Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




र ढोका बन्द थियो

AND THE DOOR WAS SHUT
(Nepali)

डा. आर.एल. हिमर्स, जुनियरद्वारा लिखित अनि श्री जोन शमूएल केगनद्वारा
२८ मई, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन।
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Mr. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, May 28, 2017

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।


तपाईंहरूमध्ये धेरै जना आफ्नो भविष्यको विषयमा डराउनुहुन्न। तपाईं डराउनुहुन्न, किनकि तपाईं जाग्नुभएको छैन। तपाईं सुतिरहनुभएको छ, तपाईँको जीवन बित्दैजाँदैछ। प्रवचनहरू प्रचार गरिरहेको बेला पनि तपाईं सुत्नुहुन्छ। सरसल्लाह- परामर्श दिँदा पनि तपाईं सुत्नुहुन्छ। जीवनभरि तपाईं सुत्नुहुन्छ। क्रोधित परमेश्वरको हातमा नपरूञ्जेल तपाईं सुतिरहनुहुनेछ। तपाईं निद्राबाट बिउँझिँनै पर्छ, र तपाईंको आत्मिक अवस्था थाहा पाउनु पर्छ। तपाईं डराउनै पर्छ। तपाईंको आत्माको कुरामा तपाईंले ध्यान दिनै पर्छ। तपाईं भयभीत हुन पर्छ। तपाईंले प्रभुको भयानक डरको अनुभव गर्नै पर्छ। तपाईं सधैं निदाइरहनुभएकोमा डराउनै पर्छ। पवित्र बाइबलले भन्छ,

‘परमप्रभुको भय ज्ञानको सुरुआत हो’ (हितोपदेश १:७)।

ख्रीष्टियन इतिहासभरिनै ख्रीष्ट मरेका र जीवितहरूका निम्ति आइरहनुभएको छ भन्ने कुरा बताइएको छ। यसलाई एउटा रहस्य भनिएको छ, तर अब त्यो प्रकट गरिएको छ, र तपाईंहरू अब डराउनुहुन्न।

१. रहस्य (मुस्टेरियन), पहिलेबाट लुकाइएको सत्यता, जुन अब नयाँ करारमा प्रकट गरिएको छ। नयाँ करारको पुस्तकमा ११ वटा रहस्य प्रकट गरिएका छन्। ऱ्याप्चर तीमध्ये एउटा हो।

२. सबै जना नमरे पनि सबै जना परिवर्तन हुन्छन् (१ कोरिन्थी १५:५१)।

३. यस्तो परिवर्तन एकै क्षणमा हुन्छ (१ कोरिन्थी १५:५२)।

४. मृतकहरू अविनाशी भएर जीवित हुनेछन्, अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ (१ कोरिन्थी १५:५२)।


‘हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं’ (१ यूहन्ना ३:२)।

बाइबलले भन्छ,

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरीउठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं’ (१ थेसलोनिकी ४:१६,१७)।

१. ख्रीष्ट स्वर्गबाट ओर्लनुहुनेछ (१ थेस. ४:१६)।

२. उहाँ पृथ्वीसम्मै आउनुहुनेछैन, ‘प्रभुलाई आकाशमा भेट्न’ (१ थेस. ४:१७)

३. ख्रीष्ट आकाशमा आउनुहुँदा गर्जन हुनेछ र तुरही बज्नेछ (४:१६)।

४. अघिबाटै मरिसकेका ख्रीष्टियनहरू बौरी उठ्नेछन्- अनि आकाशमा उठाइलगिनेछन् (४:१७क)।

५. त्यसपछि जीवितै रहेका साँचो विश्वासीहरू येशूलाई भेट्न आकाशमा उठाइलगिनेछन् (४:१७ख)।


बाइबलले बुद्धिमानी र मूर्ख कन्याहरूको दृष्टान्त भनेको छ। यो दृष्टान्तको अर्थ र उद्देश्य छ। यो दृष्टान्तले ऱ्याप्चर (उठाइलगिने घटना) को बारेमा बताउँछ। बाइबलले भन्छ,

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

आज बिहान तीनवटा कुरामाथि विचार गर्नुहोस्।


१. यदि तपाईंको हृदय परिवर्तन भएको छैन भने, तपाईँ बाहिरै रहनुहुनेछ- ऱ्याप्चरपछि छोडिनुहुनेछ।

