Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जब परमेश्वरले त्यो रगत देख्नुहुन्छ

WHEN GOD SEES THE BLOOD
(Nepali)

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२७ अगस्त, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, August 27, 2017

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’
(प्रस्थान १२:१३)


हिब्रू मानिसहरू अनिकालको बेला मिश्रदेशतिर झरे। सुरुमा त याकूबका छोरा योसेफको कारण तिनीहरूलाई आदरसाथ व्यवहार गरियो, जो फारोमुनिका एक शासक थिए। इस्राएलको सन्तान संख्यामा बढ्यो र गुणन भयो, तर पछिबाट यस्तो फारो आयो जसले योसेफलाई चिन्दैन थियो। इस्राएलीहरू संख्यामा चाँडोचाँडो बढेका देखेर तिनीहरूले एक दिन देशलाई कब्जा गर्लान् भनी सोचेर ती फारो डराए। यसैले उनले तिनीहरूलाई दास बनाए। हिब्रूहरूले प्रार्थना गर्दै परमेश्वरलाई पुकारे, अनि तिनीहरूलाई छुटकारा दिन उहाँले मोशालाई पठाउनुभयो। तर फारो कठोर र क्रूर थिए। उनले परमेश्वरका मानिसहरूलाई जान दिएनन्। त्यसैकारण परमेश्वरले मिश्रदेशमाथि नौ वटा विपत्ति पठाउनुभयो। हरेकपल्ट तिनीहरूमाथि विपत्ति आउँदा मोशा फारोकहाँ आउँथे र भन्थे, ‘हिब्रूहरूका परमप्रभु परमेश्वर भन्नुहुन्छ, मेरा मानिसहरूलाई जान दे।’ तर फारोले कहिल्यै पनि सुनेनन्। उनको हृदय कठोर पारिएको थियो। अब परमेश्वरले दशौं विपत्ति पठाउन पर्ने समय आयो।

‘तब परमप्रभुले मोशालाई भन्नुभयो, ‘अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ,...।’ (प्रस्थान ११:१)

अनि मोशा फेरि फारोको महलमा आए, र भने,

‘परमप्रभु यसो भन्नुहुन्छः ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु,...मिश्रका सबै पहिले जन्मेका मर्नेछन्। त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नेछु’ (प्रस्थान ११:४-५, १२:१२)

तर परमेश्वर उहाँका मानिसहरूले दण्ड पाओस् भन्ने चाहनुहुन्न थियो। उहाँले मोशालाई प्रत्येक इसाएली परिवारलाई एउटा पाठो लिएर त्यो मार्न लगाउनू भन्ने आदेश दिनुभयो।

‘तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुइपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन्।’ (प्रस्थान १२:७)

अब खडा भएर प्रस्थान १२:१२,१३ पढ्नुहोस्।

‘त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नेछु,... म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्न नाश गर्ने कुनै विपत्तिले तिनीहरूलाई छुनेछैन।’ (प्रस्थान १२:१२,१३)

यहूदीहरूले करिब १५ सय वर्षसम्म निस्तार-चाड पालन गरे। मिश्रको दासत्वबाट छुटकारा पाएको घटनाको सम्झना गर्दै तिनीहरूले पाठोको मासु र अखमिरी रोटीको विशेष भोजन खाए, अनि निस्तार-चाडको समयमा पवित्रशास्त्रको यो खण्ड पढे। यो ‘निस्तार-चाड’ भन्ने नाम हाम्रो आजको बाइबल पदबाट आएको हो,

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

तपाईंहरूले यो बाइबल पदमाथि तीन प्रकारले विचार गर्नुहोस् भन्ने म चाहन्छु। पहिलो, रगतको अर्थ। दोस्रो, रगतको प्रभाव। अनि तेस्रो, रगतको प्रयोग।

१. पहिलो, रगतको अर्थ

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’

के यो पदमा आज हाम्रो निम्ति केही छ? छ, यसमा धेरै अर्थ छ, किनकि त्यो पहलो निस्तार-चाडमा जुन रगत बगाइयो, त्यसले प्रभु येशूले निस्तार-चाडमा बगाउनुहुने रगतलाई संकेत गर्दथ्यो। अँ हो, प्रभु येशूलाई निस्तार-चाडकै दिन क्रूसमा टाँगिएको थियो।

