Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जीवित रहनका निम्ति जागृति

REVIVAL FOR SURVIVAL
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

३१ अगस्त, २०१७, बिहीबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Thursday Evening, August 31, 2017


कृपया, खडा हुनुहोस् र तपाईंहरूको भजन किताबमा भएको भजन नम्बर १९ ‘यहाँ छ प्रेम, समुद्रझैं विशाल’ गाउनुहोस्।

यहाँ छ प्रेम, समुद्रझैं विशाल दया छ भेलझैं’,
   जीवनका राजकुमार, छुटकाराको मोल, बगाए आफ्नो रगत अमूल्य,
नसम्झने को होला उहाँको प्रेम? छोड्ला कसले गाउन उहाँको प्रशंसा?
   उहाँले कहिल्यै भुलिनुहुन्न, स्वर्गका अनन्त दिनसम्म।

तपाईंको प्रेमलाई स्वीकार गरी, गर्छु प्रेम तपाईंलाई सारा जीवन,
   खोज्छु तपाईंको राज्य मात्र र तपाईंको जीवन तपाईंको प्रशंसा,
मेरो महिमा एकलो भए पनि, संसारमा अरू केही देख्दिनँ,
   मलाई शुद्ध र पवित्र पार्नुभो, तपाईंले मलाई छुटाउनु भो।

तपाईंको सत्यतामा डोऱ्याउनुहुन्छ आत्मा र वचनद्वारा
   अनुग्रहमा तपाईंको खाँचो पूरा हुन्छ, प्रभुमा गर्छु जब भरोसा
पूर्णता खन्याउनुहुन्छ, महान् प्रेम र शक्ति तपाईंको ममाथि
   बिनानाप, पूर्ण र असीमित मेरो हृदय तपाईंमा खिँच्नुहुन्छ
(‘हियर इज लभ,भास्ट एस द ओसन,’ विलियम रिज- १८०२-१८८३ द्वारा)

तपाईंहरू सबैले आज बेलुकी परमेश्वर हाम्रो माझमा उपस्थित होऊन् भनी प्रार्थना गर्नुहोस् (तिनीहरू प्रार्थना गर्छन्)। अब भजन नम्बर २२ गाऔं, ‘लडाँइ सकिएको छ।’

हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!
लडाइँ सकिएको छ, युद्ध सकियो
जीवनको लडाइँ जितियो
विजयको गीत सुरु भयो, हल्लेलूयाह!
हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!

मृत्युको शक्तिले गऱ्यो धेरै बिगार
तर ख्रीष्टले छरपस्टायो त्यसको सेना
लौ पवित्र आनन्दको सोर चर्काऔं, हल्लेलूयाह!
हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!

दुःखको तीन दिन चाँडै बितिगयो।
उहाँ मृत्युबाट उठ्नुभयो महिमित
बोरी उठेका शिरलाई सारा महिमा, हल्लेलूयाह!
हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!

बन्द गर्नुभयो मुख बाएको नरकको ढोकाको
उच्च स्वर्गबाट झरे छेकाबारको ढोकाहरू
प्रशंसाका गीतले उहाँको विजय बखानोस, हल्लेलूयाह!
हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!

प्रभु, तपाईंका दुखाउने चोटहरूद्वारा
मृत्युको खतरा खीलबाट, तपाईंका दास स्वतन्त्र
कि हामी जिउन र गाउन सकौं तपाईंको निम्ति, हल्लेलूयाह!
हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह!
   (‘द स्ट्र्इफ इज ओभर,’ फ्रान्सिस पट- १८३२-१००९-द्वारा अनुवादित)

तपाईंहरू सबैले आज बेलुकी येशू ख्रीष्ट हाम्रो माझमा उपस्थित होऊन् भनी प्रार्थना गर्नुहोस् (तिनीहरू प्रार्थना गर्छन्)। अब भजन नम्बर २३ गाऔं, ‘अनि के हुन सक्छ यो?’

अनि के हुन सक्छ यो, कि उद्धारकर्ताको रगतमा हुन्छ मेरो रुचि?
मर्नुभो मेरो लागि, जसले दियो दुःख? मेरो लागि जसले मृत्युमा पुऱ्यायो?
अनौठो प्रेम! कसरी हुन सक्छ, तपाईं परमेश्वर, मेरो लागि मर्नु?
अनौठो प्रेम! कसरी हुन सक्छ, तपाईं परमेश्वर, मेरो लागि मर्नु?

