Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




उद्धार कि नरकको यातना- कुनचाहिँ?

SALVATION OR DAMNATION – WHICH?
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

१९ फरवरी, २०१७, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, February 19, 2017


अगमवक्ता होशेले तिनको जीवनको अधिकांश समय इस्राएलको उत्तरी राज्यमा प्रचार गरे। होशेलाई ‘मन भाँचिएको अगमवक्ता’ भन्ने गरिएको छ। तिनको सन्देश तिनकी व्यभिचारिणी पत्नीप्रतिको तिनको प्रेममा आधारित थियो, जुन अविश्वासी इस्राएलप्रति भएको परमेश्वरको प्रेमजस्तो थियो। एफ्राइम इस्राएलका कुलहरूमध्ये सबैभन्दा ठूलो थियो। यसैले एफ्राइम नामको अर्थ सम्पूर्ण इस्राएल नै हुन पुग्यो। तिनीहरू मूर्तिपूजामा यति मग्न थिए, कि तिनीहरूमा जागृति आउला भन्ने कुनै आशा नै देखिँदैनथ्यो। हाम्रो आजको बाइबल पदमा परमेश्वरले होशेलाई तिनीहरूलाई प्रचार गर्न बन्द गर्नू भन्नुभएको छ, किनकि उहाँले तिनीहरूलाई त्याग्नुभएको थियो।

‘एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ’ (होशे ४:१७)।

विगत वर्ष हामीलाई जागृतिले अलिकति ‘छोएको’ थियो। हाम्रा केही सेवाहरूमा परमेश्वर ओर्लेर आउनुभयो र अनि दश जना व्यक्तिले विश्वास गरे भनी आशा गर्न सकिन्छ। तर तेह्र जना व्यक्तिको परिवर्तन वा विश्वास झुटो थियो। तिनीहरू अझै पनि हराएका अवस्थामा छन् र नरकतिर गइरहेका छन्।

ती सेवाहरूमा परमेश्वरले हामीलाई मुख्य रूपले यो सिकाउनुभयो कि परमेश्वर ओर्लेर आउनुहुँदा शैतान प्रचण्ड क्रोधित हुन्छ। परमेश्वर र शैतान वास्तविक रूपमा छन् भन्ने कुरा हामीले आफ्नै अनुभवद्वारा सिक्यौं। कम्तीमा पनि परिवर्तन भएका वा विश्वास गरेकाहरूले त्यो शिक्षा पाएका छन्।

हामीले चालीस वर्षसम्म जागृतिमा परमेश्वरको उपस्थितिको अनुभव गरेका थिएनौं। मैले कतिचोटि त्यस विषयमा प्रचार पनि गरेँ। तर मैले त्यसरी प्रचार गर्दा इस्राएलले होशेको प्रचारको विरोध गरेझैं हाम्रो चर्चका धेरै जना सदस्यले त्यसको विरोध गरे। अनि चर्चको दुइ चोटि ठूल्ठूला विभाजन हुँदा तिनीहरूमध्ये धेरै जना हाम्रो चर्च छाडेर गए। शैतानले तिनीहरूलाई जागृति कहिल्यै पनि हुँदैन भनी भनेको थियो। तिनीहरूले बाइबलमा भन्दा शैतानको कुरामा विश्वास गरे। धेरै संख्यामा तिनीहरू चर्च छाडेर गए। त्यो कुरालाई फर्केर हेर्दा डा. केगन तिनीहरूमध्ये कसैको पनि साँचो परिवर्तन भएको थिएन भनी विश्वास गर्छन्। यसैले मैले जागृतिको विषयमा प्रचार गर्दा तिनीहरूले प्रार्थना गर्न सकेनन्। तिनीहरूले मेरो प्रचारको विरोध मात्र गर्न सके।

