Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

प्रवचनका यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ३७ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglocal.net




प्रचारकहरू हाम्रा चर्चहरूमा मानिसहरू किन थप्दैनन्

(लडाइँका पुकारहरू शृङखलामा नम्बर चार)
WHY EVANGELISTS DON’T ADD PEOPLE TO OUR CHURCHES
(NUMBER FOUR IN A SERIES OF BATTLE CRIES)
(Nepali)

द्वाराडा. आर.एल.हिमर्स
by Dr. R. L. Hymers, Jr.

११फरवरी,२०१७,शनिबार बेलुकी लसएन्जलसकोदब्याप्टिस्टटेबरनेकलमा
प्रचारगरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, February 11, 2017

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ’
(यूहन्ना५:४०)।


केही वर्ष अघि हाम्रो चर्चले अर्को एउटा चर्चलाई सुसमाचार प्रचार गर्ने केही सेवाहरूमा साथ दियो। हामी सबै जना त्यस अर्को पास्टरको चर्चमा गयौं। तिनले एक प्रसिद्ध प्रचारकलाई निम्त्याएका थिए। त्यस प्रचारकले प्रचार गरे। प्रभुलाई ग्रहण गर्ने निम्तो दिइँदा धेरै जना मानिस अगि आए। तर कसैले पनि उद्धार पाएको थिएन। ती पास्टरले यसो भनेः

हाम्रो चर्चले त्यस सुसमाचारीय अभियानको अन्त्यतिर त्यो रङ्गशाला मानिसहरूले भर्नका निम्ति कठोर परिश्रम गऱ्यो, त्यो सेवामा एक प्रसिद्ध प्रचारक आएका थिए। त्यस कार्यक्रमको अन्तिम रातमा यति धेरै मानिसहरू आए कि महिलाहरू र बाल-बच्चाहरूलाई बस्ने ठाउँ दिनका निम्ति करिब एक सय मानिसहरू त बाहिरै बस्न पऱ्यो। तिनीहरूलाई राख्ने ठाउँ नै भएन। धन्य, सबै जनाले सुसमाचारको सन्देश सुन्न सके, अनि ५४ जनाले उद्धार पाउनका निम्ति प्रार्थना गरे। जब मैल तुरुन्तै यो असल समाचार स्वर्ड अफ द लर्ड पत्रिकामा पठाएँ, तब मैले त्यस पत्रिकाका सम्पादक कर्टिस हटसनबाट कडा शब्दहरूमा हप्काइएको एउटा पत्र प्राप्त गरें। पत्रमा उनले यस्तो लेखेका थिए, ‘तिनीहरूले साँच्चै उद्धार पाए भनी तपाईं कसरी भन्न सक्नुहुन्छ। तपाईं तिनीहरूलाई ख्रीष्टमा नयाँ सृष्टि ठान्नुहुन्छ भने त्यसले तपाईंमा विश्वासको कमी भएको देखाउँछ।’ उनले भनेका कुराले मलाई दुःखी बनायो। त्यस रात प्रभुलाई ग्रहण गर्न बोलाउँदा अगि आएका र पापीहरूले गर्ने त्यो प्रार्थना भन्ने ती मानिसहरूलाई धेरैचोटि पत्र लेख्दा, फोन गर्दा, व्यक्तिगत रूपले भेट्दा पनि तिनीहरूमध्ये एकै जना पनि कहिल्यै हाम्रो चर्चमा आएन, र तिनीहरू परिवर्तन नभएका कुरामा म निश्चित भएँ। बाहिरतिर आत्मा जित्ने कार्य गर्दा होस् वा कुनै भवनमा भएको सेवामा ख्रीष्टलाई ग्रहण गर्ने निम्तो दिँदा, विश्वासलाई मुखले स्वीकार गर्नु र कसैलाई चर्चमा ल्याउनुबीच ठूलो भिन्नता हुन्छ।

कर्टिस हटसनजस्ता प्रचारककाम नलाग्ने बन्दैछन्। बुद्धिमान् पास्टरहरू तिनलाई चलाउँदैनन्। यस्ता प्रचारकहरूले वास्तवमा चर्चमा साँचो नयाँ विश्वासीहरू थप्दैनन्। त्यसैकारण उनीहरू अचेल तिनीहरूलाई चलाउँदैनन्।

