Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




त्यो ‘नयाँ’ नयाँ ब्याप्टिस्ट टेबरनेकल

THE “NEW” NEW BAPTIST TABERNACLE!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२ जुलाई, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, July 2, 2017

‘आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंका सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो (यशैया ६४:१)।


जब परमेश्वर ओर्लेर आउनुहुन्छ ‘पर्वतहरू (उहाँको) उपस्थितिमा बगेर जान्छन्।’ उहाँको उपस्थितिमा अविश्वासका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा शङ्काका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा डरका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा अहंकारका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा निराशाका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा स्वार्थीपनका पहाड्हरू बगेर जान्छन्। उहाँको उपस्थितिमा शैतानका अत्याचारका पहाड्हरू बगेर जान्छन्। जागृतिको समयमा परमेश्वर ओर्लेर आउनुहुँदा ख्रीष्टको विरुद्धमा खडा हुने सबै पहाड्हरू बगेर जानेछन्। ‘परमेश्वरको उपस्थितिमा ती सबै पहाड्हरू बग्न सक्छन् (ज्वालामुखीबाट निस्किएको लाभाजस्तो)।’

साँचो जागृतिको प्रार्थनाको अर्थ परमेश्वरलाई समाति राख्नु र उहाँलाई जान नदिनु हो– जस्तो याकूबले प्रार्थनामा रातभरि ख्रीष्टसँग कुश्ती लड्दा गरेका थिए- जसले यसो भनेका थिए, ‘मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ’(उत्पत्ति ३२:२६)। डा. लोयड जोनेसले भनेका छन्, कि जागृतिको प्रार्थना भनेको परमेश्वरलाई समातिराख्नु, उहाँसँग बिन्ती गर्नु, उहाँसँग तर्क गर्नु, उहाँसँग अनुरोध गर्नु हो, अनि म भन्छु, एक जना ख्रीष्टियन जब यस्तो अवस्थामा पुग्छ तब मात्र उसले साँचो रूपले जागृतिका प्रार्थनाहरू गर्न थाल्छ’ (लोयड जोनेस,रिभाइभल पृष्ठ ३०५)।

तर जागृतिको प्रार्थना यशैयाजस्ता मानिसहरूबाट आउनुपर्छ, जसले त्यस अगमवक्ताले झैं यसो भन्छ, ‘म हाजिर छु। मलाई पठाउनुहोस्’ (यशैया ६:८)! त्यस्ता मानिसहरू जो हाम्रा परमेश्वर र उहाँका ख्रीष्टको सेवामा आफ्नो जीवन अर्पण गर्न चाहन्छन्! डा.ए. डब्लु. टोजरले भनेका छन्,

‘यदि ख्रीष्टिय मत जीवित रहनु हो भने फेरि त्यसका मानिसहरू हुनुपर्छ। त्यसले त्यस्ता मानिसहरूलाई त्याग्नुपर्छ जो बोल्ने आँट गर्दैनन्...त्यसले अगमवक्ता र शहिदहरूमा हुने गुण भएका मानिसहरू खोज्नुपर्छ। तिनीहरू परमेश्वरका मानिसहरू, साहस भएका मानिसहरू हुनेछन्।... तापनि तिनीहरूका प्रार्थना र परिश्रमहरू (परमेश्वर) ले आउन ढिला गरेको जागृति ल्याउँदछ’ (ए. डब्लु. टोजर, वी निड मेन अफ गड् अगेन)

अहिलेको समयमा हाम्रो चर्चलाई चाहिएको कुरा त्यही नै हो- ‘परमेश्वरका मानिसहरू, साहस भएका मानिसहरू।’ हामीलाई त्यस्ता मानिसहरू चाहिन्छ, जसले संसारको व्यर्थता देखेका छन्, त्यस्ता मानिसहरू जो आफ्नो सुरक्षा खोज्दैनन्, तर बलिदान गर्न चाहन्छन्। नडराउने पुरुष र स्त्रीहरू, त्यस्ता पुरुष र स्त्रीहरू, जसले अगमवक्तासँगै भन्छन्, ‘म हाजिर छु। मलाई पठाउनुहोस्’ (यशैया ६:८)। जवान पुरुष र महिलाहरू, जसले आफ्नो आत्माको गहिराइबाट यसरी प्रार्थना गर्छन्,

‘आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंका सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो। आगोले झिँजामिजा डढाएर र पानी उम्लेझैं, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस् (यशैया ६४:१,२)!

