Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




पापीहरूका निम्ति रोटी माग्नु- एउटा नयाँ सोच!

ASKING BREAD FOR SINNERS – A NEW THOUGHT!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२२ अप्रेल, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, April 22, 2017


जोन शमूएल केगनले केही मिनेट अघि लूका ११:५-१३ पढ्नुभयो। तर म चाहन्छु, तपाईंहरूले त्यो खण्ड फेरि खोल्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १४४२ मा छ। यो एक हठी मित्रको दृष्टान्त हो। आज राति म तपाईंहरूलाई यस दृष्टान्तबाट केही मह्त्वपूर्ण कुरा बताउन लागेको छु।

पहिलो, यो दृष्टान्तमा तीन जना व्यक्ति छन्।

‘अनि उहाँले तिनीहरूलाई भन्नुभयो,‘मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र मलाई तीनवटा रोटी पैंचो देऊ। किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन’ (लूका ११:५,६)।

पहिलो मित्र प्रशस्त रोटी भएको व्यक्ति हो। उहाँ पिता परमेश्वर हुनुहुन्छ। दोस्रो मित्र त्यो व्यक्ति हो, जसले रोटी मागिरहेको छ। उहाँ एक ख्रीष्टियन हो, जसलाई रोटी चाहिएको छ। तेस्रो मित्र त्यो व्यक्ति हो, जो ख्रीष्टियनको घऱमा आउँछ। ऊ एक हराएको व्यक्ति हो, यस्तो व्यक्ति जसले उद्धार पाएको छैन। यही व्यक्तिका निम्ति रोटी चाहिएको छ। तपाईंहरू र म, जो साँचा ख्रीष्टियन हौं, हामी परमेश्वर र ती हराएका मानिसहरूका बीचमा उभिन्छौं। यो दृष्टान्तमा ‘रोटी’ के हो? अघिअघि हामीमध्ये कतिले त्यो रोटी पवित्र आत्मा हो भन्ने सोच्थ्यौं। तर अहिले मलाई लाग्छ, त्यो गलत हो। यो सत्य हो, कि पद १३ मा प्रार्थनाको उत्तरको रूपमा पवित्र आत्मा दिइएको छ,

‘तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ’ (लूका ११:१३)।

तर अहिले म पूरा निश्चय छु, कि त्यो ‘रोटी’ पवित्र आत्मा हुनुहुन्न। डा. जोन आर. राइसले लूकाको यस दृष्टान्तको विषयमा विस्तृत रूपमा लेखेका छन् (प्रेअरः आस्किङ एन्ड रिसिभिङ, स्वर्ड अफ द लर्ड, १९७०, पृष्ठ ७०)। डा. राइसले त्यस ‘रोटी’ को विषयमा बोल्दै त्यो रोटी ख्रीष्ट आफै हुनुहुन्छ भनेका छन्। ‘उहाँ आफै त्यो रोटी हुनुहुन्छ’ (यूहन्ना ६:३५)। पहिले-पहिले म त्यो रोटी पवित्र आत्मा हुनुहुन्छ भनी सोच्थें। तर मेरो विचार गलत थियो। त्यो रोटी स्वयम् ख्रीष्ट हुनुहुन्छ। यो नयाँ करारको पुस्तकमा स्पष्ट छ। झन्डै एउटा पूरै अध्यायले नै येशू ‘जीवनको रोटी हुनुहुन्छ’ भनी भन्दछ। येशूले यूहन्ना छैटौं अध्यायमा के भन्नुभयो, सुन्नुहोस्ः

‘किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।’ (यूहन्ना ६:३३)

‘जीवनको रोटी म नै हुँ।’ (यूहन्ना ६:३५)

‘म जीवनको रोटी हुँ।’ (यूहन्ना ६:४८)

‘...जिउँदो रोटी म नै हुँ।’ (यूहन्ना ६:५१)

‘...जुन रोटी म दिनेछु, त्योचाहिँ मेरो देह हो।’ (यूहन्ना ६:५१)