‘एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ’ (होशे ४:१७)।

परमेश्वरलाई धन्यवाद होस्, अहिले हामीसँग साँचो ख्रीष्टियनहरूको बलियो खास झुन्ड मात्र छ। यदि विगत वर्ष हामीकहाँ जागृति नहुँदो हो त चर्च विभाजनको अर्को घटना हुनेथियो। धेरै जना मानिस चर्च छोडेर जानेथिए। सन् १९८०-१९८१ मा भएको चर्च विभाजनमा झैं तिनीहरू धेरै संख्यामा निस्किएर जानेथिए। सन् १९९० को दशकमा ओलिभस चर्च विभाजन हुँदा भएझैं तिनीहरूले चर्चलाई भत्काएर टुक्रा-टुक्रा पार्नेथिए। विगत वर्ष छ जना व्यक्ति मात्र चर्च छोडेर गए। जब तिनीहरू छोडेर जान्छन् तब कहिल्यै पनि फर्केर आउँदैनन्। विगत ४२ वर्षमा एउटै पनि व्यक्ति फर्केर आएको छैन। तिनीहरू आफ्ना कम्प्युटरमा हाम्रा सन्देशहरू हेर्छन्, तर तिनीहरू कहिल्यै फर्केर आउँदैनन् र उद्धार पाउँदैनन्। कहिल्यै पनि उद्धार पाउँदैनन्! बयालीस वर्षमा एकै जना पनि फर्केर आएन! यो याद राख्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा हो, किनकि हामी प्रायः प्रत्येक सेवामा नै ख्रीष्टद्वारा उद्धार पाउने कुराको प्रचार गर्दछौं। तिनीहरूमध्ये कोही पनि फर्केर आई येशूमा विश्वास किन नगरेको? ‘एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ’- यही कारणले गर्दा हो।

तिनीहरू म कञ्जूस भएकोले गर्दा त्यस्तो भएको हो भन्छन्। म तिनीहरूका पापको विरुद्ध प्रचार गर्छु र नै तिनीहरू त्यसो भन्छ्न्, जसरी होशेलाई घृणा गरिएको थियो, त्यसरी तिनीहरू मलाई घृणा गर्छन्। डा. केगन र मैले एउटी जवान केटीको ‘जीवन गवाही’ सुन्दैथियौं। मैले उसको जीवन गवाही झुटो हो भन्दा उसले भनी, ‘तपाईं कञ्जूस हुनुहुन्छ, खुल्ला ढोकाजस्तो।’ हामीले हाम्रो चर्चलाई ‘खुल्ला ढोका’ भन्दा त्यस बालिका हाम्रो चर्चमा कहिल्यै पनि आएकी थिइन। उसका आमा-बुबाले उसको अघाडि हाम्रो विषयमा नराम्रो कुरा गर्दारहेछन् भनी मैले बुझिहालेँ। त्यसको केही महीनापछि उसका बुबा हाम्रा जवानहरूको अगाडि गर्जने सिंहझैं भई मलाई कराउन थाल्यो। मैले पुलिस बोलाउँछु भने पछि मात्र ऊ भवनबाट निस्केर गयो। त्यो व्यक्ति ती ‘३९ जना’ मध्ये एक थिए, जसले त्यस भवनका निम्ति खर्च गरेको थियो। उसले एक ख्रीष्टियनजस्तो हुने स्वाङ पार्दै धेरै वर्षसम्म विरोध गरिरह्यो। तर उसका छोराछोरीमध्ये एक जना शैतानको हातमा परेपछि त्यो मेरो गल्ती हो भनेजस्तो गरी ऊ मकहाँ आयो। मेरी पत्नीले केही हप्ता अघि उसलाई भेटेकी थिइन्। उसको लामो दाह्री थियो। एक हिप्पी हुनका लागि उसलाई धेरै समय लागेन। स्पर्जनले भनेका छन्, ‘नम्र नभई तिनीहरू आए, नम्र नभई बसे, अनि नम्र नभई चर्च छोडेर गए।’ तपाईं त्यत्ति लामो समयसम्म परिवर्तन भएकोजस्तो स्वाङ मात्र पार्न सक्नुहुन्छ। यदि तपाईंमा झुटो परिवर्तन वा विश्वास छ भने ढिलो-छिट्टो शैतानले तपाईंलाई फेला पार्छ। अनि परमेश्वरले यसो भन्नुहुनेछ,