जवान मानिस हो, खडा हुनुहोस् र तपाईंका ओठहरू प्रार्थनाका निम्ति दिनुहोस्, जुनले जोश र शक्तिसहित प्रार्थना गर्छ। जवान मानिस हो, उठ्नुहोस्, अनि तपाईंको शान्ति, तपाईको निजी जीवन परमेश्वरका पुत्र येशू ख्रीष्टका निम्ति दिनुहोस्। जवान मानिस हो, खडा हुनुहोस् र प्रार्थनामा तपाईंको सम्पूर्ण बल लगाएर शैतान र त्यसका दुष्टात्माहरूसँग लडाइँ गर्नुहोस्, परमेश्वरको महिमा जागृतिको शक्तिशाली झरी बनी हाम्रो चर्चमाथि आओस् भनी प्रार्थना गर्नुहोस्। ‘बढ्दैबढ्दै जाऔं, पछि नहटौं!’ यो भजनको पुस्तकमा ४०१ नम्बरमा छ। कृपया, खडा भएर यो भजन गाउनुहोस्।

बढ्दैबढ्दै जाऔं, पछि नहटौं
क्रूसको झन्डा काँधमा लिई अगि बढ्दै जाऔं।
कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्
तरवार हाम्रो आत्माको झिलम धर्मको
बढ्दैबढ्दै जाऔं, पछि नहटौं
(अन वर्ड क्रिश्चियन सोल्जर्स, सबिन बरिङ-गाउल्ड १८३४-१९२४- द्वारा रचित)

तपाईंहरू बस्न सक्नुहुन्छ।

जवान मानिस हो, म पनि कुनै बेला जवान थिएँ, तर अहिले वृद्ध भएको छु। हाम्रा अगुवाहरू पनि त्यस्तै हुन्। हामीले हाम्रो चर्च विभाजनको लामो थकानपूर्ण वर्षहरूको समयदेखि यो चर्चलाई नेतृत्त्व गर्दै आएका छौं। अहिले यो चर्च जस्तो राम्रो छ, यसलाई यस्तो राम्रो बनाउनका निम्ति हामीले हाम्रो जवान अवस्थाको समय, धन र वर्षहरू दियौं। यो चर्च राम्रो छ। हामीले मूल्य चुकायौं। इन्टरनेटमा यो चर्चको सेवकाइ विश्वव्यापी बनाउन हामीले मूल्य चुकायौं। तर अब हामीमा त्यो जवान अवस्थाको जस्तो बल र जोश छैन। यो चर्चलाई अर्को स्तरमा बढाएर लैजाने बल र शक्ति अब हामीसँग छैन। हामीमा यो चर्चलाई अर्को स्तरमा लैजाने बल, क्षमता वा सामर्थ्य छैन। यो चर्चलाई बचाउन हामीले आफ्नो जवान अवस्थाको बल खर्च गऱ्यौं, तर अब हामीमा एउटा ‘नयाँ’ प्रकारको नयाँ ब्याप्टिस्ट टेबरनेकल बनाउने शक्ति छैन। तपाईं जवान मानिसहरूले यसलाई त्यस्तो बनाउनु पर्छ नत्र कसैले पनि यो काम गर्नेछैन। कृपया, यो गर्नुहोस्! गर्नुहोस्! गर्नुहोस्!