ती पास्टरले ठीकै भनेका थिए। त्यो राति ख्रीष्टलाई ग्रहण गर्न अगाडि आउने र पापीहरूले गर्ने प्रार्थना गर्ने मानिसहरूमध्ये कसैले पनि उद्धार पाएको थिएन। यदि उद्धार पाएका हुँदा हुन् त तिनीहरू तिनको चर्चमा आउने थिए र त्यहाँ रहने थिए! तिनीहरू आफ्ना पापबाट परिवर्तन भएका थिएनन्। तिनीहरू ख्रीष्टमा परिवर्तन भएका थिएनन्। ती पास्टरले भनेझैं,‘मुखले विश्वासलाई स्वीकार गर्नु र कसैलाई चर्चमा ल्याउनुबीच ठूलो भिन्नता हुन्छ।’ ती प्रसिद्ध प्रचारकले त्यो रात कसैलाई पनि उद्धारमा ल्याउन सकेनन्। तिनको तरिका नराम्रो हो!

स्वर्ड अफ द लर्ड पत्रिकाका सम्पादक कर्टिस हटसनले यसो भन्दै ती पास्टरलाई हप्काए,‘ती मानिसहरू परिवर्तन भए भनी तपाईं कसरी भन्न सक्नुहुन्छ।’ तिनीहरू सबैलाई ‘ख्रीष्टमा नयाँ सृष्टि’ मान्नु पर्ने हो। वास्तवमा तिनीहरूमध्ये एकै जना पनि ख्रीष्टमा नयाँ सृष्टि थिएनन्। हटसनको तरिका नराम्रो थियो।

त्यस्ता प्रचारकहरू आज अमेरिकाभरि छन्- सारा संसारभरि नै छन्। तिनीहरू ‘निर्णयवादीहरू’ हुन्। म हाम्रो पुस्तक टुडेज् अपोस्टेसी बाट निर्णयवादको परिभाषा पढेर सुनाउँछु, यो पुस्तक डा. केगन र मैले लेखेका हौं। यो पुस्तक पढ्न तपाईंको कम्प्युटरमा यो वेबसाइटमा क्लिक गर्नुहोस्- Today’s Apostasy (click here to read it on your computer):

निर्णयवाद त्यो विश्वास हो, जसमा एक जना व्यक्ति ख्रीष्टलाई ग्रहण गर्न अगाडि आउँदा, उसले हात उठाउँदा, प्रार्थना भन्दा, कुनै सिद्धान्तमा विश्वास गर्दा वा अरू कुनै बाहिरी, मानवीय कार्य गर्दा उसले उद्धार पाएको मानिन्छ।

मानिसहरू अगाडि आउँछन्। तिनीहरूले कुनै एउटा सिद्धान्तमा विश्वास गर्छन्। तिनीहरू पापीहरूले गर्ने प्रार्थना दोहोऱ्याउँछन्। तापनि तिनीहरू ख्रीष्टकहाँ आएका हुँदैनन्। प्रभु येशूले भन्नुभयो, ‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ’(यूहन्ना ५:४०)। ख्रीष्टमा नआएका कारण तिनीहरू परिवर्तन भएका हुँदैनन्। तिनीहरूले उद्धार पाएका हुँदैनन्। त्यसैकारण तिनीहरू चर्चमा आउँदैनन्। तिनीहरूले प्रभुलाई ग्रहण गर्ने निर्णय त गरे, तर तिनीहरू साँचा ख्रीष्टियनहरू होइनन्। तिनीहरूले उद्धार पाएका थिएनन्।

ती प्रचारक (र तिनीझैं अरू धेरै जना) ‘निर्णयवादी’ मात्र होइनन्। तिनी एक सन्डीमेनीयवादी हुन्। ‘आत्माहरू जित्ने’ ती प्रचारकले तिनको लेख ‘धार्मिक व्यक्तिलाई जित्नु’ मा भनेका कुरा सुन्नुहोस्। यहाँ सायद तिनले ‘एउटी महिलालाई ख्रीष्टमा ल्याएका’ थिए।

त्यसपछि मैले उनलाई रोमीहरूको पुस्तकबाट बताउन थालेँ, अनि उनी एक पापी मात्र होइन, तर पापको ज्याला यस्तो कुरा हो, जुन व्यक्तिगत प्रयासहरूले हटाउन सकिंदैन भनी उनलाई बुझाउने सक्दो कोसिस गरें। त्यसपछि मैले उनलाई येशूले त्यो मूल्य पूर्ण रूपमा तिरिदिनुभएको छ, र उहाँले त्यसो नगर्नु भएको भए उद्धार पाउने कुनै उपाय हुनेथिएन भनी बुझ्न सहायता गरें।