यो सब रहस्य! अमर मर्नुभो! जान्न सक्छ कसले उहाँको अनौठो योजना?
व्यर्थमा पहिलो जन्मेको सराफ ईश्वरीय प्रेमको गहिराइ सुनाउँछ!
यो कृपा हो सब, पृथ्वीले पूजोस्, दूतका मनले अरू नगरोस् प्रश्न
अनौठो प्रेम! कसरी हुन सक्छ, तपाईं परमेश्वर, मेरो लागि मर्नु?

छोड्नुभो उहाँले पिताको सिंहासन्, स्वतन्त्र असीमित उहाँको अनुग्रह
रित्त्याउऩु भो आफैलाई तर प्रेम, बगाउनुभो रगत आदमको असहाय वंशका लागि
यो कृपा हो सब, असीम र स्वतन्त्र भेट्यो मलाई परमेश्वरको प्रेमले
अनौठो प्रेम! कसरी हुन सक्छ, तपाईं परमेश्वर, मेरो लागि मर्नु?

कैदी मेरो आत्मा धेरै समयदेखि पापले बाँधिएको स्वभाव अन्ध्यारो
तपाईंको नजर फिजायो बिउँझाउने ज्योति, बिउँझें, कालो कोठा चम्क्यो प्रकाशले
भाँचिए साङला, हृदय भयो स्वतन्त्र, उठें, बढें, आए तपाईंकहाँ
अनौठो प्रेम! कसरी हुन सक्छ, तपाईं परमेश्वर, मेरो लागि मर्नु?

मलाई अब डर छैन दण्डको, येशू, उहाँमा सबै मेरा हुन्
उहाँमा जीवित, मेरो जीवित शिर, ईश्वरीय धार्मिकता पहिरिएको
हेर आउँछु अनन्त सिंहासनमा, गर्छु मेरो मुकुटको दाबी ख्रीष्टद्वारा
(‘एन्ट क्यान इट बी,’ चार्ल्स वेस्ली, १७०७-१७८८- द्वारा रचित)

तपाईंहरू बस्न सक्नुहुन्छ। हाम्रा बरिष्ठ डिकन श्री बेन ग्रिफिथ अगाडि आएर हाम्रा निम्ति एउटा भजन प्रस्तुत गर्नुहुनेछ।

आज बेलुकी हामी यहाँ प्रभु येशू ख्रीष्टको- उहाँको मात्र प्रशंसा र महिमा गर्न भेला भएका छौं। अब तपाईंहरूको बाइबलमा हितोपदेश १४ अध्याय खोल्नुहोस्। नेपाली बाइबलमा यो पृष्ठ ९२८ मा छ। मैले यो पढ्दा कृपया फेरि खडा हुनुहोस्।

‘बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ,...’ (हितोपदेश १४:१४)

आफैलाई प्रश्न गर्नुहोस्- ‘के म आफ्नै चालहरूले भरिएको छु? के मेरो हृदय चिसिएको छ? म एकलै हुँदा प्रार्थना गर्ने कोसिस गर्छु, तर मलाई परमेश्वरको उपस्थितिको अनुभव हुँदैन।’ के तपाईं यसै भन्नुहुन्छ? सुसमाचार प्रचार गर्नु जाँदा के तपाईंका हड्डीहरूमा त्यो आगो हुन्छ, जसले हराएका आत्माहरूप्रति तपाईंलाई जोसिलो बनाउँछ? वा के सुसमाचार प्रचार गर्ने तपाईंको जोश पहिलेको भन्दा अहिले घटेको छ? कसैले प्रार्थना गरेको सुन्दा प्रत्येक अनुरोधका निम्ति के तपाईंको हृदय र ओठले ‘आमेन्’ भन्छ? वा तपाईंले पहिले प्रार्थना गर्न थाल्नुहुँदा तिनीहरू तपाईंभन्दा असल छैनन् भन्ने सोच्नुहुन्छ कि? वा के तपाईं यस्तो सोच्नुहुन्छ, ‘तिनीहरू चाँडै पतन हुनेछन्?’ के तपाईं नयाँ ख्रीष्टियनहरूमा दोष खोजिहिँड्नुहुन्छ? के तपाईंले उद्धार पाएको बेला जस्तो असल हुनुहुन्थ्यो त्यस्तो असल तिनीहरू छैनन् भन्ने सोच्नुहुन्छ? जब कसैले प्रचार गर्दा तपाईंलाई आफ्ना दोषहरूको सम्झना हुन्छ, तब के तपाईं ‘म ती दोषहरू कहिल्यै पनि स्वीकार गर्दिनँ। तिमीहरू मलाई कहिल्यै पनि ती स्वीकार गर्न लगाउन सक्दैनौं’ भनी सोच्नुहुन्छ? कुनै नयाँ व्यक्तिलाई विशेष ध्यान दिइँदा के तपाईं खुसी बन्नुहुन्छ? वा तपाईंले सुरुमा उद्धार पाउँदा जस्तो असल हुनुहुन्थ्यो, त्यस्तो असल तिनीहरू छैनन् भनी सोच्नुहुन्छ? वा के तपाईंको हृदय चिसो र रित्तो भएको छ?

