Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ओइलाउँदै गएको परमेश्वरका आत्माको काम

THE WITHERING WORK OF GOD’S SPIRIT
(Nepali)

द्वाराडा. आर.एल.हिमर्स,जुनियर
by Dr. R. L. Hymers, Jr.

१२ मार्च,२०१७, आइतबार बेलुकी लसएन्जलसकोदब्याप्टिस्टटेबरनेकलमा
प्रचारगरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 12, 2017


उदारवादी सेमिनरीमा हामीलाई यशैयाको पुस्तक दुइवटा थिए भनी शिक्षा दिइन्छ। तर तिनीहरूका शिक्षा गलत हुन्। यशैयाको पहिलो ३९ वटा अध्यायले पाप र मानिसहरू निर्वासनमा जानेबारे चर्चा गर्छन्। तर ४० औं अध्यायदेखि अन्त्यसम्म अगमवक्ताले तिनीहरूका छुटकाराको विषयमा कुरा गर्छन्। दोस्रो भागले ख्रीष्टको दुःखभोगद्वारा उद्धार पाइने कुरा गर्दछ।

‘एउटा आवाजले भन्छ,‘करा।’ अनि मैले भनें, ’म के भनेर कराऊँ?‘सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्। घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैंभरि अटल रहनेछ।’ (यशैया ४०:६-८)

‘एउटा आवाजले भन्छ, ‘करा।’ अगमवक्तासँग बोल्ने त्यो आवाज कुन थियो? त्यो माथि ५ पदमा भनिएको ‘परमप्रभुको मुख’ थियो। ‘करा’ को निम्ति हिब्रू शब्द हो,करआहो। यसको अर्थ ‘भेटिएको (सामुन्न परेको) व्यक्तिलाई बोलाउनु’ हो (स्ट्र्ङ ७१२१)। यशैया ५८:१ मा प्रयोग गरिएको हिब्रू शब्द पनि यही नै हो,

‘चर्कोगरी करा, नथाम्। तुरहीको आवाजजस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।’ (यशैया ५८:१)

