Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




मलाई तपाईंको महिमा देखाउनुहोस्

SHOW ME THY GLORY
(Nepali)

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१२ अगस्त, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, August 12, 2017


कृपया, मसँगै प्रस्थान ३३ अध्याय खोल्नुहोस्। पवित्र बाइबलमा यो १२८ पृष्ठमा छ। अब खडा भएर प्रस्थान ३३: पदलाई हेर्नुहोस्। यहाँ मोशाले परमेश्वरसँग गरेका प्रार्थना छ।

‘तिनले भने, ‘अब मलाई तपाईंको महिमा देखाउनुहोस्।’ (प्रस्थान ३३:१८)

तपाईंहरू बस्न सक्नुहुन्छ। यदि तपाईंहरूलाई जोन शमूएलले प्रचार गरेका ‘प्रार्थनामा क्रम र तर्क’ शीर्षकको सन्देश थाहा छ भने, तपाईं प्रस्थानको पुस्तकको ३२ र ३३ अध्यायमा त्यस किसिमका धेरै वटा प्रार्थना पाउनुहुनेछ। मोशाले परमेश्वरसँग प्रार्थना गर्छन्, अनि पद १५ र १८ मा तिनको प्रार्थना चरमबिन्दुमा पुगेको छ। पद १५ मा मोशा भन्छन्, ‘यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्।’ पद १८ मा मोशा भन्छन्, ‘अब मलाई तपाईंको महिमा देखाउनुहोस्।’ ‘महिमा’ का निम्ति प्रयोग गरिएको हिब्रू शब्द ‘काभोड’ को शाब्दिक अर्थ ‘परमेश्वरको बोझ’ भन्ने हुन्छ। मैले मेरो जीवनमा त्यो ‘बोझ’ केही पटक व्यक्तिगत रूपले अनुभव गरेको छु। म १५ वर्षको हुँदा फरेस्ट लन सिमेन्ट्रीको घाँसमा स्वाँस्वाँ हुँदै जब पल्टिन्थें, तब परमेश्वरको त्यो बोझ ममाथि एउटा हलुका तन्नाजस्तो खसेको म महसुस गर्दथें। मैले देखेको तीन वटा भिन्नाभिन्नै जागृतिमा त्यो काभोड मेरो वरिपरिको हावामा अनुभव गर्न सकिन्थ्यो। ब्रियन एच. एडवर्डले भनेका छन्, ‘मानिसले परमेश्वरको ‘त्यो उपस्थिति’ को वर्णन गर्न सक्दैन, तर यसले जागृतिको असाधारण अनुभवहरूको वर्णन गर्दछ’ (रिभाइभलः अ पिपल सेचुरेटेड विद गड, पृष्ठ १३६)। ‘आदम र हव्वा परमेश्वरको उपस्थितिबाट लुके’ अनि कयिन ‘परमप्रभुको उपस्थितिबाट निस्केर गए’ (ऐजन, पृष्ठ १३५)। ‘जागृतिमा परमेश्वरको उपस्थिति निश्चित रूपले अनुभव गर्न सकिने कुरा हुन्छ’ (ऐजन, पृष्ठ १३४)। ‘जागृतिमा परमेश्वरको उपस्थिति यति स्पष्ट बन्छ, कि कुनै-कुनै बेला त यो हामीलाई असहाय बनाउने प्रकारको हुन्छ’ (ऐजन, पृष्ठ १३५)।

