Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net

जागृतिमा प्रार्थनाको लडाइँ

THE BATTLE OF PRAYER IN REVIVAL!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

९ जुलाई, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, July 9, 2017

जब म मेरो भजनको पुस्तकलाई हेर्छु, तब चर्चको लडाइँसम्बन्धी भजन एउटा बाहेक अरू पाउँदिनँ। चर्चको लडाइँको बारेमा एउटा मात्र भजन, र त्यो भजनमा एउटा पद मात्र त्यस विषयमा छ! ‘सुरक्षा’ को विषयमा पन्ध्रवटा भजन छन्। ‘प्रशंसा’ को विषयमा बत्तीसवटा भजन छन्। ‘बाल-बालिकाहरू’ को सम्बन्धमा बीसवटा भजन छन्। ‘आराधना-भक्ति’ को विषयमा एक्काईसवटा भजन छन्। तर चर्चको लडाइँ- लडाइँमा परेको चर्चको विषयमा एउटा मात्र भजन छ! अनि त्यस भजनमा पनि एउटा पदमा मात्र त्यो कुरा पाइन्छ, अनि त्यसले पनि हामीलाई लडाइँ कसरी लड्नुपर्छ भनी बताउँदैन! सम्पूर्ण भजनको पुस्तकमा एउटा मात्र यस्तो खण्ड छ, जसले हामी शैतान र दुष्टात्माहरूसँग लडाइँ गरिरहेका छौं भनी बताउँछ। श्री ग्रिफिथले भर्खरै त्यसको एउटा खण्ड गाउनुभयो।

त्यस विजयको चिन्हमा शैतान भाग्दछ
बढ ख्रीष्टियन जवान, विजयतिर बढ!
प्रशंसाको ध्वनिले नरकका जगहरू काँप्छन्,
भाइ हो, उचाल सोर, तिनीहरूको गान जोडले गाओ!
बढ ख्रीष्टियन जवान, लडाइँमा जस्तो बढ!
येशूको क्रूस लिई अगि-अगि बढ।
   (‘अनवर्ड क्रिश्चियन सोल्जर्स,’ सबिन बरिङ-गाउल्ड १८३४-१९२४- द्वारा रचित)

त्यस एक मात्र भजनमा यो एउटा मात्र खण्ड हो, जसले हामी शैतान र दुष्टात्माहरूसित लडाइँमा छौं भनी भन्दछ। अनि त्यो एउटा पद सबै आधुनिक भजनका पुस्तकहरूबाट हटाइएको छ! त्यो खण्ड सन् १९५७ मा हटाइएको थियो। अझ नराम्रो कुरा, प्रायः सबै आधुनिक भजनका पुस्तकहरूबाट त्यो सम्पूर्ण भजन नै हटाइएको छ! पश्चिमा संसारका ख्रीष्टियनहरूले त त्यो लडाइँ हुँदैछ भन्ने कुरा पनि जान्दैनन्। हामी भुसुक्क निदाएका छौं। साउदर्न ब्याप्टिस्टहरूले प्रत्येक वर्ष आफ्नो चर्चबाट दश लाख विश्वासी गुमाउँछन्। प्रत्येक वर्ष तिनीहरूका एक हजार चर्च भवनमा ताला लाग्छन्। यसमा बी.बी.एफ.आइ. चर्चहरू पनि पर्छन्। प्रार्थना सेवाहरूलाई बाइबल अध्ययनहरूमा परिणत गरिएका छन् वा पूर्ण रूपले हटाइएका छन्। पश्चिमा संसारमा आइतबार राति हुने सेवाहरू बन्द गरिएका छन्। यसमा बी.बी.एफ.आइ. चर्चहरू पनि छन्। जुन कुरालाई ‘प्रचार’ भनिन्छ, त्यो सुक्खा धूलोजस्तो बाइबल व्याख्या गरिने कक्षाहरू बनेका छन्। वास्तविक सुसमाचार प्रचारको कार्य मरेको छ। मैले त्यस्तो कुनै पास्टरलाई चिनेको छैनँ, जसले सुसमाचारीय प्रवचन कसरी तयार पार्नुपर्छ भनी जानेको छ- अझ थोरै पास्टरले मात्र त्यो कसरी प्रचार गर्नुपर्छ भनी जान्दछन्। आज हाम्रो कुनै पनि चर्चमा सुसमाचार प्रचार गर्ने ढंगमा प्रचार गरिएको म सुन्दिनँ। डा. मार्टिन लोयड-जोनेस बीसौं शताब्दीका एक महान् प्रचारक थिए। तिनले भने,

