Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




क्षमा नहुने पापहरू-
व्यवस्थित ईश्वरशास्त्रमा पाठ # १

THE UNPARDONABLE SIN –
LESSON #1 IN SYSTEMATIC THEOLOGY
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा
Dr. R. L. Hymers, Jr.

२५ फरवरी, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
सिकाइएको पाठ
A lesson given at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, February 25, 2017


‘त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन’ (मत्ती १२:३१-३२)।

१. पहिलो, क्षमा नहुने पाप के होॽ

रिफर्मेसन् स्टडी बाइबल (लिगनोनियर मिनिस्ट्रिज, २००५) ले भन्छ,

‘क्षमा नहुने पाप... भनेको पवित्र आत्माको विरुद्ध निन्दा गर्नु हो।’ यस प्रकारको ईश्वर-निन्दा मुखले बोलेर, शब्दको रूपमा बुझेर, हृदयका विचारहरूको रूपमा हुँदछ। त्यस विशेष घटनामा येशूका विरोधीहरूले तिनीहरूका बीचमा भैरहेका भलाइका कार्यहरू परमेश्वरको शक्तिद्वारा होइन, तर शैतानको शक्तिद्वारा भएका हुन् भनिरहेका थिए। प्रभु येशूले ईश्वर-निन्दा र अन्य पापहरू, जस्तै बोलेर गरिने अन्य पापहरू र अन्य सामान्य पापहरू बीचको भिन्नता बताउनुहुन्छ। बाइबलले सिकाउँछ, प्रभु येशूले व्यभिचार, हत्या, झुटो बोल्ने, साथै चर्चलाई सताउने पावलको पापसमेत क्षमा गरिदिनुभयो, जुन बेला तिनी परमेश्वरका मानिसहरूको विरुद्ध धम्की र हत्याको धुनमा हिँड्थे (प्रेरित ९:१)।

पवित्र आत्माको सम्बन्धमा क्षमा नहुने पापलाई अरू पापहरूभन्दा कुन कुराले भिन्न बनाउँछ। पापीहरूको मनमा ज्योति चम्काउने (एफिसी १:१७-१८), सुसमाचार प्रकट गर्ने र त्यसको शिक्षा दिने (यूहन्ना १२:२६) र मानिसहरूलाई पश्चात्ताप र विश्वास गर्न (ख्रीष्टमा) लगाउने काम पवित्र आत्माले नै गर्नुहुन्छ। आत्माले वचनको अर्थ मात्र नबताएर त्यो वचन ग्रहण गर्न हृदय पनि खोलिदिनुहुन्छ। जब उहाँको प्रभावलाई त्यो ज्ञानको विरुद्ध जानेर र बुझेर पनि अस्वीकार गरिन्छ तब जानीजानी दुर्भावनाको दृष्टिले गरिएको एउटा परिवर्तन नहुने पाप हुन जान्छ। त्यसको प्रतिक्रिया स्वरूप परमेश्वरबाट हृदय कठोर पार्ने काम हुन्छ, जसले पश्चात्ताप र विश्वास गर्न इन्कार गर्छ (हिब्रू ३:१२,१३)। यस्तो अवस्थामा परमेश्वरले त्यसरी मानिसको इच्छामा गरिएको निर्णयलाई स्थायी बन्न दिनुहुन्छ। परमेश्वरले यो कुरा हलुकासाथ वा कारणबिना गर्नुहुन्न, तर उहाँको प्रेमको विरुद्ध गरिएको अपराधको जवाफमा त्यसो गर्नुहुन्छ।

क्षमा नहुने पापको बारेमा बताउने अन्य बाइबल पदहरू हुन् हिब्रू ६:४६; १०:२६-२९ र १ यूहन्ना ५:१६,१७। यी पदहरूले त्यस्तो पाप हुन सक्ने सम्भावना देखाउँछ... प्रभु येशूले भन्नुभयो, ‘यो एउटा पाप- अर्थात् ईश्वर-निन्दाबाहेक हरेक पाप,’ अनि ‘जुन सुकै ईश्वर-निन्दा’ क्षमा हुनेछ।’

डा. हेनरी सी. थिस्सेनले आफ्नो पुस्तक इन्ट्रडक्टरी लेक्चर इन सिस्टेमेटिक थिअलजी (एर्डस्मन १९४९) मा भनेका छन्,

‘अति नै हठीपन (कठोर हृदय)का पापहरू। मानिसको प्राण (आत्मा) जुन हदसम्म कठोर हुन्छ त्यही हदसम्म त्यो परमेश्वरले दिन चाहनुहुने अनुग्रहलाई स्वीकार नगर्ने हुन्छ, यसैले दोष कुन हदसम्मको छ भन्ने निश्चित गर्दछ। अति नै हठीपन पवित्र आत्माको विरुद्ध हुने पाप हो र यो क्षमा गर्न नसकिने हुन्छ, किनकि त्यो सम्पूर्ण प्राण (आत्मा) ले ईश्वरीय प्रभाव ग्रहण गर्न छोडिसकेको हुन्छ’(पृष्ठ २७०)।

१. दोस्रो, क्षमा नहुने पापका उदाहरणहरू।

१. कयिन, ४:३-७,११-१२,१६

२. नोआको समयका मानिसहरू, उत्पत्ति ७१६-‘परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।’
(हेर्नुहोस्, मत्ती २४:३७-३८; हेर्नुहोस्, २ पत्रुस २:५)

३. सदोमका मानिसहरू, उत्पत्ति १९:१२-१५,२४,२६,

४. फारो, प्रस्थान ७:१४ ७:२२ ८:१५ ८:१९ ८:३२ ९:३५ १०:१७-२० ११:१०

५. एसाव, हिब्रू १२:१६-१७

६. कादेश-बर्नेमा इस्राएल, हिब्रू ३:७,८,१०-१२

७. ज्ञान पाएका(स्वाद चाखेका) मानिसहरू, हिब्रू ६:४-६

८. धनी जवान शासक, मत्ती १९:२२ रोमी १:२८-३२

९. यहूदा, मत्ती २७:३-५


हामीसँग हराएको त्यस्तो कुनै छोरा वा छोरी थिएन, जो फर्किआएर परिवर्तन भएको छ। त्योभन्दा अझ महत्त्वपूर्ण कुरा, हामीसँग त्यस्तो कुनै व्यक्ति छैन, जसले चर्च छोडेर गयो र पछिबाट परिवर्तन भयो। हामीलाई निश्चय गरी थाहा छैन, तर यस्तो लाग्छ, तिनीहरूमध्ये धेरैले क्षमा नहुने पाप गरेका छन्, हिब्रू ६:४-६


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।