‘भावनाहरू’ भन्ने शब्द हिब्रूबाट आएको हो, त्यसको अर्थ तपाईंको मन, तपाईंको दुष्ट अविश्वासी हृदय हो।

– ‘मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्।’ (उत्पत्ति ८:२१)

यो चर्चमा हामी प्रत्येक मानिसको हृदय़मा त्यो सुरुको पाप छ भीन शिक्षा दिन्छौं, आज राति जसको नयाँ जन्म भएको छैन उसको हृदयमा त्यो पाप छ। तपाईंहरू प्रत्येक यस्तै हुनुहुन्छ। लुथरले भनेका छन्, ‘हामी यो विचार गर्दछौं, कि पवित्र आत्मा र परमेश्वरको अनुग्रहविना कुनै पनि मानिसले पापबाहेक अरू केही पनि गर्न सक्दैन, अनि सदा पाप नै गरिरहन्छ, एउटा अपराधमाथि अर्को अपराध थप्दै जान्छ, ऊ परमेश्वरको शत्रु हो, किनकि उसले आफू धर्मी भएको जस्तो नाटक गरे पनि उसले आफ्नो दुष्ट हृदयको विचारहरूको आज्ञापालन गर्दछ।,’

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

लुथरले भनेका कुरा सही हो भनी जान्न के हाम्रो चर्चमा यो कुरा प्रशस्तै देखेका छैनौं र? के एकपछि अर्को व्यक्तिहरू आएर ख्रीष्टमा विश्वास गर्छु भनी ढोंग गरेका, र फेरि चर्च छोडेर गएका र पापको जीवनमा हाम फालेका देखेका छैनौं र? के धेरै जना मानिसले केही समयका निम्ति ख्रीष्टियन जस्तो नाटक गरेका र पछिबाट परमेश्वरको घोर विरोधी बनेका देखेका छैनौं र? के ओलिभस र उसका मानिसहरूले त्यसै गरेका थिएन र? तिनीहरूले हाम्रो चर्च नाश पार्न खोजे, लुथरले भनेका कुरा सही हो भनी के हामीले देखेनौं र?

-‘मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्।’ (उत्पत्ति ८:२१)

के त्यसैकारण हामी फेन्नीलाई छोडेर धार्मिक सुधारक, र पुरानो ब्याप्टिस्ट लुथरको पछि लागेका होइनौं र? फेन्नीको सबैभन्दा प्रसिद्ध प्रवचनलाई ‘पापीहरूले तिनीहरूका आफ्नै हृदय परिवर्तन गर्न लागेका छन्’ भन्ने हो। तपाईं त्यो कसरी गर्न सक्नुहुन्छ? कसरी सक्नुहुन्छ? तपाईं आफ्नै हृदय कसरी परिवर्तन गर्न सक्नुहुन्छ? तपाईं सक्नुहुन्न! फेन्नी पूर्ण रूपले पेलाजियन झुटो शिक्षाका मानिस थिए। फेन्नीले लुथर र अन्य धर्मसुधारकहरूले मानिसको दुष्ट हृदय र सुरुको पापको विषयमा सिकाएका सबै कुराको विरोध गरे।

तपाईं आफ्नै हृदय परिवर्तन गर्न सक्नुहुन्न। म निश्चित छु, फेन्नीले भूतात्माले ग्रस्त झुटो शिक्षक थिए। तिनको कुरामा विश्वास नगर्नुहोस्। बरु तपाईंको आफ्नै हृदयलाई विचार गर्नुहोस्, तपाईं त्यहाँ पाप र परमेश्वरको विरोधबाहेक अरू केही भेट्टाउनुहुन्न।

‘कुनै बाहिरी स्वरूपले सक्दैन बनाउन मलाई शुद्ध
   कुष्ठरोग हुन्छ भित्रतिर।’

केवल प्रभु येशू ख्रीष्टले तपाईंको हृदय शुद्ध पार्न र त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ। येशू तपाईंको पापको दाम तिर्न क्रूसमा मर्नुभयोयेशूले तपाईंका सबै पापबाट तपाईंलाई शुद्ध पार्न क्रूसमा आफ्नो रगत बगाउनुभयो। तपाईंलाई एउटा नयाँ हृदय दिन येशू मरेकोबाट फेरि जीवित हुनुभयो। तपाईंले उहाँमा विशअवास गर्नुभयो भने उहाँले तपाईंलाई एउटा नयाँ हृदय दिनुहुनेछ। ‘म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु’ (इजकिएल ३६:२६)

प्रभु येशू, गर्छु बिन्ती गम्भीरता साथ
धन्य प्रभु पर्खन्छु, तपाईंको क्रूसित गोडा
विश्वासले मेरो शुद्धीकरणमा देख्छु बगेको तपाईंको रगत
अब धुनुहोस् मलाई, हुन्छु म हिउँभन्दा सेतो
हिउँभन्दा सेतो, हो, हिउँभन्दा सेतो
अब धुनुहोस् मलाई, हुन्छु म हिउँभन्दा सेतो।

प्रभु येशू, हेर्नुहुन्छ, धैर्यसाथ पर्खन्छु
अउनोस् अब, गर्नोस् सृष्टि ममा नयाँ हृदय
तपाईंलाई खोज्नेहरू, तपाईं गर्नुहुन्न इन्कार
धुनुहोस् मलाई, हुन्छु म हिउँभन्दा सेतो
अब धुनुहोस् मलाई, हुन्छु म हिउँभन्दा सेतो
हिउँभन्दा सेतो, हो, हिउँभन्दा सेतो
अब धुनुहोस् मलाई, हुन्छु म हिउँभन्दा सेतो।
   (‘व्हाइटर देन स्नो,’ जेम्स निकोल्सनद्वारा रचित, १८२८-१८७६)

मैले मानिसको हृदयमा हुने सुरुको पापको विषयमा लुथरको गहन ईश्वरशास्त्रको बारेमा बोलेको छु। तपाईंले यी सब बुझ्नु नभए पनि अहिले, आज राति येशूमा विश्वास गर्नुहोस् भनी म आग्रह गर्दछु। उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ। तपाईंका पापहरूबाट तपाईंलाई शुद्ध पार्नुहुनेछ। उहाँले तपाईंलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनुहुनेछ। ‘प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ’ (प्रेरित १६:३१)।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘व्हाइटर देन स्नो,’ जेम्स निकोल्सनद्वारा रचित, १८२८-१८७६)