Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




नोआले अनुग्रह पाए

(उत्पत्तिको पुस्तकबाट प्रवचन # १९)
NOAH FOUND GRACE!
(SERMON #19 ON THE BOOK OF GENESIS)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२४ जून, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, June 24, 2017

‘तब परमप्रभुले नोआलाई भन्नुभयो, ‘तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु मैले तँलाई धर्मी देखेको छु’ (उत्पत्ति ७:१)।


नोआ असल भएको कारण तिनलाई बचाइएको थिएन। तिनी बचाइए, किनभने परमेश्वरले भन्नुभयो, ‘यस पुस्तामा मेरो सामु मैले तँलाई धर्मी देखेको छु’ (उत्पत्ति ७:१)। किन? त्यसको उत्तर सरल छ। यो उत्तर बाइबलमा उत्पत्ति ६ अध्यायको ८ पदमा दिइएको छ।

‘तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो’ (उत्पत्ति ६:८)।

नोआले परमेश्वरको दृष्टिमा अनुग्रह पाए। परमेश्वरले भन्नुभयो, ‘किनभने यस पुस्तामा मेरो सामु मैले तँलाई धर्मी देखेको छु’ (उत्पत्ति ७:१)।

यसले बाहिरबाट दिइएको धार्मिकतालाई बुझाउँछ। हिब्रू ११:७ ले नोआले विश्वासद्वारा उद्धार पाएका कुरा स्पष्ट बताउँछः

‘विश्वासद्वारा नोआले...आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए’ (हिब्रू ११:७)।

मैले यो दोहोऱ्याएर भन्नैपर्छ, कि नोआ धेरै वटा कुरामा असल भए पनि तिनी असल भएको कारण तिनलाई बचाइएको थिएन। तिनी एक सिद्ध मानिस थिएनन्, किनकि बाइबलले हामीलाई स्पष्ट बताउँछ, कि त्यस ठूलो जलप्रलयपछि तिनले मद्य पिए (हेर्नुहोस्, उत्पत्ति ९:२०,२१)। हामी नोआलाई क्षमा दिन्छौं। तिनी ठूलो अग्नि परीक्षाबाट भएर जान परेको थियो, र सायद तिनले त्यस ठूलो जलप्रलयको कम्प र डरहरू मद्यमा डुबाउने कोसिस गरेका थिए। वा हुन सक्छ, त्यो एउटा गल्ती मात्र थियो र किनकि जलप्रलयभन्दा अघि परमेश्वरले पानी बर्साउनुभन्दा पहिले तिनीमाथि मद्यको प्रभाव कस्तो हुन्छ भन्ने तिनलाई थाहा थिएन।

कारण जे नै भए पनि बाइबलले नोआलाई एक सिद्ध मानिसको रूपमा प्रस्तुत गर्दैन। तर विशुद्धवादीहरूले भनेझैं तिनी ‘पाप गरे पनि धर्मी ठहराइएका थिए।’ तिनी सिद्ध थिएनन्, तर तिनले देहधारण गर्नु अघिका ख्रीष्टमा विश्वास गरेका कारण तिनी विश्वासद्वारा परमेश्वरको नजरमा धर्मी ठहरिएका थिए। नोआले ख्रीष्टमा विश्वास गर्थे, त्यो विश्वास परमेश्वरको अनुग्रहद्वारा तिनलाई दिइएको थियो (हेर्नुहोस्, उत्पत्ति ६:८)। जब नोआले ख्रीष्टमा विश्वास गरे, तब परमेश्वरले ख्रीष्टको धार्मिकतालाई तिनको धार्मिकता गन्नुभयो, वा तिनलाई ख्रीष्टको धार्मिकता ओढाउनुभयो। नयाँ करार बाइबलले यस विषयमा केही सुन्दर कुरा भन्दछ। रोमी चार अध्यायको पाँच र छ पदले के भन्छ सुन्नुहोस्।

‘जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। परमेश्वरले कर्मबिना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्, ‘तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्’’ (रोमी ४:५,६)।