      परमेश्वरले ख्रीष्टियन चर्च धेरै लामो समयसम्म उजाड-स्थानमा रहेको थियो भनी जान्नुहुन्छ। यदि तपाईंले सन् १८४० भन्दा अघिको मण्डली इतिहास पढ्नुभयो भने धेरैवटा देशका चर्चहरूमा नियमित रूपले- प्रायः दश-दश वर्षको फरकमा जागृति आउने गरेको थाहा पाउनुहुनेछ। अहिले त्यस्तो भइरहेको छैन। सन् १८५९ मा एउटा ठूलो जागृति आएपछि फेरि त्यस्तो भएको छैन। मण्डलीको लामो इतिहासमा हामी अति रुखो (निर्जीव) समयबाट भएर गइरहेका छौं। हामी त्यसदेखि बाहिर छौं भन्ने कसैको कुरामा विश्वास नगर्नुहोस्, हामी त्योदेखि बाहिर छैनौं। चर्च अहिले उजाड-स्थानमा छ (मार्टिन लोयड-जोनेस, एम.डी., रिभाइभल, क्रसवे बुक्स्, १९९२ संस्करण, पृष्ठ १२९)

हाम्रा चर्चहरू त्यस्तो मरेको अवस्थामा किन छन्? हामीले चालीस मिनेटसम्म कोरसहरू गाएर जीवन प्राप्त गर्ने कोसिस गरेका छौं। हामीले ड्रम र गिटार बजाएर मानिसहरूका भावनाहरू जगाउने कोसिस गरेका छौं। तर त्यसले कुनै सहायता पुऱ्याएको छैन। हामीले जे-जे गरेका छौं त्यसले कुनै सहायता पुऱ्याएको छैन- कुनै पनि कुराले ब्याप्टिस्ट र केरेस्मेटिकहरूलाई परमेश्वरले पठाउनु हुने जागृतिको अनुभव गराउन सकेको छैन। म दोहोऱ्याएर भन्छु- कुनै पनि कुराले हामीलाई सहायता गरेको छैन!

यसको उत्तर के हो? हामीले कोसँग लडाइँ गरिरहेका छौं सो हामी जान्दैनौं। हामीले लडाइँ पनि गरिरहेका छौं के त्यो हामी जान्दैनौं। कृपया, नेपाली बाइबलको पृष्ठ १६३९ पल्टाउनुहोस्। त्यहाँ एफिसी ६:११,१२ पाइन्छ। मैले यो खण्ड पढदा कृपया खडा हुनुहोस्।

‘दियाबलसका युक्तिहरूको विरुद्ध खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्ध हो’ (एफिसी ६:११,१२)।

तपाईंहरू बस्न सक्नुहुन्छ। न्यू अमेरिकन स्टेन्डर्ड बाइबलले १२ पद यसरी अनुवाद गरेको छ,

‘किनकि हाम्रो युद्ध शरीर र रगत (मानवीय शत्रु) को विरुद्ध होइन, तर शासकहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध र उच्च स्थानहरूमा भएका सांसारिक सेनाहरूको विरुद्ध हो’ (एफिसी ६:१२)

