Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जागृतिका निम्ति हृदयको पुकार!

HEARTCRY FOR REVIVAL!
)Nepali)

द्वारा डा. आर.एल. हिमर्स जुनियर
by Dr. R. L. Hymers, Jr.

१६ जुलाई, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, July 16, 2017

‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (यर्मिया ३३:३)।


यर्मिया झ्यालखानमा थिए। तिनले यहूदाका मानिसहरू कैद गरी लगिनेछन् भनी प्रचार गरेका कारण तिनी झ्यालखानमा हालिएका थिए। यर्मियाले कुनै आशा देखिरहेका थिएनन्। तिनका मानिसहरू परमेश्वरद्वारा त्यागिएका छन् भनी तिनले विचार गरेका थिए। तिनका सबै आशा मरेका थिए, र तिनलाई झ्यालखानमा बन्द गरिएको थियो। अब परमप्रभु तिनको हृदयमा बोल्नुभयो। परमेश्वरले तिनलाई भन्नुभयो,

‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (यर्मिया ३३:३)।

बितेको आइतबार मैले जागृतिमा प्रार्थनाको लडाइँ नामक सन्देश प्रचार गरें। मैले भनेको थिएँ, कि हामी भौतिकवादको ठूलो दुष्टात्माको अधीनमा जिइरहेका छौं। मैले भनें, ‘परमेश्वर गइसक्नुभएको छ! उहाँले हाम्रा चर्चहरू छोडिसक्नुभएको छ। उहाँ हाम्रा चर्चहरूलाई छोडेर गइसक्नुभएको छ।.... तर हामी परमेश्वर ओर्लेर हामीकहाँ आऊन् भन्ने चाहँदनौं। हाम्रो सुस्त निद्रालु चर्च पवित्र आत्माबिनाको हुनेछ। त्यसले केवल नियमित कार्यहरू मात्र गर्दछ। किन मानिसहरूलाई जगाउनु र! किन झमेला गर्नु र! हाम्रो निद्रालुपनमा नै हामी सुतिरहौं। हामी परमेश्वरको उपस्थिति र शक्ति पाउनका निम्ति प्रार्थना र उपवासजस्तो कठिन कार्यमा फर्केर जान चाहँदैनौं।’ केही हप्तामा नै हाम्रो बीचमा सत्र जना व्यक्तिले उद्धार पाए। डा. चानलाई फेरि आत्मिक जीवनमा फर्काइयो र जागृत बनाइयो। जोन शमूएल केगनले सुसमाचार प्रचार गर्नका निम्ति आफ्नो जीवन समर्पण गऱ्यो। एरोन यान्सी र ज्याक गान डिकनका उम्मेदवार बने। क्रिस्टिन गुयन र श्रीमती ली प्रार्थनाका योद्धा बने।

मीले जागृतिको ‘छुवाइ’ पाएका थियौं। ती दिनमा डा. केगनले र मैले यो सिक्यौं, जब परमेश्वर उपस्थित हुनुहुन्थ्यो मानिसहरूले विश्वास गरे, तर परमेश्वर उपस्थित नहुनु हुँदा केही पनि भएन। एरोन र ज्याक गानले अरू केही कुरा सिके। तिनीहरूले प्रार्थनामा शैतानको शक्तिसँग कसरी लडाइँ गर्नुपर्छ भनी सिके। ज्याकले भन्यो,

‘हामीले परमेश्वरको उपस्थितिका निम्ति प्रार्थना गर्न थाल्यौं। मैले मेरो दोस्रो खेपको प्रार्थना गर्न थाल्दा मलाई चक्कर लागेजस्तो र अब अचेत हुने रहेछुजस्तो भयो। प्रार्थना गरिरहन गाह्रो भयो र मैले एरोनलाई अब म प्रार्थना गर्न सक्दिनँ भनें। अनि एरोनले प्रार्थना गर्न थाल्यो र उसले पनि ठीकसँगले प्रार्थना गर्न गाह्रो भएको महसुस गऱ्यो। हामीले त्यहाँ ठूलो शैतानिक बाधा छ भन्ने महसुस गऱ्यौं, अनि घुँडा टेकेर येशूको रगतको दाबी गर्दै दुष्टात्माको उपस्थिति त्यहाँबाट हटेर जाओस् भनी प्रार्थना गर्न थाल्यौं। मैले भुइँमा घोप्टेर लम्पसार परी प्रार्थना गर्न थालें। त्यस्तै अवस्थामा रहेर हामीले तेस्रो खेपको प्रार्थना गर्न थाल्यौं र परमेश्वरले त्यो अन्धकार र शैतानिक उपस्थिति हटाइदिनुभएको महसुस गऱ्यौं। त्यो सेवा अति महत्त्वपूर्ण हुनेछ भनी हामी जान्दथियौं। यो कुरा बेलुकी करिब ४ बजेतिर भएको हो।’

