Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ऱ्याप्चर (उठाइलगिने)

(बाइबलको अगमवाणीसम्बन्धी प्रवचन # ३)
THE RAPTURE
(SERMON #3 ON BIBLE PROPHECY)
(Nepali)

द्वारा डा. आर.एल.हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

७ मई, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, May 7, 2017

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं’ (१ थेसलोनिकी ४:१६,१७)।


यो बाइबलमा पाइने एउटा सुन्दर प्रतिज्ञा हो! येशू फेरि आउँदैहुनुहुन्छ! ‘येशू फेरि आउँदैहुनुहुन्छ’ भन्ने शब्दहरू सुन्दा प्रत्येक ख्रीष्टियन आनन्दित हुनुपर्छ! कृपया, अहिले तपाईंको बाइबलमा यो खण्ड खोलेर राख्नुहोस्।

येशूलाई कीला ठोकेर केही घन्टासम्म क्रूसमा टाँगियो। अन्त्यमा उहाँ उच्च सोरमा यसो भन्दै सोरमा कराउनुभयो, ‘हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु’ (लूका २३:४६)। उहाँ मर्नुभयो। तिनीहरूले उहाँको लाश एउटा चिहानमा राखे। त्यो चिहानलाई मोहोर लगाएर बन्द गरे अनि त्यसको पहरा गर्न रोमी सिपाहीहरूलाई आज्ञा गरे।

तेस्रो दिन येशू मरेकोबाट जीवित हुनुभयो। तर उहाँ चेलाहरूका अगि देखापर्नुहुँदा,

‘तिनीहरू तर्से, र डरले आत्तिए, र हामीले त प्रेत देखिरहेछौं भन्ने सम्झे’ (लूका २४:३७)।

अनि येशूले तिनीहरूलाई भन्नुभयो,

‘मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड् हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्’ (लूका २४:३९)।

उहाँले तिनीहरूलाई यरूशलेम शहरदेखि बाहिर जैतून पहाडमा लैजानुभयो। उहाँले तिनीहरूलाई सारा संसारमा सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभयो।

‘उहाँले यी कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब सेतो पोशाक लाएका दुइ जना मानिस अचानक तिनीहरूका नजीक खडा भए। तिनीहरूले भने, ‘गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ’ (प्रेरित १:९-११)।

‘यही येशू’ जो ‘स्वर्गमा’ लगिनुभयो, उहाँ फेरि आउनुहुनेछ। उहाँमाथि जानुभयो! उहाँ तल आउनुहुनेछ! उहाँ फेरि आउँदैहुनुहुन्छ!

उहाँ फेरि आउँदैहुनुहुन्छ, उहाँ फेरि आउँदैहुनुहुन्छ,
उनै येशू, मानिसहरूबाट तिरस्कृत
उहाँ फेरि आउँदैहु
नुहुन्छ, उहाँ फेरि आउँदैहुनुहुन्छ,
शक्ति र ठूलो महिमासाथ, उहाँ फेरि आउँदैहुनुहुन्छ!
(‘उहाँ फेरि आउँदैहुनुहुन्छ,’ मबेल जोन्सटन केम्प- १८७१-१९३७- द्वारा रचित)

बाइबलले हामीलाई उहाँ दुइ खेप, दुइ चरणमा आउनुहुनेछ भनी भन्दछ। उहाँको पुनरागमनको दोस्रो भाग त्यो हो, जुन बेला उहाँ पृथ्वीमा उहाँको एक हजार वर्षे राज्य स्थापना गर्न जैतून पर्वतमा आउनुहुनेछ। तर आजको हाम्रो बाइबल खण्डले उहाँको पुनरागमनको पहिलो भागको बारेमा कुरा गर्दछ। हाम्रो बाइबल खण्ड १ थेसलोनिकी ४:१६,१७ फेरि हेर्नुहोस्। बाइबलको खण्डबाट यस घटनाको सम्बन्धमा हुने तीनवटा कुरामा ध्यान दिनुहोस्। !