‘बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ,...’ (हितोपदेश १४:१४)

उद्धार पाएको सुरु-सुरुका दिनमा तपाईं प्रभुका निम्ति जे पनि गर्नुहुन्छ। त्यसबेला तपाईं यसो भन्नुहुन्छ, ‘म येशूको सेवा गर्न मन पराउँछु। मैले उहाँका निम्ति जत्ति नै गरे पनि कम हुन्छ।’ के अहिले पनि तपाईं त्यसो भन्न सक्नुहुन्छ? वा तपाईं विश्वासबाट पछि हटेको ख्रीष्टियन हुनुहुन्छ? मैले यो कुरा जवानहरूलाई मात्र भनेको होइन। मैले ’३९ वर्षे’ हरूलाई पनि भनेको हुँ। जवानहरूको साथसाथै पाको उमेरकाहरूलाई पनि यो भन्दैछु। मैले उद्धार नपाएका जवानहरूलाई मात्र भनिरहेको छैनँ। मैले यो तपाईंहरूलाई पनि भनिरहेको छु, जसले उद्धार पाउनुभएको धेरै भइसकेको छ। के तपाईंले आफ्नो पहिलो प्रेम हराउनुभएको छ? के अहिले पनि तपाईं पहिलेको जस्तै ख्रीष्टको प्रेमले भरिनुभएको छ? प्रभु येशूले एफिससका ख्रीष्टियनहरूलाई भन्नुभयो,

तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर’ (प्रकाश २:४,५)।

म करिब ६० वर्षदेखि एक प्रचारक रहेको छु। ती छ दशकको अवधिमा कहिलेकहीं मेरो हृदय विश्वासबाट पछि हटेको छ। विश्वास सेलाएको त्यस्तो अवस्थाबाट म बाहिर कसरी निस्किन सक्छु? त्यो यसरी हुन्छ। सबैभन्दा पहिले मेरो हृदय मेरा आफ्नै चालहरूले भरिएको छ भनी थाहा पाउँछु। म आफैसित दुःखी बन्छु। म निराश बन्छु। म कठिन परिस्थितिहरूलाई दोष लगाउँछु। दोस्रो, मैले येशूप्रतिको मेरो पहिलो प्रेम त्यागिदिएको छु भनी थाहा पाउँछु। तेस्रो, म कतिसम्म पतन भएको रहेछु भनी महसुस गर्छु। म येशू र आफ्नै बीचमा आएपछि आफ्ना पापहरूका निम्ति आफूलाई दोषी पाउँछु। त्यसपछि म क्रूसमा टाँगिनुभएका येशूलाई सम्झन्छु, जो मेरा पापको मूल्य चुकाउन क्रूसमा मर्नुभयो। म पश्चात्ताप गर्छु र फेरि पहिलेदेखि उहाँमाथि भरोसा गर्छु। यो प्रायः दोस्रोचोटि हृदय परिवर्तन भएको जस्तो हुन्छ। ‘मेरो दर्शन भर्नुहोस्।’ यो भजन हामी गाऔं।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५,
      द्वारा रचित)

