Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




धीमा र तीव्र उदासी

A SOFT AND VIOLENT SADNESS
(Nepali)

श्री जोन शमूएल केगनद्वारा
by Mr. John Samuel Cagan

३० अप्रेल, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, April 30, 2017

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।’ (लूका ८:४३-४४)


एउटी स्त्री सिकिस्त बिरामी थिई। आफ्नो रोग निको पार्न उसले आफूले सक्ने जति सबै उपाय गरी। उ डाक्टरहरूकहाँ गई, तर उनीहरूले उसलाई निको पार्न सकेनन्। आफूलाई निको पार्न उसले संसारमा आफूसँग भएको सबै धन खर्च गरी। आफूले सक्ने जति सबै उपचार उसले गरी, तर कुनै पनि उपचारले उसलाई निको पार्न सकेन। उसको समयका डाक्टरहरूको देखरेखमा उसले उनीहरूबाट धेरै दुःख पाएकी थिई। उसको समयका यहूदीहरूले उसलाई अशुद्ध ठान्थे। उ धर्म र समाजबाट अलग्गिएर जिउनु परेको थियो। उ एकली थिई, र उसँग कसैले पनि बातचीत गर्न सक्दैनथ्यो।

अब उसको निम्ति कुनै उपाय बाँकी रहेको थिएन। उसको कुनै आशा थिएन। उसले येशूलाई नभेटुञ्जेल उसको निम्ति कुनै आशा थिएन। उसले येशूलाई भीडको बीचमा देखी। येशूले उसलाई निको पार्न सक्नुहुन्छ भनी उसले जान्दथी। उ येशूको छेउमा पुग्न परेको थियो। उ येशूको छेउमा पुग्न पनि सक्छे के भनी उसलाई थाहा थिएन। उहाँ टाढा देखिनुहुन्थ्यो, र उ निको हुनु असम्भवजस्तो देखिन्थ्यो। तर उसले सबै कोसिस गरेकी थिई, अनि उसलाई सहायता गर्न सक्ने व्यक्ति येशू मात्र हुनुहुन्छ भनी उसले जानेकी थिई। उ भीडको बीचबाट ठेलिँदै-घचेटिँदै येशूको छेउमा पुगी। उ येशूकै छेउमा त पुग्न सकिन, तर उसले उहाँको वस्त्रको एक छेउ छुन सकी। उसले येशूको वस्त्र छुनासाथै तुरुन्तै उसको बिमारी निको भयो, येशूले उसलाई निको पार्नुभयो। यो कथा पढदा तपाईंले बुझिहाल्नुहुन्छ।

१. पहिलो, तपाईं बिमार हुनुहुन्छ

सारा मानवजाति बिमार छ। मानवजातिलाई यस्तो रोग लागेको छ, जसले मानवजातिलाई नै बिमारी बनाएको छ। त्यस बिमारीको कारणले गर्दा नै मानिसहरू एकले अर्कोलाई चोट पुऱ्याउँछन्, एक-अर्काबाट फाइदा उठाउँछन्, र अन्त्यमा तिनीहरू आफैलाई नाश पार्छन्। यो बिमारी गोप्य छैन। विज्ञान र इतिहास दुवैले यो रोगको सामना गरेका छन्, यद्यपि तिनीहरू यसलाई विभिन्न नाउँ दिन्छन्। यो बिमारीलाई परमेश्वरले पापको रूपमा जान्नुहुन्छ। पापले सारा मानवजातिलाई प्रभावित गरेको छ। पापले तपाईंलाई पनि प्रभावित गरेको छ। बाइबलले भन्छ,

‘किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।’ (रोमी ३:२३)