त्यसको दुइ घन्टापछि त्यो रातको बेलुकीको सेवामा श्री भिर्जेल निकेल आँखाभरि आँसु लिई अगि आयो र डा. केगनले ख्रीष्टमा ल्याए। अब हामीले एरोन र ज्याक गानले दुइ घन्टा अघि प्रार्थना गर्दा त्यत्ति धेरै संघर्ष किन गर्न परेको थियो भनी बुझ्यौं।’

‘किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्ध हो’ (एफिसी ६:१२)।

आत्मिक लडाइँहरू प्रार्थनाद्वारा जितिन्छ!

‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (यर्मिया ३३:३)।

खडा हुनुहोस् र हामी ‘प्रार्थनामा शक्ति’ भन्ने भजन गाऔं!।

प्रार्थनामा शक्ति, प्रभु, प्रार्थनामा शक्ति,
   यहाँ छ संसारको पाप, दुःख र चिन्ता
हामीलाई जागृति चाहिन्छ, आत्माहरू निराश
   दिनुहोस् मलाई शक्ति, प्रार्थनामा शक्ति!
(‘टीच मि टु प्रे’- अलबर्ट एस.रिज- १८७९-१९६६- द्वारा रचित)
मैले तेस्रो पंक्ति परिवर्तन गरें, ‘हामीलाई जागृति चाहिन्छ, आत्माहरू निराश; दिनुहोस् मलाई शक्ति, प्रार्थनामा शक्ति!

तपाईंहरू बस्न सक्नुहुन्छ।

शैतानले तपाईंहरूमध्ये धेरैलाई जागृतिका निम्ति प्रार्थना गर्नुबाट रोकेको छ। बितेको बिहीबार मैले मानिसहरूको विचार जान्न चाहें। मैले भनें, ‘मैले तपाईंहरूलाई जागृतिका निम्ति प्रार्थना गर्नुहोस् भन्दा तपाईंहरूमध्ये ककसले म यो चर्चमा धेरै मानिस भएको चाहन्छु भन्ने सोच्नुहुन्छ?’ झन्डै हाम्रा आधा जति मानिसले हात उठाए। फेरि मैले भनें, ‘मैले तपाईंहरूलाई जागृतिका निम्ति प्रार्थना गर्नुहोस् भन्दा तपाईंहरू कति जनाले मैले तपाईंहरूलाई धेरै काम गर्नुहोस् भनिरहेको छु भन्ने सोच्नुहुन्छ?’ तपाईंहरूमध्ये एक-तिहाइले हात उठाउनुभयो। त्यो छक्कै पार्ने कुरा थियो। मैले धेरैचोटि तपाईंहरूलाई भनेको छु, ‘मैले त्यो धेरै मानिसका निम्ति भनेको होइन।’ मैले धेरैचोटि तपाईंहरूलाई भनेको छु, ‘मैले त्यो धेरै काम गर्नका निम्ति भनेको होइन।’ मैले धेरैचोटि तपाईंहरूलाई भनेको छु, ‘जागृति आउँदा काम कम हुनेछ।