त्यसैकारण बप्तिस्मा दिन यूहन्नाले प्रचार गरे। बप्तिस्मा दिने यूहन्नाले यशैया ४०:३ लाई संकेत गरे। तिनले भने,‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड्-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ’ (यूहन्ना १:२३; यशैया ४०:३)। यूहन्ना १:२३ मा‘कराउने’का निम्ति प्रयोग गरिएको ग्रीक शब्द बोआउ हो। यसको अर्थ‘कराउनु.. चिच्याउनु’ हो (स्ट्रङ्ग)। हिब्रू शब्द र ग्रीक शब्दले यसको अर्थ ‘चर्को गरी कराउनु’ (यशैया ५८:१) हो भन्दछ।यसको अर्थ एक प्रचारक परमेश्वरको एक प्रवक्ताको रूपमा जोड्सँगले कराउनु पर्छ भन्ने हो। हराएका र भ्रममा परेका मानिसहरूको अगि ‘कराउनु र चिच्याउनु’ हो। प्रचारकहरूले तिनीहरूका श्रोताको अगाडि कराएर परमेश्वरको वचन भन्नुपर्छ। खेदको कुरा, आज यस्तो किसिमको प्रचार लोकप्रिय छैन।आज प्रचार गरिँदा मुख्य रूपले बाइबलको आज्ञापालन गरिँदैन। पुरानो समयकाहरूले भनेझैं आधुनिक प्रचारकहरू ‘प्रचार गर्न छाडेर शिक्षा दिनतिर’ लागेका छन्। यी आधुनिक सेवकहरू परमेश्वरको आज्ञापालन गर्दैनन्। परमेश्वरले यशैयालाई भन्नुभयो, ‘चर्को गरी करा, नथाम्।’ आधुनिक प्रचारले येशूको उदाहरण पछ्याउँदैन। येशू ‘मन्दिरमा उच्च सोरले कराउनुभयो’ (यूहन्ना ७:२८), तिनीहरू यूहन्ना ७:३७ मा येशूले गर्नुभएको जस् पनि गर्दैनन्, जुन बेला उहाँ ‘उभिएर उच्च सोरमा बोल्नुभयो।’ तिनीहरू पेन्तिकोसको दिन पत्रुसले गरझैं पनि गर्दैनन्। तिनी ‘उभिएर उच्च सोरमा बोले,’ अनि परमेश्वरले तिनलाई दिनुभएका वचनहरू उच्च सोरमा बोले (प्रेरित २:१४)। डा. जोन गिलले भनेका छन्, ‘सारा भीडले तिनको कुरा सुन्न सकोस् भनी, साथै तिनमा भएको आत्माको र धैर्यको जोश र उत्साह देखाउन भनी तिनी उच्च सोरमा बोले, किनकि तिनलाई माथिबाटको आत्मा दिइएको थियो, तिनीहरू मानिसहरूसँग डराउँदैन थिए’ (एन एक्स्पोजिसन अफ द न्यू टेस्टामेन्ट, प्रेरित २:१४को टिपोट) । यसैले, मैले फेरि दोहोऱ्याएर भन्नै पर्छ, आज हाम्रा पुल्पिटहरूमा परमेश्वरको मूल आज्ञा उल्लङ्घन गरिन्छ, व्यवहार र प्रचार गर्ने शैलीमा गरिने एउटा भयानक अनाज्ञाकारिता। प्रेरित पावलले यो अन्तिम समयको एउटा चिन्हको रूपमा दिएका छन्। तिनले भने, ‘वचन प्रचारगर,... किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन्, र आफ्नो रुचिअनुसार (तिनीहरूका कानलाई खुशी पार्ने,NASV) शिक्षकहरू थुपार्नेछन्’(२ तिमोथी ४:२,३)। हाम्रो समयमा ‘शिक्षा’ बारम्बार दिने गरिन्छ, तर प्रचार गर्न भुलिएको छ। हामीले सुन्ने सबै शिक्षा मात्र हुन्छन्- कुनै अत्यन्त जरूरीको भाव र जोशविनाको ‘शिक्षा’। त्यस्ता कुरा तिनीहरू आजका सेमिनरीहरूमा सिक्छन्। धूलोजस्तो सुक्खा, एक-एक पदको शिक्षा दिन्छन्। कसैलाई पनि सुसमाचार सुनाइँदैन, अनि त्यस्तो ‘शिक्षा’ ले तिनीहरूका निद्रा भङ्ग गर्न सक्दैन। तपाईं बाख्राहरूलाई भेडा बन्न ‘सिकाउन’ सक्नुहुन्न। तिनीहरूलाई तिनीहरूका पापमय र अल्छी अवस्थाको विषयमा प्रचार गर्नुपर्छ। ‘एउटा आवाजले भन्छ, करा’ (यशैया ४०:६)। यो वास्तविक सुसमाचार प्रचार गर्न शैली हो। मरेका हृदयहरू र सुतेका मनहरूलाई जगाउन यस्तै प्रचारलाई परमेश्वरले प्रयोग गर्नुहुनेछ! आत्मालाई जगाउने प्रचारले मात्र यो काम गर्न सक्छ। ब्रेन एच. एडवर्डसले भनेका छन्, ‘जागृतिको प्रचारमा हृदय र विवेकमा परमेश्वरको वचनलाई घनजस्तो प्रयोग गर्ने शक्ति र अधिकार हुन्छ। आज गरिने हाम्रो प्रचारमा विशेष गरी यही कुरा पाइँदैन। जागृतिमा प्रचार गर्ने मानिसहरू सधैं निडर र हतारमा हुन्छन्’ (रिभाइभल! अ पिपल सेचुरेटेड विद गड, इभान्जलिकल प्रेस,१९९७ संस्करण, पृष्ठ १०३)। डा. लोयड-जोनेस बीशौं शताब्दीका एक महान् प्रचार थिए। तिनले भने, ‘प्रचार के हो? यो आगोसहितको तर्क हो! यो आगोसहितको ईश्वरशास्त्र हो। अनि जुन ईश्वरशास्त्रमा आगो हुँदैन त्यो त्रुटि भएको ईश्वरशास्त्र हो... प्रचार भनेको आगो भएको व्यक्तिबाट आउने ईश्वरशास्त्र हो। म भन्छु, जुन व्यक्ति कुनै जोशविना यी विषयहरूमा बोल्छ, उसँग पुल्पिटमा उभिने कुनै अधिकार हुँदैन, अनि त्यस्तो व्यक्तिलाई पुल्पिटमा प्रवेश गर्न पनि दिनुहुँदैन’( प्रिचिङ एन्ड प्रिचर्स, पृष्ठ ९७)।

