Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जागृति एउटा विकल्प होइन!

REVIVAL IS NO OPTION!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१ अक्टुबर, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, October 1, 2017

‘तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर,तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु’ (प्रकाश २:४,५)।


एफिससको चर्च एउटा महान् चर्च थियो। त्यो एउटा असल चर्च थियो। झुटो शिक्षालाई घृणा गर्ने मूल चर्च त्यही नै थियो। तर त्यसको एउटा दोष थियो। त्यो चर्चले आफ्नो मुख्य कुरा भुलेको थियो। चर्च भवनको पैसा तिरिएको थियो। मानिसहरूको अवस्थामा पनि सुधार भएको थियो। तिनीहरूसँग प्रशस्त पैसा थियो। तिनीहरूलाई कुनै कुराको खाँचो थिएन। तर ख्रीष्टले तिनीहरूका विरुद्ध उहाँसँग एउटा कुरा छ भन्नुभयो। तिनीहरूले आफ्नो पहिलो प्रेम त्यागिदिएका थिए। उहाँले तिनीहरूलाई पश्चात्ताप गर्नू भन्नुभयो। उहाँले तिनीहरूलाई पछि फर्केर गई त्यो प्रेम र जोस खोज्नु भन्नुभयो, जुन तिनीहरूले ती वर्षहरूमा गुमाएका थिए। यदि तिनीहरूले इन्कार गरे, ख्रीष्टले तिनीहरूलाई आउने दण्डको विरुद्धमा चेताउनी दिनुभयो। त्यो चर्च सामदानजस्तो भएको थियो। त्यसले अन्ध्यारो संसारमा ज्योति छरेको थियो। तापनि ख्रीष्टले भन्नुभयो, यदि त्यो चर्चले पश्चात्ताप नगरे,‘उहाँ चाँडै आउनुहुनेछ,र यदि त्यसले पश्चात्ताप नगरे त्यसको सामदान त्यसको ठाउँबाट हटाइदिनुहुनेछ’(प्रकाश २:७)। तर त्यो चर्चले पश्चात्ताप गर्न इन्कार गऱ्यो र त्यसलाई बचाउन पर्याप्त जागृतिको अनुभव गरेन। पहिलो शताब्दीको अन्त्यतिर कुनै बेलाको यो महान् चर्चलाई सम्राट डोमिटियनको शासनकालमा रोमी सेनाले नाश पाऱ्यो। त्यहाँ अर्को चर्च भवन बनाइए पनि त्यो सम्पूर्ण सहर मुसलमानहरूद्वारा नष्ट पारियो।

के मैले हाम्रो चर्चको विषयमा पनि यसै भन्नुपर्छ? सुरु-सुरुका दिनमा एफिससको चर्च जीवन र ख्रीष्टियन प्रेमले भरिएको थियो। त्यो जागृत र प्रेमिलो चर्च थियो। यो कुनै बेलाको हाम्रो चर्चजस्तो थियो। हाम्रो चर्च विभाजन भएको थियो। तर तिनीहरू भने सधैं व्यक्ति र समर्पणको कुरामा विभाजन हुन्थे। हामीलाई छोडेर जानेहरू गम्भीर ख्रीष्टियन बन्न चाहँदैनथे, यसैले छोडेर गए। हरेकचोटि मैले तिनीहरूलाई ख्रीष्टको प्रेममा फर्काउने कोसिस गर्दा तिनीहरू छोडेर गए। मैले झुटो शिक्षा प्रचार गरेको कारण तिनीहरू निस्किएर गएका होइनन्। तिनीहरू जागृति चाहँदैनथे, त्यसैले सधैं हामीलाई छाडेर गए। तिनीहरू येशूका चेला बन्न चाहँदैनथे। रिचार्ड ओलिबसले सबैभन्दा नराम्रो विभाजन गरे। तिनले महान् आज्ञा प्रेरितहरूका निम्ति मात्र थियो, र कसैले पनि आत्माहरू जित्नु जरूरी छैन भन्थे। तिनको पहिलो गुनासो त्यही नै थियो। तिनले‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर’(मत्ती ६:३३) भन्ने येशूको वचनलाई साँच्चै घृणा गर्दथे।