२. आज देखिने चिन्हहरूले त्यो ऱ्याप्चर कुनै पनि बेला हुनसक्ने संकेत दिन्छ।

३. ऱ्याप्चरमा तपाईं उठाइनुभएन भने तपाईंले आफू मरेको भए पनि हुनेथ्यो भनी इच्छा गर्नुहुनेछ।

१. यदि तपाईंको हृदय परिवर्तन भएको छैन भने, तपाईं बाहिरै रहनुहुनेछ- ऱ्याप्चरपछि छोडिनुहुनेछ।

बाइबलले भन्छः

‘तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, ढोका बन्द भयो’ (मत्ती २५:१०)।

नोआको दिनमा जे भएको थियो त्यो यस कुराको एउटा ठूलो उदाहरण होः

‘परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम तिनीहरू जहाजभित्र पसे, त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो’ (उत्पत्ति ७:१६)।

अनि परमेश्वरले भन्नुभयोः

‘अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी बर्साउनेछु’ (उत्पत्ति ७:४)।

परमेश्वरले जलप्रलय सुरु हुनुभन्दा सात दिन अघिनै जहाजको ढोका बन्द गरिदिनुभयो। यो दण्डको कचौराभन्दा अघि परमेश्वरले ऱ्याप्चरमा ढोका बन्द गर्नुहुने कुराको नमुना हो।

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

यदि तपाईंको हृदय परिवर्तन भएको छैन भने ढोका बन्द भएपछि तपाईं बाहिरै रहनुहुनेछ- ऱ्याप्चरमा छोडिनुहुनेछ। त्यसैकारण, तपाईंले अहिले नै आफ्नो आत्माको निम्ति केही गर्नुपर्छ। तपाईंले अहिले भइरहेको प्रचारलाई स्वीकार गर्नुपर्छ। तपाईंले अहिले नै येशूमा विश्वास गर्नुपर्छ। येशूले भन्नुभयोः

‘त्यो दिन धेरैले मलाई भन्नेछन्,‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं?... र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र? अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्ने हो, मबाट दूर होओ’ (मत्ती ७:२३)।

‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर’ (२ कोरिन्थी १३:५)।

यदि तपाईंको हृदय परिवर्तन भएको छैन भने, यदि तपाईंले साँचो रूपले येशूमा विश्वास गर्नुभएको छैन भने, वा यदि तपाईंले आफ्नै भावना वा सिद्धान्तहरूमा भरोसा राख्नुभएको छ भने तपाईं ऱ्याप्चरका निम्ति तयार हुनुहुन्न!

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

२. दोस्रो, तपाईंले बुझ्नुपर्छ चिन्हहरू देखिँदैछन्। आज बिहान तपाईं ढोका बाहिर नै हुन सक्नुहुन्छ।

१. यहूदीहरू आफ्नो स्वदेशमा फर्किएपछि सन् १९४८ मा इस्राएल राष्ट्रको पुनर्स्थापना (लूका २१:२४; मत्ती २४:३२-३४; इजकिएल ३७:२१; ३८:८)।

२. सारा ख्रीष्टियन र यहूदीहरूको विरुद्ध बढेको सतावट (मत्ती २४:९,१०; यर्मिया ३०:७; दानिएल १२:१)

३. सारा संसारमा बढेर गएको अनिकाल, असन्तुलित परिवेश, एडसको महामारीजस्तो घातक रोगहरू, अनि बढ्दो भूकम्पहरूको संख्या। (मत्ती २४:७)

४. ख्रीष्टिय मतमा विश्वास त्याग्नेहरूको बढ्दो संख्या (२ थेस. २:३; मत्ती २४:११,१२)।

५. ठूलो जलप्रलय हुनुभन्दा अघि जस्तो अवस्था थियो मानिसहरू त्यस्तै अवस्थातिर फर्किरहेछन् (मत्ती २४:३७-४०)।


पवित्र बाइबलले नोआको समयलाई ख्रीष्टको दोस्रो आगमनको समयसँग तुलना गर्दछ।

१. नोआको समयमा मानिसहरू उद्धारको वास्तै गर्दैनथे। तिनीहरू जागेका थिएनन्। तिनीहरू तपाईँजस्तै थिए- न कुनै डर, न त दोषको ज्ञान थियो।

२. नोआको दिनका चिन्हहरू अहिले यहाँ छ। अनि तपाईं छोडिन लाग्नुभएको छ!