अनि यशैयाले भने,‘म के भनेर कराऊँ?’ एक जना केटोले मलाई उसको समिनरीको प्रोफसरले भनेका कुरा बतायो। ती प्रोफेसरले छ महिनासम्मको प्रवचनको योजना अघिबाटै तयारी गर्नुपर्छ भनेछन्। त्यसो गर्न मानिसलाई म अति नै घृणा गर्छु। त्यसो गर्ने मानिससँग वास्तविक परमेश्वरले दिनुभएको प्रवचन हुँदैन। त्यो सम्भव हुँदैन।स्पर्जन सबैभन्दा महान्प्रचारक थिए। उनले कहिल्यै त्यसो गरेनन्। एक साँचो प्रचारकले परमेश्वरसँग आफ्ना प्रवचनहरू माग्नुपर्छ, अनि परमेश्वरले ती दिनुहुन्छ भनी पर्खनुपर्छ।‘म के भनेर कराऊँ?’ परमेश्वरले मलाई प्रचार गर्न जुन सन्देश दिनुहुन्छ, त्यो मैले उच्च सोरमा प्रचार गर्नुपर्छ। कसैले भनेअनुसार म हिटलरले जस्तो प्रचार गर्छु रे। एक अर्थमा उसले ठिकै भनेको छ। हिटलरले ठूलो जोशको साथमा झुटा कुराहरू बोले। हामीले ठूलो जोशको साथमा सत्य कुराहरू बोल्नुपर्छ। जोशिलो प्रचारले मात्र मानिसहरूलाई क्रियाशील बनाउँछ। व्याख्यात्मक प्रचारले तिनीहरूलाई निद्रामा पार्छ। डा. लोयड-जोनेसले भनेका छन्, ‘अहिलेको समयको प्रचारले मानिसहरूको उद्धार गराउँदैन। त्यसले मानिसहरूलाई चिढाउँदैन पनि, बरु तिनीहरू जहाँ हुन्छन्, त्यहीं छोडिदिन्छन्, तिनीहरूमा अलिकति पनि विचलित पार्दैन।’ यो गलत हो। तिनीहरू विचलित हुनु पर्छ।

‘एउटा आवाजले भन्छ, ‘करा।’ अनि मैले भनें, ’म के भनेर कराऊँ?‘सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव(मन पर्न कुरा) घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ,’ (यशैया ४०:६-८)

१. पहिलो, जीवन छोटो छ भनी म कराउनै पर्छ।

‘एउटा आवाजले भन्छ, ‘करा।’ अनि मैले भनें, ’म के भनेर कराऊँ?‘सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव(मन पर्न कुरा) घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ,’ (यशैया ४०:६-८)