डा. चार्ल्स रिर्रीले भनेका छन्, ‘विश्वासीहरूका शत्रु शैतानको दुष्टात्माहरूको सेना हो, जो सधैं प्राणघातक लडाइँ गर्न भेला हुन्छन्’ (एफिसी ६:१२ को टिपोट)। यो एउटा अदृश्य लडाइँ हो- शैतानसँग लडिने आत्मिक लडाइँ हो। हामीसँग शैतान र त्यसका दुष्टात्माहरूसँग लड्ने शक्ति र जोश छैन। तिनीहरूसँग हामीले लडाइँ गर्नुपर्छ भन्ने कुरा पनि हामी जान्दैनौं। शैतानले हामीलाई निद्रामा पारेको छ। त्यो ‘अगि बढ ख्रीष्टिय जवान हो’ भजनको एउटा खण्ड पनि गलत छ। त्यसले भन्छ, ‘प्रशंसाको ध्वनिले नरकका जगहरू काँप्छन्। होइन, ती काँप्दैनन्। दुष्टात्माहरू ‘प्रशंसाका ध्वनिहरू’ सुनेर डराउँदैनन्। प्रशंसाका ध्वनिहरू’ सुनेर तिनीहरू हाँस्छन्। ब्याप्टिस्टहरूले ड्रम ठोक्दै र विद्युत गिटारहरू बजाउँदै कोरसहरू गाएका सुनेर तिनीहरू हाँस्छन्। केरेस्मेटिकहरू कराउँदा तिनीहरू हाँस्छन्। हामीले हल्ला गरी कराउँदै र ड्र्महरू बजाउँदै तिनीहरूलाई डराउन सक्छौं भनी सोचेका देखेर तिनीहरू हाँस्छन्।

हामीले हाम्रो काम सजिलो छ भनी सोच्नुहुँदैन। जागृतिमा हामी सजिलै परमेश्वरको उपस्थिति पाउन सक्छौं, ‘किनकि हाम्रो लडाइँ शरीर र रगतको विरुद्ध होइन’ भनी सोच्न लगाउनु नै शैतानको सबैभन्दा ठूलो हतियार हो। हामी कुश्ती लड्न, अन्धकारका दुष्टात्माको शक्तिहरूको विरुद्ध लडाइँ गर्न बोलाइएका छौं।

हामीले यी शक्तिहरूको विरुद्ध कुश्ती लड्न र लडाइँ गर्न सजिलो छ भनी सोच्नुहुँदैन। सबैभन्दा पहिले, हामी ती शक्तिहरूले अधीनता गरेको संस्कृतिमा जिउँछौं। मैले यो थाहा पाएको छु, कि जागृति पश्चिमा संसारमा भन्दा प्रायः मूर्तिपूजकहरूको देशमा आउने गर्दछ। किनकि हामी अमेरिकीहरू र यूरोपेलीहरू यस्तो संस्कृतिमा जिउँछौं, जुन शक्तिशाली दुष्टात्माको अधीनमा परेको छ, जसले हामीलाई त्यसको शक्तिको अधीनमा राख्दछ। हामीले यस संसारको अन्धकारको शक्तिका शासकहरूको विरुद्ध संघर्ष गर्नैपर्छ। डा. रिर्रीले भनेका छन्, ‘दुष्ट स्वर्गदूतहरू जाति-जातिका सम्बन्धहरूमा शासन गर्न खोज्छन्। असल र दुष्ट स्वर्गदूतहरूबीच जाति-जातिमाथि नियन्त्रण गर्ने लडाइँ निरन्तर चलिरहन्छ’(रिर्री स्टडी बाइबल, : दानिएल १०१३ माथि टिपोट)। डा. अंगर तिनीहरूलाई ‘यस अन्धकारको संसारका शासकहरू’ भन्छन् (बिब्लिकल डेमनोलजी, क्रेजेल, १९९४, पृष्ठ १९६)। दानिएल १०:१३ मा त्यस शासन गर्ने दुष्टात्मालाई ‘फारस राज्यका राजकुमार’ भनिएको छ। आज ‘पश्चिमको राजकुमारले’ अमेरिका र त्यसका मित्र राष्ट्रहरूलाई नियन्त्रण गर्दछ। त्यो शासन गर्ने दुष्टात्मालाई हाम्रा मानिसहरूलाई भौतिकवादको दासत्वमा पार्ने अनुमति दिइएको छ। भौतिकवादको दुष्टात्माले अमेरिका र त्यसका मित्र राष्ट्रहरूमाथि अधीन गरेको छ। भौतिकवादको दुष्टात्माले हाम्रा प्रार्थनाहरूमा बाधा दिन्छ र जागृतिलाई रोक्दछ। डा. मार्टिन लोयड-जोनेस यो कुरा बुझ्ने केही महान् प्रचारकहरूमध्येका एक थिए। तिनले भनेका छन्, कि यो दुष्टात्माले अख्रीष्टियनहरूको समझलाई अन्धो पारिदिएको छ, र हाम्रा चर्चहरूलाई नष्ट पारेको छ। तिनले भने, ‘परमेश्वर भन्ने सम्पूर्ण विचार नै हराएर गएको छ, परमेश्वरमाथिको विश्वास, धर्म र उद्धार जस्ता कुराहरू रद्द गरिएको र बिर्सिएको छ’ (रिभाइभल, ऐजन, पृष्ठ १३)। भौतिकवादको ठूलो दुष्टात्माको कारण यस्तो भएको छ, जुन दुष्टात्मालाई म ‘पश्चिमको राजकुमार’ भन्दछु।