म आफै जुन कुरा गर्दिनँ त्यो गर्न तपाईंलाई लगाउँदिनँ। मैले जोन केगनलाई प्रचार गर्ने कार्यका निम्ति आफैलाई समर्पण गर्ने सल्लाह दिएँ। तिनी अन्त्यमा राजी भए। मैले थाहा पाएँ, तिनी त मभन्दा असल प्रचारक रहेछन्। तिनीसँग जवान अवस्थाको बल थियो भने मचाहिँ र बलहीन ठहरिएँ। जोनसँग मलाई डाह हुन थाल्यो। एक रात मैले तिनको अगाडि यो कुरा स्वीकार नगरेसम्म त्यसले मलाई सताइरह्यो। त्यसपछि मैले यो कुरा तपाईंहरूको अगाडि स्वीकार गरें। मेरो मनमा शान्ति भयो र हृदय आनन्दले भरियो। आज बेलुकी तपाईंहरूले पनि त्यसै गर्नुहोस् भनी म भन्दछु। मेरो हृदय विश्वासबाट यति पछि हटिसकेको थियो कि तपाईंहरू मलाई यहाँ प्रचार गर्न दिनुहुन्न होला भनी म डराएको थिएँ। अनि परमेश्वरले हाम्रो चर्चमा जागृतिको छुवाइ पठाउनुभयो, मैले पश्चात्ताप गरें, अनि येशूको अमूल्य रगतद्वारा धोइएर शुद्ध हुनका निम्ति उहाँकहाँ फर्किएर गएँ। म ७६ वर्षे वृद्धले पश्चात्ताप गर्नुपर्छ भनेको सुन्दा के तपाईंलाई अनौठो लाग्छ? यो अनौठो कुरा होइन। यो नयाँ हुने र हृदयलाई फेरि जागृत गराउने तरिका मात्र हो। ‘पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर’ (प्रकाश २:५)। घरीघरी पश्चात्ताप गर्नुहोस्। येशूकहाँ फर्किएर आउनुहोस् अनि उहाँको रगतद्वारा घरीघरी शुद्ध हुनुहोस्। महान् धर्म सुधारक लुथरले भनेका छन्, ‘हाम्रो सम्पूर्ण जीवन नै निरन्तर र घरीघरी पश्चात्ताप गर्ने हुनुपर्छ।’ लुथरले बारम्बार पश्चात्ताप गर्दै शुद्ध हुनका निम्ति येशूकहाँ फर्किएर आउन परेको थियो। यसैले तपाईं र मैले पनि त्यसो गर्नैपर्छ।

म विश्वास गर्छु, याकूब ५:१६ ले जागिृतमा एउटा कुरा गर्नु भन्दछ। यो पदले भन्छ, ‘तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काका निम्ति प्रार्थना गर।’ यहाँ ‘पाप’ शब्दमा ध्यान दिनुहोस्। यसका निम्ति प्रयोग गरिएको ग्रीक शब्द ‘पेरापटोमा’ हो। डा, स्ट्र्ङ भन्छन्, यो शब्दको वास्तविक अर्थ ‘चिप्लिनु, हाम्रा गल्ती र दोषहरू अनि अन्य पापहरू हुन्।’ हामीलाई ठूला पापहरू मात्र स्वीकार गर्नु भनिएको छैन, तर हामी ‘चिप्लिएका, चुकेका कुराहरू, हाम्रा गल्ती र दोषहरू’ पनि स्वीकार गर्नु भनिएको छ। हुन सक्छ, कहिलेकहीं हामी रिसाएका छौं, कहिले क्षमा दिएका छैनौं होला, कसैसँग ईर्ष्या गरेका हौंला, हामीमा प्रेमको कमी होला, साथै परमेश्वर र हाम्रो बीचमा आउने अरू दोषहरू।

धेरैचोटि हाम्रा दोषहरू परमेश्वरको अगाडि मात्र स्वीकार गर्दा हाम्रो हृदयमा शान्ति हुन्छ। मैले श्री काई प्रेङ्गको अनुहार चम्किलो र प्रेमले भरिएको देखें। त्योभन्दा पहिले तिनक अनुहार अन्ध्यारो र रिसाएकोजस्तो हुन्थ्यो। मैले तिनलाई के भयो त भनी सोधें। तिनले भने, ‘मैले श्रीमती सिर्ली लीको जीवनमा पवित्र आत्माले काम गर्नुभएको देखें। म पनि तिनकोजस्तै शान्ति र आनन्द पाउन चाहन्थे। मैले तपाईं पास्टरसँग आफू रिसाएको कुरा परमेश्वरको अगाडि स्वीकार गरें। अनि मेरो हृदयमा भएको रीस हट्यो, मेरो हृदयमा शान्ति छायो र अरूप्रति वास्ता पलायो।’ कति अचम्मको कुरा! तिनले यो कुरा भन्दा मलाई ठूलो आनन्द लाग्यो। म तिनलाई प्रेम गर्छु भनी मैले भनें। पाप स्वीकार गर्नु भनेको यसै गर्नु हो। यो भनेको अरूलाई क्षमा दिनु र परमेश्वरबाट नयाँ शान्ति र आनन्द प्राप्त गर्नु हो। जागृतिले हाम्रा निम्ति त्यस्तै काम गर्दछ। तपाईंले परमेश्वरको अगाडि आफ्ना गल्ती र पापहरू स्वीकार गर्नुभयो भने उहाँबाट नयाँ शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ।