जब परमेश्वरले नोआलाई ‘यस पुस्तामा मेरो सामु मैले तँलाई धर्मी देखेको छु’ (उत्पत्ति ७:१) भन्नुभयो, त्यसबेला उहाँले नोआका पापहरू हेर्नुभएको छैन भनिरहनुभएको थियो, किनकि तिनले विश्वास गरेका कारण ख्रीष्टको धार्मिकता तिनको हिसाबमा गणना गरिएको थियो। धार्मिक सुधार आन्दोलनको मुख्य नारा यही नै थियो- ‘सोला फाइड’- अर्थात् ख्रीष्टमा विश्वास गरेर मात्र उद्धार पाइन्छ! नोआ असल व्यक्ति भएकाले मात्र बचाइएका थिएनन्, तिनले देहधारण गर्नुभन्दा अघिका ख्रीष्टमा विश्वास गरेका कारण बचाइएका थिए!

अब त्यो जहाजलाई विचार गर्नुहोस्। त्यो एउटा डुङ्गा थिएन। त्यो ख्याउनका निम्ति बनाइएको थिएन। त्यो दुवै छेउतिर पातलो लामो चुच्चो भएको बाकस थियो। त्यो पूरै कालो अलकत्राले लिपिएको थियो। डा. म्याकजीले त्यस जहाजको बारेमा यस्तो टिप्पणी गरेका छन्:

     धेरै जना मानिसमा त्यस जहाजको सम्बन्धमा जुन विचार हुन्छ त्यो सन्डे स्कुल (बाल-संगति) मा तिनीहरूलाई देखाइएको जहाजको तस्वीरअनुसारको हुन्छ, जुन एउटा घर-जस्तो जहाज हुन्छ। मेरो निम्ति त्यो तस्वीर एउटा हाँसोलाग्दो कुरा हो। त्यो तस्वीर वास्तविक नभएर त्यसको नक्कल मात्र हो।
     सुरुमा भन्नुपर्दा, त्यो जहाज बनाउने सम्बन्धमा दिइएका निर्देशनहरूले त्यो ठिक्कैको आकारको थियो भन्ने प्रकट गर्दछ। ‘त्यो जहाजको लमाइ एक सय चालीस मिटर(तीन सय हात) हुनेछ।’ यदि एक हातको लमाइ अठार इन्च हुन्छ भने, त्यो जहाज कति लामो थियो भनी तपाईं अनुमान लगाउन सक्नुहुन्छ।
     अब प्रश्न उठ्छ, ती दिनमा तिनीहरूले त्यो मजबुत कसरी बनाउन सके। मेरो मित्र, हामीले ओढारमा बस्ने मानिसको कुरा गरिरहेका छैनौं। हामीले एक बुद्धिमान् मानिसको बारेमा कुरा गरिरहेका छौं। तपाईं देख्नुहुन्छ, आजको जातिमा जुन बुद्धि छ, त्यो नोआबाटै आएको हो, अनि तिनी एक बुद्धिमान् मानिस थिए।
     नोआले समुद्रमा चल्ने जहाज बनाउन लागेका थिएनन्, जुन जहाजले पचास फिट अल्गा छालहरू झेल्न सक्छ। तिनले केवल प्राण बचाउने- पशु-पक्षी र मानिसको प्राण बचाउने, केही समयसम्म बस्न सकिने जहाज बनाउन लागेका थिए, आँधी बेहरीमा चल्ने होइन, तर केवल जलप्रलय समाप्त भएको पर्खने जहाज बनाइरहेका थिए। त्यसकारणले गर्दा, त्यो जहाजमा समुद्रमा चल्ने जहाजमा हुने धेरै कुराहरू थिएनन्, त्यसो हुनाले त्यसमा धेरै ठाउँ थिए (जे भर्नोन मेकजी, थ्रु द बाइबल, थोमस नेल्सन, १९८३, भाग १, पृष्ठ ३९)।