हामीकहाँ एक जना मानिस आउनु हो भने तपाईंहरूसँग सयौं मानिसका नाउँहरू हुनुपर्छ। अनि त्यो एक जना नयाँ व्यक्ति फर्केर आउँदैन। जागृतिमा तपाईँसँग धेरै कम नाउँहरू हुन्छन्, आउने नयाँ व्यक्तिहरू पनि धेरै कम हुन्छन्, तर त्यसरी आउने व्यक्तिहरू फेरि फर्केर आउँछन्। हामीले सुसमाचार प्रचारको काम पूर्ण रूपले बन्द गरे पनि धेरै जना मानिस आइरहेका र उद्धार पाइरहेका हुन्छन्! चिनियाँ चर्चमा सुसमाचार प्रचार गर्ने कुनै सेवा हुँदैनथ्यो। तिनीहरूले कुनै चाँजोपाँजो मिलाउँदैनथे। तापनि दुइ हजार मानिस आए र चर्चमा रहे। किन? किनकि तिनीहरूमा जागृति आएको थियो। त्यसै कारणले गर्दा त्यस्तो भएको थियो। यो कुरा मैले अघिबाट पनि भनेको थिएँ, तर तपाईंहरूले विश्वास गर्नुभएन। त्यो घटना तपाईंहरूले नदेख्नुभएको कारण मेरो कुरामा विश्वास गर्नुभएन। हाम्रो आजको बाइबल पद फेरि सुन्नुहोस्।

‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’ (यर्मिया ३३:३)।

‘तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु।’ के तपाईं यस कुरामा विश्वास गर्न सक्नुहुन्छ? के तपाईं नम्र बन्नुहुन्छ र तपाईंले अघिबाट कहिल्यै नदेख्नुभएका कुराहरू परमेश्वरले गर्न सक्नुहुन्छ भनी विश्वास गर्नुहुन्छ? परमेश्वरले तपाईंको प्रार्थनाको उत्तरमा ‘तपाईंले नजान्नुभएका’ कुराहरू गर्न सक्नुहुन्छ भनी के तपाईं विश्वास गर्नुहुन्छ? कृपया, खडा भएर यो भजन गाउनुहोस्!

प्रार्थनामा शक्ति, प्रभु, प्रार्थनामा शक्ति,
   यहाँ छ संसारको पाप, दुःख र चिन्ता
हामीलाई जागृति चाहिन्छ, आत्माहरू निराश
   दिनुहोस् मलाई शक्ति, प्रार्थनामा शक्ति!
(‘टीच मि टु प्रे’- अलबर्ट एस.रिज- १८७९-१९६६- द्वारा रचित)

हामी हराएका बाल-बालिकाहरूलाई चर्चमा ल्याउन आफ्नो हृदयबाटै काम गर्दछौं। तर तिनीहरू यहाँ आएपछि यहाँ परमेश्वर हुनुहुन्छ भनी महसुस गर्न सक्दैनन्। किन सक्दैनन्? किनकि उहाँ आफ्नो शक्तिको साथमा यहाँ हुनुहुन्न। परमेश्वर सम्पूर्ण रूपले पवित्र हुनुहुन्छ। तपाईं धेरै जनाले ‘अघिबाट कहिल्यै नजान्नुभएका गहिरा र गुप्त कुराहरू उहाँले गर्न सक्नुहुन्छ’ भनी विश्वास गर्नुहुन्न। तँलाई बताउनेछु।’ तपाईंहरू विश्वासै गर्नुहुन्न। तपाईं यसलाई एउटा काल्पनिक कथा मान्नुहुन्छ। तपाईं मलाई आश्चर्यकर्महरूको मात्र कुरा गर्ने बूढा मानिस सम्झनुहुन्छ, जुन आश्चर्यकर्म तपाईंहरूले कहिल्यै पनि देख्नुभएको छैन, यसैले तपाईंहरू त्यसमा विश्वास गर्नुहुन्न।

हामीले धेरैवटा आश्चर्यकर्म देखेका छौं, तर अझै पनि तपाईंहरू विश्वास गर्नुहुन्न। यो चर्च भवनलाई हातबाट फुत्किनदेखि बचाउन उनन्चालीस जना व्यक्तिले बीस लाख रूपियाँ तिरे। मैले कुरा गरेको एकै जना प्रचारकले पनि त्यस्तो गर्न सकिन्छ भनी सोचेको थिएन। तर त्यस्तै गरियो! त्यो एउटा ठूलो आश्चर्यकर्म हो। तापनि तपाईंहरू त्यो देख्नुहुन्न। तपाईंहरू त्यसमा विश्वास गर्नुहुन्न। बितेको वर्ष केही हप्ताभित्रै उद्धार पाउने सत्र जना व्यक्ति हामीमा थपिए। तर तपाईंहरू त्यो देख्नुहुन्न! त्यो एउटा आश्चर्यकर्म हो भनी विश्वास गर्नुहुन्न! जोन केगनले तिनको ‘दाँत किट्दै’ म त्यो काम कहिल्यै गर्नेछैनँ भने पनि हामीले तिनलाई हाम्रो प्रचारक, एक नयाँ पास्टरको रूपमा पायौं। यो एउटा आश्चर्यकर्म हो। तर तपाईंहरू त्यो देख्नुहुन्न! त्यसमा विश्वास गर्नुहुन्न! हाम्रो ३५ वटा भाषामा विश्वव्यापी सेवकाइ छ- हामी यी सन्देशहरू सारा संसारमा पठाउँछौं। तर तपाईंहरू यो देख्नुहुन्न! यसमा विश्वास गर्नुहुन्न!