पापको बिमारीले प्रत्येक व्यक्ति प्रभावित भएको छ। मानिसले सारा जीवनभरि पाप गर्ने र पापले परिपूर्ण भए पनि पाप गर्न कसैले सिक्नु पर्दैन। पाप स्वाभाविकरूपले उत्पन्न भएर तपाईंभित्र बढदै जान्छ। तपाईंले गर्नुहुने हरेक कुरालाई पापले प्रभावित गर्दछ। जब तपाईं अइमानदार बन्नुहुन्छ, त्यो पापको बिमारीको प्रमाण हो। जब तपाईं छाडा फिल्म वा पुस्तक-पुस्तिका हेर्नुहुन्छ, तपाईं पापी हुनुभएकोले गर्दा नै त्यो हेर्नुहुन्छ। तपाईं गलत कामहरू गरेर पापी बन्नुहुन्न। तपाईंमा जुन पापको बिमारी छ त्यो तपाईंले उत्तराधिकारको रूपमा प्राप्त गर्नुभएको हो। तपाईं जन्मबाटै पापी हुनुहुन्थ्यो। तपाईं एक पापी हुनुहुन्छ, तपाईं पापी हुनुभएकोले गर्दा नै तपाईं गलत कुराहरू गर्नुहुन्छ। पापले तपाईंको हृदयलाई असर पारेको छ। तपाईं मनमनै त्यस्ता धेरैवटा भयानक कुराहरू गर्ने विचार गर्नुहुन्छ, जुन तपाईंले गर्नुभएको छैन। त्यस्तो काम गरेर पनि तपाईं दण्ड नपाई उम्कनुभयो भने तपाईंको अवस्था अझ नराम्रो हुनेछ। तपाईंको फोक्सोले सास फेरिजस्तै तपाईंको हृदयले झुटा कुराहरू सजिलै कल्पना गर्न सक्छ। तपाईंको हृदयले गुप्तमा तपाईंलाई भयानक कुराहरूको कल्पना गर्न लगाउँछ, अनि त्यसको साथसाथै तपाईं आफैलाई एक असल व्यक्तिजस्तो देखाउन चाहनुहुन्छ। तपाईं पापले ग्रस्त हुनुहुन्छ, अनि पापले नै मानिसहरूलाई स्वार्थी, छली र घृणित बनाउँछ। बाइबलले भन्छ,

‘हामी सबै अशुद्ध मानिसझैं भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैं छन्। हामी सबै पातझैं ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैं उडाइलैजान्छन्।’ (यशैया ६४:६)

पाप एउटा बिमारी हो। पापका लक्षणहरू साथै त्यसका नतीजाहरू पनि हुन्छन्। पापको कारणले गर्दा मानिसहरू तिनीहरूका आफ्नै जीवनमा अति नै दुःखी हुन्छन्। पापको कारणले गर्दा मानिसहरू लज्जित, हतास र पीडामा हुन्छन्। कहिलेकहीं चुपचाप बसेर विचार गर्दा तपाईं आफैभित्रको अन्धकार अवस्था थाहा पाउनुहुन्छ। कहिलेकहीं तपाईं आफूभित्र त्यस्तो उदासी भएको थाहा पाउनुहुन्छ, तर निर्दोषपनको भावना भने हुँदैन। खोक्रा भावनाहरूद्वारा तपाईंको जीवन निसासिन्छ, जसको वर्णन गर्न सकिँदैन। तपाईं पापको लक्षण भएको महसुस गर्नुहुन्छ। कहिलेकहीं, तपाईंको अवस्था कति गम्भीर छ भनी तपाईं महसुस गर्नुहुन्छ, त्यसले तपाईंलाई धीमा वा तीव्र उदासीमा पुऱ्याउँछ। सायद तपाईंले कुनै-कुनै बेला यस्तो महसुस गर्नु भयो, तर त्यस्तो भावना बोकेर धेरै समय जिउन सक्नुहुन्न भनी तपाईंले जान्नुभयो। अनि बाँच्ने इच्छा बोकेर तपाईंले त्यसको समाधान खोज्न थाल्नुभयो। अनि बाँकी संसारले गरेझैं तपाईंले पनि यो संसारमा त्यसको समाधान पाउन सकिन्छ भनी त्यो खोज्न थाल्नुभयो।

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन।’ (लूका ८:४३)

२. दोस्रो, तपाईंले आफ्नो बिमारीका निम्ति उपचार खोज्नुभएको छ

पापको लक्षणका निम्ति प्रदान गरिँदैआएका उपचारहरू धेरै छन्। मानिसहरूले सुख-विलासमा रमाउँदै पापका लक्षणहरूलाई त्यसमा डुबाउन सिकेका छन्। सारा संसारमा मानिसहरू पापका लक्षणहरूबाट बच्नका निम्ति नशालु औषधी लिने गर्छन्। उनीहरू जिउन सन्तुष्ट छैनन्, एउटा चक्की, वा एउटा सियो वा एउटा शीशीले त्यो असन्तुष्टता हटाउन खोज्छन्, चाहे केहीबेरका निम्ति नै किन नहोस्। तपाईं पनि पापका लक्षणहरूबाट उम्कने प्रयासमा आफैलाई सुख-विलासको पछि लगाउन सक्नुहुन्छ। हुन सक्छ, तपाईं हेरोइन वा मद्य चुन्नुहुन्न होला, तर त्यो जे नै भए पनि त्यो उपचार (समाधान) नै हो, र त्यसले तपाईंलाई कुलतमा फसाउँछ।