जीवन चाँडै बितिजान्छ। यो अति चाँडै भैहाल्छ। तपाईं सधैंभरि जवान नै रहनुहुन्छ जस्तो लाग्छ, तर यो चाँडै बितेर जान्छ। मैले मेरो जीवनकथा लेख्दैछु। मेरो छोरा रोबर्टले मलाई त्यो लेख्न लगाएको हो। अबको केही हप्तामा म छयात्तर वर्षको हुँदैछु। केही महिना अघिसम्म म जवान थिएँ जस्तो लाग्छ। तपाईंलाई पनि त्यस्तै हुनेछ। ग्रीष्मको सूर्य उदाउँछ। घाँसहरू खैरा हुन्छन्। फूलहरू ओइलाउँछन् र मर्छन्। जीवन परिवर्तनशील, छिटोछिटो चल्ने, अस्थायी, छोटो र केही समयसम्म मात्र रहने किसिमको हुन्छ। प्रेरित याकूबले यसको बारेमा बताएका छन्। तिनले भने,

‘तर धनी...दीन बनाइन्छ, किनकि ऊ घाँसको फूलजस्तै ओइलिजानेछ। किनभने डढाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ, र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ’(याकूब १:१०-११)।

थोरै मानिसले मात्र यो कुरा बुझ्दछ। यथार्थलाई नबुझी तिनीहरू यो संसारमा अगाडि बढ्न काम गर्छन् र पैसा कमाउँछन्- जीवन तिनीहरूले सोचेका भन्दा चाँडै बितेर गइहाल्छ। सी. टी. स्टुड(१८६०-१९३१) यो कुरा बुझ्ने केही धनी मानिसमध्ये एक थिए। तिनको पैतृक सम्पत्ति धेरै थियो, तर तिनले ती सबै त्यागे र मिसनेरी बनी चीन देश गए- अनि पछिबाट अफ्रिकाको मध्यभागमा गए, जुनबेला त्यो ठाउँ अति खतरनाक थियो। अनि सी. टी. स्टुडनै थिए, जसले यसो भने,

केवल एउटा जीवन,
     यो चाँडै बितिजानेछ;
जे ख्रीष्टको निम्ति गरिन्छ,
     त्यो मात्र बाँकी रहन्छ।

म चाहन्छु, प्रत्येक जवानले सी. टी. स्टुडको विषयमा पढ्नुहोस्, र तिनलाई तपाईँको एक जना आदर्श व्यक्ति बनाउनुहोस्।

केवल एउटा जीवन,
     यो चाँडै बितिजानेछ;
जे ख्रीष्टको निम्ति गरिन्छ,
     त्यो मात्र बाँकी रहन्छ।

प्रभु येशूले भन्नुभयो,

‘किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?’ (मर्कूस ८:३६,३७)

‘एउटा आवाजले भन्छ, ‘करा।’ अनि मैले भनें, ‘म के भनेर कराऊँ?‘सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव(मन पर्न कुरा) घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ,’ (यशैया ४०:६-८)

त्यसकारण, म प्रायः छोटो जीवनको बारेमा प्रचार गर्ने गर्छु। तपाईंले पनि तपाईंको जीवन छोटो छ भन्ने कुरा सम्झनु पर्छ। बाइबलले भन्छ, ‘हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं’ (भजन ९०:१२)।

२. दोस्रो, ओइलाउँदै गएको पवित्र आत्माको कामको विषयमा म कराउनै पर्छ।

‘ओइलाउनु’शब्दको अर्थ चाउरिनु, सुक्नु र ताजापन हराउनु हो। यशैया ४०:७ ले भन्छ,

‘घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।’ (यशैया ४०:७)