तिनले मानिसहरूलाई परमेश्वरको राज्यको साटो सफलता र धन खोज्नुपर्छ भने। मैले भने मानिसहरूले आत्माहरू जित्न र प्रार्थनामा मानिसले आफ्नो जीवन खर्चनुपर्छ भनी प्रचार गरिरहें। तीन सय जना मानिस तिनको पछि लागे। केवल १५ जना बाँकी रहे। हाम्रा मानिसहरूले ख्रीष्टलाई जीवनको केन्द्र बनाए र तिनका मानिसहरू भन्दा धेरै सफल बने। धेरै नै सफल बने। हाम्रा प्रायः सबै छोराछोरीले कलेजको अध्ययन पूरा गरे। हाम्रो चर्चका सुरुका विश्वासी सबैको आफ्नो घर वा कोठाहरू छन्। तिनका मानिसहरू चारै दिशामा छरपस्ट भए। हाम्रा थोरै दम्पत्तिका विवाहबिच्छेद भयो। तिनीसँग हुने दम्पत्तिहरूले फटाफट विवाहबिच्छेद गरे। यसकारण को राम्रो भयो? निश्चय, हामीलाई चर्च भवनको बहाल तिर्न गाह्रो परेको थियो। तर त्यसले हामीलाई येशूका बलिया चेलाहरू बनायो। तिनका सानो झुन्ड चाँडै कमजोर नयाँ सुसमाचारी ख्रीष्टियन बन्यो। हामीले येशूका निम्ति थोरै कष्ट भोग्यौं र आशिषित बन्यौं। तिनीहरू सांसारिकता र पैसाको पछि कुदे र शैतानद्वारा नाश भए। येशूले भन्नुभयो, ‘तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ’ (मत्ती ६:२४)। प्रभुले भन्नुभएको कुरा सही थियो, र तिनीहरू गलत थिए! ‘येशूको पछि म हिँड्न लागें।’ कृपाय, खडा हुनुहोस्, हामी यो भजन गाऔं।

येशूको पछि म हिँड्न लागें
येशूको पछि म हिँड्न लागें
येशूको पछि म हिँड्न लागें
फर्कंदिनँ, फर्कंदिनँ।
क्रूस मेरो अगि, संसार छ पछि
क्रूस मेरो अगि, संसार छ पछि
क्रूस मेरो अगि, संसार छ पछि
फर्कंदिनँ, फर्कंदिनँ।

(‘येशूको पछि म हिँड्न लागें,’ १९औं शताब्दीमा हिन्दुधर्मबाट विश्वासमा आएका व्यक्तिहरूका निम्ति बनाइएको भजन)।

आमेन! तपाईंहरू बस्न सक्नुहुन्छ।

तर एफिससको चर्चमा केही अचम्मको कुरा भएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो,

‘तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ’ (प्रकाश २:४)।

उहाँले तिनीहरूको पहिलो प्रेमबाट तिनीहरू ‘पतन’ भएका छन् भन्नुभएन, उहाँले तिनीहरूले आफ्नो पहिलो प्रेम ‘त्यागिदिएका’ छन् भन्नुभयो।

‘तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ’ (प्रकाश २:४)।

डा. जोन एफ. वलबूर्डले यसको कारण बताएका छन्। तिनले भने,

‘एफिससको त्यो चर्चमा त्यस बेला दोस्रो पुस्ताका ख्रीष्टियनहरू थिए।’

के मैले अझै केही भन्नुपर्छ?‘त्यो चर्चमा त्यस बेला दोस्रो पुस्ताका विश्वासीहरू थिए।’ यसले नै सबै कुरा बताउँछ। डा. वलबूर्डले भने,‘पहिलो पुस्ताका विश्वासीहरूमा परमेश्वरप्रति जुन प्रेम थियो त्यो अब थिएन’(जोन एफ. वलबूर्ड, टीएचडी,द रेभलेसन अफ जिजस क्राइस्ट, मुडी प्रेस, १९७३, पृष्ठ ५६)।