उसले हल्ला सुन्छे, टाउको फर्काउँछे- उहाँ गइसक्नुभएको हुन्छ।
मेरो इच्छा छ, हामी सबै तयार रहौं।
दुइ मानिस पहाड् चढ्दै गरेका हुन्छन्,
एउटा अलप हुन्छ, एउटा छोडिन्छ,
मेरो इच्छा छ, हामी सबै तयार रहौं...
मन बदल्ने समय छैन,
पुत्र आउनुभएको छ, र तपाईँ छोडिनुभएको छ।
(‘आई विस, विड अल बिन रेडी’- श्री लेरी नरमेन-१९४७-२००८-द्वारा रचित)

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

तर ढोकाबाहिर हुनाका निम्ति तपाईंले ऱ्याप्चर नै पर्खनु पर्दैन। आज बिहान परमेश्वरले तपाईँलाई सदाका निम्ति ढोका बाहिर बनाउन सक्नुहुन्छ। परमेश्वरले तपाईंलाई त्याग्न सक्नुहुन्छ। परमेश्वरले तपाईंका निम्ति उद्धारको ढोका बन्द गरिदिन सक्नुहुन्छ। तपाईंले थाहै नपाइ अक्षम्य पाप गर्न सक्नुहुन्छ। तपाईँले उद्धार पाउने मौका गुमाउन सक्नुहुन्छ। परमेश्वरले तपाईंका निम्ति ढोका बन्द गरिदिनुहुन्छ, र तपाईंको निम्ति कुनै आशा बाँकी रहँदैन। त्यो ढोका बन्द हुनेछ, तपाईं सदाका निम्ति हराउनुहुनेछ।

३. तेस्रो, ऱ्याप्चरमा तपाईं उठाइनुभएन भने तपाईंले आफू मरेको भए पनि हुनेथ्यो भनी इच्छा गर्नुहुनेछ- अनि ढोका बन्द भएको हुन्छ।

हुन सक्छ, तपाईँ यो एउटा कथा मात्र हो भन्ने सोच्नुहुन्छ। सायद अरू नै कुरातिर ध्यान दिनुहुन्छ। तर ऱ्याप्चरमा उठाइनुभएन भने तपाईंले मृत्युको चाहना गर्नुहुनेछ। पवित्र बाइबलले हामीलाई स्पष्ट बताउँछः

‘ती दिनमा मानिसहरूले मृत्यु खोज्नेछन्... तिनीहरूले मर्न इच्छा गर्नेछन्’ (प्रकाश ९:६)।

ऱ्याप्चरमा उठाइनुभएन भने तपाईँ निरन्तर मर्ने इच्छा गर्नुहुनेछ। तपाईं त मरेको भए पनि हुनेथियो भन्ने इच्छा गर्नुहुनेछ। किन?

१. प्रकाश ९:१,२ अनुसार, अतल कुण्डबाट छोडिएका दुष्टात्माहरूद्वारा तपाईँले यातना भोग्नुपर्नेछ। डा. जोन आर. राइसले गरेका ती दुष्टात्माहरूको वर्णन हेर्नुहोस्:

‘ती सलहहरू दुष्टात्मा हुन् भन्ने कुरामा हामी शङ्का गर्दैनौं, जुनहरू ‘निधारमा परमेश्वरको मोहोर नभएका मानिसहरूलाई’ दुःख दिनाका निम्ति आउनेछन्। ती दिनमा नरकबाट निस्किआएका ‘सलहहरू’ द्वारा कष्ट र यातना भोगेपछि ‘ती मानिसहरूले मृत्यु खोज्नेछन्।’