१. पहिलो, प्रभु येशू पृथ्वीभन्दा माथिको वायुमण्डलमा ओर्लनुहुनेछ।

१ थेसलोनिकी ४:१६ मा ध्यान दिनुहोस्

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, स्वर्गबाट ओर्लनुहुनेछ,’ (१ थेसलोनिकी ४:१६)।

‘ख्रीष्ट’ आफै ‘स्वर्गबाट’ ओर्लेर आउनुहुनेछ। पवित्र आत्मा आउनुहुनेछ भनेको होइन। वास्तवमा, आउनुहुने व्यक्ति पवित्र आत्मा हुँदैहोइन। ‘यही येशू, जो...स्वर्गमा लगिनुभयो,’ (प्रेरित १:११)। ‘यही येशू’ स्वर्गबाट आउनुहुनेछ।

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, स्वर्गबाट ओर्लनुहुनेछ,’ (१ थेसलोनिकी ४:१६)।

पुनर्जीवित हुनुभएका ख्रीष्टले भन्नुभयो,

‘मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड् हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्’ (लूका २४:३९)।

उहाँ फेरि आउँदैहुनुहुन्छ, उहाँ फेरि आउँदैहुनुहुन्छ,
उनै येशू, मानिसहरूबाट तिरस्कृत
उहाँ फेरि आउँदैहुनुहुन्छ, उहाँ फेरि आउँदैहुनुहुन्छ,
शक्ति र ठूलो महिमासाथ, उहाँ फेरि आउँदैहुनुहुन्छ!
(‘उहाँ फेरि आउँदैहुनुहुन्छ,’ मबेल जोन्सटन केम्प- १८७१-१९३७- द्वारा रचित)

यूहन्ना १४:३ मा येशूले भन्नुभयो,

‘म फेरि आउनेछु’ (यूहन्ना १४:३)

म चाहन्छु, तपाईंले यो कुरामा पनि ध्यान दिनुहोस्, हाम्रो बाइबल पदले उहाँ पृथ्वीमा आउनुहुनेछ भनेको छैन। उहाँ पृथ्वीमा आउनुहुने एउटा अलग्गै घटना हो, जुन घटना पछिबाट घटनेछ। म चाहन्छु, तपाईं ध्यान दिनुहोस्, हाम्रो आजको बाइबल पदअनुसार उहाँ पृथ्वीमा आउनुहुन्न। तपाईं १७ औं पदलाई हेर्नुहोस्। कृपया, खडा भएर यो पढ्नुहोस्।

‘तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं’ (१ थेसलोनिकी ४:१७)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

‘ऱ्याप्चर’ मा ख्रीष्ट आकाशमा आउनुहुन्छ। उहाँ पृथ्वीमा पछिबाट आउनुहुन्छ। बाइबललाई जस्तैको त्यस्तै पढ्दा यी दुइ घटना भिन्नभिन्नै हुन् भन्ने स्पष्ट बुझिन्छ। प्रभु येशू स्वर्गबाट ओर्लनुहुनेछ, तर पृथ्वीभन्दा माथि नै, ‘आकाशमा’ रोकिनुहुनेछ। यो ‘ऱ्याप्चर’ शब्दको अर्थ एक ठाउँबाट अर्को ठाउँमा लगिनु- आनन्दमा उठाइनु हो! अन्तरिक्षमा हावा हुँदैन, यसले उहाँ पृथ्वीमाथिको वायुमण्डलमा प्रवेश गर्नुभएपछि रोकिनुहुनेछ भन्ने देखाउँछ।

‘तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं’ (१ थेसलोनिकी ४:१७)।

२. दोस्रो, ख्रीष्टमा मरेकाहरूचाहिँ बौरिउठ्नेछन्

हाम्रो आजको बाइबल खण्डले भन्छ,

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्’ (१ थेसलोनिकी ४:१६)।

तपाईंहरू बस्न सक्नुहुन्छ। ‘ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।’ डा. जे. भर्नोन मेकजीले भनेका छन्,