जवान मानिस हो, तपाईंहरू हाम्रो चर्चका दोस्रो पुस्ताका विश्वासी हुनुहुन्छ। तपाईंहरू ‘ती ३९’ व्यक्तिमध्येका हुनुहुन्न, जसले यो चर्च भवनलाई बचाएका थिए। तिनीहरू नै पहिलो पुस्ता हुन्, तपाईंहरू होइन। डा. चानले त्यो पहिलो पुस्ताका ‘ती ३९’ जना व्यक्तिले कसरी ख्रीष्टलाई प्रेम गर्थे र उहाँको सेवा गर्थे भन्ने कुरा बताएका छन्। उनी जवान केटो हुँदै हाम्रो चर्चमा आउन थालेका थिए। उनले भने,

जब मैले ख्रीष्टमा विश्वास गरें, मेरो जीवन सधैंका निम्ति बदलियो, उहाँको रगतद्वारा मेरा पापहरू पखालिए, अनि चर्च मेरो निम्ति दोस्रो घर बन्यो। मैले तुरुन्तै मेरो जीवन ख्रीष्टको सेवामा सुम्पिएँ। डा. हिमर्सले निरन्तर ख्रीष्टको चेला बन्ने,ख्रीष्ट र चर्चलाई पहिलो स्थान दिने,आफैलाई इन्कार गर्ने,आत्माहरू जित्ने विषयमा निरन्तर प्रचार गर्थे। उनले नामधारी हुने विरुद्ध- व्यवस्थाहीन ‘ख्रीष्टियन’ बन्ने कुराको विरुद्धमा प्रचार गर्थ। उनले प्रचार गरेका कुरा सत्य हो भनी म जान्दथे। त्यो प्रचार मेरो निम्ति थियो। हामी एकसाथ प्रार्थना गर्थ्यौं र भजन गाउने गर्थ्यौं। मलाई ती दिनको मिठो सम्झना छ। हामी हप्तामा धेरैचोटि सुसमाचार प्रचार गर्थ्यौं। हामीले भवन टन्न भर्दथ्यौं। मैले जुडी केगन,मेलिस्सा सेनडर्स र विन्नी युङलाई सेवामा ल्याएँ, युङ पछिबाट मेरी पत्नी बनिन्। UCLA केम्पसमा भएको सुसमाचार कार्यक्रममा तिनीहरूलाई ल्याउन परमेश्वरले मलाई सहायता गर्नुभयो। श्रीमती हिमर्स (भर्खरकी तरुनी हुँदा) ले आफैलाई पूर्ण रूपले चर्चको सेवाका निम्ति समर्पण गरिन्। उनी पहिलोचोटि हाम्रो चर्चमा आएकी देखिनै म उनलाई चिन्दछु, हामी दुवै जवान थियौं। उनमा त्यसबेला देखिनै ख्रीष्टप्रति ठूलो प्रेम र आत्माहरू जित्ने जोस थियो। उनले स्कुलको अध्ययन पूरा गर्नुभन्दा अघि नै हाम्रो चर्चमा दुइ जना व्यक्तिको काम गरिरहिन्, अहिले उनले विशेष गरी जवान चिनियाँ र अन्य एसियाली केटीहरूका बीचमा काम गर्छिन्। उनी मैले चिनेको पर-संस्कृतिमा काम गर्ने अति प्रभावकारी व्यक्ति हुन् (अगेन्स्ट अल अड्स)।

एलिना हालैमा अस्वास्थ्य भएकी छन्, तर उसले प्रार्थना सेवाहरू आउन वा हराएका मानिसहरूलाई सुसमाचार सुन्न बोलाउनका निम्ति बुधबार र बिहिबार राति उनीहरूलाई फोन गर्न भुल्दिनन्। अर्की असल महिला श्रीमती सालजर हुन्। उनी धेरै वटा गुण मिश्रित भएकी मदर टेरिजाजस्ती छन्। उनी ब्याप्टिस्ट सन्त हुन्।

जवान मानिस हो,एफिससको दोस्रो पुस्ताले गरेझैं हाम्रो चर्चलाई नखसाल्नु होस्! कृपया, येशूका निम्ति तपाईंको पहिलो प्रेम नत्याग्नुहोस!