विटकम्ब र मोरिसले भनेका छन्, कि बेबिलोनीहरूको एक हात लमाइमा १९.८ इन्च हुन्थ्यो र मिश्रीहरूको एक हातको लमाइमा २०.४ इन्च हुन्थ्यो (जोन सी. विटकम्ब र हेनरी एस. मोरिस, द जिनेसिस फ्लड, प्रेस्बीटेरियन एन्ड रिफर्मड पब्लिसिङ कम्पनी, १९९३, पृष्ठ १०)। त्यस हिसाबले त त्यो जहाज पाँच सय एक फिट लामो थियो। क्वीन मेरी जहाज, जुन लस एन्जलसको नजीक लामो समुद्र किनारमा राखिएको छ, त्यो १०१८ फिट लामो छ, जुन लमाइमा नोआको जहाजभन्दा दोब्बर छ। तर क्वीन मेरी जहाजको धेरै भाग त्यसको इन्जिन र अरू यन्त्रहरूले ओगटेको छ। नोआको जहाजमा कुनै यन्त्र थिएन। त्यो पूरै खाली थियो, जसको अर्थ हुन्छ, नोआको जहाजमा मानिसहरू र पशु-पक्षीहरूका निम्ति त्यो अति नै ठूलो क्वीन मेरी जहाजकै जत्तिको वा सायद त्यसको भन्दा धेरै ठाउँ थियो।

डा. विटकम्ब र डा. मोरिसले त्यो विशाल आकारको जहाजले सारा संसारभरि जलप्रलय हुने संकेत गर्थ्यो भनी ठीकै भनेका छन्:

स्थानीय जलप्रलयका निम्ति त्यस्तो विशाल आकारको जहाज बनाउनु अनावश्यक मात्र नभएर, त्यस्तो घटनाका निम्ति त जहाजको कुनै आवश्यकता नै पर्ने थिएन। स्थानीय रूपमा आउने जलप्रलयबाट उम्कन त्यत्रो जहाज बनाउने सम्पूर्ण प्रक्रिया, त्यसका निम्ति योजना बनाउन र परिश्रम गर्न झन्डै एक शताब्दी नै लागेको वर्णन गर्नु मूर्खता र अनावश्यक कुरा मात्र हो। परमेश्वरले नोआलाई आउन लागेको जलप्रलयको बारेमा चेताउनी मात्र दिनु नै धेरै ठूलो समझदारी हुन्थ्यो, त्यसो गर्दा नोआ जलप्रलयले प्रभाव नपरेको स्थानमा जान सक्थे, जसरी लोतलाई सदोममा आकाशबाट आगो खस्नुभन्दा पहिले निकालिएको थियो। त्यत्ति मात्र होइन, हरकिसिमका पशु र पक्षीहरू पनि ठूलो संख्यामा त्यहाँबाट अन्यत्र जान सक्थे, र तिनीहरूलाई एक वर्षसम्म जहाजभित्र राख्न र पाल्न पर्ने थिएन! यदि त्यो जलप्रलय निकट पूर्व क्षेत्रसम्म मात्र सीमित रहेको थियो भने त्यो सम्पूर्ण कथा हाँसउठ्दो हुनेछ (जोन सी. विटकम्ब र हेनरी एस. मोरिस, द जिनेसिस फ्लड, प्रेस्बीटेरियन एन्ड रिफर्मड पब्लिसिङ कम्पनी, १९९३, पृष्ठ ११)।

त्यस जहाजको विषयमा धेरै वटा यस्ता कुरा छन्, जुन आज हाम्रो निम्ति ठूलो चासोको विषय हुनुपर्छ। आज राति ती कुरामध्ये तीन वटामा हामी विचार गरौं।

१. पहिलो, त्यस जहाजले भन्छ, उद्धार पाउनका निम्ति हामी ख्रीष्ट मा हुनुपर्छ।

हाम्रो सुरुको बाइबल पदले भन्छ,

‘तब परमप्रभुले नोआलाई भन्नुभयो, ‘तँ र तेरा सबै जहान जहाजभित्र जाओ’ (उत्पत्ति ७:१)।