तपाईंहरू जाग्नुहोस् भनी म प्रार्थना गर्दछु, अनि जागृतिको आश्चर्यकर्म होस् भनी प्रार्थना गर्दछु। तपाईंहरू ती फरिसीहरूजस्तो नबन्नुहोस् भनी म प्रार्थना गर्दछु, जुनहरूको विषयमा यसो भनिएको छ, ‘उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्’ (यूहन्ना १२:३७)।

म जान्दछु, तपाईंले पालन गरिरहनुभएको धर्ममा अब कुनै आनन्द छैन, कहिलेकहीं तपाईंहरूका निम्ति मेरो हृदय रुँदछ। तपाईंहरूमा कुनै आनन्द छैन। तपाईंसित कुनै आशा छैन। तपाईंहरू बिचरा शिमशोनजस्तै एक दासजस्तो बनेर झ्यालखानमा पिसिनुहुन्छ। हो! तपाईंहरू कति जनाका निम्ति यो चर्च भवन झ्यालखानजस्तो नै छ, यस्तो झ्यालखान, जहाँ सेवाहरू हुँदा तपाईंहरू पिसिनुहुन्छ, जहाँ तपाईंहरू दासले गर्ने सुसमाचारको कामद्वारा पिसिनुहुन्छ। तपाईं यसलाई त्यत्ति नै घृणा गर्नुहुन्छ। तर यसबाट कसरी उम्किने त्यो जान्नुहुन्न। तपाईंहरू आत्मिक साङलाहरूले बाँधिनुभएको छ, पिसिनुहुन्छ, पिसिनुहुन्छ, पिसिनुहुन्छ, कुनै आशा छैन। कहिले त तपाईंहरू यो चर्च छोडेर जाने कुरा सोच्नुहुन्छ। म जान्दछु, तपाईंहरूमध्ये कोही-कोही त्यस्तै विचार गर्नुहुन्छ। तापनि तपाईंहरू सक्नुहुन्न। तपाईंका जति मित्र छन्, ती यहीं नै छन्! तपाईंका आफन्तहरू पनि यहीं छन्! यो अन्त्यहीन पिसाइ, यो मन नपर्ने नीरस कार्यहरू र चर्चको काम, जुन तपाईंलाई झ्यालखानजस्तो लाग्छ, त्यसबाट तपाईं कसरी उम्कन सक्नुहुन्छ? म तपाईंहरूलाई सहायता गर्न चाहन्छु! म सहायता गर्छु भन परमेश्वर जान्नुहुन्छ! यसबाट उम्कने उपाय एउटै मात्र छ। तपाईं भन्नुहुन्छ होला, ‘प्रचारक, तपाईं त्यो कसरी जान्नुहुन्छ?’ किनकि तपाईंहरू अहिले जुन अवस्थामा हुनुहुन्छ, म पनि त्यस्तै अवस्थामा परेको थिएँ। म चर्चमा साँङलोले बाँधिएको थिएँ, पिसिन्थें, पिसिन्थें, त्यसलाई घृणा गर्थें- तर उम्किने कुनै उपाय पाउँदिनँथें! त्यसबाट उम्किने एक मात्र उपाय येशू हुनुहुन्छ! तपाईंका पापहरू स्वीकार गर्नुहोस्! ती पाप स्वीकार किन नगर्ने? तपाईंका पापहरू नै तपाईंलाई बाँधेर राख्ने साङ्लाहरू हुन्! तीबाट छुटकारा पाउनुहोस्! पश्चात्ताप गर्नुहोस् र येशूको रगतद्वारा शुद्ध हुनुहोस्, किनकि येशूले मात्र तपाईंको साङ्ला खोल्न र तपाईंलाई फेरि स्वतन्त्र बनाउन सक्नुहुन्छ।