अब, प्रकाश २:३ हेर्नुहोस्. नेपाली बाइबलमा यो पृष्ठ १७२६ मा छ।

‘तिमीहरूले धैर्यपूर्वक सहन गरेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।’ (प्रकाश २:३)

आधुनिक अनुवादले यसलाई यसरी भनेको छ,‘तिमीहरूले सहेका छौ र मेरो नाउँको खातिर कठिनाइहरू सहेका छौ,र थकित भएका छैनौ’(NIV)। यो वर्णनमा ध्यान दिनुहोस्,विगतमा तिनीहरू कस्ता थिए- तिमीहरूले सहेका छौ। तिमीहरूले कठिनाइहरू सहेका छौ,तिमीहरू थकित भएका छैनौ। यो विगतमा तिनीहरू कस्ता थिए भन्ने कुराको वर्णन हो।

डा. वलबूर्डले भनेका छन्,‘त्यो चर्चमा त्यस बेला दोस्रो पुस्ताका ख्रीष्टियनहरू थिए... पहिलो पुस्तामा परमेश्वरति जुन प्रेम थियो त्यो अब थिएन। हृदय चिसिएको थियो। त्यो आत्मिक सुस्तताको डरालाग्दो अग्रदूत थियो,जसले पछिबाट त्यो महत्त्वपूर्ण चर्चको ख्रीष्टियन साक्षी नामेट गरिदियो। चर्चको इतिहासमा सधैं यस्तो भएर आएको छ:पहिले आत्मिक प्रेम सेलाउँछ,अनि परमेश्वरको प्रेमको स्थान सांसारिक थोकहरूको प्रेमले लिन्छ। यसपछि विश्वासबाट पछि हटने र गवाही नाश हुने कुरा हुन्छ’(वलबूर्ड, ऐजन)।

म विश्वस्त छु,हाम्रो चर्चमा त्यस्तै भइरहेको थियो। हाम्रो चर्चको दोस्रो पुस्ता पहिलो पुस्ताभन्दा अति चिसो थियो,र उत्साहको अति नै कमी थियो। डा. चान, श्री ग्रिफिथ, डा. जुडी केगन, श्रीमती हिमर्स सुरुका ती मानिसहरू थिए, जो सन् १९७० को दसकमा हाम्रो चर्चमा आएका थिए, उनीहरू जीवन, जोस र प्रेमले अनि गहिरो संगतिले भरिएका थिए- ख्रीष्टप्रति उनीहरूमा बलियो समर्पण थियो। अर्को प्रकारले भन्नुपर्दा उनीहरू एफिसस चर्चको पहिलो पुस्ताका ख्रीष्टियनहरू जस्ता थिए।

तर त्यो जोस र उत्साह चर्चका अधिकांश जवानमा सारिएन,जो दोस्रो पुस्ताको रूपमा हुर्केका थिए। त्यो दोस्रो पुस्ता तिनीहरूका सारा जीवनभरि यहीं थियो। तिनीहरू विभिन्न गतिहरूबाट भएर गए। तिनीहरू प्रार्थना सेवाहरूमा आउँथे,तर प्रार्थना गर्दैनथे वा कुनै उत्साहविनै प्रार्थना गर्थे। ‘पहिलो पुस्ताका विश्वासीहरूमा परमेश्वरप्रति जुन प्रेम थियो,त्यो तिनीहरू धेरै जनाको जीवनमा थिएन।’जोन केगन मात्र पहिलो पुस्ताको विश्वासी जस्तो भयो। तिनको हृदय परिवर्तन जीवन नै परिवर्तन गर्ने किसिमको भएकोले तिनमा पुरानो पुस्ताकै जस्तो प्रेम र जोस उत्पन्न भयो। यदि तिनी एक खेलाडी र स्वाभाविक अगुवा नहुँदो हो त चर्चका अरू केटाकेटीहरूजस्तै हुनेथिए। तिनको उमेरका केही जवानहरू चर्च छोडेर गए। अरू चिसो र शंकालु बने। तिनीहरूमध्ये कोही-कोही अझै पनि उस्तै छन्। जोन पनि कहिलेकहीं तिनको पुस्ता किन चिसो र सांसारिक भएको होला भनी सोचेर छक्क पर्छन्।