‘यही कुराद्वारा जागृति के हो भनी बुझ्न सकिन्छ। यदि आज गरिने आराधनामा कुनै कुराको कमी रहेको छ भने त्यो हो परमेश्वरको उपस्थितिको अनुभव, त्यही नभएकोले नै हामी आराधनामा लापर्वाही व्यवहार गर्दछौं। जागृतिमा आत्माले गर्नुहुने गहन कार्यले सधैं हामीलाई परमेश्वरको उपस्थिति हुनुहुन्छ भन्ने निश्चयता दिन्छ... जागृति एउटा भिन्नै कुरा हुन्छ। परमेश्वर त्यहाँ हुनुहुन्छ भनी जानिन्छ, अनि विश्वास नगर्ने मानिसलाई पनि ‘परमेश्वर साँच्चै तपाईंहरूको बीचमा हुनुहुन्छ’ भनी स्वीकार गर्न कर लाग्छ’ (१ कोरिन्थी १४:२५; ऐजन, पृष्ठ १३४)। ‘जब परमेश्वरका आत्मा ओर्लेर आउनुहुन्छ, तब उहाँले चर्चका प्रार्थनाहरू लिनुहुन्छ र तिनीहरूमा नयाँ जीवन फुकिदिनुहुन्छ’ (ऐजन, पृष्ठ १२९)। ख्रीष्टियनहरूले आफ्ना पाप स्वीकार गरेर ख्रीष्टको रगतद्वारा फेरि शुद्ध पारिएपछि ‘जागृतिमा प्रार्थना एउटा रमाहट र आनन्दको कुरा बन्छ’ (ऐजन, पृष्ठ १२८)।

सेक्सोनी भन्ने ठाउँमा ‘हामी सबैलाई ख्रीष्टको नजिकपनको अनुभव दिइएको थियो, त्यो समयदेखि त्यही वर्षको हिउँदसम्म प्रभुले जे गर्नुभयो, त्यसको वर्णन गर्न सकिँदैन’ (ऐजन, पृष्ठ १३५)। सन् १९०७ मा कोरियामा चर्च भवनभित्र पस्दा प्रत्येक व्यक्तिले त्यो कोठामा परमेश्वरको उपस्थितिको अनुभव गर्दथ्यो,... त्यो रात त्यहाँ परमेश्वरको नजिकपनको अनुभव भएको थियो, जसको वर्णन गर्न असम्भव छ’ (ऐजन, पृष्ठ १३५,१३६)।

सन् १९८० का नवम्बरमा मेरा एक मित्र र म हामीले बनाइरहेको एउटा टेलिभिजन कार्यक्रमका निम्ति डा. जोन आर. राइसको अन्तर्वार्ता लिन टेनेस्सी राज्यको मुरफ्रिसबोरो भन्ने ठाउँमा गयौं। डा. राइस धेरै वृद्ध हुनुहुन्थ्यो, र हृदयघात भएकोले चलहल गर्न सक्नुहुन्नथ्यो। ८५ वर्ष पुगेका उनलाई चक्के कुर्सीमा राखेर हाम्रो अगाडि ल्याइयो। उनलाई चक्के कुर्सीमा राखेर भित्र ल्याइँदा मेरा मित्र र मैले त्यहाँ वातावरणमा एक प्रकारको हलुको ‘बोझ’ भएको अनुभव गऱ्यौं। म जान्दछु, त्यो बेला परमेश्वर ओर्लेर आउनुभएको थियो, किनकि त्यो बेला ठीक त्यस्तै अनुभव भएको थियो, जस्तो मैले देखेको तीन वटा उत्कृष्ट जागृतिमा भएको थियो।