‘यसकारण तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर’ (याकूब ५:१६)।

तपाईंका डरहरू, शंकाहरू, पापहरू, क्रोध, तीतोपन र डाह मानिलिनुहोस्। ‘यसकारण तिमीहरू एउटाले अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर’ (याकूब ५:१६)। एउटी स्त्रीले त्यसै गरी! र येशूले उसलाई निको पार्नुभयो। अहिले पनि आशाको किरण छ। तपाईं सोच्नुहुन्छ, ‘के यो सत्य हुन सक्छ? हो, यो सत्य हो!’ कसैले उसको पाप स्वीकार गरोस् र येशूले उसलाई निको पारून् भनी प्रार्थना गर्नुहोस्।

ख्रीष्टले भन्नुभयो, ‘धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्’ (मत्ती ५:४), यसले ती मानिसहरूलाई बुझाउँछ, जसले आफ्ना पापहरू थाहा गर्छन्, र त्यसका निम्ति रुन्छन्। जागृतिको चाहना गर्ने ख्रीष्टियनका निम्ति सधैं एउटा समस्या हुन्छ, अनि जागृतिले चाहिँ संसारले नदेख्ने कुराहरूसित सधैं असुविधासहित सामना गर्दछ। जागृतिका निम्ति तयार गर्न जागृतिले अन्धकार ठाउँहरूमा ज्योति छर्दछ। इभान रोबर्ट तिनीहरूलाई सम्झना गराउँदै भन्छन्, कि मानिसहरू तयार नहोऊञ्जेल पवित्र आत्मा आउनुहुन्नः ‘हामीले चर्चलाई सबै किसिमका नराम्रा विचारहरू- सबै दुर्भावना, डाह, नराम्रो विचार र भ्रमहरूबाट छुटकारा दिनुपर्छ। सबै अपराधहरू क्षमा नगरूञ्जेल प्रार्थना नगर्नुहोस्, तर यदि तपाईं क्षमा गर्न सकिंदैन भन्ने सोच्नुहुन्छ भने, घुँडा टेकी प्रार्थना गर्दै क्षमा गर्ने आत्मा पाउनका निम्ति प्रार्थना गर्नुहोस्। तब तपाईं त्यो पाउनुहुनेछ’ (ब्रेन एच. एडवर्डस्,रिभाइबल, इभान्जलिकल प्रेस, २००४, पृष्ठ ११३)। ‘...प्रत्येक व्यक्तिले अर्को व्यक्तिलाई भुल्यो। [पापहरू स्वीकार गरेपछि] प्रत्येक व्यक्ति परमेश्वरको आमनेसामने भयो। यो अहिलेसम्म उल्लेखित जागृतिमध्ये विशेष किसिमको थियो। पापका निम्ति गहन, असुविधाजनक र नम्र तुल्याउने प्रकारको दोषको भावना उत्पन्न नभईञ्जेल कुनै जागृति हुनेछैन’ (ऐजन, पृष्ठ ११६)। ‘आज हामीसँग पवित्र चर्च छ, किनकि ख्रीष्टियनहरू आफ्नो पाप महसुस गर्दैनन् र त्यसका निम्ति डर मान्दैनन्।... जागृतिको अति नै चाहना गर्नेहरूले पवित्र परमेश्वरको अगाडि आफ्नो हृदय र जीवन जाँच्न थाल्नुपर्छ। यदि हामी आफ्ना पापहरू ढाक्छौं र त्यो अहिल्यै नै स्वीकार गर्दैनौं भने हामीमा जागृति हुँदैन। पवित्र परमेश्वरले एक ख्रीष्टियनलाई सानोभन्दा सानो पाप पनि थाहा गराउनुहुन्छ। जुन मानिसहरू आफू सधैं परमेश्वरको उपस्थितिमा छन् भनी जान्दछन् तिनीहरू आफ्नो व्यक्तिगत पाप सधैं थाहा पाउँछन्।’... पापका निम्ति दोषी ठहराइने गहन कार्यले सधैं नयाँ गरी क्षमा पाएको अनुभवसहित स्वतन्त्रता र आनन्दमा डोऱ्याउँछ। ‘हृदयमा प्रहार’ भएपछि उद्धारको आनन्द प्रशस्त हुनेछ’ (ऐजन, पृष्ठ १२०)।