तर जब परमेश्वर हाम्रो बीचमा हिँड्डुल गरिरहनुभएको हुन्छ, तपाईंले आफ्ना दोषहरू तपाईंका दाजुभाइ, दिदी-बहिनीसँग स्वीकार गर्नुपर्छ। तपाईंहरूले एक-अर्कासँग आ-आफ्ना गल्तीहरू स्वीकार गर्नुपर्छ। याकूब ५:१६ लाई शाब्दिक अर्थमा यसरी पनि अनुवाद गर्न सकिन्छ, ‘एक-अर्कासँग आ-आफ्ना दोष, गल्तीहरू स्वीकार गर्ने बानी बसाल, अनि एक-अर्काका निम्ति प्रार्थना गर्ने बानी बसाल।’ यसको अर्थ तपाईंले पाप स्वीकार गर्नका निम्ति बिरामी हुने समय पर्खनुपर्दैन’ (आर. सी. एच. लेन्स्की)। चीन देशमा विश्वासीहरू एक-अर्कासँग आ-आफ्ना पापहरू स्वीकार गर्ने र एक-अर्काका निम्ति प्रार्थना गर्ने गर्छन्। यसैकारण चीन देशमा तिनीहरूबीच निरन्तर जागृति छ।

मैले एकजना भाइलाई भनें, कि पहिले दुइचोटि गरेजस्तै म मानिसहरूलाई अगाडि आएर प्रार्थना गर्ने निमन्त्रणा दिन्छु। मैले सोधें, ‘तपाईं के सोच्नुहुन्छ, के कोही अगाडि आउला?’ तिनले केहीबेर सोचेर भने, ‘अहँ, कोही पनि आउँदैन।’ मैले तिनलाई तिनीचाहिँ किन आउँदैनन् भने सोधें। तिनको भनाइबाट बुझें, कि म तिनको चर्चमा धेरै मानिस आऊन् भनी त्यहाँ जागृति आएको चाहन्छु भनी तिनले विचार गरेका रहेछन्। तर त्यही नै त कारण होइन। आफैलाई सोध्नुहोस्, ‘यदि धेरै मानिसहरू आए कुन राम्रो कुरा हुन्छ? तिनीहरू आए भने हामी तिनीहरूलाई कसरी सहायता गर्न सक्छौं? हामी तिनीहरूलाई मित्रता, आनन्द र गहिरो संगति दिन्छौं। तर के ती कुरा तपाईं आफैसँग छ के? के तपाईंसँग छ? वा तपाईंसँग प्रेमबिनाको धार्मिक कर्तव्य मात्र छ? तपाईंहरूले एक-अर्कालाई प्रेम र वास्ता गरिरहनुभएको छैन, होइन त? तपाईंहरूमा मित्रता छैन, होइन त? तपाईंहरूमा आनन्द छैन, होइन त? तपाईंहरूमा गहिरो संगति छैन, होइन त? तपाईंहरूको हृदयमा नयाँ मानिसहरूप्रति गहिरो प्रेम छैन, होइन त? इमानदारीसाथ भन्नुहोस्, येशूप्रति पनि तपाईंहरूमा गहिरो प्रेम छैन, होइन त? हामी आफैसँग यी कुरा छैनन् भने ती अरूलाई कसरी दिन सक्छौं र?

मैले तपाईंलाई आफ्ना गल्ती र पापहरू स्वीकार गर्नुहोस् भन्दा, तपाईंले सोच्नुभयो, ‘त्यो गर्नु मलाई अप्ठ्यारो हुन्छ।’ तपाईंले अघिबाटै धेरै काम गर्दै हुनुहुन्छ, धेरै-धेरै कामहरू! तपाईंलाई चाहिने कुरा भनेको धेरै काम होइन। तर धेरै प्रेम हो। ख्रीष्टप्रति अझ धेरै प्रेम! जब उहाँप्रति धेरै प्रेम हुन्छ, तब नै एक-अर्कालाई पनि अझ धेरै प्रेम गर्न सकिन्छ।

मेरो दर्शन भर्नुहोस्, हरेक इच्छा
   तपाईंको महिमा गर्न मेरो प्राण प्रेरित,
तपाईंको सिद्धता, तपाईंको पवित्र प्रेम,
   मेरो बाटो उज्यालो माथिको ज्योतिले।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