हामीले त्यो सहरमा एउटा केमेरा र केमेरा चलाउने व्यक्ति बहालमा लिएका थियौं। त्यो केमेरा चलाउने व्यक्ति केथोलिक पृष्ठभूमिको थियो, तर ऊ चर्च जान छोडेको थियो। हामीले डा. राइसको अन्तर्वार्ता लिँदा डा. राइसले आफूले आयोजन गरेका ठूल्ठूला सुसमाचार सेवाहरूको बारेमा बिस्तारै, रोकिँदै बताउँदा त्यस केमेरा चलाउने व्यक्तिका गालाहरूबाट आँसु बगेको थियो, जुन उसले पुछ्दै पनि थियो। अन्तर्वार्ता समाप्त भयो, अनि डा. राइसलाई चक्के कुर्सीद्वारा बाहिर राखिएको मोटर गाडीसम्म लगियो। मेरा मित्र र म मात्र त्यस केमेरा चलाउने व्यक्तिसँग कोठामा रह्यौं। ऊ अझै पनि रोइरहेको थियो। उसले डा. राइसको बारेमा सोध्यो, अनि मैले उसलाई उनी परमेश्वरका महान् जन हुन् भनी बताएँ। म बोल्दा परमेश्वरको उपस्थिति अझ धेरै अनुभव गर्न सकिने प्रकारले बढेको मैले महसुस गरें। त्यो व्यक्ति रुँदै थियो। मैल उसलाई यति मात्र भनें, ‘येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँमाथि विश्वास गर्नुहोस्, र उहाँले तपाईंका सबै पापबाट शुद्ध पार्नुहुनेछ।’ मैले अरू कुरा भन्न परेन। उसले घुँडा टेक्यो र आँसु बगाउँदै येशूमा विश्वास गऱ्यो। त्यहाँ परमेश्वरको उपस्थिति भएकोले ती सब सजिलै भए। मैले एउटा बाइबल पद सम्झे, ‘जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ’ (२ कोरिन्थी ३:१७)। यदि हामीसँग डा. जोन आर. राइससँग भएको जस्तो परमेश्वरका आत्माको शक्ति हुन्थ्यो भने चर्चमा आउनेहरू, अँ पहिलोचोटि आउनेहरूले पनि कति सजिलै प्रभुमा विश्वास गरिहाल्ने थिए।

तर प्रभुको उपस्थिति हुनुको अर्को ठूलो फाइदा पनि छ। त्यो स्वर्गको पूर्वस्वाद हो। म जान्दछु, तपाईंहरूमध्ये धेरैलाई अहिले स्वर्ग अवास्तविक कुराजस्तो लाग्छ। तर जब हाम्रो चर्चमा परमेश्वरको त्यो ‘बोझ’ ओर्लेर आउँछ, र जब त्यसले तपाईंलाई छुन्छ, तब स्वर्ग जाँदाको अनुभव तपाईं प्राप्त गर्नुहुनेछ। त्यो ‘ईश्वरीय महिमाको पूर्वस्वाद’ हुनेछ। तपाईं स्वर्गलाई एउटा बुझ्नै नसकिने कुराजस्तो हो भनी सोच्न छाड्नुहुनेछ। जब तपाईं हाम्रो चर्च भवनमा प्रवेश गर्नुहुनेछ, परमेश्वर यहाँ हुनुहुन्छ, तपाईंले स्वर्गको वास्तविकता र आनन्दको साँच्चै ‘स्वाद’ पाउनुहुनेछ। अनि तपाईं जोन डब्लु. पिटरसनले लेखेका छोटो भजन ठूलो आनन्दको साथमा गाउन सक्नुहुनेछ!

‘स्वर्ग ओर्लियो र महिमाले भऱ्यो मेरो प्राण,
जब उद्धारकर्ताले मलाई निको पार्नुभो।
मेरा पाप पखालिए, मेरा रात दिन भए-
स्वर्ग ओर्लियो र महिमाले भऱ्यो मेरो प्राण।
   (‘हेभेन केम डाउन,’ जोन डब्लु. पिटरसन, १९२१-२००६-द्वारा रचित)

अहिले मैले पेन्टिकोस्टलहरूको असभ्य, अनियन्त्रित धर्मान्धताको कुरा गरेको होइनँ, न त केरेस्मेटिकहरूको गलत विचारको कुरा नै गरेको हुँ। अहँ होइन! तिनीहरू त धेरै चोटि बाजागाजा बजाएर वा अन्य भाषाहरूमा बोलेर परमेश्वरका आत्मालाई ओह्राल्ने कोसिस गर्छन्। तिनीहरूका उद्देश्य राम्रै हुन्छ, तर सन् १०५९ मा सुरुभएको पेन्टिकोस्टलवाद भन्दा अघिको समयमा त्यसो गर्दा परमेश्वर सेवाहरूमा ओर्लेर आउनुभएन र मानिसहरूमा जागृति ल्याउनुभएन। हामी पुरानो तरिकामा फर्केर जानुपर्छ- किनकि त्यही पुरानो तरिका साँचो तरिका हो- र आजसम्म पनि साँचो तरिका त्यही नै हो।