तेस्रो विश्वमा यस्ता राष्ट्रहरू छन्, जहाँ शासन गर्ने भौतिकवादको दुष्टात्माको हाम्रो संस्कृतिमा भएजस्तै शक्ति छैन। चीन देशमा, अफ्रिकामा, इन्डोचिनियाँमा, यहाँसम्म कि, लाखौंलाख जवान मानिसहरू ख्रीष्टियन बनिरहेका छन्।

तर अमेरिका र त्यसका मित्र राष्ट्रहरूका लाखौंलाख जवान मानिसहरू चर्च छोडेर जाँदैछन्। श्री पोल्स्टर जर्ज बार्ना भन्छन्, कि चर्चको शिक्षा पाएर हुर्कने ८८% जवानहरू करिब २५ वर्ष पुग्दानपुग्दै चर्च छोडेर जान्छन्, र ‘कहिल्यै फर्केर आउँदैनन्।’

भौतिकवादको त्यस ठूलो दुष्टात्माले तिनीहरूलाई कसरी नियन्त्रण गर्छन्? तिनीहरू छाडा पत्र-पत्रिका, फिल्महरूको वशमा परेका छन्, जुन तिनीहरू इन्टरनेटमा घन्टौंसम्म हेर्ने गर्छन्। प्रार्थना गर्दा तिनीहरू हाँस्छन्, तर अर्कोतिर सामाजिक संजालद्वारा घन्टौंसम्म वशमा पारिएका हुन्छन्। बिहान उठ्ने साथ तिनीहरू आफ्नो स्मार्टफोन समात्छन्। हालैमा दिइएको रिपोटअनुसार, एक दिनमा तिनीहरू १५० पल्ट भन्दा बढी आफ्नो स्मार्टफोन हेर्छन्। तिनीहरू गाँजा-भाङ खाएर लट्ठिएका हुन्छन्। साँच्चै भन्ने हो भने तिनीहरू बिहानदेखि रातिसम्म त्यस्ता उपकरणहरूद्वारा नियन्त्रित हुन्छन्, जुन उपकरणहरू भौतिकवादको दुष्टात्मासँग जोडिएका हुन्छन्। तिनीहरू फुर्सद हुने साथ प्रायः आफ्नो स्मार्टफोन हेरेर समय कटाउँछन्। तिनीहरू आफ्नो स्मार्टफोनलाई यसरी हेर्छन्, जसरी होशे अगमवक्ताको समयमा इस्राएलीहरूले तिनीहरूका मूर्तिहरूलाई हेर्थे। म भन्छु, कि सामाजिक संजाल शैतानले आजका जवान मानिसहरूको मन र हृदयलाई वशमा पार्न प्रयोग गरिरहेको एउटा मूर्ति हो। अनि धेरै जना प्रचारकहरू त्यो ठीकै छ र आधुनिक समयको माग हो भनी सोच्छन्। डा. लोयड-जोनेसले भनेझैं तिनीहरूले शैतानिक शक्तिको सामना गरिरहेका छन् भन्ने पनि सोच्दैनन्। यसैले हाम्रा चर्चहरू यति सांसारिक र कमजोर भएकोमा अचम्म मान्नु पर्ने कुनै कारण छैन।

अगमवक्ता होशेको समयमा स्थिति यति बिग्रेर गयो, कि परमेश्वरले तिनलाई यसो भन्नुभयो, ‘एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ’ (होशे ४:१७)। त्यो जाति परमेश्वरद्वारा त्यागियो। तिनीहरू एकलो, दुष्टात्माहरूको शक्तिको वशमा एकलो छाडिए- दुष्टात्माहरूको शक्तिको अधीनतामा परे!