अब उत्पत्ति सात अध्यायको सोह्र पदले के भन्छ सुन्नुहोस्:

‘परमेश्वरले हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो (उत्पत्ति ७:१६)।

अनि सातौं पदले भन्छः

‘नोआ, तिनका छोराहरू, तिनकी स्वास्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बच्नलाई जहाजभित्र गए (उत्पत्ति ७:७)।

नोआ र तिनको परिवारले त्यही गरे, जे परमेश्वरले भन्नुभएको थियो (उत्पत्ति ७:१)। तिनीहरू जहाजभित्र गए। अनि तपाईं पनि ख्रीष्टमा आउनैपर्छ। पवित्र बाइबलले भन्छ,

‘जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिनेछैन’ (यूहन्ना ३:१८)।

‘माथि’ भनी अनुवाद गरिएको शब्द ‘इज’ हो। डा. जोडिएटसको भनाइअनुसार यसको अर्थ ‘कुनै स्थान वा वस्तुतिरको मुख्य गति’ हो। तपाईं विश्वासद्वारा येशूमा आउनुपर्छ- येशू जो माथि स्वर्गमा पिताको दाहिने हातपट्टि बस्नुभएको छ। जसरी नोआ जहाजभित्र पसे, त्यसरी नै तपाईं पनि ख्रीष्टमा आउनुपर्छ। ‘जसले उहाँमाथि (मा) विश्वास गर्छ त्यो दोषी ठहरिनछैन’ (यूहन्ना ३:१८)। यहाँ हामीले राम्ररी जानेका दुइ वटा पद छन्:

‘यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन...’ (रोमी ८:१)।

‘यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ’ (२ कोरिन्थी ५:१७)।

पावलले ती मानिसहरूको बारेमा कुरा गरेका हुन्, जो ‘ख्रीष्टमा थिए’ (रोमी १६:७)।

के तपाईं ख्रीष्टमा हुनुहुन्छ? नोआ जहाजभित्र आएझैं तपाईं विश्वासद्वारा उहाँमा आउनुपर्छ। प्रभु येशूले भन्नुभयो,

‘ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ’ (यूहन्ना १०:९)।

यसको सही प्रकारले व्याख्या कसरी गर्ने सो मलाई ठीकसँगले थाहा छैन, तर ख्रीष्टमा आउनु भन्ने अति नै सरल कुरा मानिसहरूलाई बुझाउनु सेवकाइको एउटा सबैभन्दा कठिन कार्य हो।

यसलाई म यसरी भन्न चाहन्छु। मानिलिऔं, तपाईं नोआको समयमा जिउनुभएको थियो र तिनले आउन लागेको ठूलो जलप्रलयको बारेमा प्रचार गरेका सुन्नुभएको थियो। अनि तपाईं यदि बच्ने हो भने त्यो जहाजभित्र आउनुपर्छ भनी तिनले भनेका पनि तपाईंले सुन्नुभएको थियो। तपाईं भन्नुहुन्छ, ‘हो, यो कुरा साँचो हो! दण्ड आउन लागेको छ। त्यो जहाजले मात्र मलाई बचाउन सक्छ भन्ने कुरा पनि सत्य हो! त्यस कुरामा म विश्वास गर्छु।’ के त्यत्ति मात्र भनेर तपाईं त्यो जलप्रलयबाट बच्नुहुनेछ? निश्चय बच्नुहुनेछैन! वास्तवमा बच्नका निम्ति तपाईं उठ्नुपर्छ र त्यो जहाजभित्र पस्नुपर्छ- विश्वास मात्र गरेर तपाईं बच्न सक्नुहुनेछैन- तर त्योभित्र पस्दा तपाईं बच्नुहुनेछ। अनि तपाईँले त्यसै गर्नुपर्छ भनी मैले भनिरहेको छु! येशूले तपाईंलाई बचाउन सक्नुहुन्छ भनी विश्वास गर्दै त्यहाँ बसिनरहनुहोस्। विश्वासद्वारा ख्रीष्टमा आउनुहोस्। प्रभु येशूले भन्नुभएको छ:

‘मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्नेछैनँ’ (यूहन्ना ६:९३७)।

हो, त्यो जहाजले भन्छ, कि तपाईँ ख्रीष्टमा आउनैपर्छ।

२. दोस्रो, त्यो जहाजले भन्छ, तपाईं चर्चभित्र आउनैपर्छ, जुन ख्रीष्टको देह हो।

म जान्दछु, धेरै जना मानिस मेरो कुरामा असहमत हुन्छन्। आज धेरै जनाले स्थानीय चर्चलाई कम महत्त्वको वा खेलाँची सम्झन्छन्। तर तिनीहरू गलत छन्। त्यो जहाज ख्रीष्टको तस्वीर मात्र होइन। त्यो नयाँ करारको स्थानीय चर्चको तस्वीर पनि हो।

अब, तपाईं चर्चमा कसरी आउनुहुन्छ? पहिलो कोरिन्थी बाह्र अध्यायको सत्ताईस पदले यसो भन्दछ,

‘तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ।’(१ कोरिन्थी १२:२७,२८)।

हामी त्यहीँ रोकिन्छौं। म केवल यति भन्न चाहन्छु, कि ‘ख्रीष्टको शरीर’ भन्ने वाक्यांशले चर्चलाई, येशूमा विश्वास गर्नेहरूको स्थानीय समूहलाई बुझाउँछ। अब तेह्र पदले के भन्छ सुन्नुहोस्:

‘किनकि एउटै पवित्र आत्माद्वारा हामीले एउटा शरीरमा बप्तिस्मा पाएका छौं...’ (१ कोरिन्थी १२:१३)

तपाईं स्थानीय चर्चमा पवित्र आत्माद्वारा बप्तिस्मा गराइएको हुनुहुन्छ। त्यसरी नै तपाईं चर्चको वास्तविक, जीवित अङ्ग बन्नुहुन्छ!

अब, त्यो कसरी हुन्छ भनी चिन्ता गर्ने तपाईंको काम होइन। तपाईंको काम ख्रीष्टमा आउनु हो। जब तपाईं ख्रीष्टमा आउनुहुन्छ, पवित्र आत्माले आफैआफ तपाईंलाई चर्चमा बप्तिस्मा दिनुहुन्छ!

कृपया, उत्पत्तिको पुस्तकको सात अध्यायको सोह्रौं पद खोल्नुहोस्। पवित्र बाइबलले भन्छ, नोआ जहाजभित्र पसेपछि ‘परमप्रभुले त्यसको ढोका बन्द गरिदिनुभयो’ (उत्पत्ति ७:१६)। त्यसले परमेश्वरका पवित्र आत्माले तपाईंलाई आत्मिक रूपले शरीरमा बप्तिस्मा दिएर चर्चमा बन्द गर्नुहुने कुरालाई बुझाउँछ। हो, त्यस जहाजले ख्रीष्टसँग एक भएको अनि स्थानीय चर्चसँग एक भएको बुझाउँछ। यदि तपाईं ख्रीष्टसित र प्रभुद्वारा स्थानीय चर्चको ‘भित्र’ हुनुभएको छैन भने दण्ड आउँदा तपाईं नाश हुनुहुनेछ। यदि तपाईँ ‘भित्र’ पारिनुभएको छ भने सुरक्षित हुनुहुन्छ। यसले विश्वास गर्नेहरू अनन्तकालसम्मका निम्ति सुरक्षित छन् भन्ने बुझाउँछ। ख्रीष्टको वचन सुन्नेहरू कहिल्यै पनि नाश हुनेछैनन्।

३. तेस्रो, त्यो जहाजले भन्छ, तपाईं साँघुरो ढोकाबाट पस्नुपर्छ।

नोआ जहाजभित्र कसरी प्रवेश गरे? उत्पत्ति छ अध्यायको सोह्र पद हेर्नुहोस्:

‘...जहाजको ढोका त्यसको एकापट्टि राख्नू...’ (उत्पत्ति ६:१६)।

प्रभु येशूले भन्नुभयो, ‘ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ...’ (यूहन्ना १०:९)। नोआ ढोकाबाट त्यस जहाजभित्र पसे। तपाईं उद्धार पाउनका निम्ति ख्रीष्टद्वारा आउनुपर्छ। प्रभु येशूले भन्नुभयो, ‘साँघुरो ढोकाबाट भित्र पस’ (मत्ती ७:१३)।

फेरि ख्रीष्टले भन्नुभयोः

‘साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्’ (लूका १३:२४)।

नोआको समयमा ठीक यस्तै भएको थियो। उत्पत्ति सात अध्यायको चौथो पदले के भन्छ, सुन्नुहोस्। परमेश्वरले भन्नुभयोः

‘अबको सात दिनमा म पृथ्वीमा...पानी बर्साउनेछु’ (उत्पत्ति ७:४)।

दश पदलाई पनि ध्यान दिनुहोस्:

‘अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न थाल्यो’ (उत्पत्ति ७:१०)।.

नोआ जहाजभित्र पसे। परमेश्वरले तिनलाई जहाजभित्र बन्द गर्नुभयो। त्यो ढोका बन्द भयो। सात दिन बितेर गयो, तर केही पनि भएन। त्यसपछि भने दण्ड आउन सुरु भयो। अरू कोही पनि जहाजभित्र पस्न पाएन! अब धेरै ढिला भइसकेको थियो!

म ती मानिसहरू चिच्याएका सुन्न सक्छु, ‘हामीलाई भित्र पस्न दिनुहोस्!’ ‘हामीलाई भित्र पस्न दिनुहोस्!’ तर अब धेरै ढिला भइसकेको थियो।

‘साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्’ (लूका १३:२४)

सधैंका निम्ति ढिला हुनुभन्दा अघि अहिले नै येशू ख्रीष्टमा आउनुहोस्!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– उत्पत्ति ६:५-८
प्रवचन अघि श्री नोआ सङद्वारा एकल गीत प्रस्तुत गरियो।
('इफ यू लिङ्गर टू लङ,' डा. जोन आर. राइसद्वारा रचित, १८८५-१९८०)


रूपरेखा

नोआले अनुग्रह पाए

(उत्पत्तिको पुस्तकबाट प्रवचन # १९)
NOAH FOUND GRACE!
(SERMON #19 ON THE BOOK OF GENESIS)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तब परमप्रभुले नोआलाई भन्नुभयो, ‘तँ र तेरा सबै जहान जहाजभित्र जाओ। किनभने यस पुस्तामा मेरो सामु मैले तँलाई धर्मी देखेको छु’ (उत्पत्ति ७:१)।

(उत्पत्ति ६:८; हिब्रू ११:७; (उत्पत्ति ९:२०,२१; रोमी ४:५,६)

१. पहिलो, त्यस जहाजले भन्छ, उद्धार पाउनका निम्ति हामी ख्रीष्टमा हुनुपर्छ।
उत्पत्ति ७:१६,७; यूहन्ना ३:१८; रोमी ८:१; २ कोरिन्थी ५:१७;
यूहन्ना १०:९; यूहन्ना ६:३७

२. दोस्रो, त्यो जहाजले भन्छ, तपाईं चर्चभित्र आउनैपर्छ, जुन ख्रीष्टको देह हो।
१ कोरिन्थी १२:२७,२८, १३; उत्पत्ति ७:१६

३. तेस्रो, त्यो जहाजले भन्छ, तपाईं साँघुरो ढोकाबाट पस्नुपर्छ।
उत्पत्ति ६:१६; यूहन्ना १०:९; मत्ती ७:१३; लूका १३:२४; उत्पत्ति ७:४;
उत्पत्ति ७:१०