परमेश्वर ओर्लेर आउनुहुँदा कोही-कोही भुइँमा लम्पसार हुने भए पनि परमेश्वरको बोझलाई ओराल्न हामी भुइँमा लम्पसार पर्नुहुँदैन। हामी अति नै आवेगमा चिच्याउने छैनौं। त्यसो गर्नुहुँदैन। हामी त त्यत्ति बेला रमाउनेछौं, जब ख्रीष्टियनहरूले तिनीहरूका जीवनमा लुकेर बसेको पाप महसुस गर्छन्, जुन पापका निम्ति तिनीहरूलाई शर्म लाग्छ, त्यस्ता पाप परमेश्वरको अगाडि स्वीकार गर्नुपर्छ- गल्तीहरू एक-अर्कासित स्वीकार गर्नुपर्छ, यसरी हामी स्वर्गमा हुनुहुने हाम्रा पिता परमेश्वरद्वारा आत्मिक रूपमा निको हुन सक्छौं। कृपया, खडा भएर भजन पुस्तिकामा भएको १० नम्बर भजन गाउनुहोस्।

‘हे परमेश्वर, मलाई जाँच्नुहोस्,
मेरो हृदयलाई जान्नुहोस्।
र मलाई जाँच्नुहोस्,
मेरा चिन्ताहरू जान्नुहोस्।
हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि,
र मलाई अनन्तको मार्गमा डोऱ्याउनुहोस्।’
(भजन १३९:२३,२४)

तपाई नडराउनुहोस्! परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ। तपाईंले आफ्ना पापहरू स्वीकार गर्नुभयो भने उहाँले तपाईंलाई दण्ड दिनुहुन्न। नडराउनुहोस्। तपाईंको पाप जत्तिकै खराब भए पनि परमेश्वरले त्यसको समाधान गर्न सक्नुहुन्छ। परमेश्वरले येशूको रगतद्वारा त्यसलाई धोएर शुद्ध पार्नुहुन्छ। अहिले यहाँ पुल्पिटको सामुन्ने आउनुहोस्। दुई-दुई जना व्यक्ति मिलेर खडा हुनुहोस्, र एक-अर्काको हात समातेर प्रार्थना गर्नुहोस्। आजको रात पाप स्वीकार गर्न एक-अर्काका लागि प्रार्थना गर्नुहोस्। म तपाईंहरूलाई प्रेम गर्दछु। परमेश्वरले तपाईंहरूलाई आशिष् देऊन्। आज राति तपाईंले जे भन्नुभए पनि हामी तपाईंलाई साँचो रूपले प्रेम गरिरहनेछौं, हामी तपाईंलाई प्रेम गर्न छाड्ने छैनौं। हामीमाथि भरोसा गर्नुहोस् र हामीसँग डर नमान्नुहोस्। येशूकहाँ फर्केर आउनुहोस्, फर्केर आउनुहोस्, तपाईंका पापहरू स्वीकार गर्नुहोस्, र हाम्रा उद्धारकर्ता येशूको रगतद्वारा शुद्ध हुनुहोस्। त्यसपछि तपाईं जवान हुनुहुन्न भने पनि बेलुकीका सेवाहरूमा आउन सक्नुहुन्छ। म पुल्पिटको छेउमा दुई वटा कुर्सी राख्नेछु। यदि तपाईंले आफ्नो पाप खुल्लमखुल्ला स्वीकार गर्नुहुँदैन भनी सोच्नुहुन्छ भने, यहाँ माथि आउनुहोस् र त्यो मलाई बताउनु होस्, त्यो तपाईंले सबैका अगाडि बताउन सक्नुहुन्छ कि हुन्न त्यो म तपाईंलाई भन्नेछु।