एकचोटि म एक जोशिलो जवान पास्टर थिएँ। म आइतबारको दिन पूरा जोशको साथ तीनचोटिसम्म प्रचार गर्न सक्थें। म एक हजार मानिस भएको मण्डलीमा मानिसहरूको ध्यान खिँच्न सक्थेँ, तिनीहरूमध्ये एक-तिहाइ मानिसहरू पहिलोचोटि आएका हुन्थे। अब त म धेरै वृद्ध भएँ र त्यसो गर्न सक्दिनँ। धेरै मनन र प्रार्थनापछि मैले यो बुझेको छु, कि अब हामी अझ पर्खन सक्दैनौं। म भन्छु, हामीसँग केही समयहुँदै अब मैले यो नेतृत्त्वको जिम्मा जवानहरूलाई सुम्पिन थाल्नुपर्छ, अनि नेतृत्त्वको काममा उनीहरूलाई सहायता र मार्गनिर्देशन गर्नुपर्छ। अर्को बसन्त ऋतुमा मैले सेवकाइ गरेको साठी वर्ष हुन्छ। साठी वर्षसम्म सेवकाइ गरेपछि पनि पास्टरको रूपमा रहने प्रचारकहरू थोरै छन्। मलाई पूरा विश्वास छ, अब म नै मुख्य अगुवा बन्नुको साटो बरु यो पद छोडेर मैले मार्गदर्शकको काम गर्नुपर्छ। त्यसकारण, मेरो प्रस्ताव छ, कि यो चर्चले जोन शमूएल केगनलाई यो सेवकाइका निम्ति अभिषेक गरोस्, अनि समय आएपछि तिनी हाम्रो चर्चको पास्टर बनोस्। त्यसबेला म यो पास्टरको पद छोड्नेछु र पास्टर इमेरिटसको उपाधिसहित उसको मार्गदर्शक बन्नेछु। म यो प्रस्ताव पनि राख्छु, कि त्यसबेला नोआ सङलाई पनि सेवकाइ गर्ने अनुमति-पत्र दिइयोस् अनि एरोन यान्सी, ज्याक गान, एबेल प्रध्युम्ने र क्यो डोङ लीलाई यस चर्चका डिकनहरूको रूपमा अभिषेक गरियोस्, अनि एरोन यान्सीलाई स्थायी रूपमा ‘डिकनहरूका अध्यक्ष’ को उपाधि दिइयोस्। त्यसपछि हामी एउटा नयाँ प्रणाली अपनाउनेछौं, र यी असल मानिसहरूमध्ये धेरैलाई पालैपालो गरी हाम्रो चर्चका ‘सक्रिय डिकनहरू’ बनाउनेछौं। अब यो काम गर्ने हाम्रो चर्चको राँको जवान मानिसहरूलाई सुम्पिने समय हो। तिनीहरूले हामीलाई ‘नयाँ’ किसिमको नयाँ ब्याप्टिस्ट चर्च बन्ने दिशातिर बढाउनु पर्छ। ‘बढ्दैबढ्दै जाऔं, पछि नहटौं।’ कृपया, खडा भएर यो भजनको दोस्रो भाग कोरस गाउनुहोस्।

बैरी धेरै भए हामी तै हरेस नखाऔं
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔं
शत्रुलाई हराऔं, झन्डा फरफराऔं
हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔं
बढ्दैबढ्दै जाऔं, पछि नहटौं
क्रूसको झन्डा काँधमा लिई अगि बढ्दै जाऔं।

तापनि म मेरो साठी वर्षको अनुभवबाट जान्दछु, तपाईं जवान हुनुहुन्छ भन्दैमा यो गर्न सक्नुहुन्न। हामीले परमेश्वरको आत्माको ताजा भरपूरी प्राप्त गर्नुपर्छ, नत्र तपाईं यो काम गर्न सक्नुहुन्न।

डा. तिमोथी लिन चिनियाँ ब्याप्टिस्ट चर्चमा करिब २४ वर्षसम्म मेरा पास्टर थिए। डा. लिन प्रार्थना गर्ने शक्तिशाली मानिस थिए, तिनले भनेका छन्, ‘प्रार्थना गर्नुको उद्देश्य परमेश्वरको उपस्थिति प्राप्त गर्नु हो।’ तिनले अझ भनेका छन्, ‘आखिरी समयको चर्च यदि बढ्न चाहन्छ भने त्योसँग परमेश्वरको उपस्थिति हुनै पर्छ। परमेश्वरको उपस्थितिबिना सबै परिश्रम व्यर्थ’ र असफल हुन्छ। हामी परमेश्वरको उपस्थितिबिना बढ्दैनौं भन्ने शैतानले जान्दछ। डा. लिनले भनेका छन्, कि हामी दोस्रो आगमनको जति नजिक हुन्छौं, प्रार्थनाको विरुद्ध शैतानको दबाब उति नै बढ्छ (यी सबै उद्धरण डा. लिनका पुस्तक द सिक्रेट अफ चर्च ग्रोथबाट लिइएका हुन्)। प्रेरित पावलले भने, ‘हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन,’ तर शैतान र त्यसका दुष्टात्माहरूको विरुद्ध हो (एफिसी ६:१२)। हामी अन्धकारका शक्तिहरूसँग कसरी लडाइँ गर्न सक्छौं? यसको जवाफ पावलले दिएका छन्, ‘सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर’ (एफिसी ६:१८)। कसैले प्रार्थना गरिरहेको बेला तपाईंको मनलाई प्रार्थनाको प्रत्येक बिन्ती सुन्ने करमा पार्नुहोस्। प्रत्येक विषयमा प्रार्थना गरिसकेपछि ‘आमेन’ भन्नुहोस्। त्यसो गर्दा अगुवा वा कुनै व्यक्तिले गरेको प्रार्थना तपाईंको आफ्नै प्रार्थना बन्छ। त्यसो गर्दा हाम्रो प्रार्थना शैतानको विरुद्ध शक्तिशाली ताकत बन्छ। कृपया, खडा भएर त्यस भजनको दोस्रो भाग गाउनुहोस्।

कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्,
तरवार हाम्रो आत्माको झिलम धर्मको
सहायता उ गर्छ जीवन संग्राममा,
दैनिक जीवनको हाम्रो कदम-कदममा
बढ्दैबढ्दै जाऔं, पछि नहटौं
क्रूसको झन्डा काँधमा लिई अगि बढ्दै जाऔं।

हाम्रो मुख्य प्रार्थना परमेश्वर हाम्रो काममा ओर्लेर आऊन् भन्ने हुनुपर्छ- एउटा शक्तिशाली जागृतिमा परमेश्वरको उपस्थिति आओस् भन्ने हुनुपर्छ।

‘आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंका सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो (यशैया ६४:१)।

जब परमेश्वर हाम्रो बीचमा ओर्लेर आउनुहुन्छ, तब पहाडहरू त्यो उपस्थिति (उहाँको) मा बगेर जान्छन्! उहाँको उपस्थितिमा अविश्वासका पहाडहरू बगेर जान्छन्! उहाँको उपस्थितिमा शङ्काका पहाडहरू बगेर जान्छन्! उहाँको उपस्थितिमा हामीलाई अलग गर्ने पहाडहरू बगेर जान्छन्! अनि उहाँको उपस्थितिमा एक-अर्काप्रति गहिरो प्रेम बग्दछ! हाम्रा परमेश्वर र उहाँको ख्रीष्टको विरुद्ध खडा हुने पहाडहरू ज्वालामुखीबाट निस्किएको लाभाजस्तो, आगोजस्तो भएर बग्नेछ, जागृतिमा बग्नेछ। म तपाईंहरूलाई यो जिम्मेवारी दिन्छु, कि तपाईंहरू एउटा शक्तिशाली जागृतिमा परमेश्वरको उपस्थिति हामीकहाँ आओस् भनी दिनहुँ प्रार्थना गर्नुहोस्। जागृतिका निम्ति प्रार्थना गर्नु भनेको याकूबले जस्तो परमेश्वरलाई समातिराख्नु र यसो भन्नु हो, ‘मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जान दिन्नँ।’ जसरी डा. लोयड जोनेसले भनेका छन्, ‘परमेश्वरलाई समातिराख्नु, उहाँसँग बिन्ती गर्नु, उहाँसँग तर्क गर्नु, उहाँसँग अनुरोध गर्नु हो, अनि म भन्छु, एक जना ख्रीष्टियन जब यस्तो अवस्थामा पुग्छ तब मात्र उसले साँचो रूपले जागृतिका प्रार्थनाहरू गरिरहेको हुन्छ’ (रिभाइभल, पृष्ठ ३०५)।

तपाईंहरूमध्ये कति जना जागृतिका निम्ति फेरि प्रार्थना गर्न चाहनुहुन्छ! तपाईं सोच्नुहुन्छ, विगत वर्षको ‘जागृतिको छुवाइले’ त्यत्ति धेरै राम्रो गरेन! तर तपाईंको विचार गलत हो। विगत वर्ष हामीले जागृतिको ‘छुवाइ’ मात्र पाएका थियौं, तर हेर्नुहोस्, त्यसको परिणाम के भयो, श्री जोन केगनले विरोध गर्न छोड्यो र सुसमाचार प्रचार गर्नका निम्ति आफ्नो जीवन समर्पण गऱ्यो! हामीले एक नयाँ पास्टर पायौं- अनि उ त्यो जागृतिको ‘छुवाइ’ बाट आएको थियो। विगत वर्षको जागृतिको ‘छुवाइ’ बाट हामीले एरोन यान्सी, नोआ सङ र ज्याक गानलाई पायौं। अर्को शिशिर ऋतुमा हामीसँग अहिलेसम्म हामीले बप्तिस्मा दिएकाभन्दा तीन गुणा बढी मानिसहरू बप्तिस्मा लिनका निम्ति हुनेछन्। यति धेरै नयाँ विश्वासीहरू कहाँबाट आए? तिनीहरू विगत वर्षको ग्रीष्मकालमा परमेश्वरले पठाउनुभएको जागृतिको सानो ‘छुवाइ’ बाट आएका हुन्। हामी खडा भएर त्यस भजनको दोस्रो भाग फेरि गाऔं!

कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्,
तरवार हाम्रो आत्माको झिलम धर्मको
सहायता उ गर्छ जीवन संग्राममा,
दैनिक जीवनको हाम्रो कदम-कदममा
बढ्दैबढ्दै जाऔं, पछि नहटौं,
क्रूसको झन्डा काँधमा लिई अगि बढ्दै जाऔं।

तपाईंहरू बस्न सक्नुहुन्छ।

विगत वर्ष जागृतिको सेवाको अन्त्यमा मैले भनेको थिएँ, कि हामीले जागृतिको ‘छुवाइ’ पाएका थियौं, तर यो वर्ष हामीमाथि परमेश्वरको उपस्थिति प्रशस्त गरी खन्याइनु सक्छ। मेरो साठी वर्षको अनुभवबाट म भन्छु, कि त्यस्तो हुन सक्छ। तपाईंले कुलो प्राप्त गर्नुभन्दा अघि जागृतिको ‘छुवाइ’ प्राप्त गर्न सक्नुहुन्छ। वास्तवमा, त्यस चिनियाँ चर्चमा ठीक त्यस्तै भएको थियो। त्यहाँ जागृति त्यस्तै प्रकारले आएको थियो। पहिला, ‘छुवाइ!’ दोस्रो- कुलो! मैले मेरो जीवनमा तीनवटा शक्तिशाली जागृति देखेको छु। म जान्दछु परमेश्वरले हाम्रो चर्चमा यो फेरि गर्न सक्नुहुन्छ! अनि म यो पनि जान्दछु, कि यी जवान मानिसहरूलाई अगुवा बनाउँदैमा हाम्रो चर्च बलियो हुँदैन, अनि हामीले आफ्नो बीचमा परमेश्वरको पवित्र उपस्थिति ओर्लेर आओस् भनी प्रार्थना नगरूञ्जेल हामी नयाँ ब्याप्टिस्ट टेबरनेकल पनि देख्न पाउनेछैनौं। ।

‘आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंका सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो (यशैया ६४:१)।

कृपया, खडा भएर पाल रेडर - १८७९-१९३८- ले रचेका ‘पुरानो समयको शक्ति’ नामक भजन गाउनुहोस्।

भेला छौं तपाईंको आशिषका निम्ति, हामी परमेश्वरलाई पर्खन्छौं,
हामीलाई प्रेम गर्नुहुनेमा गर्छौं भरोसा, जसले किने हामीलाई आफ्नो रगतले।
आत्मा अब पग्लेर हाम्रा सारा हृदयलाई प्रेमले भर्नुहोस्,
हामीमाथि पुरानो समयको शक्तिको सास हालिदिनुहोस्।

तपाईंको शक्तिमा गर्छौं गर्व, गाउँछौं तपाईंको अचम्मको अनुग्रहको गान
हाम्रो बीचमा तपाईँको प्रतिज्ञा अनुसार आई लिनुहोस् आफ्नो स्थान।
आत्मा अब पग्लेर हाम्रा सारा हृदयलाई प्रेमले भर्नुहोस्,
हामीमाथि पुरानो समयको शक्तिको सास हालिदिनुहोस्।

प्रार्थनामा तपाईंको अगि नम्र बनाउनुहोस्, विश्वासद्वारा हाम्रो प्राण चम्काउनोस्
हामीले विश्वासद्वारा पवित्र आत्मा र आगोको प्रतिज्ञाको दाबी नगरेसम्म।
आत्मा अब पग्लेर हाम्रा सारा हृदयलाई प्रेमले भर्नुहोस्,
हामीमाथि पुरानो समयको शक्तिको सास हालिदिनुहोस्।
(‘ओल्ड टाइम पावर,’ पाल रेडर - १८७९-१९३८- द्वारा रचित)