‘के तपाईंका प्रजा तपाईंमा रमाऊन् भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्न’ (भजन ८५:६)।

हामीले आँसुसहित आफ्ना पापहरू स्वीकर गरेनौं भने हृदयबाटै आनन्दित कहिल्यै पनि हुन सक्दनौं। त्यस्तो चीन देशमा भइरहेको छ। हाम्रो चर्चमा किन भइरहेको छैन? हामी निको हुन सकौं भनी आफ्ना पापहरू एक-अर्कासँग स्वीकार गर्न डराउँछौं। अरूले के भन्लान् भन्ने डरले हामीलाई आफ्ना पापहरू स्वीकार गर्नदेखि रोक्दछ। यशैयाले भने, ‘मरणशील मानिसदेखि,...मानिसको सन्तानदेखि डराउने... आफ्ना सृष्टिकर्तालाई भुल्ने तँ को होस्’ (यशैया ५१:१२, १३)।

भजन नम्बर १७ गाऔं!

‘हे परमेश्वर, मलाई जाँच्नुहोस्,
र मेरो हृदय जान्नुहोस्।
मलाई जाँच्नुहोस्‌, र मेरा चिन्ताहरूलाई जान्नुहोस्।
हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि,
र मलाई अनन्तको मार्गमा डोऱ्याइदिनुहोस्’ (भजन १३९:२३,२४)

भजन नम्बर १७ गाऔं!

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्र चम्केको उज्यालो छायाँ
म देखूँ केवल तपाईंको धन्य मुहार
   मेरो प्राण रमाउँदै तपाईंको असीमित अनुग्रहमा
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता ईश्वरीय
   नचम्कुञ्जेल मेरो आत्मा तपाईंको महिमामा
मेरो दर्शन भर्नुहोस्, त्यो सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको
(‘फिल अल माई भिजन’- एभिस बर्जेसन क्रिस्टियनसेन- १८९५-१९८५-द्वारा रचित)

तपाईंले पहिले स्वीकार गर्नुभएन। तपाईंले गर्नुपर्छ भनी जान्नुहुन्थ्यो, तर तपाईं डराउनुभयो। एउटी महिलाले मलाई फोनमा भनी, कि उ विश्वासबाट नराम्रोघतले पछि हटेकी थिई। अनि आइतबार बिहान मैले उसलाई हेरें र उसले मलाई हेरी। मैले बुझ्न सकें, कि उ आउन चाहन्थी। मैले उसको हात समातें र भनें, ‘आउनुहोस्।’ उ आई। उ आउन डराएकी थिई। आखिर उ डिकनकी पत्नी थिई! यदि उसले आफ्ना गल्तीहरू स्वीकार गरी भने मानिसहरूले के सोच्लान्? अरूले के सोच्छन् भन्ने भुलिदिनुहोस्। हामीले खडा भएर गाउँदा अगि आउनुहोस् र घुँडा टेक्नुहोस् अनि आफ्ना पापहरू स्वीकार गर्नुहोस्। परमेश्वरले तपाईंलाई पापको दोषी ठहराउनुहुन्छ, अनि क्रूसमा ख्रीष्टले बगाउनुभएको रगतले धोएर तपाईंलाई नयाँ मानिस बनाउनुहुन्छ।

भजन नम्बर १७ गाऔं!

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्र चम्केको उज्यालो छायाँ
म देखूँ केवल तपाईंको धन्य मुहार
   मेरो प्राण रमाउँदै तपाईंको असीमित अनुग्रहमा
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता ईश्वरीय
नचम्कुञ्जेल मेरो आत्मा तपाईंको महिमामा
मेरो दर्शन भर्नुहोस्, त्यो सबले देखून्
तपाईंको पवित्र रूप ममा झल्केको
(‘फिल अल माई भिजन’- एभिस बर्जेसन क्रिस्टियनसेन- १८९५-१९८५-द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– १ यूहन्ना १:५-१०
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('ओ ब्रेथ अफ लाइफ,' बेस्सी. पी. हेड- १८५०-१९३६-द्वारा रचित)