हामीलाई बारम्बार येशू आफै ‘जीवनको रोटी’ हुनुहुन्छ भनिएको छ।

त्यसो भए लूका ११:६ मा त्यस ख्रीष्टियनले ‘मेरो एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन’ भनी किन भन्दछ? किनकि हामीसँग तिनीहरूलाई ‘जीवनको रोटी’ खुवाउने शक्ति हुँदैन। हामीले आत्मा जित्ने र प्रचार गर्ने काम गर्दा हामीसँग तिनीहरूलाई जीवनको रोटी दिने शक्ति हुँदैन। हामी सुसमाचार जान्दछौं, तर हामी आफूसँग शक्ति नभएको अनुभव गर्दछौं, यसैले हामी ‘मेरो एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन’ भनी जान्दछौं (लूका ११:६)।

‘तिनलाई खान दिन मसँग केही छैन’- भनी म स्वीकार गर्दछु। धेरै जना जवान मानिसहरू आज ब्याप्टिस्ट चर्च आउँदा यस्तै महसुस गर्छन्। चर्चले तिनीहरूलाई चाहिएको केही पनि नदिएको तिनीहरू महसुस गर्छन्। धेरैवटा ब्याप्टिस्ट चर्चसँग ‘उनीहरूलाई दिने केही समकालिन वा आधुनिक गीतहरूबाहेक’ अरू केही पनि हुँदैन। ती चर्चहरू मलाई मनै पर्दैन। ती सबै एउटै खालका छन्। तिनीहरूका स्तुति-प्रशंसाका भजनहरूमा पापीहरूलाई येशूको आवश्यकता महसुस गराउने केही पनि हुँदैन। तिनलाई दिन मसँग केही छैन! केही पनि छैन! केही पनि छैन! बाइबलको एक-एक पदको जीवनहीन, धुलोजस्तो व्याख्यात्मक प्रचारबाहेक अरू केही पनि छैन। मरेका ‘स्तुति-प्रशंसा’ का गीतहरू साथै फीका दिक्कलाग्दो बाइबल अध्ययनबाहेक अरू केही पनि हुँदैन। तपाईंहरूले कुनै रात त्यो सुन्नुभएको छ। ती जवान मानिसहरूलाई सहायता पुग्ने स्वस्थ्य किसिमका हुँदैनन्। एउटै मात्र सजीव कुरा पल राडरको महान् इस्टरको ‘फेरि जीवित’ भनिने भजन गाउनु मात्र हुन्छ। हामी यति धेरै अधमरो आराधना सेवाको वशमा परेका छौं, त्यो भजन सही प्रकारले गाउन हामीलाई बिउँझाउनाका निम्ति मैले चर्को सोरमा कराउनु र पसीना बगाउनु पर्छ। हाम्रा चर्चहरूले संसारबाट हराएका मानिसहरूलाई जित्न नसक्नु कुनै अचम्मको कुरा होइन! हामीले चर्चबाट अघिनै ९०% प्रतिशत जवानहरू गुमाइसकेका छौं, जुन अचम्मको कुरा होइन। म जवान छँदा मलाई त्यस्तै भएको थियो, त्यो पनि छक्क पर्नुपर्ने विषय होइन। हाम्रो चर्चमा मलाई आकर्षित गर्ने कुनै कुरा थिएन। त्यो मृत, सुक्खा, गनाउने भएको थियो। म पहिलोचोटि गएको चर्चमा मलाई चुनौती दिने कुनै कुरा थिएन। हरेक सेवामा मेरो मन रित्तो हुन्थ्यो। येशू त्यहाँ नहुनुभएको कारण मेरो मन रित्तो हुन्थ्यो। मलाई यस्तो लाग्थ्यो त्यस चर्चको सम्पूर्ण सेवा महिलाहरूलाई खुशी पार्नका निम्ति तयार गरिन्थ्यो। मलाई दिने तिनीहरूसँग केही पनि थिएन। टेलिभिजनमा चार्ल्स स्टेनलीको वा इन्टरनेटमा पल च्यापलको कार्यक्रम हेर्नुहोस्। ती मृत, सुक्खा, चाखै नलाग्ने, साथै मानिसहरूका पाप, तिनीहरूका एकलोपन, र तिनीहरूका अनन्त लक्ष्यको उत्तरको रूपमा येशू ख्रीष्टलाई प्रस्तुत गर्ने केही पनि हुँदैन। ‘मेरो एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन!’ म श्री रिक वारेनको चर्चमा पनि गएको छु! म डल्लासको पहिलो ब्याप्टिस्ट चर्चमा गएको छु! म बी.बी.एफ.आइ. चर्चहरूमा गएको छु! ती चर्चले आफ्नो होश यति साह्रो गुमाएको छ कि ‘तिनलाई खान दिन मसँग केही छैन’ भन्ने थाहा समेत पाउँदैनन्