हिजो राति मैले बिचरा शिमशोनको बारेमा विचार गरिरहेको थिएँ। बाइबलमा पूरा चार वटा अध्यायमा शिमशोनको बारेमा वर्णन गरिएको छ। हिब्रू ११:३२ मा तिनलाई उद्धार पाएको व्यक्तिको सूचीमा राखिएको छ। तिनले उद्धार कहिले पाएका थिए? म विश्वास गर्छु, तिनको मृत्यु हुनुभन्दा केही मिनेट अघिसम्म तिनले उद्धार पाएका थिएनन्, जुन बेला तिनले सहायता माग्दै परमेश्वरलाई पुकारेका थिए। तर येशूले तिनलाई पवित्र मानिस, ‘परमेश्वरका निम्ति नाजिरी’ (न्यायकर्ता १३:५) हुन बोलाउनुभएको थियो। ‘परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो’ (न्यायकर्ता १३:२५)। तर शिमशोन आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्न असफल भए। तिनको छोटो जीवनमा तिनी प्रायः तपाईंहरू जस्तै थिए। तिनले आफ्नै बल, आफ्नै शक्तिले ख्रीष्टियन जीवन जिउन सक्छु भन्ने सोचे। तर तिनले जिउन सकेनन्। तिनी बारम्बार असफल बने, तपाईं र मजस्तै। अन्त्यमा तिनी शैतानको शक्तिको वशमा परे र तिनका आँखाका गेडाहरू निकालिए, ‘अनि तिनले झ्यालखानमा जाँतो पिँधे।’ (न्यायकर्ता १६:२१)।

हे दाजुभाइ, दिदी-बहिनी हो, के तपाईंहरूमध्ये कोही-कोही बिचरा शिमसोनजस्तो हुनुहुन्न र? तपाईं येशूद्वारा बोलाइनुभएको छ। विगतमा तपाईं परमेश्वरका निम्ति महान् कार्यहरू गर्न पवित्र आत्माद्वारा चलाइनुभएको छ। तर तपाईं बिस्तारै तीक्त र दुःखी बन्न थाल्नुभयो। अहिले तपाईं आनन्दित हुनुहुन्न। अहिले तपाईंलाई चर्चप्रति खासै प्रेम छैन। तपाईं आँखाहरू बन्द गरेर चर्च आउनुहुन्छ। तपाईंको धर्म नीरस छ, कठिन काम गर्नुहुन्छ, तर कुनै आनन्द छैन। निरस काम, दासको काम! त्यत्ति मात्र! तपाईं एक दासजस्तो बनेर चर्चमा आउनुहुन्छ। त्यो निरस काम मात्र हो। तपाईं यहाँ रहन अब मन पराउन छोड्नुभएको छ। बिचरा शिमशोनजस्तै तपाईं ‘झ्यालखानमा जाँतो पिँध्नुहुन्छ।’ शिमशोनको विषयमा अरू के सोच्छन् मलाई थाहा छैन, तर काँसाका साङ्लाहरूले बाँधिएर कयौं घन्टासम्म ‘झ्यालखानमा जाँतो पिँधेको,’ अन्न पिँध्न सकिनसकि घट्टको पाङ्ग्रा घुमाएको तिनको कथा पढेर म धुरुधुरु रोएको छु।

अनि म जान्दछु, तपाईंको धर्म पनि यस्तै छ, र कहिलेकहीं तपाईंका निम्ति मेरो हृदय रुन्छ। तपाईंसँग कुनै आनन्द छैन। तपाईंसँग कुनै प्रेम छैन। तपाईंसँग कुनै आशा छैनँ। तपाईं झ्यालखानमा दासजस्तो भएर सधैं पिँधिरहनुहुन्छ। हो! तपाईंहरूमध्ये कोही-कोहीका निम्ति यो चर्च झ्यालखान हो, जहाँ सेवाहरू हुँदा तपाईंहरू पिँधिनुहुन्छ, जहाँ सुसमाचारको दासको कामद्वारा तपाईंहरू पिँधिनुहुन्छ। तपाईंहरू यसलाई अति नै घृणा गर्नुहुन्छ। तर कसरी उम्किने त्यो जान्नुहुन्न। तपाईंहरू आत्मिक साङ्लाहरूले बाँधिनुभएको छ, पिध्नुहुन्छ, पिँध्नुहुन्छ, पिँध्नुहुन्छ, तर कुनै आशा छैन। कहिलेकहीं छोडेर जाने कुरा सोच्नुहुन्छ। म जान्दछु, तपाईंहरूमध्ये कतिले यस्तो सोच्नुहुन्छ। तर छोडेर जान सक्नुहुन्न। तपाईंका जो मित्रहरू छन्, यहीं नै छन्। तपाईंका जुन आफन्तहरू छन्, यही नै छन्। तपाईं यो निरन्तर पिँधिने कुरा, मन नपर्दो निरासलाग्दो काम अनि तपाईंलाई झ्यालखानजस्तो लाग्ने यो चर्चको कामबाट कसरी उम्कन सक्नुहुन्छ? म तपाईंलाई सहायता गर्न चाहन्छु। परमेश्वर जान्नुहुन्छ, म सहायता गर्न सक्छु। उम्कने उपाय एउटै मात्र छ। प्रचारक, तपाईं त्यो कसरी जान्नुहुन्छ? किनकि म त्यही अवस्थामा थिएँ, जुन अवस्थामा अहिले तपाईंहरू हुनुहुन्छ! म चर्चमा साङ्लाले बाँधिएको, पिँधिएको थिएँ, त्यसलाई घृणा गर्दथें- तर उम्कने बाटो कुनै पाउँदिनथें! उम्किने एउटै बाटो येशू हुनुहुन्छ। तपाईंका दोषहरू स्वीकार गर्नुहोस्। किन नगर्ने? तपाईंका दोषहरू नै तपाईंलाई बाँध्ने साङ्ला हुन्। तीबाट छुटकारा पाउनुहोस्। पश्चात्ताप गर्नुहोस् र त्यो रगतद्वारा शुद्ध हुनुहोस्, किनकि येशूले मात्र तपाईंका साङ्लाहरू खोलेर फेरि तपाईंलाई स्वतन्त्र बनाउन सक्नुहुन्छ।