‘तपाईंको इच्छा के छ? हामी कहाँ गएर तपाईंको निम्ति निस्तार-चाडको भोज तयार गरौं?’ ( मर्कूस १४:१२)

तिनीहरू भजन खान माथिल्लो कोठामा गए, र पवित्रशास्त्रबाट प्रस्थान १२:१३ पद पढे,

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

येशूले पहिले तिनीहरूलाई अखमिरी रोटी दिनुभयो। अब

‘अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो,...अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बहाइन्छ...’ ( मर्कूस १४:२३,२४)

ख्रीष्टले तिनीहरूलाई प्रस्थान १२:१३ मा ढोकामा छ्यापिएको त्यो रगतनयाँ करारको रगतको तस्वीर हो भनी देखाइरहनुभएको थियो, जुन उहाँले त्यसको भोलिपल्ट बगाउनुहुनेथियो। जुन

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

यसले अरू कुनै रगतको कुरा गरेको थिएन। यसले थुमाको रगतको कुरा गरेको थियो,

‘संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा’ (यूहन्ना १:२९)

त्यो ढोकाको चौकोसमा छ्यापिएको रगतले अघिल्तिर हेर्छ अनि पापीहरूलाई विनाशबाट छुटकारा दिने त्यो रगतको वर्णन गर्छ, अनि

‘...उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डली...।’ (प्रेरित २०:२८)

मा तिनीहरूलाई गाभ्नुहुन्छ।

तपाईं रगतमा त्यस्तो शक्ति किन हुन्छ भनी प्रश्न गर्नुहुन्छ होला। स्पर्जनले भनेका छन्,

यदि ख्रीष्ट साधारण मानिस मात्र हुनुभएको भए...उहाँको रगतमा उद्धार गर्ने कुनै प्रभाव हुनेथिएन; तर ख्रीष्ट ‘साँचो परमेश्वरका साँचो परमेश्वर’ हुनुहुन्थ्यो; येशूले बगाउनुभएको रगत परमेश्वरको रगतजस्तो थियो। त्यो मानिसको रगत थियो, किनकि उहाँ हामीजस्तै मानिस हुनुहुन्थ्यो; तर त्यस मानवतासँग ईश्वरत्व यति घनिष्ठ रूपले मिलेको थियो कि, त्यस रगतले त्यो सम्बन्धबाट प्रभाव... अनन्तताको अन्त्यहीन चमत्कार प्राप्त गरेको थियो, ताकि परमेश्वर मर्नका निम्ति मानिस बन्न सकून्। अहो! जब हामी ख्रीष्ट संसारका सृष्टिकर्ता हुनुहुन्थ्यो, अनि सबै कुरालाई थामेर राख्ने उहाँको काँधमा ब्रह्माण्ड अडेको छ भनी सोच्छौं, तब उहाँको मृत्यु छुटकारा दिन सक्ने शक्तिशाली छ, र उहाँको रगतले पापबाट शुद्ध पार्छ भन्ने कुरा सोचेर हामी अचम्मित हुँदैनौं।... उहाँ ईश्वरीय हुनुभएकाले उहाँ ‘उहाँद्वारा परमेश्वरकहाँ आउने सबैभन्दा चरम पापीलाई पनि बचाउन उहाँ सक्षम हुनुहुन्छ।’ उहाँको रगत त्यो रगत हो, जसद्वारा तपाईं परमेश्वरको रीस र क्रोधबाट उम्कन सक्नुहुन्छ,’ (सी. एच. स्पर्जन, ‘द ब्लड,’ द न्यू पार्क स्ट्रीट पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९८१, पुनर्प्रकाशित, भाग ५, पृष्ठ २७,२८)।

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

ढोकामा छ्यापेको त्यो रगत परमेश्वर-मानिस, ख्रीष्ट येशूको तस्वीर थियो।

‘हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।’ (१ कोरिन्थी ५:७)

अनि रगतको अर्थ त्यही नै हो!