‘एफ्राइम मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ’ (होशे ४:१७)।

परमेश्वरले तपाईं आफ्ना पापहरूमा लाग्नुभएको र ख्रीष्टमा विश्वास नगर्नुभएको देख्नुहुन्छ, यसैले उहाँले तपाईंलाई एकलै छोडिदिनुहुन्छ। उहाँले तपाईंलाई ‘भ्रष्ट मन’ (रोमी १:२८) दिनुहुनेछ। जब परमेश्वरले तपाईंलाई त्यागिदिनुहुन्छ तब तपाईंको उद्धार कहिल्यै पनि हुन सक्दैन। तपाईं आफ्नै प्रकारको जीवन जिउनुहुनेछ र कहिल्यै पनि उद्धार पाउनुहुनेछैन।

सारा अनन्तताभरि हराएको। अनन्तता। अनन्तता। सारा अनन्तताभरि हराएको।

अगमवक्ता होशेले भने,‘तिनीहरू ...परमप्रभुलाई खोज्न जान्छन्; तब तिनीहरूले उहाँलाई पाउनेछैनन्; उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ’(होशे ५:६)।

तिनीहरूले विगत वर्ष पनि त्यसो गर्ने कोसिस गरे। छ जना व्यक्तिले असल कुरा खोज्दै चर्च त्यागेर गए। एक जना मेरो अफिसमा आयो र मतिर औंला ठडाउँदै भन्यो, ‘डा. हिमर्स, यो चर्चको समस्या तपाईं नै हो।’ उसलाई थाहा नहोला, तर उसको कुराले मलाई मेरा पापहरू स्वीकार गर्न बाध्य बनायो। उसले विरोध गर्दै ती कुरा भनेको थियो। तर परमेश्वरले ती कुरा म आफैले आफैलाई जाँच्नका निम्ति प्रयोग गर्नुभयो, र मैले सहायता पाएँ। अनि चार जना जवान केटाहरू प्रार्थना गर्नका निम्ति मेरो घरमा आउन थाले। एरोन, ज्याक, जोन र नोआले मेरो साथमा हरेक हप्ता प्रार्थना गरे- अनि मेरा मित्रहरू बने। होशेजस्तो, मजस्तो बूढो प्रचारक हुनु कति एकलो होइन्छ भन्ने कसैले पनि जान्दैन। म अब असफल हुनेरहेछु जस्तो लागिरहेको बेला ती चार जना केटीहरू मसँग मिलेर प्रार्थना गर्न आए। अब तिनीहरू मेरा मित्र हुन्। परमेश्वरले तिनीहरूलाई मकहाँ पठाउनुभयो- तिनीहरूका प्रार्थनाहरू र तिनीहरूका मित्रताद्वारा तिनीहरूले मलाई बचाए।

जोन केगनले बितेको वर्ष एउटा ‘नरकको वर्ष’ थियो भनी भने। तिनले ठिकै भनेका थिए। शैतान गर्जियो। चर्च हल्लियो, मेरी पत्नी बिरामी भई, म सुत्न सकिनँ, भूकम्प आएजस्तो चर्च अगि र पछि हल्लिन थाल्यो। अनि परमेश्वर स्वर्गबाट ओर्लेर हामीकहाँ आउनुभयो। हामीले यसरी प्रार्थना गऱ्यौं,

‘आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो।’ (यशैया ६४:१)

बयालीस वर्षमा भएको हाम्रो पहिलो जागृतिमा परमेश्वर ओर्लेर हामीकहाँ आउनुभयो!

उहाँको प्रशंसा गर्नेछु! उहाँको प्रशंसा गर्नेछु!
   पापीहरूका निम्ति मर्ने थुमाको प्रशंसा;
उहाँलाई देओ महिमा, हे सबै मानिस हो,
   किनकि उहाँको रगतले पखाल्छ हरेक दाग।

कृपया, खडा भएर म सँगसँगै यो भजन गाउनुहोस्!

उहाँको प्रशंसा गर्नेछु! उहाँको प्रशंसा गर्नेछु!
   पापीहरूका निम्ति मर्ने थुमाको प्रशंसा;
उहाँलाई देओ महिमा, हे सबै मानिस हो,
   किनकि उहाँको रगतले पखाल्छ हरेक दाग।
(‘आई विल प्रेज हिम,’ मार्गरेट जे, हेरिस-१८६५-१९१९- द्वारा रचित)