सुखविलासका उपचारहरू धेरैवटा छद्म रूपमा प्रस्तुत गरिन्छ। आज मानिसहरू वास्तविक संसारको सुख-विलासको कुलतमा परेका छन्। हालैमा बिजिनेस इन्साइडर पत्रिकामा गरिएको चर्चामा यो पाइएको छ, कि प्रायः व्यक्तिले प्रत्येक दिन उसको स्मार्ट फोन २ हजारदेखि ५ हजार पल्टसम्म छुने गर्छन्। मानिसहरू जानकारीहरू प्राप्त गर्ने, संचार-सम्पर्क गर्ने, अनि टेक्नोलजीले तिनीहरूलाई दिन सक्ने कुराको खोजी गर्ने कुलतमा परेका छन्। तिनीहरू निरन्तर तथ्याङकद्वारा आकर्षित हुन्छन्, यसैले तिनीहरूले पापको लक्षणको विषयमा कहिल्यै पनि सोच्न र अनुभव गर्न पर्दैन।

तपाईंको खल्तीमा पनि स्मार्ट फोन होला। फुर्सद हुनेसाथ तपाईं आफैलाई स्मार्ट फोनमा डुब्नुहुन्छ। काम गरिरहेको बेला पनि तपाईं त्यो यसै पनि आफ्नो खल्तीबाट निकाल्नुहुन्छ। तपाईं यसबाट बच्न सक्नुहुन्छ। यसको उपचार तपाईंसँग छ। तपाईं पापको लक्षणको उपचार गरिरहनुभएको छ, तर ती निको पार्न सक्नुभएको छैन।

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन।’ (लूका ८:४३)

‘टेक्नोलजी (वा शिल्प-विज्ञान) ले तपाईंलाई अर्को संसारमा प्रवेश गराउँछ। टेक्नोलजीले तपाईंलाई त्यस्तो संसार भेट्टाउन सहायता गर्छ, जुन संसार तपाईं जन्मनुभएको संसारभन्दा अझ मनपर्दो हुन्छ। मानिसहरू प्रत्येक दिन सामाजिक संजालका वेबसाइटहरूमा घन्टौं बिताउँछन्। उनीहरू आफ्नो तस्वीर सुरक्षित राख्नका निम्ति राम्रो तस्वीर प्राप्त नहोऊञ्जेलसम्म आफ्नै दश वा पन्ध्र वा बीसवटा तस्वीरहरू खिँच्छन्। तिनीहरू आफैलाई यस्तो रूपमा प्रस्तुत गर्छन्, जस्तो छन् भनी तिनीहरू आफैले विश्वास गर्दैनन्। संसारले तिनीहरूलाई आदर्श व्यक्तिको रूपमा देखून् भनी तिनीहरू बढो चलाखीसाथ प्रत्येक तस्वीर मिलाउँछन् र प्रस्तुत गर्छन्।

तपाईंको फेसबुक अकाउन्ट छ होला। तपाईंको इन्स्टग्राम अकाउन्ट छ होला। तपाईं जस्तो व्यक्ति हुनुहुन्छ, त्यस्तै रूपमा संसारले तपाईंलाई नचिनोस् भनी तपाईं पनि आफ्नो तस्वीरलाई राम्रो बनाउने कोसिसमा समय खर्चनुहुन्छ। यदि तपाईंले त्यो काम काइदा पुऱ्याएर गर्नुभयो भने संसारले तपाईं सुन्दर, असल र पापको लक्षणबाट ग्रसित व्यक्ति हुनुहुन्न भनी विश्वास गर्नेछ। तपाईंले उपचार भेट्टाउनुभएको छ, तर तपाईं निको हुनुभएको छैन।

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन।’ (लूका ८:४३)