यसको उत्तर पद ९ र १० मा पाइन्छः

‘म तिमीहरूलाई भन्दछु, माग त तिमीहरूलाई दिइनेछ। खोज त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। तिमीहरूमध्ये कुनचाहिँ बाबु होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ’ (लूका ११:९-१३)।

येशूले हामीलाई पिताले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा’ नदिऊञ्जेल खोज्नु, ढकढक्याउनु र माग्नु (लूका ११:१३)भन्नुहुँदै यो दृष्टान्त समाप्त गर्नुहुन्छ। मागिरहनुहोस् (मूल भाषा ग्रीकमा यसको अर्थ यही हुन्छ)। खोजिरहनुहोस्! ढकढक्याइरहनुहोस्! मागिरहनुहोस्!

तपाईंहरू बुझ्नुहुन्छ, सेवाहरूमा हामीसँग पवित्र आत्मा हुनुपर्छ। हामीसँग पवित्र आत्मा हुनु पर्छ, नत्र येशू महत्त्वपूर्ण बन्नुहुन्न- अनि येशू उपस्थित पनि हुनुहुन्न! अनि कसैले पनि उद्धार पाउँदैन! पद ८ मा उद्धारकर्ता भन्नुहुन्छ,

‘मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्’ (लूका ११:८)

जुन ग्रीक शब्दलाई यहाँ ‘खुरन्धार’ भनी अनुवाद गरिएको छ, किङ जेम्समा त्यसको अर्थ ‘लाजै नमानी मागेको मागेकै गर्नु’ भन्ने छ। खुरन्धार- को अर्थ हामीले सबै सेवामा पवित्र आत्माको शक्तिका निम्ति प्रार्थना गर्नुपर्छ भन्ने हो। उजाड्-स्थानमा इस्राएलीहरूले यदि ‘मन्न’ एक रात राख्ने कोसिस गरे त्यो कुहुन्थ्यो। आज पनि त्यस्तै हुन्छ। हामीले प्रत्येक प्रार्थना सेवा र अरू सेवाभन्दा अघि ‘नलजाई मागिरहेनौं’ भने प्रार्थना सेवाहरू र अन्य सेवाहरू कुहुन्छन्!