‘उहाँ ‘ठूलो आवाजसहित’ स्वर्गबाट ओर्लनुहुनेछ। त्यो हुकुमको आवाज हो। लाजरसको चिहान अगाडि उभिनुहुँदा उहाँले त्यही आवाज प्रयोग गर्दै भन्नुभएको थियो, ‘लाजरस, बाहिर निस्की आऊ’ (जे. भर्नोन मेकजी, टीएच.डी., थ्रु द बाइबल, थोमस नेल्सन पब्लिसर्स, भाग ५, पृष्ठ ३९८)।

येशू लाजरसको चिहानमा आउनुभयो र भन्नुभयो,

‘ढुङ्गा हटाओ।‘ मृत मानिसकी दिदी मार्थाले उहाँलाई भनिन्, ‘हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो’ (यूहन्ना ११:३९)।

तर तिनीहरूले येशूको आज्ञापालन गरे। तिनीहरूले चिहानको मुखबाट त्यो ढुङ्गा हटाए। अनि येशू,

‘उच्च सोरले कराउनुभयो, ‘लाजरस, बाहिर निस्की आऊ।’ त्यो मृत मानिस... बाहिर निस्की आयो (यूहन्ना ११:४३,४४)।

ख्रीष्टले ऱ्याप्चरमा पनि ठीक यस्तै गर्नुहुनेछ। उहाँ हुकुमको गर्जनसहित, प्रधान स्वर्गदूतको जस्तो आवाजमा, तुरहीको जस्तो आवाजमा कराउनुहुनेछ (मेकजी, ऐजन)। जब ख्रीष्ट लाजरसको चिहानमा जस्तो ठूलो सोरमा कराउनुहुनेछ, तब ‘ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्।’ साँचो ख्रीष्टियनहरूका मृत शरीर ख्रीष्टलाई आकाशमा भेट्न चिहानबाट बौरी उठ्नेछन्।

जोन केगन सान केटो छँदा तिनले आफ्नो उद्धार नभएको कुरा जान्दथे- तर तिनका आमा-बुवा साँचो ख्रीष्टियन थिए। मैले ऱ्याप्चरको बारेमा प्रचार गर्दा त्यो रात तिनी डराएका थिए। तिनले मलाई भने, कहीं तिनका आमा-बुवाको ऱ्याप्चर भएर तिनी मात्र घरमा एकलै छोडिएको त छैन भन्ने सोचेर राति तिनी घरीघरी ओछ्यानबाट उठेर आफ्ना आमा-बुवाको कोठामा हेर्न जान्थे। त्यो राम्रो किसिमको डर हो। तपाईं एकलै छोडिनुहुन्छ कि भनी डराउनु राम्रो हो। अहिले नै येशूमा विश्वास गर्नुहोस् र त्यो डर हटेर जानेछ। बाइबलले भन्छ,

तपाईंका मरिगएका जनहरू जिउनेछन्, तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ, तपाईंको शीत बिहानको शीतजस्तै छ, पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ’ (यशैया २६:१९)।

अय्यूबको पुस्तक पुरानो करारको सबैभन्दा प्राचीन पुस्तक हो। यो पुस्तक मोशाले उत्पत्तिको पुस्तक लेख्नुभन्दा अघि लेखिएको थियो। अय्यूबले ऱ्याप्चरको बारेमा कुरा गरेका छन्।

‘अनि मेरा छाला नाश गरिसकेपछि मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु। म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु, अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्छ’ (अय्यूब १९:२६,२७)।