स्पर्जनले भने,‘बतासजस्तै परमेश्वरका आत्मा तपाईँको प्राणको क्षेत्रबाट भएर जानुपर्छ, अनि (तपाईँको) सुन्दरतालाई ओइलाउँदा गरेको फूलजस्तो बनाउनुपर्छ। उहाँले तपाईँलाई पापको दोषी ठहराउनै पर्छ... अनि (तपाईंको) पतित स्वभाव आफैमा भ्रष्ट छ भनी (तपाईंलाई) देखाउनुपर्छ, अनि जो ‘शरीरमा जिउँछन् तिनीहरूले परमेश्वरलाई सक्दैनन्।’हाम्रो पहिलेको शारीरिक जीवनमाथि भएको मृत्युको आज्ञा (त्यो हामी महसुस गर्न सकौं)... रोगीलाई मात्र वैधको आवश्यकता पर्छ। सचेत भएको पापीले जब परमेश्वरसँग दयाको भीख माग्छ, त्यसबेला उसले तुरुन्तै शान्ति पाउनुको साटो परमेश्वरको क्रोध थाहा पाएर उसको प्राण झुकेको देखेर ऊ छक्क पर्छ। किनकि पहिले तपाईं एक अशुद्ध प्राणी हुनुहुन्छ भन्ने कुराको निम्ति शोक नगरी तपाईँलाई शुद्ध पार्ने कुरा (ख्रीष्टको रगत) लाई तपाईँ कहिल्यै पनि महत्त्व दिनुहुन्न’ (‘द विदरिङ वर्क अफ द स्पीरिट, पृष्ठ ३७५,३७६)।

त्यो ओइलिँदै गरेको पवित्र आत्माको काम हो। पवित्र आत्माको कामले नै तपाईंला झुटा आशाहरूलाई सुक्खा बनाउनुहुन्छ, त्यसले तपाईँको हृदयको मरेको अवस्था देखाउँछ, त्यसले तपाईँको मनबाट सबै आशाहरूलाई ओइलाइदिन्छ, त्यसले तपाईंको एक मात्र आशा ख्रीष्टमा मात्र छ भनी बुझ्ने बनाउँछ, जुन ख्रीष्ट तपाईँलाई पापदेखि बचाउन तपाईंको स्थानमा मर्नुभयो। जब पवित्र आत्माले तपाईंको आत्मालाई ‘ओइलाउनुहुन्छ,’ तब तपाईंको तथाकथित ‘असलपना’ अरू केही नभएर फोहोर थाङना मात्र हो, तपाईंले अहिलेसम्म गर्नुभएको कुनै पनि कुरा परमेश्वरमा ग्रहणयोग्य छैन, तपाईंले गर्नुभएका सबै कुराले तपाईँलाई दण्ड र नरकबाट बचाउन सक्दैन भनी बुझ्नुहुनेछ।

त्यसैकारण परमेश्वरले तपाईंमा झुटो परिवर्तन हुन दिनुहुन्छ। तपाईंलाई शान्ति दिनुभन्दा अघि उहाँले तपाईंलाई धेरैवटा झुटो परिवर्तनमा पर्न दिनुहुन्छ। त्यसको अर्थ परमेश्वरले तपाईंलाई त्याग्नुभयो भन्ने होइन। कदापि होइन।परमेश्वरले ती झुटा परिवर्तनहरूलाई प्रयोग गरिरहनुभएको हुन्छ। तपाईंलाई ‘सबै प्राणी घाँसजस्तै हो, अनि धर्मकर्म पनि मैदानको फूलजस्तै हुन्’ कराउने बनाउनका निम्ति उहाँले ती प्रयोग गरिरहनुभएको हुन्छ। तपाईंले आफैलाई बचाउनका निम्ति गरिरहनु वा भनिरहनुभएको तपाईंको झुटो आशालाई परमेश्वरले ओइलाउँदै, सुकाउँदै हुनुहुन्छ। जोन न्यूटनले भने,

म आशा गर्छु, कुनै अनुकूल घडी
     उहाँले मेरो बिन्ती सुन्नुहुनेछ,
अनि उहाँको प्रेमको करमा पार्ने शक्तिले
     मेरो पापलाई वशमा पार्छ र मलाई विश्राम दिन्छ।