हामी त्यस्ता मानिसहरूलाई चर्चमा ल्याउँछौं। तर चर्चमा परमेश्वर हुनुहुन्न। अगमवक्ता होशेले भने, कि जब तिनीहरू ‘परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्’ (होशे ५:६)। परमेश्वर गइसक्नुभएको छ। उहाँले हाम्रा चर्चहरूलाई छोड्नुभएको छ। धेरै हप्ताअघि नै उहाँले हाम्रो चर्चलाई छोडिसक्नुभएको छ। उहाँको अस्तित्व नभएको कारण उहाँ छोडेर जानुभएको होइन। तर उहाँको अस्तित्व छ र नै उहाँले छोडेर जानुभएको हो! त्यसैकारण उहाँले हामीलाई एकलो छोड्नुभएको छ। उहाँ पूर्ण रूपले पवित्र हुनुहुन्छ। उहाँ हामीसँग धेरै रिसाउनुभएको छ। त्यसैकारण उहाँले हामीलाई एकलो छाड्नुभएको छ। त्यसैकारण हाम्रो माझमा उहाँको उपस्थिति छैन। त्यसैकारण पवित्र आत्मा जानुभएको छ। त्यसैकारण हामीमा जागृति छैन!

हामी तिनीहरूलाई चर्चमा ल्याउँछौं। हामी तिनीहरूलाई जन्मदिनको भोज र मिठामिठा भोजन दिन्छौं। हामी तिनीहरूलाई कार्टुन फिल्महरू देखाउँछौं। तर हामीसँग तिनीहरूका निम्ति भएका सबै त्यत्ति नै हुन्छ। हामी बिन्ती गरिरहने त्यस मित्रजस्तो अनुभव गर्छौं, जसले भन्यो, ‘तिनलाई खान दिन मसँग केही छैन’ (लूका ११:६)। उसको साथी आयो र साथीलाई दिनका निम्ति उसित केही पनि थिएन। केही छैन, अलिकति खानेकुरा र पुरानो कार्टुन फिल्म मात्र छ। उसको अगि राख्न सकिने परमेश्वरको कुनै कुरा छैन। त्यो दृष्टान्त यसो भन्दै समाप्त भएको छ, ‘स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ’ (लूका ११:१३)!

तर हामी फर्केर गई विगत वर्ष हामीले जे गऱ्यौं त्यो गर्न चाहँदैनौं। हाम्रो अल्छीपूर्ण सुताइ र निष्क्रियताले गर्दा हाम्रो चर्च पवित्र आत्माबिनाको नै हुन्छ। केवल नियमित कार्यसूचीअनुसार काम गर्ने बन्छ। उत्तेजना किन जगाउनु र? झमेलामा किन परिबस्नु र? हाम्रो निद्रालु अवस्थामा नै रहिरहौं। हामी परमेश्वरको उपस्थिति र शक्ति प्राप्त गर्नका निम्ति फर्केर गई कठिनतासाथ प्रार्थना र उपवास गर्न चाहँदैनौं।

विगत चालीस वर्षदेखि यता हाम्रो चर्चमा एउटै पनि जागृति आएको छैन। किन आएको छैन? मैले जागृतिको विषयमा धेरैचोटि प्रचार गरेको छु। तापनि हामीमा एउटै पनि जागृति आएन। जब-जब हामी जागृति आउनुपर्ने कुरामा जोड् दिन्छौं तब डरलाग्दो प्रतिक्रिया आउँछ। मानिसहरू रिसाउँछन्। मानिसहरू चर्च छोडेर जान्छन्। वास्तवमा हामी जागृतिमा जोड् दिन डराएका छौं। यो आशिष् होइन,एउटा सरापजस्तो भएको देखिन्छ! यस्तो हुनुको मुख्य कारण यही हो, कि हाम्रो चर्चका धेरै जना मानिसको हृदय साँचो रूपले परिवर्तन भएको थिएन। जागृतिको चाहना गर्नेहरू थोरै मात्र थिए। हामीलाई ती परिवर्तन नभएका मानिसहरूले जिते। तर बिस्तारै तिनीहरू चर्च छोडेर गए। आज हाम्रा धेरै जना मानिसको हृदय साँचो रूपले परिवर्तन भएको छ। मलाई लाग्छ, यो हामीले फेरि जागृतिका निम्ति प्रार्थना गर्नुपर्ने समय हो।