प्रेरित पावलले पनि ऱ्याप्चरको भविष्यवाणी गरेका थिए। तिनले भने,

‘एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्...’ (१ कोरिन्थी १५:५२)।

हाम्रो आजको बाइबल खण्डले भन्छ,

‘ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्’ (१ थेसलोनिकी ४:१६)।

अब, तपाईं धेरै अघि नै मरिसकेका शरीरहरू, अय्यूबको समयको कुरा गर्ने हो भने, झन्डै ३ हजार ५२० वर्षभन्दा अघि मरेका साँचा विश्वासीहरूको शरीर कसरी जीवित हुनेछन् भनी सोच्नुहुन्छ होला। त्यस्तो कसरी हुन सक्छ? प्रेरित पावलले १ कोरिन्थी १५:५१ मा त्यसलाई ‘एउटा रहस्य’ भनेका छन्, जसलाई मूल ग्रीक भाषामा ‘मस्टेरियन’ भनिन्छ, एउटा यस्तो कुरा जसलाई हामी मानिसको समझले पूर्णरूपले बुझ्न सक्दैन। अब स्पष्ट भन्ने हो भने, यो एउटा आश्चर्यकर्म हो। तपाईं परमेश्वरमा विश्वास गर्नुहुन्छ, गर्नुहुन्छ हैन त? त्यसो भए, परमेश्वरले आश्चर्यकर्महरू गर्नुहुनेछ भन्ने कुरा हामीलाई बाइबलको सुरुदेखि अन्त्यसम्म बताइएको छ। अनि यो परमेश्वरको एउटा सबैभन्दा महान् आश्चर्यकर्म हो।

‘ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्’ (१ थेसलोनिकी ४:१६)।

हामी दिमागले यो पटक्कै बुझ्न सक्दैनौं, तैपनि यो सत्य हो।

‘ख्रीष्टमा मरेका (ख्रीष्टियन) हरूचाहिँ पहिले बौरिउठ्नेछन्’ (१ थेसलोनिकी ४:१६)।

३. तेस्रो, जीवित ख्रीष्टियनहरू तिनीहरूको साथसाथै उठाइनेछन्

पद १७ हेर्नुहोस्,

‘तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं’ (१ थेसलोनिकी ४:१७)।

त्यो समय ‘प्रभुलाई आकाशमा भेट्नका निम्ति’ संसारमा जिइरहेका जीवित ख्रीष्टयनहरू मरेका ख्रीष्टियनहरूको साथसाथै ‘उठाइलगिनेछन्।’ पहिले, मरेका ख्रीष्टियनहरू ‘उठाइनेछन्,’ त्यसपछि जीवित ख्रीष्टियनहरू प्रभुलाई आकाशमा भेट्नका निम्ति ‘उठाइनेछन्।’ बाइबलले भन्छ यी सबै,

‘एकै क्षणमा, आँखाको एक निमेषमा हुनेछ’ (१ कोरिन्थी १५:५२)।

यो तपाईंले आँखा झिम्काउनुभए जत्तिकै चाँडो हुनेछ! पहिले मरेका ख्रीष्टियनहरू र त्यसपछि जीवित ख्रीष्टियनहरू प्रभुलाई आकाशमा भेट्नका निम्ति ‘एकसाथ उठाइलगिनेछन्।’ अहो, बाइबलमा कति अचम्मको प्रतिज्ञा छ! ख्रीष्टियनहरूका निम्ति कति सुन्दर आशा!

कति हर्ष! कति आनन्द! के हामी नमरी जाने,
न रोग, न दुःख, न त्रास र रूवाइ छ
बादलमा उठाइलगिने प्रभुको साथ महिमामा,
जब येशू लिन्छन्, ‘आफ्नैहरूलाई’
(‘क्राइष्ट रिटर्न्थ,’ एच. एल. टर्नर-१८७८-द्वारा रचित)

डा. मेकजीले भनेका छन्, ‘उठाइनु’ शब्द ग्रीकको ‘हर्पाजो’ शब्दबाट अनुवाद गरिएको हो, जसको अर्थ ‘हतार-हतार समात्नु, खोस्नु, उठाउनु वा ऱ्याप्चर’ हो (ऐजन, पृष्ठ ३९९)। अनि डा. जे. भर्नोन मेकजी भन्छन्,

अहो, यो कति महिमित र अचम्मको सान्त्वना! मृतक (ख्रीष्टियन) हरूका शरीर उठाइनेछन्। अनि त्यो बेला जीवित हुनेहरू तिनीहरूकै साथमा प्रभुसँग आकाशमा भेट्न उठाइनेछन्। कति हर्ष! यसरी हामी सधैं प्रभुको साथमा हुनेछौं। वास्तवमा, उहाँले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुभएपछि उहाँको साथमा राज्य गर्न हामी उहाँसँगै फर्केर आउनेछौं (ऐजन)।

प्रत्येक साँचो ख्रीष्टियनहरूलाई एउटा सुन्दर भविष्यले पर्खिरहेको छ, जुन बेला ख्रीष्ट आकाशमा देखापर्नुहुनेछ अनि तिनीहरूलाई स्वर्गमा लैजानुहुनेछ!