त्यसपछि तिनले उनलाई प्रार्थनामा अगुवाइ गर्छन् अनि उनको ‘महिमित रूपले उद्धार भएको छ’ भन्छन्। ध्यान दिनुहोस्, त्यहाँ कुन कुरा भएन। त्यस महिलाले आफूलाई पापको दोषी महसुस गरिन- त्यसको विषयमा चर्चा पनि गरिएन। ख्रीष्टको रगतले उनका पापहरू पखालिएका छन् भन्ने कुरै भएन। ती पापहरू सबै उनको मनमा नै थिए। तिनले उनलाई केही कुराहरू बुझ्न अनि प्रभु येशू उनका निम्ति मर्नुभयो भनी बुझ्न सहायता गरे। उनले ती कुराहरू बुझिन् र ती देखिन्, उनले एउटा प्रार्थना भनिन्, वश त्यत्ति मात्र।

ती प्रचारकको प्रचार र ‘आत्मा जित्ने’ तरिका पूर्णरूपले सन्डीमेनीयवादीको उदाहरण हो, जसले दिमागी विश्वास गरे तपाईंको उद्धार हुन्छ भनी भन्दछ। जसरी डा. मार्टिन लोयड-जोनेसले सन्डीमेनीयवाद (Sandemanianism) को विषयमा भनेका छन्,‘यदि तपाईंले त्यो शिक्षालाई दिमागी तौरले स्वीकार गर्नुभएको थियो, र त्यसो भन्न तयारी हुनुहुन्थ्यो भने तपाईंको उद्धार भएको छ’(रोमन्स, १० अध्यायको व्याख्या, ब्यानर अफ त्रुथ, अध्याय १४)। ती प्रचारकमा पनि झुटा शिक्षक आर.बी. थिमीकै जस्तो विचार पाइन्छ, जसले एक व्यक्तिले ‘आफ्नो विचारका वाक्यहरू (बनाउँदै)मा उसले उद्धार पाउनका निम्ति ख्रीष्टमा विश्वास गर्दछ भनी पिता परमेश्वरलाई भन्नुपर्छ, त्यसबाहेक अरू केही पनि गर्नुपर्दैन’ भनी विश्वास गर्दछ(विकिपेडिया)। थिमीले भनेअनुसार, तपाईंले आफ्नो मनमा परमेश्वरलाई तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ मात्र भन्नुपर्छ। यो सन्देश पढ्ने वा यसको भिडियो हेर्ने कुनै व्यक्तिले यसो भन्न सक्छ,‘थिमी एक झुटा शिक्षक थिए।’ तर थिमीले जे गरे त्यो ती प्रचारक वा अरू कुनै निर्णयवादीले गर्ने कुराभन्दा कसरी भिन्न छ? म भन्छु, तिनमा कुनै भिन्नता छैन। यो निर्णयवाद हो। यो सन्डीमेनीयवाद हो!

त्यस्ता प्रचारबाट थोरै, अति थोरै मानिसले मात्र उद्धार पाएका न्यायको दिनले देखाउनेछ। त्यस्तो किसिमको सुसमाचार प्रचारद्वारा थोरै, अति थोरैभन्दा थोरैले मात्र उद्धार पाउँछन्। यसले हाम्रा चर्चहरूलाई नाश पारेको छ। त्यसबाट टाढा बस्नुहोस्। हजारौं झुटा विश्वासीहरू हुनुभन्दा एकै जना भए पनि साँचो विश्वासी हुनु राम्रो हो।

त्यस किसिमको सुसमाचार प्रचारमा एक व्यक्तिले आफूलाई पापको दोषी महसुस गर्दैन, केवल दिमागी सहमति मात्र हुन्छ। त्यसमा स्वयम् ख्रीष्टसँग भेट हुँदैन। स्वयम् ख्रीष्टमा व्यक्तिगत विश्वास राख्ने कुरा पनि हुँदैन, केवल ख्रीष्टले गर्नुभएका कार्यमा दिमागी सहमति मात्र हुनुपर्छ। मानिसहरूले आफूलाई पापको दोषी महसुस नगर्ने हुनाले तिनीहरू ख्रीष्टकहाँ आउँदैनन्। तिनीहरूले उद्धार पाएका हुँदैनन्। तिनीहरूसित अनन्त जीवन हुँदैन। हाम्रो आजको बाइबल पदले भन्छ,