यसको साटो उहाँले मलाई मेरो हृदयमा
     लुकेका खराबीहरू महसुस गराउनुभयो,
अनि नरकको क्रोधित शक्तिहरूले
     मेरो प्राणलाई हरेक भागमा आक्रमण गर्छ।

अयाकोलाई सोध्नुहोस्! डेनीलाई सोध्नुहोस्! जोन केगनलाई सोध्नुहोस्! मलाई सोध्नुहोस्! परमेश्वरले विश्राम दिऊन् भनी हामी सबैले उहाँलाई उच्च सोरले पुकाऱ्यौं- तर त्यसको साटो उहाँले हामीलाई शैला गानको जस्तो अनुभव दिनुभयो। तिनले भनिन्, ‘मैले आफैसँग अति विरक्त भएकी थिएँ।’ अर्की केटीले भनी, ‘म आफैसँग अति अप्रसन्न थिएँ। डा. केगन र मैले तिनले‘अप्रसन्नता’ मात्र होइन, तर त्योभन्दा बढी केही अनुभव गर्नुपर्छ भनी तिनलाई भन्यौं। शैलाले जस्तो उसले पनि आफू ‘विरक्त’ भएकी अनुभव गर्न पर्थ्यो। जबसम्म तपाईँ आफैसँग पूर्ण रूपले विरक्त भएको अनुभव गर्नुहुन्न, तबसम्म तपाईँ ओइलाउँदै गर्नुभएको, भित्रिय रूपमा हराएको अनुभव गर्नुहुन्न, जुन अनुभव साँचो रूपले परिवर्तन हुने व्यक्तिहरूले गर्दछन्। ई

‘...सुकेको (पानीजस्तो)...लज्जित, हराएको, र ओइलाएको’ (स्ट्रङ #३००)

‘घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।’ (यशैया ४०:७)

तपाईँको हृदयमा ठिक यस्तै हुनुपर्छ। पवित्र आत्माले तपाईंको आत्म-विश्वासलाई ओइलाइदिन र सुकाउनु पर्छ। जबसम्म तपाईंको हृदय मुर्झाउँदै गरेको फूलजस्तो ओइलाउँदैन- जबसम्म तपाईँको आफ्नै भ्रष्ट स्वभावको निम्ति तपाईँ असहज र लज्जित बन्नुहुन्न। जसरी शैलाले तिनी परिवर्तन हुनुभन्दा अघि भनिन,‘म आफैसँग अति विरक्त भएकी थिएँ।’ साँचो परिवर्तन हुँदा ठिक यस्तै कुरा हुन्छ।

‘घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।’ (यशैया ४०:७)

जब तपाईं आफैसँग विरक्त बन्नुहुन्छ, तब हामीले तपाईंलाई येशूमा विश्वास गर्नुहोस् भन्ने पर्छ। उहाँले आफ्नो रगतले तपाईंका पापहरूबाट तपाईंलाई शुद्ध पार्नुहुन्छ, अनि तपाईंलाई परमेश्वरको दण्डबाट बचाउनुहुन्छ।

महान् प्रचारक जर्ज व्हाइटफिल्डले भने, ‘के तपाईं येशूमा विश्वास गर्नुहुन्न भन्ने कुरा परमेश्वरले कहिल्यै तपाईंलाई देखाउनुभएको छ? के तपाईंले कुनै बेला‘हे प्रभु, मलाई ख्रीष्टमा रहिरहन सहायता गर्नुहोस्’ भन्दै प्रार्थना गर्नुभएको छ? तपाईं आफै ख्रीष्टमा आउन असक्षम हुनुहुन्छ भन्ने कुरा के परमेश्वरले कहिल्यै तपाईंलाई बताउनुभएको छ, र ख्रीष्टमा विश्वास गर्नका निम्ति तपाईंलाई पुकारा गर्ने बनाउनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने तपाईं आफ्नो हृदयमा शान्ति पाउनुहुन्न। तपाईँको मृत्यु हुनुभन्दा र तपाईँको निम्ति कुनै मौका नहुनुभन्दा अघि नै परमेश्वरले येशूमा तपाईंलाई पूर्ण शान्ति दिऊन्’ (द मेथोड अफ ग्रेस)। त्यो साँचो परिवर्तन हुनुभन्दा अघि तपाईंले आफूभित्र पापसँग त्यस्तो जोरदार संघर्षको अनुभव गर्नुपर्छ। गेतसमनीको बगैंचामा तपाईंका पाप बोकाइँदा येशूले जस्तो अनुभव गर्नुभयो, तपाईंले त्यस्तै अनुभव गर्नुपर्छ। ख्रीष्टले गेतसमनीको बगैंचामा ‘मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। ...हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्’ (मत्ती २६:३८,३९) भन्नुहुँदा जस्तो अनुभव गर्नुभएको थियो, तपाईँले पनि ठिक त्यस्तै अनुभव गर्नुपर्छ।