मैले यो प्रवचन लेखिरहेको बेला फ्लोरिडाको एक जना व्यक्तिले मलाई फोन गरेर जोन केगनको ‘जागृति र ख्रीष्टको रगत’ नामक प्रवचनको निम्ति खुशी व्यक्त गऱ्यो। उसले भन्यो, ‘पास्टर, तपाईंलाई धन्यवाद। धन्यवाद। त्यो प्रिय केटोको प्रवचनद्वारा मैले आशिष् पाएँ।’ अब आज बिहान नोआ सङ चीन र इन्डोनेसियामा प्रचार गरेर फर्केका छन्। ख्रीष्टको अपार सम्पत्तिको बारेमा हामीलाई प्रचार गर्ने यी दुइ जवान केटाहरू हामीसँग हुनु हाम्रो निम्ति कति ठूलो आशिषको कुरा छ!

अब, आज बिहान म एकचोटि फेरि तपाईंहरूलाई येशूको सुसमाचार सुनाउँछु। म तपाईंहरूलाई फेरि येशू, र तपाईंको पाप पखाल्न उहाँले क्रूसमा बगाउनुभएको रगतको विषयमा बताउँछु। डा. मार्टिन लोयड-जोनेसले भनेका छन्, ‘यस्ता ख्रीष्टियन प्रचारकहरू पनि छन् जसले ईश्वरशास्त्रको यो रगतको कुरालाई खिसी गर्न आफूलाई चतुर ठान्छन्। तिनीहरू गिल्ला गर्दै यसलाई पन्साउँछन्। त्यसैकारण आज चर्चको अवस्था यस्तो भएको छ। तर जागृतिका कालहरूमा चर्चले क्रूसमा गर्व गर्छ, त्यो रगतमा घमन्ड गर्छ, ख्रीष्टियन सुसमाचारको शक्ति, केन्द्र, मुटु यो होः ‘परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो’(रोमी ३:२५)। ‘ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौं’(एफिसी १:७)।[तपाईंहरूको माझमा म कुनै आशा देख्दिनँ] ‘ख्रीष्ट येशू र उहाँलाई क्रूसमा टाँगेका कुरा’(१ कोरिन्थी २:२)। पुरुष र स्त्रीहरूले क्रूसको रगतलाई इन्कार (वा बेवास्ता)गर्छन् भने म म कुनै आशा देख्दिनँ(रिभाइभल, क्रसवे बुक्स १९९४ संस्करण पृष्ठ ४८,४९)।

तिमी शुद्ध भयौ के,
   त्राणकर्ता येशूको रगतले?
तिम्रो पाप साँच्चै निष्कलङ्क भयो के
   येशूको त्यो अनमोल रगतले?
(‘आर यू वास्ड इन द ब्लड,’ एलिशा ए. हफमेन,१८३९-१९२९-द्वारा रचित)

साँच्चै, येशूको रगतले परमेश्वरको क्रोधलाई शान्त पार्छ र आफैमा लिन्छ। साँच्चै येशूको रगतले परमेश्वरसित तपाईंको मिलाप गराउँछ। हो, येशूको रगतले तपाईं विजय पाउने शक्ति दिँदछ,‘जसमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ’ (कलस्सी १:१४)।

अब हाम्रो चर्चका ती दुइ व्यक्तिको कुरा सुन्नुहोस्, जसले येशूको रगतमा विश्वास गरेर उद्धार पाएका छन् ।