अब संख्याको हिसाबले झुटो परिवर्तन भएकाहरूभन्दा साँचो ख्रीष्टियनहरू धेरै थिए। यसैले हामीले जागृतिका निम्ति प्रार्थना गर्न थाल्यौं। हाम्रो बीचमा परमेश्वरले हामीलाई उत्तर दिनुहुन्छ भनी विश्वास गर्नेहरू धेरै थियौं। जेस्सी जेकामिटजिनले उद्धार पायो। मिन्ह भुले उद्धार पायो। डेनी कार्लोसले उद्धार पायो। अयाको जाबालागाले उद्धार पायो। तिमोथी चानले उद्धार पायो। जोसेफ गोङले उद्धार पायो। जुली सिभिलेले उद्धार पायो। बाइयाङ झाङले उद्धार पायो। एन्ड्रु माटसुसाकाले उद्धार पायो। एलिसिया जेकामिटजिनले उद्धार पायो। थोमस लोङले उद्धार पायो। टम जियाले उद्धार पायो। एरविन लुले उद्धार पायो। जेसिका यिनले उद्धार पायो। रोबर्ट वाङले उद्धार पायो। सुसान चुले उद्धार पायो। भर्जिल निकेलले उद्धार पायो। कुल १७ जना व्यक्तिले उद्धार पायो। डा. चान फेरि खडा भए। जोन शमूएल केगनले सुसमाचार प्रचार गर्न आफ्नो जीवन अर्पण गरे। एरोन यान्सी र ज्याक गान डिकनका उम्मेदवार बने। क्रिस्टिन न्यूगेन र श्रीमती ली प्रार्थनाका योद्धा बने।

तर हामीले हरेक रात शैतान र त्यसका दुष्टात्माहरूसँग लडाइँ गर्न परेको थियो। डा. केगनले दिन-दिनको जागृतिसम्बन्धी आफ्नो विवरणमा यस्तो लेखेः ‘डा. हिमर्सले यो डायरी पढ्दा दुइवटा कुरा पाउनुभएको कुरा गर्नुभयो। पहिलो, जब पवित्र आत्मा परमेश्वर उपस्थित हुनुहुन्थ्यो, त्यसबेला महान् र शक्तिशाली कामहरू भए। दोस्रो, परमेश्वर उपस्थित नहुनुहुँदा केही पनि भएन।’ जागृति आएको समयमा एक व्यक्तिले मलाई आक्रमण गऱ्यो र आफ्नो परिवारको साथ चर्च छोडेर गयो। एउटी जवान स्त्रीले पनि चर्च छोडेर गई। तिनीहरूले त्यही पुरानो ‘खुल्ला ढोका’ भन्ने मानिसहरूले जस्तै प्रतिक्रिया देखाए। त्यस्ता कुराहरूले जागृतिको विरोध गर्नुमा शैतानको हात छ भनी स्पष्ट देखाउँछ।

ज्याक गानले प्रार्थनामा शैतानसँग हुने लडाइँको बारेमा लेखे। ज्याकले एरोन यान्सीसँग मिलेर प्रार्थना गरिरहेका थिए। तिनले भने, ‘हामीले परमेश्वरको उपस्थितिका निम्ति प्रार्थना गर्न थाल्यौं। मैले मेरो दोस्रो खेपको प्रार्थना गर्न थाल्दा मलाई चक्कर लागेजस्तो र अब अचेत हुने रहेछुजस्तो भयो। प्रार्थना गरिरहन गाह्रो भयो र मैले एरोनलाई अब म प्रार्थना गर्न सक्दिनँ भनें। अनि एरोनले प्रार्थना गर्न थाल्यो र उसले पनि ठीकसँगले प्रार्थना गर्न गाह्रो भएको महसुस गऱ्यो। हामीले त्यहाँ ठूलो शैतानिक बाधा छ भन्ने महसुस गऱ्यौं, अनि घुँडा टेकेर येशूको रगतको दाबी गर्दै दुष्टात्माको उपस्थिति त्यहाँबाट हटेर जाओस् भनी प्रार्थना गर्न थाल्यौं। मैले भुइँमा घोप्टेर लम्पसार परी प्रार्थना गर्न थालें। त्यस्तै अवस्थामा रहेर हामीले तेस्रो खेपको प्रार्थना गर्न थाल्यौं र परमेश्वरले त्यो अन्धकार र शैतानिक उपस्थिति हटाइदिनुभएको महसुस गऱ्यौं। त्यो सेवा अति महत्त्वपूर्ण हुनेछ भनी हामी जान्दथियौं। यो कुरा बेलुकी करिब ४ बजेतिर भएको हो।’