‘तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ’ (यूहन्ना५:४०)।

अब मैले ती प्रचारकलाई छोडेर सीधै तपाईंसँग कुरा गर्नुपर्छ। के तपाईं तिनीभन्दा अलिकति पनि असल हुनुहुन्छ? तपाईंको तथाकथित उद्धार के तिनको भन्दा अलिकति पनि राम्रो छ? छैन, पटक्कै छैन।

गल्ती नगर्नुहोस्, तपाईंले उद्धार पाउनु आवश्यक छ। जब परमेश्वरले निहुरेर तपाईंलाई हेर्नुहुन्छ, तब उहाँले के देख्नुहुन्छ? तपाईं पापले भरिनुभएको उहाँले देख्नुहुन्छ! बाइबलले भन्छ,‘परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ’(हितोपदेश १५:३)। तपाईंले कुनै बेला गर्नुभएको हरेक पाप परमेश्वरले उहाँको पुस्तकमा लेख्नुहुन्छ, अन्तिम न्यायमा तपाईं परमेश्वरको सामुन्ने उभिनुहुनेछ, अनि ‘ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक’ तपाईंको न्याय गरिनेछ (प्रकाश २०:१२)। तपाईंका गुप्त पापहरू पनि प्रकट गरिनेछन्। बाइबलले भन्छ,‘किनकि हामीले गरेको प्रत्येक गुप्त कामसमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ’(उपदेशक १२:१४)। त्यसपछि तपाईं ‘अग्नि-कुण्डमा फालिनुहुनेछ’(प्रकाश २०:१५)।

परमेश्वरले तपाईंलाई भिन्नै प्रकारले हेर्नु आवश्यक छ। परमेश्वरले निहुरेर तपाईंलाई हेर्नुहुँदा उहाँले तपाईंको पाप देख्नुहुँदैन। परमेश्वरले तपाईंको निम्ति ख्रीष्टको रगत देख्नु आवश्यक छ। तपाईंलाई ख्रीष्टको आवश्यकता छ,‘किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ- मानिस, येशू ख्रीष्ट’(१ तिमोथी २:५)। तपाईंको मध्यस्थ बन्न, तपाईं र परमेश्वरको बीचमा खडा हुन, तपाईंका पापहरूका निम्ति प्रार्थना गर्न तपाईंलाई येशूको आवश्यकता छ।

तर तपाईंले उद्धार कसरी पाइन्छ भन्ने कुरा सिक्ने कोसिस गर्दैहुनुहुन्छ। सन्डीमेनीयवादको निर्णयवादी हुनुहुन्छ। एक जना केटोले डा. केगनलाई भन्यो,‘म येशूमा विश्वास गर्ने कोसिस गर्नेछु। म कुनै अनुभव नखोजी उहाँमाथि विश्वास गर्ने कोसिस गर्नेछु।’ उसले ‘त्यो सही प्रकारले गर्ने’ कोसिस गरिरहेको थियो। जब उसले त्यो ‘सही प्रकारले गर्न सक्छ,’ तब उसलाई स्वीकार गरिन्छ अनि त्यसपछि ऊ आफ्नो इच्छाअनुसार जिउन सक्छ। त्यो केटोले आफ्ना पापहरूको एउटा सूची नै बनाए पनि ती पापका निम्ति उसले आफूलाई दोषी महसुस गरेको हुँदैन। उसले एक उपलब्धिको रूपमा येशूमा विश्वास गर्ने कोसिस गरिरहेको हुन्छ।

ख्रीष्ट क्रूसमा टाँगिनुभएको दिन उहाँको छेउको अर्को क्रूसमा एक जना चोर पनि टाँगिएको थियो। त्यसले येशूमा ‘कसरी’ विश्वास गर्नुपर्छ भनी जानेको थिएन-त्यसले यसै विश्वास गऱ्यो। त्यसले आफू पापको दोषी भएको र आफूलाई येशूको आवश्यकता भएको महसुस गऱ्यो- र त्यसले येशूमाथि विश्वास गऱ्यो।

एक दिन जब ख्रीष्टले एउटा घरमा भोजन खाइरहनुभएको थियो, त्यो बेला एउटी स्त्रीले टेबलमुनि छिरेर उहाँको पाउमा चुम्बन गरी। उसले येशूमा विश्वास गर्न ‘के गर्नुपर्छ’ भनी जानेकी थिइन- उ यसै उहाँकहाँ आई। ख्रीष्टले उसलाई भन्नुभयो, ‘तिम्रा पाप क्षमा भएका छन्’(लूका ७:४८)।