मेरो प्रिय मित्र, येशू ख्रीष्ट तपाईँको पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो। तपाईंका पापहरू धुन येशू ख्रीष्टले क्रूसमा उहाँको अमूल्य रगत बगाउनुभयो। येशू ख्रीष्ट मरेकोबाट जीवित हुनुभएको छ। उहाँ स्वर्गमा हुनुहुन्छ, तपाईंका निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। उहाँमाथि भरोसा मात्र राख्नुहोस्। उहाँमाथि भरोसा मात्र राख्नुहोस्। अहिले नै उहाँमाथि भरोसा राख्नुहोस्। उहाँले तपाईंलाई बचाउनुहुनेछ। उहाँले तपाईंलाई बचाउनुहुनेछ। अहिले नै उहाँले तपाईंलाई बचाउनुहुनेछ।

एउटी पापी स्त्री सिमोन फरिसीको घरमा येशूलाई भेट्न आई। पवित्र बाइबलले भन्छ,

‘त्यस शहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिई त्यो त्यहाँ आई, र पछिल्तिरबाट उहाँको पाउनेर उभिएर, रुँदै उहाँको पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी’ (लूका ७:३७-३८)।

यस स्त्री त्यो शहरमा राम्ररी चिनिएकी पापी थिई। त्यो धेरै पापी हो भन्ने कुरा मानिसहरूले जान्दथे। त्यो बदनाम थिई। येशूले खाइरहनुभएको बेला त्यो चाल नपाउने गरी उहाँको पछिल्तिर आई र उहाँको पाउमा अत्तर घसी र उहाँको पाउमा चुम्बन गरी। त्यस स्त्री येशूकहाँ आई।

‘अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो,‘तिम्रा पाप क्षमा भएका छन्।’ खान बस्नेहरूले आपसमा भन्न लागे,‘पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्? उहाँले त्यस स्त्रीलाई भन्नुभयो,‘तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ’ (लूका ७:४८-५०)।

त्यस स्त्री घोर पापी थिई। तर जस्तो भए पनि त्यो येशूकहाँ आई। त्यो उहाँकहाँ आई र उहाँको पाउमा चुम्बन गरी। अनि उहाँले त्यसलाई भन्नुभयो, ‘तिम्रा पाप क्षमा भएका छन्।’ त्यसले केवल येशूकहाँ आउने काम गरी। तर त्यत्ति नै पर्याप्त थियो! त्यसका पापहरू क्षमा गरिए र त्यसले उद्धार पाई!

तपाईँले पनि उद्धार पाउनका निम्ति त्यसले जे गरी त्यस्तै गर्नुपर्छ। त्यो येशूकहाँ आएकी कारण त्यसले उद्धार पाएकी थिई। अनि येशूले तपाईँलाई भन्नुहुन्छ,

‘मकहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु’ (मत्ती ११:२८)

यदि तपाईं अहिले, आज बिहान येशूकहाँ आउनुभयो उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ र बाइबलको समयमा मानिसहरूका आत्मालाई बचाउनुभएझैं तपाईँको आत्मालाई पनि उहाँले बचाउनुहुनेछ। यदि तपाईं उहाँकहाँ आउनुभयो भने उहाँले तपाईंलाई बचाउनुहुनेछ। उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा तपाईंका पापहरू धुनुहुनेछ। उहाँले आफ्नो धार्मिकता तपाईंलाई ओढाउनुहुनेछ। उहाँले तपाईंलाई बचाउनुहुनेछ। तपाईँ केवल उहाँकहाँ आउनुपर्छ। अहिले उहाँ जीवित हुनुहुन्छ, र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। के तपाईँ उहाँकहाँ आउनुहुनेछ? एउटा पुरानो भजनले भन्छ,

मेरो बन्धनको कारण दुःख र अन्धकार छ,
   येशू म आउँछु, येशू म आउँछु;
तपाईँको स्वतन्त्रता, खुशी र ज्योतिमा,
   येशू म आउँछु, तपाईंकहाँ-
म आफैबाट तपाईंको प्रेममा रहन,
   निरासाबाट माथिको ऱ्याप्चरमा,
माथिमाथि ढुकुरको पखेटा सरी
   येशू म आउँछु, तपाईंकहाँ।
(‘येशू म आउँछु,’ विलियम टी. स्लीपर-१८१९-१९०४- द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– यशैया ६४:१-४
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('रिभाइभ दाइ वर्क, ओ लर्ड,' अल्बर्ट मिडलेनद्वारा रचित, १८२५-१९०९)