२. दोस्रो, रगतको प्रभाव

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

‘तिनीहरूलाई चाहिँ म छोडिदिनेछु।’ यदि तिनीहरूसँग त्यो रगत छ भने- तिमीहरूमाथि कुनै दण्ड आउनेछैन। तिमीहरूमाथि कुनै सराप आउनेछैन।

‘जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न यो देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोडेर, निस्तार गरी, विनाश पार्नेलाई तिनीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न।’ (प्रस्थान १२:२३)

जुन पुरुष र स्त्रीसँग त्यो रगत हुन्छ, तिनीहरूमाथि परमेश्वरको कुनै दण्ड आइलाग्दैन। छ,

‘हिसपको झुप्पा भाँडको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू।’ (प्रस्थान १२:२२)

चौकोसको माथिल्लो भागमा रगत छ्याप्नु- दुवैतिरको खम्बाको भागमा रगत छ्याप्नू। भाँडोको रगत फेदमा छ्याप्नू। दुवैतिरको भागमा। यो गतिले क्रूसलाई संकेत गर्दथ्यो।

लौ उनको शिर, हात पाउदेखि
   हेर दुःख र प्रेम मिसी बग्यो
छ शिरमा काँडा बुनेको
   के अघि यस्तै मुकुट थियो?
(‘व्हेन आइ सर्भे द वन्डरस क्रस,’ आइजक वाट्स्द्वारा रचित- १६७४- १७४८)

‘तिमीहरू जान्दछौ,... सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलंक थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।’ (१ पत्रुस १:१८,१९)

मार्टिन लुथर प्रश्न गर्छन्,

अब त्यो सम्पत्ति कुन हो, जसद्वारा हामी छुटाइएका छौं? नाश भएर जाने सुन र चाँदी होइन, तर परमेश्वरका पुत्र ख्रीष्टको अनमोल रगत। यो सम्पत्ति यति महंगो र महान् छ, जसलाई कुनै मानवीय बुद्धि र विवेकले बुझ्न सकिँदैन, यहाँसम्म कि यो निर्दोष रगतको एकै थोपा पनि सारा संसारको पापका निम्ति मनग्गे हुनेथियो। तापनि, पिताले हामीमाथि उहाँको अनुग्रह प्रशस्त गरी खन्याउन चाहनुभयो, अनि हाम्रो छुटकाराको मोल यति महंगो बनाउनुभयो, कि उहाँले आफ्नै पुत्र ख्रीष्टलाई हाम्रो निम्ति उहाँको रगत बगाउन लगाउनुभयो, अनि यसो गरेर उहाँको सम्पूर्ण सम्पत्ति हामीलाई प्रदान गर्नुभयो (लुथर, १ पत्रुस १:१८,१९ को व्याख्या)।

गेतसमनीको बगैंचामा ख्रीष्टको रगत पसीनाका थोपाहरूको रूपमा भुइँमा खस्यो। पिलातसको महलमा उहाँमाथि कोर्रा बर्साइँदा उहाँको रगतको खोला बग्यो। काँडाको मुकुटले उहाँको निधारमा घोंच्यो र उहाँका आँखाहरूबाट भएर उहाँको रगत बग्यो। कीला (काँटी)हरूले उहाँका हात र पाउहरू छेंडे, र क्रूसबाट उहाँको रगत धरधरी बग्यो। अनि सिपाहीहरूले भालाले उहाँको कोखामा घोचें,

‘र तुरुन्तै रगत र पानी निस्क्यो।’ (यूहन्ना १९:३४)

‘परमेश्वरले आफ्ना पुत्र, ख्रीष्टलाई हाम्रो निम्ति रगत बगाउने अनुमति दिनुभयो, र यसरी सम्पूर्ण सम्पत्ति हामीलाई प्रदान गर्नुभयो’ (लुथर, ऐजन)।

अनि

‘उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ’ (१ यूहन्ना १:७)