हेर्नुहोस्, तपाईंको जीवन कति व्यस्त भएको छ। तपाईंको वास्तविक अवस्था महसुस गर्न समय लाग्छ। यसकारण तपाईंको वास्तविक अवस्थाबाट भाग्ने कोसिसमा तपाईंले आफ्नो जीवनलाई पूर्णरूपले समयरहित बनाउनुभएको छ। तपाईंको फुर्सदको समयमा पनि फुर्सद हुँदैन। तपाईंको विवेक ज्यादा बोझले भङ्गालिएको छ। तपाईं हरेक दिन भिडियो गेम खेल्दै घन्टौं बिताउनुहुन्छ। तपाईंको काल्पनिक संसारले वास्तविक संसारमाथि आक्रमण गरेको छ। कक्षामा वा बाटोमा बसिरहँदा, वा यो प्रवचन सुन्दै बसिरहेको बेला तपाईं कहिले घर पुग्ने र अझै केही भिडियो गेम खेल्ने भनी सोचिरहनुभएको होला। तपाईं यति व्यस्त हुनुहुन्छ, कि तपाईंको जीवनको धीमा र तीव्र उदासी तपाईं महसुस गर्नै सक्नुहुन्न। तपाईं अति व्यस्त हुनुभएको कारण आफ्नै जीवनको वास्तविक अवस्था बुझ्न सक्नुभएको छैन।

तपाईं सारा दिनहरू कम्प्युटरको अगाडि बसेर गुमाउनुभएको छ। तपाईंलाई आफ्नै बारेमा सोचविचार गर्दै एकलै बस्नु मन लाग्दैन, त्यसकारण इन्टरनेटलाई तपाईंको नियमित साथी बनाउनुभएको छ। तपाईं आफूलाई एक क्षण पनि रोक्न सक्नुहुन्न, किनकि तपाईं सधैं त्योसँग जोडिनुभएको छ। तपाईं संगीतमा, भिडियो गेममा, इन्टरनेटमा, यस्तै अन्य रमाइला लाग्ने अनुभवहरूसित जोडिनुभएको छ, केवल जीवनको वास्तविकतासँग मात्र जोडिनुभएको छैन। तपाईं आफैलाई भन्नुहुन्छ, तपाईं पापको लक्षणसँग डराउनुभएको छैन। तपाईं जे पनि गर्नुहुन्छ ती सबै तपाईंको अल्छीपन हटाउनका निम्ति गर्नुहुन्छ। तपाईंले ती कुराहरू गर्नु आवश्यक भएकाले होइन, तर रमाइलोका निम्ति गर्नुहुन्छ। तापनि, यदि तपाईं रमाइलोको पछि कति मरिहत्ते गरी लाग्नुभएको छ भनी बुझ्नुभयो भने सायद तपाईंको जीवन तिनै कुरामा बितिरहेको थाहा पाउनुहुनेछ। तपाईंले आफ्नो जीवनलाई अति व्यस्त राख्नुभएकाले गर्दा चिन्ता र फिक्री गर्ने कुनै समय छैन। बाइबलले भन्छ,

‘परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुइ मुट्ठी भन्दा शान्तिसित एक मुट्ठी भएको अझ असल हो।’ (उपदेशक ४:६)

तपाईं आफूलाई व्यस्त राख्नबाहेक अरू केही गर्न सक्नुहुन्न भनी आफैलाई भन्नुहुन्छ। तपाईंको मध्यकालिन जाँच छ, त्यसपछि प्रोजेक्ट र फेरि जागिर छ। यो कुनै दिन बदलिँदैन। तपाईं सधैं यस्तै व्यस्त रहनुहुनेछ। तपाईंले आफ्नो जीवनलाई यस्तै बनाउन चाहनुहुन्छ। तपाईं भविष्यमा कुनै बेला भिन्नै बन्नुहुनेछ भनी विश्वास गर्नुहुन्छ। तपाईं ग्रेजुएट बन्नुहुनेछ, र पैसा कमाउन थाल्नुहुनेछ, अनि अन्त्यमा तपाईं आफैमा गर्व गर्न सक्ने व्यक्ति बन्नुहुनेछ भनी विश्वास गर्नुहुन्छ। तर तपाईं जुनै ठाउँबाट ग्रेजुएट हुनु भए पनि, जत्ति नै पैसा कमाउनु भए पनि तपाईं सन्तुष्ट बन्नुहुन्न, त्यो कहिले पनि पुग्दो हुँदैन। बाइबलले भन्छ,