एउटी स्पेनी महिला अर्को ब्याप्टिस्ट चर्चमा गएकी थिइन्। त्यहाँ जानेसाथ तिनले बप्तिस्मा लिन चाहन्छिन् कि भनी उनीहरूले सोधे। तिनले भनिन्, ‘चाहन्छु।’ उनीहरूले तिनलाई येशू र उहाँले तिनका पापहरूका निम्ति गर्नुभएको रगतको प्रायश्चितको विषयमा केही बताएनन्। तिनले उद्धार पाएकी थिइनन्, तापनि उनीहरूले तिनलाई बप्तिस्मा दिए। तिनले भनिन्, ‘म सधैंझैं नै जिएँ, मेरो आफ्नै निम्ति जिएँ।’ पछिबाट तिनकी छोरीले तिनलाई हाम्रो चर्चमा ल्याइन्। हामी तिनलाई सबै सेवाहरूमा आउन लगाउँछौं होला भन्ने तिनले सोचेकी रहिछिन्, तिनले भनिन्, ‘म सबै सेवाहरूमा आउन चाहँदिनथें, किनकि त्यसले मबाट मेरो धेरै समय लिनेछ भन्ने विचार गरें। म स्वार्थी भएर परमेश्वरले मेरो धेरै समय लिनुहुन्छ भन्ने सोचेकी थिएँ। तर परमेश्वरले मेरो हृदयको अवस्था मलाई देखाउन थाल्नुभयो, म त आफ्नै निम्ति मात्र जिइरहेकी रहेछु। परमेश्वरले उहाँको कृपामा मलाई यो देखाउन थाल्नुभयो, कि यदि म मरें भने मैले येशूलाई इन्कार गरेकी कारण र मेरा सबै पापका निम्ति मैले दण्ड पाउनेछु। यस कुराले मलाई चिन्तित बनायो र म भयभीत बनें..’(डा. ए. डब्ल्यु. टोजरले भनेका छन्, ‘परमेश्वरसँग डराउन नजान्ने मानिसले उहाँको कृपालाई पनि केही जानेको हुँदैन’)। आफ्नो पापको निम्ति दोषी महसुस गर्दै तिनी सोधपुछ गर्ने कोठामा गइन्। डा. केगनले तिनलाई येशू कहाँ हुनुहुन्छ भनी सोधे। तिनले उहाँ तिनको हृदयमा हुनुहुन्छ भनिन्। डा. केगनले तिनलाई येशू स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ भने। तिनले भनिन्, ‘त्यही बेला म मेरा सबै फोहोर पापहरू येशूको अन्मोल रगतले धुन उहाँकहाँ आएँ। त्यो रगत, जुन मेरो निम्ति बगाइएको थियो। आज म खुशी छु। मैले उद्धार पाउन सकूँ भनी येशूले उहाँको अन्मोल रगत क्रूसमा बगाउनु भयो। येशूले उहाँको ईश्वरीय रगतद्वारा मेरा सबै पापका दाम तिर्नुभयो। आज म सुसमाचार प्रचार गर्न, जवानहरूले हाम्रा पास्टरको प्रचार सुनून् भनी उनीहरूलाई ल्याउन(हाम्रो चर्चमा) खुशी छु। जवान मानिसहरूलाई येशूको रगतको बारेमा बताउँदा (डा. हिमर्सले) मलाई खुशी लाग्छ। मेरो पास्टर यस्ता छन्, जसले आत्माहरूको ठूलो फिक्री गर्छन् र तिनीहरूलाई येशूको बारेमा बताउँछन्। मैले उद्धार पाउन सकूँ भनी प्रभु येशूले उहाँको अन्मोल रगत क्रूसमा बगाउनु भयो। मेरा सुन्दर उद्धारकर्ता येशू!’

कलेज पढ्ने एक जना चिनियाँ विद्यार्थीले भनी,‘म चर्चभित्र पसें, मेरो हृदय निराश थियो। परमेश्वरले म एक पापी हुँ भन्ने कुरा महसुस गराउनु भयो। मेरा वरिपरि हुनेहरू सबै आनन्दित भए पनि मैले आफू ठीकै छु भन्ने सोच्दै आफैलाई धोका दिन सकिनँ, अनि ममा एउटै पनि असल कुरा थिएन। प्रवचन सुन्दै बसिरहेकी बेला पास्टर (डा. हिमर्सले प्रचार गरेका) ले त ती कुरा मलाई नै भनिरहेका छन् जस्तो लाग्यो। मैले मानिसहरूको नजरमा मेरा पापहरू लुकाउन सक्छु भन्ने सोचें पनि परमेश्वरबाट लुकाउन सकिनँ, मैले आदमले जस्तै परमेश्वरबाट लुक्ने विचार गरें।