ख्रीष्ट येशूको रगतद्वारा सबै पापबाट शुद्ध होइन्छ। सबै पापबाट! उहाँको रगतले शुद्ध पार्न नसक्ने कुनै पाप छैन। त्यो रगतले पखाल्न नसक्ने कुनै ठूलो पाप छैन। त्यसले मरियम मग्दलिनीबाट सात वटा भूतात्मा निकाल्न सक्छ। यसले भूत्तामाको कारण बौलाएको व्यक्तिलाई सद्दे बनाउन सक्छ। यसले कुष्ठरोगको वर्णन गर्न नसकिने घाउहरू निको पार्न सक्छ। यसले निको पार्न नसक्ने कुनै आत्मिक रोग छैन। यसको निम्ति कुनै पनि कुरा ठूलो छैन, चाहे त्यो जत्ति नै घृणित वा खराब किन नहोस्, किनकि यो आफैमा पर्याप्त ख्रीष्टको रगत हो।

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

अनि यसले त्यस रगतको प्रभाव कति छ भन्ने कुरा देखाउँछ!

३. तेस्रो, रगतको प्रयोग

यदि त्यो पाठोको गर्दन निमोठेको वा त्यसलाई विष खुवाएको भए विनाशकले प्रत्येक परिवारको पहिले जन्मेको सन्तानलाई दण्ड प्रहार गर्नेथियो। यदि त्यो पाठो मारेर त्यसको शरीर ढोकाको चौकोसमा झुन्ड्याइएको भए, विनाशकले दण्डले प्रहार गर्नेथियो। त्यहाँ कुनै रगत छैन भन्ने व्यक्तिहरूले यस कुरामा ध्यान दिओस्। त्यो पाठोको मृत्युले मात्र होइन, तर त्यसको रगतले फरक पारेको थियो। यो साँचो हो, कि त्यो पाठो मर्नुपर्थ्यो, तापनि परमेश्वरले भन्नुभयो,

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

भाँडामा बाँकी रहेको रगतले त्यो दण्ड रोक्न सक्दैन थियो। त्यो प्रयोग गरिनुपर्थ्यो। त्यो हिसपको झुप्पा लिएर,

‘भाँडाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरको खम्बामा छ्याप्नू’ (प्रस्थान १२:२२)

त्यो रगत प्रयोग गरिनुपर्छ, नत्र त्यो प्रभावकारी हुँदैन। हे पापी हो, ख्रीष्टको रगत लिनुहोस्! येशूको रगतमा पापबाट पखालिनुहोस्!

‘ख्रीष्ट येशूः जसलाई परमेश्वरले रगतद्वारा प्रायश्चितको बलिदान बनाउनुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ।’ (रोमी ३:२४,२५)

अनौठो कुरा, NASV बाइबलले यो पदको गलत अनुवाद गरेको छ, अनि त्यसलाई शाब्दिक अनुवाद भन्छ। तापनि NIV बाइबलले ‘उहाँको रगतमा विश्वास गरेर’ भन्दै यसलाई सही प्रकारले अनुवाद गरेको छ। मलाई यता र उता गर्न मन पर्दैन। यसैले म पुरानो भरोसायोग्य KJV बाइबलनै प्रयोग गर्दछु, जुन जस्ताको त्यस्तै अनुवाद गरिएको र विश्वसनीय छ।

‘उहाँको रगतमा विश्वास गरेर।’

विश्वासको पात्र ख्रीष्ट येशूको रगत हो। त्यस्तै प्रकारले हामी जोडिन्छौं। त्यसरी नै त्यो रगत तपाईंमा प्रयोग हुँदछ- ‘उहाँको रगतमा विश्वास गरेर।’

कुनै-कुनै न्यू इभान्जलिकलहरू सायद यसो भन्छन्, ‘अहो, त्यसो होइन, तपाईं उहाँको रगतमा विश्वास गरेर उद्धार पाउनुहुन्न।’ ठीक छ, म जान्न चाहन्छु, योविना तपाईंले कसरी उद्धार पाउन सक्नुहुन्छ! ‘एक व्यक्ति रगतमा भर पऱ्यो भने ऊ नाश हुन सक्छ।’ कहिल्यै पनि होइन! यस्तो हुनै सक्दैन। यदि तपाईं ख्रीष्टको रगतमा भरोसा राखेको कारण नाश हुनुहुन्छ भने परमेश्वर असत्य ठहरिनुहुनेछ!