के तपाईं त्यस घटनाका निम्ति तयार हुनुहुन्छ? अहिले उद्धार पाउने मानिसहरू मात्र त्यसबेला प्रभुसँग आकाशमा भेट्न उठाइलगिनेछन्। के तपाईंले उद्धार पाउनुभएको छ? येशू तपाईंका पापहरूको मूल्य चुकाउन क्रूसमा मर्नुभयो। उहाँ मरेकोबाट जीवित हुनुभयो अनि तपाईंलाई शुद्ध पार्न र तपाईंका सबै पापहरू पखाल्न उहाँले त्यो रगत स्वर्गमा लैजानुभयो। तर तपाईंले ख्रीष्टमा आफूलाई समर्पण गर्नै पर्छ र उहाँमा मात्र विश्वास गर्नु पर्छ। यदि सरल विश्वाससहित उहाँमा भरोसा राख्नुभयो भने उहाँले आफ्नै रगतले तपाईंलाई सबै पापबाट शुद्ध पार्नुहुन्छ, अनि तपाईंले उद्धार पाउनुहुनेछ, साथै डा

‘प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिन’ (१ थेसलोनिकी ४:१७) तयार बन्नुहुनेछ।

अनि तपाईं हाम्रो साथमा यो भजन गाउन सक्नुहुनेछ,

कति हर्ष! कति आनन्द! के हामी नमरी जाने,
न रोग, न दुःख, न त्रास र रूवाइ छ
बादलमा उठाइलगिने प्रभुको साथ महिमामा,
जब येशू लिन्छन्, ‘आफ्नैहरूलाई’
हे प्रभु येशू, अझ कहिलेसम्म, कहिलेसम्म
यहाँ हामी खुशीको गीत गाउँछौं,
ख्रीष्ट फेरि आउनुहुन्छ, हल्लेलूयाह!
हल्लेलूयाह! आमेन। हल्लेलूयाह! आमेन।
(‘क्राइष्ट रिटर्न्थ,’ एच. एल. टर्नर-१८७८-द्वारा रचित)

अर्को हप्ताको अन्त्यमा फेरि सुसमाचार सुन्न तपाईं निश्चय यो चर्चमा आउनुहोस्। येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ! उहाँमाथि भरोसा राख्नुहोस् र उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा तपाईंका सबै पारहरू पखाल्नुहुनेछ! आमेन!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– १ कोरिन्थी १५:५१-५४
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘येशू फेरि आउँदैहुनुहुन्छ,’ जोन डब्ल्यु. पिटरसन- १९२१-२००६- द्वारा रचित)


रूपरेखा

ऱ्याप्चर (उठाइलगिने)

(बाइबलको अगमवाणीसम्बन्धी प्रवचन # ३)
THE RAPTURE
(SERMON #3 ON BIBLE PROPHECY)

द्वारा डा. आर.एल.हिमर्स, जुनियर

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं’ (१ थेसलोनिकी ४:१६,१७)।

(लूका २४:३७,३९; प्रेरित १:९-११)

१. पहिलो, प्रभु येशू पृथ्वीभन्दा माथिको वायुमण्डलमा ओर्लनुहुनेछ,
१ थेसलोनिकी ४:१६क; प्रेरित १:११; लूका २४:३९; यूहन्ना १४:३
तुलना गर्नुहोस्- प्रकाश १९:११-१६; मत्ती २४:२७-३१; जकरिया १४:४,५;
१ थेसलोनिकी ४:१७

२. दोस्रो, ख्रीष्टमा मरेकाहरूचाहिँ बौरिउठ्नेछन्, १ थेसलोनिकी ४:१६क,
यूहन्ना ११:३९,४३,४४; यशैया २६:१९; अय्यूब १९:२६,२७; १ कोरिन्थी १५: ५२, ५१

३. तेस्रो, जीवित ख्रीष्टियनहरू तिनीहरूको साथसाथै उठाइनेछन्
१ थेसलोनिकी ४:१७; १ कोरन्थी १५:५२