हाम्रा भाइ ज्याक गानले मेरो ७६ औं जन्म दिनमा मलाई यी शब्दहरू लेखेका छन्।

प्रिय डा. हिमर्स,

     यति वर्षसम्मको तपाईंको विश्वासनीयताका निम्ति म तपाईंलाई धन्यवाद दिन्छु। परमेश्वरले तपाईंलाई प्रयोग गरिरहनुभएको देखेर, अनि तपाईंले प्रचार गर्नुभएका सन्देशहरू जागृतिका झिल्काहरू सुरु गर्ने कार्यमा सहायता पुऱ्याउने एक भाग बन्न सक्छन् भन्ने सोचेर ठूलो धर्मत्यागको अवधिमा पनि थोरै विश्वासी मानिसहरू हुनेछन् भनी म सोच्ने गर्दछु। तपाईंको सेवकाइ फल्दै-फुल्दै जाओस्, अनि तपाईंको प्रचार (इन्टरनेटमा) सारा अनन्तताभरि गुञ्जिओस्। पास्टर, म तपाईंलाई प्रेम गर्दछु।
ख्रीष्टमा तपाईंको
ज्याक गान

पुनश्चः प्रसंगवश, तपाईंको सेवकाइ (हामीलाई ख्रीष्टको उद्धारतिर डोऱ्याउने) का कारण हामी ‘ख्रीष्टमा तपाईंको’ भन्दै पत्रलाई अन्त्य गर्न सक्छौं।

म हाम्रो चर्चलाई र तपाईंहरू प्रत्येकलाई गहिरो वास्ता गर्दछु भनी भाइ ज्याक गानले जान्दछन्। त्यसैकारण म जागृतिको आवश्यकतामाथि जोड् दिँदछु। कुनै पनि व्यक्ति पहिलोचोटि उसको हृदय परिवर्तन भएको साक्षीमा मात्र भर परेर सफल ख्रीष्टियन जीवन जिउन सक्दैन। तपाईं अनुग्रहमा बढदै जानुपर्छ- अनि धेरै चोटि त्यसरी बढ्दा कष्ट हुन्छ। तपाईंले आफ्नो जीवनमा सुटुक्कै प्रवेश गरेका पाप र गल्तीहरूको सामना गर्नुपर्छ। तपाईं ‘हे परमेश्वर, मलाई जाँच्नुहोस्, मेरो हृदयलाई जान्नुहोस्। र मलाई जाँच्नुहोस्, मेरा चिन्ताहरू जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि...’ भन्ने भजन सोच्न पनि चाहनुहुनेछैन। तर यस विषयमा तपाईंले विचार गर्नुपर्छ। कष्टपूर्ण नै भए पनि तपाईंले आफैलाई जाँच्नुपर्छ। तपाईंले आफ्ना पापहरू स्वीकार गर्नुपर्छ र फेरि येशूको रगतद्वारा शुद्ध हुनुपर्छ। अनि तपाईं परमेश्वरको उपस्थिति, त्यो बोझ, जागृतिमा हुने परमेश्वरको रोमाञ्चकारी अनुभव प्राप्त गर्नुहुनेछ।

‘अब मलाई तपाईंको महिमा देखाउनुहोस्।’

प्रार्थना गर्नुहोस् र आफ्नो पाप स्वीकार गर्नुहोस्, र परमेश्वरले जसरी मोशालाई उत्तर दिनुभयो त्यसरी तपाईंलाई पनि दिनुहुनेछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वारा पवित्रशास्त्र पठन गरियो– यशैया ६४:१-३
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('मे जिजस क्राइष्ट बि प्रेस्ड,' एडवर्ड कसवलद्वारा अनुवादित, १८१४-१८७८)