हामीले येशूलाई सेवादेखि बाहिर राखेका छौं- जसरी प्रकाशको पुस्तकमा लाउडिकियाको चर्चले पनि उहाँलाई त्यसरी नै बाहिर राखेको थियो। त्यो मनतातो थियो। कुनै जोश थिएन। कुनै गर्जन थिएन। सशक्त भजन गान थिएन। कुनै प्रचार थिएन- बाइबलको एक-एक पदको मृत व्याख्यात्मक प्रवचन मात्र! व्याख्यात्मक प्रवचन दिमागसँग बोल्छ! सुसमाचारीय प्रवचन हृदयसँग बोल्छ! हृदयसँग नै बोल्छ! ‘किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ, र ऊ निर्दोष ठहरिन्छ’ (रोमी १०:१`०)। हृदयले गर्ने विश्वास, दिमागले गर्ने होइन! मनले मात्र होइऩ! ख्रीष्ट मानिसको हृदयमा नै बोल्नुपर्छ नत्र कसैले पनि उद्धार पाउँदैन- वा कोही पनि फेरि जीवित पारिँदैन, वा कसैले पनि जीवनको रोटीको स्वाद पाउँदैन। येशू हाम्रा मनताता सुसमाचारीय र ब्याप्टिस्ट चर्चहरूदेखि बाहिर राखिनुभएको छ। बाहिर राखिनुभएको, बाहिर राख्नुभएको, बाहिर राखिनुभएको छ! येशू भन्नुहुन्छ, ‘म ढोकामा उभिएर ढकढक्याउँछु’ (प्रकाश ३:२०)। उहाँ चर्चदेखि बाहिर बसेर किन ढोका ढकढक्याउँदै हुनुहुन्छ? किनकि हामीले उहाँलाई बाहिर राखेका छौं, त्यही कारणले। यदि हामीले हरेक सेवामा पवित्र आत्माका निम्ति प्रार्थना गरेनौं भने ती सेवामा येशूको उपस्थिति हुनेछैन। येशू त्यस बेला मात्र आउनुहुन्छ, जब पवित्र आत्माको उपस्थिति हुन्छ, अनि पवित्र आत्मा त्यत्ति बेला मात्र उपस्थित बन्नुहुन्छ जब हामी उहाँ आऊन् भनी प्रार्थना गर्दछौं। हामीले उहाँ ओर्लेर आऊन् भनी प्रार्थना गऱ्यौं भने मात्र उपस्थित हुनुहुन्छ। हाम्रा धेरैवटा सेवा केथोलिकहरूका मिस्सा सेवाभन्दा बढी सजीव हुँदैनन्। त्यो तपाईंले देख्नुभएको छ। वास्तवमा, त्यो केथोलिक मिस्सा सेवाभन्दा बढी घातक हुन्छ। मैले भनेको कुरा सत्य हो भनी तपाईं जान्नुहुन्छ!

‘किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन’ (लूका ११:५,६)।

त्यो मध्यरातमा त्यस व्यक्तिले मागेको ‘रोटी’ के थियो? उसले आफ्नो छिमेकीको ढोका ढकढक्याउँदा के चाहेको थियो? उसले जुन रोटी खोज्यो, जुन रोटीका निम्ति उसले ढोका ढकढक्यायो, जुन रोटी उसले माग्यो त्यो स्वयम् येशू हुनुहुन्थ्यो। ती पापीहरूका निम्ति चाहिएको थोक अर्को के हुन सक्छ? येशूले १३औं पदको अन्त्यमा भन्नुभयो, ‘तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ’ (लूका ११:१३)?’ स्कोफिल्ड बाइबलको टिप्पणीले यहाँ एउटा कुरा छुटाएको छ। त्यस प्रार्थनाको योद्धाले आफ्नै निम्ति पवित्र आत्मा मागिरहेको छैन। उसले आफ्ना हराएका मित्रहरूले पवित्र आत्मा पाऊन् भनी प्रार्थना गरिरहेको छ, जुन मित्रहरूका हृदय पवित्र आत्माले खोलिदिनुभएन भने र तिनीहरूलाई येशूतिर खिँच्नुभएन भने तिनीहरूले कहिल्यै पनि येशूमा विश्वास गर्नेछैनन्। ।।

‘किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’

साँच्चै, यदि परमेश्वरले तपाईंका प्रार्थनाको उत्तरको रूपमा पवित्र आत्मा दिनुभएन भने तपाईंसँग हराएका पापीहरूलाई दिन सक्ने कुनै कुरा हुनेछैन। डा. जोन आर. राइसले ठिकै भनेका छन्।