‘मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ त्सरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।’ (उपदेशक ५:१५)

तपाईंका आशाहरूले तपाईंको निम्ति त्यत्ति केही गर्न सक्दैनन्। जति नै पैसा भए पनि, जति नै राम्रो जागिर भए पनि त्यसले तपाईंको प्राण(आत्मा) ले चाह गरेको त्यो विशुद्ध अनुभव अचानक तपाईंलाई प्रदान गर्दैन। तपाईंको जीवनले कहिल्यै पनि तपाईंलाई सन्तुष्ट पार्न सक्दैन। तपाईं खुशी हुनुहु्न्न। तपाईं पापको लक्षणबाट पीडित हुनुहुन्छ, तर तपाईंले त्यसको उपचार पाउनुहुनेछैन।

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन।’(लूका ८:४३)

जति नै उपचार गरे पनि पाप निको हुन सक्दैन। संसारका सारा सुख-विलासले पापको रोग कहिल्यै पनि निको पार्न सक्दैन। संसारभरिको पैसा एकसाथ मिलाए पनि त्यसको उपचार पाइँदैन। एउटा पुरानो स्तुति-भजनले यसो भन्छ,

अति विशाल हीरा, सुनका पर्वत
   चाँदीको नदी, अवर्णीय रत्नहरू
सब मिलेर पनि किन्न सकेन तपाईं र मलाई
   सुत्दा पाइने शान्ति, र स्वतन्त्र विवेक।
(‘एकर्स् अफ डाइमन्डस्,’ अर्थर स्मिथ, १९५९ द्वारा रचित)

पापको बिमारीका निम्ति तपाईंलाई धेरै उपचार चाहिँदैन। तपाईंले एकपछि अर्को गर्दै गर्नुभएको उपचारले तपाईंका लक्षणहरूलाई मात्र नियन्त्रित गर्छन्। ती उपचारले लक्षणहरूलाई मात्र नियन्त्रण गर्छन्, तर बिमारी निको पार्दैन। तपाईंको सारा जीवन बितेर नगईञ्जेल तपाईं ती उपचारमा लागि रहनुहुन्छ। अनि कुनै दिन अचानक त्यो बिमारीको उपचार गर्न अति ढिला भैसकेको हुन्छ। तपाईंको पापको रोग अति नै बढेको हुन्छ, र त्यो अझै खराब हुँदै जान्छ। तपाईंको बिमार जटिल, प्राणघातक र निको नहुने बन्छ। पापको यो रोगले तपाईंलाई नाश पार्छ। बाइबलले भन्छ,

‘किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिंत्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभमा अनन्त जीवन हो।’ (रोमी ६:२३)

तपाईंको बिमारीका निम्ति तपाईंलाई उपचार चाहिएको छ। तपाईंलाई चाहिएको एक मात्र उपचार छ। तपाईंलाई येशू ख्रीष्टको खाँचो छ।

३. तेस्रो, तपाईंको पापको बिमारीको उपचार येशू हुनुहुन्छ

तपाईंको पापको बिमारीका निम्ति गरिने उपचारले बाहिर-बाहिर मात्र होइन तर भित्रै सम्म निको पार्नुपर्छ। हाम्रो आजको बाइबल पदमा उल्लेख गरिएकी स्त्रीले जस्तै तपाईंले उपचारका अरू सबै उपायहरू छोडेर येशूकहाँ आउनुपर्छ।

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।’ (लूका ८:४३-४४)

यस स्त्रीले उसले सक्नेजति सबै कोसिस गरेकी थिई, तापनि उ येशूतिर नफर्कुञ्जेल उसको बिमारी कुनै उपायले पनि निको भएन। धेरै जनाले उसलाई निको पार्ने कोसिस गरे पनि कसैले सकेन। अन्त्यमा अति ठूलो आशा बोकेर उ येशूकहाँ आई, अनि येशूले उसलाई निको पार्नुभयो। पापको बिमारी निको पार्ने येशू मात्र हुनुहुन्छ। येशूले मात्र तपाईंको पापको बिमारी निको पार्न सक्नुहुन्छ, किनकि येशू मात्र तपाईंको पापका निम्ति मर्नुभएको छ। येशू हरप्रकारले सिद्ध हुनुहुन्छ। येशू निष्खोट, निष्पाप थुमा हुनुहुन्छ, जसले क्रूसमा उहाँको आफ्नै शरीरमा तपाईंको पापको बोझ बोक्नुभयो। तपाईंको पापको प्रायश्चित गर्न क्रूसमा उहाँलाई कीला ठोकिएको थियो। येशूले तपाईंको पाप नाश पार्ने औषधीको रूपमा उहाँको रगत बगाउनु भयो। बाइबलले भन्छ,