‘किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितका लागि बहाइन्छ।’ (मत्ती २६:२८)

धेरै जना यस्ता मानिसहरू छन्, जो त्यो रगत प्रयोग गर्नुपर्छ भनी महसुस गर्दैनन्। तर केही छैन, किनकि हाम्रो आजको बाइबल पदले त्यो रगत देख्नु पर्ने व्यक्ति तपाईं नै हुनुहुन्छ भन्दैन! यसले भन्छ,

‘जब त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

परमेश्वर त्यो व्यक्ति हुनुहुन्छ, जसले तपाईंलाई सबै पापबाट शुद्ध पार्ने त्यो रगत देख्नु वा महसुस गर्नुपर्छ। यो पदले ‘जब तपाईं त्यो रगत देख्नुहुन्छ’ भन्दैन। यसले ख्रीष्टको रगतले शुद्ध हुने विषयमा तपाईंले सबै कुरा बुझ्नुपर्छ पनि भन्दैन। यसले भन्छ, ‘जब त्यो रगत देख्नेछु।’ हुन सक्छ, तपाईंमा ठूलो विश्वास नहोला। तर यदि तपाईं येशूकहाँ आउनुभयो र उहाँको रगतमा भरोसा राख्नुभयो भने परमेश्वरले त्यो देख्नुहुनेछ। उहाँ मात्र हुनुहुन्छ जसले त्यसको महत्त्व बुझ्नुहुन्छ। अनि भन्नुहुन्छ,

‘जब त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

ती हिब्रूहरूले त्यो रगत देख्न सकेनन्। तिनीहरू आआफ्ना घरभित्र थिए। तिनीहरूका घरको ढोका बाहिरका चौकोस र दुवैतिरका खम्बामा के छ भनी देख्न सक्दैनथे। तर परमेश्वरले तिनमा रगत भएको देख्न सक्नुहुन्थ्यो। त्यही एउटा शर्तमा पापीको उद्धार हुने कुरा निर्भर छ- परमेश्वरले तपाईंमा त्यो रगत लगाइएको देख्नुपर्छ, त्यो तपाईंले देखेर केही हुँदैन। त्यसपछि प्रार्थना गर्दै परमेश्वरकहाँ आउनुहोस् र यसो भन्नुहोस्, ‘हे प्रभु, ख्रीष्टको रगतको खातिर मलाई बचाउनुहोस्। मैले त्यो जसरी राम्ररी देख्नुपर्ने हो त्यसरी देख्न सक्दिनँ, तर प्रभु तपाईं त्यो देख्नुहुन्छ, अनि तपाईंले भन्नुभएको छ,

‘जब त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

‘हे प्रभु, तपाईं त्यो रगत देख्नुहुन्छ।’ तपाईंले देख्नुहुन्छ, मैले त्यो रगतमा भएको बचाउने शक्तिमा भरोसा राखेको छु। मलाई क्षमा गर्नुहोस् र ख्रीष्टको रगतको खातिर मात्र मलाई शुद्ध पार्नुहोस्।’ हृदयदेखि नै यस्तो प्रार्थना र इच्छा गर्नुहोस्, अनि तपाईं चाँडै येशूको रगतमा धोइएर सफा बन्नुहुनेछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो– मर्कूस १४:१२-२५
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('व्हेन आइ सी द ब्लड,' जोन फूटीद्वारा रचित,१९ शताब्दी)


रूपरेखा

जब परमेश्वरले त्यो रगत देख्नुहुन्छ

WHEN GOD SEES THE BLOOD

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘जब म त्यो रगत देख्नेछु, तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु।’ (प्रस्थान १२:१३)

(प्रस्थान ११:१,४-५; १२:१२,७)

१. पहिलो, रगतको अर्थ- मर्कूस १४:१२,२३,२४; यूहन्ना १:२९; प्रेरित २०:२८;
१ कोरिन्थी ५:७

२. दोस्रो, रगतको प्रभाव- प्रस्थान १२:२३,२२; १ पत्रुस १:१८,१९; यूहन्ना १९:३४;
१ यूहन्ना १:७

३. तेस्रो, रगतको प्रयोग- रोमी ३:२४,२५; मत्ती २६:२८