     येशूले यस शिक्षाको आखिरी समयसम्म उहाँले चेलाहरूलाई... साँचो जागृति ल्याउनुहुने, पापीहरूलाई दोषी ठहराउनुहुने, र तिनीहरूलाई परिवर्तन गर्नुहुने, अनि परमेश्वरको मानिसलाई बुद्धि, शक्ति र नेतृत्त्व क्षमता दिनुहुने पवित्र आत्माका निम्ति प्रार्थना गर्न सिकाइरहनुभएको छ भन्ने कुरा स्पष्ट शब्दमा व्यक्त गर्नुभएन। जब हामी पापीहरूका लागि रोटीका निम्ति प्रार्थना गर्छौं, त्यस बेला हामीलाई साँच्चै परमेश्वरका पवित्र आत्मा चाहिन्छ भनिरहेका हुन्छौं (राइस, ऐजन, पृष्ठ ९६)।

अब म तपाईंहरूलाई भन्दछु, जो अझैसम्म हराउनु भएको छ। यो दृष्टान्तको रोटी येशू ख्रीष्ट हुनुहुन्छ। तपाईंहरूलाई अरू कुनै पनि कुराको भन्दा बढी प्रभु येशू ख्रीष्टको खाँचो छ। हाम्रो चर्चका सेवाहरूमा पवित्र आत्मा आउनुभएन भने तपाईंले कहिल्यै पनि आफूलाई पापको दोषी महसुस गर्नुहुनेछैन। येशूले भन्नुभयो,

‘जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई...दोषी ठहराउनुहुनेछ’(यूहन्ना १६:८)।

हामीले पवित्र आत्मा ओर्लेर आई तपाईंजस्तो हराएका पापीहरूलाई आफ्नो हृदयमा भएको पाप, साथै तपाईंको कठोर हृदय कति पापमय छ भनी महसुस गराऊन् भनेर प्रार्थना गरिरहेका छौं। यदि पवित्र आत्माले तपाईंलाई यस्तो कुनै कुरा महसुस गराउनुहुन्न भने तपाईंले कहिल्यै पनि आफूलाई ख्रीष्टको आवश्यकता भएको महसुस गर्नुहुन्न।

साथै, परमेश्वरका आत्माले तपाईंलाई पूर्ण उद्धार पाउन ख्रीष्टतिर खिँचून् भनेर पनि हामीले प्रार्थना गर्नैपर्छ। किनकि उद्धारकर्ताले भन्नुभएको छ,

‘मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन’ (यूहन्ना ६:४४)।

यसैले, परमेश्वरका आत्माले तपाईंलाई येशूतिर खिँचून् भनी हामीले प्रार्थना गर्नै पर्छ, किनकि येशूले मात्र तपाईंलाई पाप र नरकबाट बचाउन सक्नुहुन्छ।

अहिलेसम्म तपाईंले सुसमाचार मात्र सुन्नुभएको छ। येशू तपाईंको पापको मूल्य चुकाउन क्रूसमा मर्नुभयो भन्ने मात्र सुन्नुभएको छ। येशूको रगतले तपाईंका पापहरू पखाल्न सक्छ र परमेश्वरको नजरमा तपाईंलाई धर्मी ठहराउन सक्छ भन्ने मात्र सुन्नुभएको छ। येशू मरेकोबाट फेरि जीवित हुनुभयो भन्ने मात्र सुन्नुभएको छ। अनि उहाँ स्वर्गमा जीवित हुनुहुन्छ, र तपाईंको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ भन्ने मात्र सुन्नुभएको छ। यी कुराहरू मात्र तपाईंले सुन्नुभएको छ, तर ती कुराहरू तपाईंको तपाईंको आफ्नै जीवनमा कहिल्यै पनि अनुभव गर्नुभएको छैन। यदि तपाईं हप्तैपिच्छे चर्चमा बस्न मात्र आउनुहुन्छ, र घरीघरी ती सुन्नु मात्र हुन्छ भने कहिल्यै पनि ती कुराको अनुभव गर्नुहुनेछैन। ती कुराहरू भन्दा केही बढी कुरा हुनुपर्छ, नत्र तपाईं उद्धार पाउन सक्नुहुन्न!