... यहाँ जुन यातनाको कुरा गरिएको छ, मनलाई विचलित, कष्टित बनाउने आत्मिक यातना हो। यी सलहहरूका वर्णन एक भयानक सपनाजस्तो अनौठो छ, मानिसहरूको सम्पूर्ण डर, समस्या र ठूलो व्यथा मिसिएको जस्तो। ती कुराले प्राण (मन) लाई ठूलो पीडा दिन्छ।... मानिसहरूलाई दुष्टात्माहरूको हातमा सुम्पिँदा आत्मा कति भयानक प्रकारले नाश हुनेछन्, के तपाईं त्यस कुराको कल्पना गर्न सक्नुहुन्छ? (जोन आर. राइस, बिहोल्ड हि कम्थ! अ कमेन्टेरी अन रिभिलेसन्, स्वर्ड अफ द लर्ड, १९७७, पृष्ठ १६७-१७१)।

तपाईं दुष्टात्माहरूद्वारा रातदिन मानसिक रूपले सताइनुहुनेछ। तपाईंलाई सहायता गर्ने कोही पनि हुनेछैन, तपाईंलाई शान्ति दिने कुनै औषधी हुनेछैन। त्यो महासङ्कष्टको समय हुनेछ, र त्यस्ता औषधीहरू पाइनेछैन, किनकि अरू लाखौं मानिस पनि शैतानद्वारा वशमा पारिएका हुनेछन्। मानिसहरू करिब-करिब बौलाएकाजस्तै हुनेछन्। तपाईं मृत्युको चाहना गर्नुहुनेछ। निरन्तर तपाईं मर्ने कुरा मात्र सोचिरहनुहुनेछ। तपाईंलाई सहायता गर्ने कोही पनि हुनेछैन। तपाईंले धेरै लामो समयसम्म पर्ख्नुभयो। तपाईं छोडिनुभएको हुनुहुनेछ।

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

१. ती दिनमा तपाईंले ख्रीष्टियन हुने कोसिस गर्नुभयो भने तपाईं मारिनुहुनेछ। बाइबलले यस विषयमा यसो भन्दछः ‘...तब मैले येशूको गवाहीका निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू, र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई देखें’ (प्रकाश २०:४)।


त्यो बेला तपाईं महासङ्कष्टको कालमा हुनुहुन्छ भनी थाहा पाउनुहुनेछ। तिनीहरूले तपाईँको हातको वा निधारको छालाभित्र माइक्रोचिप वा त्यस्तै केही कुरा राख्न चाहनेछन्। त्यसले तपाईंलाई ख्रीष्ट विरोधीको पूजा गर्ने व्यक्ति ठहराएको सम्झना गर्नुहुनेछ। तपाईँ यसो भन्नुहुनेछ, ‘होइन, म त्यो छाप मेरो शरीरमा लगाउनेछैनँ।’ तर त्यो छापबिना तपाईं केही पनि खरिद गर्न सक्नुहुनेछैन। कुनै पनि कुरा किन्न अघि तपाईंको हात स्केन यन्त्रले जाँचिनेछ। तपाईं भोकले मर्न लाग्नुहुनेछ। तपाईं पसलमा खाने कुराहरू पनि किन्न सक्नुहुनेछैन। कोही तपाईँको विरोधी निस्किनेछ। तपाईं ख्रीष्टियन हुनुभएकोमा तपाईंको शिर काट्नेछ। ऱ्याप्चरमा छोडिनुभएको कारण हरप्रकारले तपाईँ सबै थोक गुमाउनुहुनेछ!

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

२. तपाईंले दण्डका कचौराहरूको सामना गर्नुपर्नेछ। कसैले भन्नेछ, ‘ठीकै छ, होस्, तिनीहरूले मेरो हातको छालाभित्र माइक्रोचिप लगाऊन्। त्यो लगाउँदा केही हुँदैन होला। तिनीहरूले मेरो टाउको काट्ने छैनन्।’ तर तपाईं टाउको काटिनुबाट जोगिनुभयो भने पनि तपाईंले क्रोधका कचौराहरूको सामना गर्नुपर्नेछ।

(१) तपाईंमा शरीरमा डरलाग्दा घाउ-खटिराहरू निस्किनेछन्, जसले तपाईंलाई रातदिन पीडा दिनेछन् (प्रकाश १६:२)।

(२) समुद्र र मूलका ताजा पानी सबै विषाक्त हुनेछ। सबै पानी विषाक्त हुनेछ। पिउनका निम्ति तपाईँसँग केही पनि हुनेछैन (प्रकाश १६:३,४)।