‘निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।’ (यशैया ५३:४-५)

येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहाँले यी सब गर्नुभयो। तपाईंको पापको बिमारी निको हुन सकोस् भनी येशू तपाईंका पापहरूका निम्ति मर्नुभयो। तपाईं एक पापी हुनुहुन्छ। तपाईंले पापको उपचार गराउने कोसिसहरू गर्नुभएको छ। ती उपचारले तपाईंलाई निको पारेका छैनन्। तपाईं पापको प्राणघातक रोगले ग्रस्त हुनुहुन्छ। तपाईं बिरामी हुनुहुन्छ भनी तपाईंले मानिलिनुपर्छ। तपाईं बिरामी हुनुहुन्छ भनी जान्नु भएन भने ती लक्षणहरू नदेखेर तपाईंलाई उपचारको आवश्यक छैन भन्ने तपाईं विचार गर्नुहुनेछ। तर तपाईं निको हुनु आवश्यक छ। येशूले भन्नुभयो,

‘निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।’ (मर्कूस २:१७)

तपाईंले आफ्नो पापको रोगको वास्तविकता देख्नु र महसुस गर्नुपर्छ। ती एकपल्ट महसुस गर्नुभयो भने, कुनै उपचारतिर नलाग्नुहोस्, निको पार्ने अरू कुनै उपायतिर नलाग्नुहोस्। पापका लक्षणहरूलाई मुकुण्डो ओढाउन छाड्नुहोस्, र येशूतिर फर्कनुहोस्। येशूले मात्र तपाईंलाई पापबाट बचाउन सक्नुहुन्छ। येशूले जुन मुक्ति दिनुहुन्छ, त्यो कमाउन सकिँदैन। त्यस स्त्री निको भई, उसको पाप क्षमा गरियो, येशूले उसलाई बचाउनुभयो। निको हुनाका निम्ति उसले पैसा दिनु परेन। उसलाई निको पार्न उसले येशूलाई मनाउन परेन। उ त येशू हुनुभएको ठाउँमा पुग्न सक्दिनजस्तो लाग्थ्यो, तैपनि उ उहाँको नजिक पुगी। उ येशूको नजिक पुगी, र उहाँको वस्त्रको एक छेउ छोई, अनि उ विश्वासद्वारा बचाइन। तपाईं अहिले येशूको छेउमा पुग्न सक्नुहुन्न, तापनि उहाँतिर बढ्नुहोस्। तपाईं येशू कहाँ पुग्न सक्नुहुन्न भन्ने सोच्नु भए पनि विश्वासद्वारा येशूतिर अगि बढ्नुहोस्, र उहाँले तपाईंलाई बचाउनुहुनेछ। विश्वासद्वारा येशूमाथि भरोसा राख्नुहोस्, र उहाँले तपाईंलाई बचाउनुहुनेछ। येशूमाथि विश्वास राख्नुहोस्, र पापको रोगबाट निको हुनुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– लूका ८:४३-४८
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('टर्न योर आइस् अपन जिजस,' हेलेन एच. लेम्मेलद्वारा रचित, १८६३-१९६१)।


रूपरेखा

धीमा र तीव्र उदासी

A SOFT AND VIOLENT SADNESS

जोन शमूएल केगनद्वारा

‘बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।’ (लूका ८:४३-४४)

१. पहिलो, तपाईं बिमार हुनुहुन्छ
रोमी ३:२३; यशैया ६४:६

२. दोस्रो, तपाईंले आफ्नो बिमारीका निम्ति उपचार खोज्नुभएको छ
उपदेशक ४:६; ५:१५; रोमी ६:२३

३. तेस्रो, तपाईंको पापको बिमारीको उपचार येशू हुनुहुन्छ
यशैया ५३:४,५; Cमर्कूस २:१७