‘तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर’ (याकूब ५:१६)

तपाईंका डरहरू, शङ्काहरू, तपाईंका पापहरू, तपाईंको रीस, तपाईंको तीतोपन, तपाईंको ईर्ष्या स्वीकार गर्नुहोस्। ‘तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काका निम्ति प्रार्थना गर...’ (याकूब ५:१६)। श्रीमती लीले त्यसै गरिन्। अनि येशूले तिनलाई निको पार्नुभयो। श्री काई प्रेङ्गले त्यसो गरिन्, र येशूले तिनलाई निको पार्नुभयो। अहिले एउटा आशाको किरण छ। तपाईं सोच्नुहुन्छ, ‘के यो सत्य हुन सक्छ?’ हो, यो सत्य हो। तपाईंहरू सबैले कृपया कसैले आफ्नो दोष/गल्ती स्वीकार गरोस् र येशूद्वारा निको होस् भनी प्रार्थना गर्नुहोस् (तिनीहरू प्रार्थना गर्छन्)।

ख्रीष्टले भन्नुभयो, ‘धन्य शोक गर्नेहरू’ (मत्ती ५:४), यसले ती मानिसहरूलाई संकेत गर्छ, जसले आफू विश्वासबाट पछि सरेको अनुभव गर्छ र त्यसका निम्ति रुन्छ। जागृतिको चाहना गर्ने ख्रीष्टियनका निम्ति पाप सधैं एउटा समस्या हुन्छ, अनि जागृतिले संसारले नदेख्ने कुराहरूसँग सधैं असहज प्रकारले व्यवहार गर्दछ। मानिसहरूलाई तयार गर्न जागृतिले अन्ध्यारो ठाउँमा प्रकाश छर्दछ, ईभान रोबर्टले यो सम्झना गराउँछन् कि मानिसहरू तयार नहोऊञ्जेल पवित्र आत्मा आउनुहुन्नः ‘हामीले चर्चलाई सबै खराब विचारहरूबाट- सबै नराम्रा विचार, डाह, दुर्भावना र भुलबुझाइहरूबाट अलग गर्नुपर्छ’। दोषहरू क्षमा नभइ (प्रार्थना नगर्नुहोस्): तर यदि तपाईंलाई क्षमा दिन सकिँदैन जस्तो लाग्छ भने, घुँडा टेक्नुहोस्, र क्षमा दिने आत्मा माग्नुहोस्। तपाईं त्यो पाउनुहुनेछ,’ अनि शुद्ध ख्रीष्टियनहरू मात्र परमेश्वरको नजिकमा रहेर जिउन सक्छन् (ब्रियन एच. एडवर्ड, रिभाइभल, इभान्जलिकल प्रेस, २००४, पृष्ठ ११३)। ‘प्रत्येक मानिसले अर्को मानिसलाई बिर्सिन्छ। प्रत्येक व्यक्ति परमेश्वरको आमनेसामने थियो (तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गरेपछि)। यो जागृति अन्य लिखित जागृतिमध्ये विशेष थियो। पापका निम्ति गहिरो, असहज र नम्र तुल्याउने दोषक अनुभव नभइ जागृति हुँदैन’ (ऐजन, पृष्ठ ११६)। ‘आज हामीसँग अपवित्र चर्च छ, किनकि ख्रीष्टियनहरू पाप महसुस गर्दैनन् र त्योसँग डराउँदैनन्। जागृतिको अति नै चाहना गर्ने मानिसहरूले परमेश्वरको अगाडि आ-आफ्ना हृदय र जीवनको जाँच गर्न थाल्नुपर्छ। यदि हामीले आफ्ना पापहरू लुकाउँछौं र अहिल्यै नै ती स्वीकार गर्दैनौं भने हामीमा जागृति आउँदैन।... पवित्र परमेश्वरले एक ख्रीष्टियनलाई सानोभन्दा सानो पाप महसुस गराउनुहुन्छ। जुन व्यक्तिहरूले आफू परमेश्वरको उपस्थितिमा भएको थाहा गर्छन् तिनीहरूले सधैं व्यक्तिगत पाप थाहा पाउँछन्। दोषी ठहराउने यो गहिरो कामले सधैं स्वतन्त्रता र आनन्दमा पुऱ्याउँछ, जुन क्षमा पाएको नयाँ अनुभवबाट उत्पन्न हुँदछ। हृदयलाई वशमा पारेपछि मात्र मुक्तिको आनन्द बगेर निस्किन्छ’ (ऐजन, पृष्ठ १२०)।