(३) तपाईं घामको तापले डढ्नुहुनेछ। आकाशबाट पुच्छरेतारा खसेर तपाईंलाई डढाउनेछ। तपाईंको भत्भती पोल्नेछ। त्यसको कुनै औषधी पाइनेछैन। गर्मीको तापले बनेका तपाईंको शरीरका घाउहरूबाट पीप बगिरहेको हुनेछ, तपाईं त्यत्तिकै घुम्नुहुनेछ (प्रकाश १६:८,९)।

(४) बिजुली बत्ती हुनेछैन। रातमा तपाईं निष्पट अँध्यारोमा बस्नुपर्नेछ, घाउ-खटिराको पीडाले गर्दा आफ्नो जिब्रो टोक्नुहुनेछ (प्रकाश १६:१०,११)।

(५) संसारको सेना परिचालन गरिनेछ। यसले अझ अरू सुविधा र अन्योलता उत्पन्न गर्नेछ- जस्तो लडाइँले उत्पन्न गर्छ। तपाईँहरूमध्ये धेरै जना- पुरुष र स्त्रीहरू- लाई तपाईंहरूको इच्छा विरुद्ध सेनामा जबरदस्ती सामेल गरिनेछ (प्रकाश १६:१२-१६)।

(६) त्यसबेला ठूला-ठूला भैंचालोहरू हुनेछन्, अहिलेसम्म भएका भैंचालोहरू भन्दा ठूला-ठूला। अनि पुच्छरे ताराहरू असिनाझैं आकाशबाट झर्नेछन्। तपाईं त्यो बेला कहाँ लुक्नुहुनेछ? भैंचालोको कारण भवनहरू भत्किएर खण्डहर बन्नेछन्। तपाईं त्यो बेला कहाँ लुक्नुहुनेछ? (प्रकाश १६:१७-२१)


अनि यो याद राख्नुहोस्, तपाईंले आफ्नो हृदय परिवर्तन नगर्नुभएको कारण यी सबै कुरा तपाईंमाथि आइपरेको हो। येशू ख्रीष्ट तपाईंको पापको दाम तिर्न क्रूसमा मर्नुभएको कुरा तपाईं जान्नुहुन्थ्यो। उहाँ मरेकोबाट जीवित हुनुभएको र स्वर्ग चढिजानुभएको, अनि सर्वशक्तिमान् परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको कुरा पनि जान्नुहुन्थ्यो। तपाईँको पापको निम्ति क्षमा पाउन र उहाँको रगतद्वारा पापहरूबाट शुद्ध हुन तपाईंलाई परमेश्वरका पुत्रको खाँचो छ भन्ने पनि जान्न्हुन्थ्यो। यी कुराहरू तपाईं जान्नुहुन्थ्यो, तर तपाईं मूर्ख हुनुभयो। तपाईंले खेलाँची गर्नुभयो, र बहानाहरू बनाउनुभयो। तपाईं पछि छोडिनुभयो!

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)।

डा. हिमर्स, कृपया यहाँ आएर प्रार्थनासहित सेवा समापन गरिदिनुहोस्!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– मत्ती २५:१-१०
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘आई विस, विड अल बिन रेडी’- श्री लेरी नरमेन- १९४७-२००८- द्वारा रचित)


रूपरेखा

र ढोका बन्द थियो

AND THE DOOR WAS SHUT

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित अनि श्री जोन शमूएल केगनद्वारा
लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन।

‘र ढोका बन्द भयो’ (मत्ती २५:१०)

१. पहिलो, ऱ्याप्चरमा तपाईं बाहिरै रहनुहुनेछ- मत्ती २५:१०-१३;
मत्ती ७:२१-२३; २ कोरिन्थी १३:५

२. दोस्रो, तपाईंले बुझ्नुपर्छ, ऱ्याप्चरका चिन्हहरू देखिँदैछन्- मत्ती २४:३७-४१

३. तेस्रो, ऱ्याप्चरमा तपाईं उठाइनुभएन भने तपाईंले आफू मरेको भए पनि हुनेथ्यो भनी इच्छा गर्नुहुनेछ- प्रकाश ९:६; ९:१-१२; २०:४; १६:१-२१