यही बेला मैले हामीमा जागृति आउनुपर्छ भनी बुझ्न थालें। दोस्रो पुस्ताले शक्तिशाली हृदय परिवर्तनसहित ख्रीष्टसँग वास्तविक अनुभवद्वारा परिवर्तन नभई हाम्रो चर्चलाई जीवित, प्रेमले भरिएको र शक्तिले अवस्थामा राख्न सक्दैनथ्यो। तर दोस्रो पुस्ताका अधिकांशले कि त विद्रोह गरी चर्च छाडेर गए, वा त चिसो शंकालु अवस्थामा नै रहे। कतिले त्यसरी नै ख्रीष्टलाई इन्कार गरे। तिनीहरू हामीसँगै रहे पनि परिवर्तन हुन इन्कार गरे। कसै-कसैले त परिवर्तन भन्ने कुरा साँचो होइन भनी विचार गर्न थाले। अरूले चाहिँ ख्रीष्ट साँचो हुनुहुन्छ भन्ने कुराको भित्रिय परिवर्तनको प्रमाण मागे।

हामीले एक-एक जना गरी तिनीहरूको सामना गऱ्यौं, यसरी तिनीहरूमध्ये कोही साँच्चै परिवर्तन भए भने कोही चर्च नै छाडेर गए। आखिरीमा तिनीहरूमध्ये धेरै जना परिवर्तन भए- तापनि पहिलो पुस्ताजस्तो हुन तिनीहरूले धेरै संघर्ष गर्न परेको थियो। त्यसो गर्न तिनीहरूले ‘आफू कहाँबाट खसालिएका थिए त्यो सम्झन परेको थियो।’ जोन केगनले झैं तिनीहरूले आफ्नो विश्वास ‘ती ३९’ जना- तिनीहरूका आमाबुबा र पाको पुस्ताको विश्वासको तुलनामा आफ्नो विश्वास मरेको थियो भनी थाहा पाउन परेको थियो। दोस्रो, तिनीहरूले ‘पश्चात्ताप गर्न र पहिले गरेका काम गर्न परेको थियो।’ तिनीहरूका मन र हृदय परिवर्तन हुन परको थियो। तिनीहरू फर्केर गई साँचो रूपले परिवर्तन हुन परेको थियो (पहिला गरेको काम)। परमेश्वरलाई धन्यवाद होस्, तिनीहरूमध्ये केहीले त्यसो गरे- जस्तै एमी र आयको, जस्तै फिलिप र तिमोथी, जस्तै वेस्ली र नोआ अनि अरू केही।

अनि परमेश्वरले हाम्रो बीचमा जागृति पठाउन थाल्नुभयो! परमेश्वरलाई धन्यवाद होस्! अन्त्यमा परमेश्वरले उहाँका पवित्र आत्मा पठाउन हामीमाथि भरोसा गर्न सक्नुभयो। विगत केही महीनामा करिब २० जना नयाँ व्यक्ति चर्चमा आए र उद्धार पाए। यी नयाँ जवान मानिसहरूलाई विश्वासमा स्थिर बनाउन यी सेवाहरू भइनैरहन्छन्।

अब जोन केगनले भने, ‘जागृति बुझ्नै नसकिने अर्को कुरा हो।’ हाम्रो चर्चले जागृतिलाई घरीघरी जोड् दिनुपर्छ, नत्र हामी हाम्रो चर्चका सुरुका सदस्यहरूजस्तै जोसिला विश्वासीहरू देख्न सक्नेछैनौं। एफिससको चर्चका मानिसहरूलाई पनि त्यही कुराको आवश्यकता थियो- अनि आज हाम्रो चर्चलाई त्यही कुरा चाहिएको छ। म यसलाई ‘जीवित रहनका निम्ति जागृति’ भन्दछु।