अनि त्यो प्रवचन समाप्त हुन लाग्दा मैले प्रभु येशू ख्रीष्टको सुसमाचार पहिलोचोटि सुनें(तिनी हाम्रो चर्चमा कहिलेकाहीं आउने भए पनि पहिले त्यो सुनेकी थिइनँ)। ख्रीष्ट मेरा पापहरूको मूल्य चुकाउन मेरो सट्टामा क्रूसमा मर्नुभयो। उहाँको रगत पापीहरूका निम्ति बगाइएको थियो। उहाँको रगत मेरो निम्ति बगाइएको थियो। मलाई ख्रीष्टको अत्यन्तै खाँचो थियो। मैले आफैमा असलपना खोज्न छाडें, बरु परमेश्वरको अनुग्रहद्वारा मेरा आँखाहरू म आफैबाट हटेर गए। मैले पहिलो चोटि ख्रीष्टलाई हेरें, अनि त्यही क्षण उहाँले मलाई बचाउनु भयो। ख्रीष्टले मलाई इन्कार गर्नुभएन, जस्तो मैले लामो समयसम्म उहाँलाई गरेकी थिएँ, तर उहाँले मलाई ग्रहण गर्नुभयो र उहाँको रगतले मलाई धुनु भयो। उहाँको रगतले मलाई ढाक्यो र मेरा सबै पापहरू धोइदिनु भयो। ख्रीष्टले मलाई उहाँको रगतको वस्त्र पहिराउनु भयो। उहाँले मलाई उहाँको धार्मिकताको वस्त्र पहिराउनु भयो। उहाँको रगतले मेरो दुष्ट हदय धोइदिनु भयो र मलाई नयाँ बनाउनु भयो। मेरो विश्वास र निश्चयता ख्रीष्टमा मात्र छ। अब म जोन न्यूटनले भनेको कुराको अर्थ बुझ्दछु, जसले यसो भनेका थिए, ‘अचम्भित प्यार, सुमधुर बात, म पापी बाँचेछु, हराएको थिएँ, पाइएको छु, अन्धो थिएँ देख्दैछु।’ म एक पापी थिएँ, येशू ख्रीष्टले मलाई बचाउनुभयो...उहाँले मलाई ग्रहण गर्नुभयो र उहाँको रगतले मलाई धुनु भयो।

मैले येशूको क्रूसको विषयमा र येशूको रगतको विषयमा प्रचार गर्दा के मानिसहरू थकित हुँदैनन् र? हुँदैन, तिनीहरू थकित हुँदैनन्। हराएका मानिसहरूलाई बप्तिस्मा दिने पास्टरहरू छन् भने मात्र तिनीहरू थकित हुन्छन्। केलिफोर्नियाको अर्लेटाको ती पास्टर जस्तो, जसले लिडिया एस्ट्राडालाई तिनले येशूमा विश्वास गरेकी छिन् कि छैनन् भन्ने कुरा निश्चित नगरी तिनलाई बप्तिस्मा दिए। उनले निश्चित कसरी हुनुपर्छ भन्ने पनि जानेका छन् कि छैनन्। मलाई त शङ्कै लाग्छ। यो पृथ्वीबाट त्यस्ता झुटा अगमवक्ताहरू हटेर जाऊन्!

मेरो कुरा गर्ने हो भने, मेरो जिब्रो चल्न छोडेर चिहानमा नपुगूञ्जेलसम्म म येशूको रगतको विषयमा प्रचार गर्नेछु, अनि बचाउने तपाईंको शक्तिको अझ महान् र मीठो गीत म गाउनेछु। त्यहाँ एउटा फोहोरा छ रगतले भरेको, उद्धारकर्ताका नसाहरूबाट बगेको, अनि पापीहरू त्यो रगतमा डुबुल्की लाउँछन्, तिनीहरूका सबै दोषका दागहरू हट्छन्!

तिनीहरूका सबै दोषका दागहरू हट्छन्, सबै दोषका दागहरू हट्छन्;
अनि पापीहरू त्यो भेलमा डुबुल्की लाउँछन्,
तिनीहरूका सबै दोषका दागहरू हट्छन्।
      (‘दिअर इज फाउन्टेन,’ विलियम काउपर - १७३१-१८०० - द्वारा रचित)

‘जसमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ’(कलस्सी १:१४)।

यदि तपाईं उद्धार पाउने सम्बन्धमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया यहाँ अगाडि आउनुहोस्, हामी त्यस विषयमा कुराकानी गर्न सक्छौं।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री एरोन यान्सीले प्रार्थना गरे।
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
      ('सेभ्ड बाई द ब्लड अफ द क्रूसिफाइड वान्,' एस. जे. हेन्डरसनद्वारा १९औं शताब्दीमा रचित)