कृपया, खडा भएर भजन नम्बर १० गाउनुहोस्। ‘आऊ सबै पापी।’

आऊ सब पापी, दीन, दरिद्र, लखतरान, दुःखित, अनाथ
   येशू तिमीलाई बचाउन पर्खिन्छन् प्रेम, शक्तिसाथ।
ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य
   ख्रीष्ट छन् राजी, नडराऊ, ख्रीष्ट छन् राजी नडराऊ।

आऊ सब बेसरी लादिएका, पापको सागरमा डुब्ने आऊ
   शुद्ध हुन पर्ख्यौ भने तिमी कहिल्यै आउँदैनौ
धार्मिक होइन, धार्मिक होइन, पापीलाई डाक्छन् येशू
   धार्मिक होइन, धार्मिक होइन, पापीलाई डाक्छन् येशू

देहधारी ईश्वर येशू स्वर्ग फर्के तारणहार
   राख उनैमा भरोसा, उनको वचनमा पत्यार
खाली येशू, खाली येशू, गर्छन् पापीलाई उद्धार
   खाली येशू, खाली येशू, गर्छन् पापीलाई उद्धार
(‘कम,ये सिनर्स,’ जोसेफ हार्ट, १७१२-१७६८-द्वारा रचित,
      पास्टरले केही फेरबदल गर्नुभएको)

अब परिवर्तन हुन लागेको एक व्यक्तिले भनेको कुरा सुन्नुहोस्। एक जवान मानिसको जीवन गवाही यस्तो छ।