पवित्र आत्मा ओर्लेर आउनुहुन्छ, तपाईंलाई पापी महसुस गराउनुहुन्छ। पवित्र आत्मा ओर्लेर आउनैपर्छ र तपाईंलाई येशूतिर खिँच्नुपर्छ। पवित्र आत्मा ओर्लेर आउनैपर्छ, अनि जीवित ख्रीष्टको साथमा परमेश्वर र मानिसको भेटको अनुभव तपाईंलाई दिनै पर्छ। तपाईं उद्धारकर्तातिर खिँचिनु हो भने एउटा आश्चर्यकर्म हुनु पर्छ। तपाईंले नयाँ जन्म पाउनका निम्ति आश्चर्यकर्म हुनुपर्छ। अनि परमेश्वरका आत्माले मात्र तपाईंको जीवनमा आश्चर्यकर्म गर्न सक्नुहुन्छ। तपाईंका आत्मिक खाँचोहरू पूरा गर्न यदि पवित्र आत्मा उपस्थित हुनु भएन भने तपाईंका आत्मिक खाँचोहरू पूरा हुनेछैनन्, यदि हाम्रा सेवाहरूमा आत्मा हुनुभएन भने, यदि उहाँ अनुपस्थित रहनुभयो भने हामी यति मात्र भन्न सक्छौं,

‘किनकि मेरा एक जना साथी... मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन’ (लूका ११:६)।

यसैकारण हामीले तपाईंको उद्धार होस् भनी प्रार्थना गऱ्यौं। त्यसैकारण हामी निरन्तर मागिरहन्छौं। त्यसैकारण हामी निरन्तर खोजिरहन्छौं। त्यसैकारण हामी निरन्तर ढकढक्याइरहन्छौं- अनि परमेश्वरले स्वर्ग उघारेर तपाईंको हृदय परिवर्तन गर्न, तपाईंलाई बदल्न र तपाईंलाई अनन्त जीवन दिन पवित्र आत्मा पठाउनु नभएसम्म हामी त्यसै गरिरहनेछौं। येशूले भन्नुभयो, उहाँका ‘पिताले उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुनेछ’ (लूका ११:१३)। अनि हामीले तपाईंका निम्ति प्रार्थना गरिरहेका छौं। परमेश्वरले उहाँका आत्मा पठाएर तपाईंलाई आफ्ना पापको निम्ति दोषी महसुस गराऊन्, अनि अचम्मको हृदय परिवर्तनको अनुभवद्वारा तपाईंलाई ख्रीष्टतिर खिँचून् भनी हामीले प्रार्थना गरिरहेका छौं। ख्रीष्टले उहाँको रगतले तपाईंका पापहरू पखाल्नुहुनेछ। ख्रीष्टले उहाँको धार्मिकताको वस्त्र तपाईंलाई पहिराउनुहुनेछ र परमेश्वरलाई प्रेम गर्ने र पापलाई घृणा गर्ने हृदय तपाईंलाई दिनुहुनेछ। उहाँले तपाईंको ढुङ्गाको हृदय हटाएर तपाईंलाई मासुको हृदय दिनुहुनेछ! ‘तिम्रो निम्ति म प्रार्थना गर्दछु’ भन्ने कोरस गाऔं।

तिम्रो निम्ति म प्रार्थना गर्दैछु, तिम्रो निम्ति म प्रार्थना गर्दैछु,
   तिम्रो निम्ति म प्रार्थना गर्दैछु,
म तिम्रो निम्ति प्रार्थना गर्दैछु।
   ('आइ एम प्रेइङ फर यू,' एस ओ.मल्ले क्लगद्वारा रचित, १८३७-१९१०)

बितेको आइतबार राति हामीले पवित्र आत्माका निम्ति प्रार्थना गऱ्यौं। सबै जना गए र म डा. केगनको साथमा बसेँ। त्यसपछि टम जिया आइन् र उद्धार पाइन- किनकि प्रार्थनाद्वारा पवित्र आत्मालाई ओह्रालिएको थियो! आमेन! आमेन!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री जोन शमूएल केगनद्वारा पवित्रशास्त्र पठन गरियो– लूका ११:५-१३
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ एम प्रेइङ फर यू,' एस ओ.मल्ले क्लगद्वारा रचित, १८३७-१९१०)