ती सेवाहरूमा सायद सत्र जना जवानले प्रभुमा विश्वास गरे। ती सेवाहरूमा हामीले जागृतिको छुवाइको अनुभव गऱ्यौं। केही नभए पनि कम्तीमा ती जवानहरू जागृत भए। तिनीहरू जागृत होलान् र उद्धार पाऊलान् भनी सायद कसैले सोचेको थिएन। तर जब मैले तिनीहरूका नाउँ घोषणा गरें, हाम्रो चर्चको कुनै पनि विश्वासी खुशी भएन। तिनीहरू खुशी किन भएनन्? चीन देशमा हो भने विश्वासीहरू खुशीले रुने थिए। यहाँ किन रुँदैनन्?

सत्र जना जवान केटाकेटीहरूले सायद उद्धार पाएका थिए, तर हाम्रो बीचमा कुनै खुशी, कुनै आनन्द थिएन। किन? किनकि ‘बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ,...’ (हितोपदेश १४:१४)

‘के तपाईंका प्रजा तपाईंमा रमाऊन् भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्न?’ (भजन ८५:६)

हामीले रुँदै आफ्ना पाप र गल्तीहरू स्वीकार नगरेसम्म खुसीले रुन सक्दैनौं। चीन देशमा यस्तो भइरहेको छ। हाम्रो चर्चमा किन यस्तो हुँदैन? तपाईंहरू निको हुनका निम्ति आ-आफ्ना पाप एक-अर्कासँग स्वीकार गर्न, एक-अर्काका निम्ति प्रार्थना गर्न डराउनुहुन्छ। तपाईंले पाप स्वीकार गर्दा अरूले के सोच्लान् भनी सोचेर रोकिनुहुन्छ। यशैयाले भनेका छन्, ‘मरणशील मानिसदेखि डराउने तँ को होस्? र आफ्ना सृष्टिकर्तालाई भुल्दछस्’ (यशैया ५१:१२,१३)।

‘’हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोऱ्याइदिनुहोस् (भजन १३९:२३,२४)।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)

तपाईं योभन्दा पहिले अगाडि कहिल्यै आउनुभएन। आउनुपर्छ भनी तपाईं जान्नुहुन्थ्यो, तर तपाईं डराउनुभयो। श्रीमती चानले मलाई तिनी फोनमा नराम्रो प्रकारले चुकेकी कुरा बताइन्। अनि आइतबार बिहान मैले तिनको अनुहारमा हेरें- श्रीमती चानले पनि मलाई हेरिन्। तिनी अगाडि आउन चाहन्थिन् भनी मैले बुझें। मैले तिनको हात समातें र भनें, ‘आउनुहोस्।’ तिनी आइन्। तिनी आउन डराएकी थिइन्। आखिर तिनी डा. चानकी पत्नी थिइन्। यदि तिनले पाप वा दोष स्वीकार गरिन् भने मानिसहरूले के सोच्लान्? अरूले के सोच्लान् भन्ने कुराको पर्वाह नगर्नुहोस्। हामी खडा भएर यो भजन गाउँदा, अगाडि आउनुहोस् र घुँडा टेकेर आफ्ना पापहरू स्वीकार गर्नुहोस्। परमेश्वरले तपाईंलाई दोषी ठहराउनहुन्छ, अनि ख्रीष्टले क्रूसमा बगाउनुभएको रगतले तपाईंलाई शुद्ध पारी नयाँ बनाउनेछ।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('मोर लभ टु दी,' एलिजाबेथ पी. प्रिन्टिसद्वारा रचित, १८१८-१८७८)