त्यसको दुइ घन्टापछि त्यो रातको बेलुकीको सेवामा मैले अमेरिकाका र पश्चिमा देशका चर्चहरूमा किन जागृति नआएको भन्ने विषयमा प्रचार गरेँ। त्यस प्रवचनमा जोन केगनको पूरै जीवन गवाही पनि भनेको थिएँ। मैले मानिसहरूलाई प्रभुलाई ग्रहण गर्ने निम्तो दिँदा श्री निकेल आँखाभरि आँसु लिई अगि आयो र उ हराएको छ भनी स्वीकार गऱ्यो। डा. केगनले उसलाई आत्मिक सल्लाह दिए, उसले येशूमा विश्वास गऱ्यो र उद्धार पायो। अब हामीले एरोन र ज्याक गानले दुइ घन्टा अघि प्रार्थना गर्दा त्यत्ति धेरै संघर्ष किन गर्न परेको थियो भनी बुझ्यौं।

एक पल्टको नयाँ वर्षको दिनमा मैले ‘एक नरकको वर्ष- एक जागृतिको वर्ष’ शीर्षकमा सन्देश प्रचार गरेको थिएँ। हामीले नयाँ करारको ख्रीष्टियमतको अनुभव गरेका थियौं- जुन आत्मिक लडाइँ हो भनी मैले भनेको थिएँ।

‘किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्ध हो’ (एफिसी ६:१२)।

यो लडाइँ प्रार्थनामा साँच्चै लडेर मात्र जित्न सकिन्छ।

मंगलबारको दिन जोन शमूएल र डा. केगनले भारतको यात्रा गरिरहेकाछन्, जहाँ जोनले विभिन्न सुसमाचारीय सभाहरूमा प्रचार गर्नेछ। म हाम्रो चर्चको सबैलाई बुधबार साँझ यहाँ सुसमाचार प्रचारका निम्ति होइन, तर प्रार्थना सेवाका निम्ति आउने अनुरोध गर्दछु। हामी प्रायः एक घन्टाजति प्रार्थना गर्नेछौं, र जोन केगनका सेवाहरूमा मानिसहरूले प्रभुलाई ग्रहण गरून् भनी बिन्ती गर्नेछौं, र फेरि अर्को एक घन्टा परमेश्वर हाम्रो चर्चमा आएर जागृति पठाऊन् भनी प्रार्थना गर्नेछौं। बुधबार साँझ ठीक ७ बजे हुने यो महत्त्वपूर्ण प्रार्थना सेवामा तपाईं सबै जना आउनुहोस् भनी म अनुरोध गर्दछु।

आज राति मैले सुसमाचार प्रचार गरेको छैनँ। तर म यो हरेक सेवामा प्रत्येक पल्ट प्रचार गर्नेछु। येशू तपाईंका पापहरूका निम्ति क्रूसमा मर्नुभयो। तपाईंका सबै पाप धुन उहाँले आफ्नो पवित्र रगत बगाउनुभयो। उहाँ जिउँदो हुनुहुन्छ, र परमेश्वरको दाहिने हातपट्टि बसेर तपाईंका निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। उहाँले तपाईंका पाप र परमेश्वरको दण्डबाट तपाईंलाई बचाउनुहुनेछ। तपाईंले चाँडै येशूमा विश्वास गर्नुहोस् भनी म प्रार्थना गर्दछु।

डा. केगन र जोन केगन, कृपया आएर यहाँ पुल्पिटको दुइवटा कुर्सीमा बस्नुहोस्। उनीहरू आउने मंगलबारको दिन तीन हप्ताका निम्ति भारततिर जानेछन्। जोनले त्यहाँका विभिन्न शहरमा हुने सुसमाचारीय सेवाहरूमा प्रचार गर्नेछ। हाम्रो चर्चका सबै जना कृपया अगाडि आएर उनीहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. सी. एल. केगनद्वारा पवित्रशास्त्र पठन गरियो– एफिसी ६:१०-१२
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।