दाजुभाइ,दिदी-बहिनी हो, हामीले बारम्बार हाम्रा पापहरू स्वीकार गर्नुपर्छ, अनि हाम्रो माझमा जागृतिको एकपछि अर्को छालजस्तो परमेश्वरको उपस्थिति आओस् भनी प्रार्थना गर्नुपर्छ। यो गर्नुहोस्! यो गर्नुहोस्! यो गर्नुहोस्! हामी खडा भएर भजन नम्बर १५ गाऔं, ‘म उहाँको निम्ति जिउनेछु।’

मेरो जीवन, मेरो प्रेम दिन्छु तपाईंलाई,मेरो निम्ति मर्ने परमेश्वरका थुमा
   हुन्छु सधैं विश्वस्त मेरा उद्धारक मेरा परमेश्वर
जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,हुनेछ कति सन्तुष्ट मेरो जीवन
   जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,मेरा उद्धारक मेरा परमेश्वर।

मेरो जीवन,मेरो प्रेम दिन्छु तपाईंलाई,मेरो निम्ति मर्ने परमेश्वरका थुमा
   हुन्छु सधैं विश्वस्त मेरा उद्धारक मेरा परमेश्वर
जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,हुनेछ कति सन्तुष्ट मेरो जीवन
   जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,मेरा उद्धारक मेरा परमेश्वर।

गर्छु विश्वास तपाईं ग्रहण गर्नुहुन्छ,किनकि म जिऊँ भनी तपाईं मर्नुभयो
   अब उसो गर्छु भरोसा तपाईंमा मेरा उद्धारक मेरा परमेश्वर
जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,हुनेछ कति सन्तुष्ट मेरो जीवन
   जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,मेरा उद्धारक मेरा परमेश्वर।

तपाईं जो मर्नुभो कल्भरीमा मेरो प्राण बचाउन मलाई स्वतन्त्र गर्न
   गर्छु मेरो जीवन तपाईंमा अलग,मेरा उद्धारक मेरा परमेश्वर
जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,हुनेछ कति सन्तुष्ट मेरो जीवन
   जिउँछु उहाँको निम्ति जो मरे मेरो लागि,मेरा उद्धारक मेरा परमेश्वर।
(आइ’ल लिभ फर हीम,’राल्प ई. हडसनद्वारा रचित-१८४३-१९०१; पास्टरद्वारा फेरबदल गरिएको)

अब भजन नम्बर १९ गाऔं, ‘यहाँ छ प्रेम’

यहाँ छ प्रेम,समुद्रझैं विशाल दया छ भेलझैं’,
   जीवनका राजकुमार,छुटकाराको मोल,बगाए आफ्नो रगत अमूल्य,
नसम्झने को होला उहाँको प्रेम?छोड्ला कसले गाउन उहाँको प्रशंसा?
   उहाँले कहिल्यै भुलिनुहुन्न,स्वर्गका अनन्त दिनसम्म।

तपाईंको प्रेमलाई स्वीकार गरी,गर्छु प्रेम तपाईंलाई सारा जीवन,
   खोज्छु तपाईंको राज्य मात्र र तपाईंको जीवन तपाईंको प्रशंसा,
मेरो महिमा एकलो भए पनि,संसारमा अरू केही देख्दिनँ,
   मलाई शुद्ध र पवित्र पार्नुभो,तपाईंले मलाई छुटाउनु भो।

तपाईंको सत्यतामा डोऱ्याउनुहुन्छ आत्मा र वचनद्वारा
   अनुग्रहमा तपाईंको खाँचो पूरा हुन्छ,प्रभुमा गर्छु जब भरोसा
पूर्णता खन्याउनुहुन्छ,महान् प्रेम र शक्ति तपाईंको ममाथि
   बिनानाप,पूर्ण र असीमित मेरो हृदय तपाईंमा खिँच्नुहुन्छ
(‘हियर इज लभ,भास्ट एस द ओसन,’विलियम रिज- १८०२-१८८३ द्वारा)

डा. चान, कृपया हामीलाई प्रार्थना र अनुग्रहमा डोऱ्याउनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('जिजस इज द स्वीटेस्ट नेम आइ नो,' लिला लङद्वारा रचित,१९२४)