मैले आफैलाई बचाउने उपाय खोजिरहेको थिएँ। म घमन्डले भरिएको थिएँ, यतिसम्मको घमन्डी कि म घमन्डी छु भन्ने कुरा आफैले पनि स्वीकार गर्दिनँथें। येशूमा विश्वास नगर्न मैले परमेश्वरसँग गरेको लडाइँ मलाई सम्झना छ। मैले बाइबल पढ्न थालें, प्रत्येक दिन प्रार्थना गर्ने ‘अभ्यास’ गर्न, र चर्चका कार्यक्रमहरूमा धेरै नै सहभागी हुन थालें। तर मैले आफैमा भित्रिय शान्ति पाइनँ। भित्रबाट म हराएको छु भनी म जान्दथेँ, तर घमन्ड र कायरताको कारण म त्यसको सामना गर्दिनँथें। म एक पापी हुँ भन्ने कुरादेखि म आफैलाई लुकाउँथे। त्यो विचार हटाउन, आफ्नो ध्यान अरूतिर लगाउन मैले सक्दो कोसिस गरें। मेरो विश्वासलाई सही ठहराउन, मेरो पापमय स्वभावबाट राम्रो महसुस गर्नका निम्ति मैले बहानाहरू खोज्थें। अनि परमेश्वरले स्वर्ग उघारेर जागृति पठाउनुभयो, एकचोटि फेरि मेरो अहङ्कारले गर्दा मलाई बचाउन येशूको आवश्यकता छ भनी मैले स्वीकार गर्न सकिनँ। यस बेला, म मानसिक रूपले थकित थिएँ। मैले जे गरे पनि म आफैलाई मेरो पापबाट बचाउन सक्दिनँ भनी बुझ्न थालें, येशूमा विश्वास नगरेको मेरो पाप, मेरो स्व-धर्मीपनको पाप। म असहाय थिएँ। येशूमा विश्वास गर्नका निम्ति मैले आफैसँग संघर्ष गरिरहेको थिएँ, तर मेरो घमन्डले मलाई त्यसो गर्न दिँदैनथ्यो। मैले आशा मारें, मैले आफैसँग हरेश खाएँ। मेरो पाप मेरा विचारहरू, मेरा सबै इन्द्रियहरूमा सरिरहेको छ जस्तोलाग्यो। मलाई जिउन पनि वाक्क लाग्यो। अनि त्यो क्षण एउटा आश्चर्यकर्मद्वारा येशू मकहाँ आउनुभयो, उहाँ मेरो जीवनमा आउनुभएको त्यो पहिलोपल्ट थियो, मैले उहाँमाथि विश्वास गरेँ। मैले येशूकहाँ आउने कोसिस गरिरहेको थिएँ, तर सकेको थिइनँ, अनि म कहिल्यै उद्धार नपाउने रहेछु भनी सोचिरहेको बेला येशू मकहाँ आउनुभयो। जब येशू मकहाँ आउनुभयो, उहाँमाथि विश्वास गर्नु सजिलो कुरा थियो... उहाँले मलाई स्वीकार गर्नुभयो र मलाई उहाँको रगतले धुनुभयो। ममा भएको सबै असलपना येशूको कारणले गर्दा भएको हो। येशूको बारेमा सोच्दा मैले मेरा आँसु रोक्न सकिनँ, खुशीका आँशुहरू, उहाँले मेरो निम्ति जे गर्नुभयो त्यसका निम्ति धन्यवादका आँशुहरू। मलाई येशूले जति धेरै प्रेम गर्नुहुन्छ त्यत्तिकै प्रेम सायद म उहाँलाई गर्न सक्दिनँ, मैले उहाँलाई जति नै धन्यवाद दिए पनि त्यो कम हुन्छ।म केवल मेरो सर्वोत्तम कुरा दिन, मेरो जीवन मेरा उद्धारकर्ता येशूलाई दिन मात्र सक्छु।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघिश्री बैंजामिनकिन्केडग्रिफिथद्वाराएकलगीतप्रस्तुत गरियो।
(‘कम, होलि स्पीरिट, हेभेन्ली डभ,’डा. आइजक वाट्स्, १६७४-१७४८- द्वारा रचित- ‘ओ सेट ये ओपन अनटु मी’ को लयमा)


रूपरेखा

ओइलाउँदै गएको परमेश्वरका आत्माको काम

THE WITHERING WORK OF GOD’S SPIRIT

द्वाराडा. आर.एल.हिमर्स,जुनियर
by Dr. R. L. Hymers, Jr.

‘एउटा आवाजले भन्छ, ‘करा।’ अनि मैले भनें, ’म के भनेर कराऊँ?‘सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्। घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैंभरि अटल रहनेछ।’ (यशैया ४०:६-८)

(यशैया ४०:५; ५८:१; ४०:३; यूहन्ना १:२३;
यूहन्ना ७:२८,३७; प्रेरित २:१४; २ तिमोथी ४:२,३)

१. पहिलो, जीवन छोटो छ भनी म कराउनै पर्छ, यशैया ४०:६,
याकूब १:१०-११; मर्कूस ८:३६-३७; भजन ९०:१२

२. दोस्रो, ओइलाउँदै गएको पवित्र आत्माको कामको विषयमा म कराउनैपर्छ,
यशैया ४०:७; मत्ती २६:३८-३९