तपाईंहरूमध्ये कतिले येशूमा विश्वास गर्नु भनेको उहाँ तपाईंका निम्ति क्रूसमा मर्नुभयो वा उहाँ तपाईंका निम्ति मर्नुभयो भनी विश्वास गर्नु हो भन्ने सोच्नुहुन्छ- यी दुवै कुरा एउटै हुन्। तपाईं आफ्नो मनमा यति भन्नुहुन्छ, कि तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ। तपाईं त्यो आफ्नो मुखले मात्र भन्नुहुन्छ। हाम्रो आजको बाइबल पदमा ख्रीष्टले भन्नुभएको छ,

‘तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ’ (यूहन्ना५:४०)।

तपाईंले स्वयम् ख्रीष्टमाथि नै विश्वास गर्नुभएको छैन। तपाईं उहाँकहाँ आउनुभएको छैन। तपाईं आफ्नो मनमा केही कुरामा सहमत मात्र हुनुहुन्छ। त्यो तपाईं आफ्नो मुखले भन्नुहुन्छ। त्यत्ति गर्दैमा तपाईंको उद्धार हुँदैन। तपाईंहरूमध्ये कतिले उद्धारको बारेमा धेरै जानेर अनि त्यससम्बन्धी प्रश्नका उत्तरहरू दिएर उद्धार पाउन सकिन्छ भनी सोच्नुहुन्छ। एक विद्यार्थीले जस्तो सिकेर अनि उत्तरहरू दिएर तपाईंको उद्धार हुँदैन। ख्रीष्टले भन्नुभयो, ‘तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।’

समस्या यो हो, कि तपाईंले आफ्ना पापहरूका निम्ति आफूलाई दोषी महसुस गर्नुभएको छैन। तपाईं दुइ शब्द बोल्नुहुन्छ, तर दोषी महसुस गर्नुहुन्न। अनि तपाईंको जीवनको केन्द्रमा रहेको तपाईंको पापी स्वभावको बारेमा पनि तपाईंलाई साँच्चै निश्चयता छैन।भित्रबाट तपाईं स्वार्थी हुनुहुन्छ। भित्रबाट तपाईं परमेश्वरलाई चाहनुहुन्न। तपाईं आफैलाई चाहनुहुन्छ। तपाईंले गर्नुहुने हरेक खराब कुरा तपाईंको पापी स्वभावबाट आएको हो। तपाईंले आफैलाई घृणा गर्नुपर्छ। तपाईंमा आफैप्रति अरुचि हुनुपर्छ। तब मात्र तपाईं येशूको बारेमा सुन्न प्रसन्न बन्नुहुनेछ, जसले तपाईंलाई प्रेम गर्नुहुन्छ र जसले तपाईंको निम्ति आफ्नो रगत बगाउनुभयो।

तर वास्तवमा तपाईं ख्रीष्टको रगतमा विश्वास गर्नुहुन्न। हो, तपाईं दिमागीतौरमा त्यो त्यो रगतको बारेमा सोच्नुहुन्छ, वा त्यसको बारेमा एक शब्द बोल्नुहुन्छ, किनकि तपाईंले प्रवचनहरूमा त्यो रगतको बारेमा सुन्नुभएको छ। तर तपाईं त्यत्ति मात्र गर्नुहुन्छ। तपाईं एक दोषी, असहाय पापीको रूपमा- उहाँले आफ्नो रगतले तपाईंलाई पखालून् भनी स्वयम् ख्रीष्टकहाँ आउनुहुन्न। तपाईं यो वा त्यो उपाय गरेर उद्धार पाउने कोसिस गर्दै हुनुहुन्छ। तपाईंले ख्रीष्टको रगतको बारेमा एक-दुइ शब्द भन्नुभए पनि त्यो तपाईंको उद्धार होइन। तपाईंको हृदयमा यो पुरानो स्तुति-भजनसँग तपाईं सहमत हुनुहुन्नः

मेरो आशा येशूको रगत र धार्मिकताभन्दा
   कुनै कम कुरामा निर्माण भएको छैन।
म सबैभन्दा मिठो ढाँचामा भरोसा गर्दिनँ (विचार वा भावनाको),
   तर पूर्ण भरोसा राख्छु, येशूको नाउँमा।
ख्रीष्ट, बलियो चट्टानामाथि म उभिन्छु
   अरू सबै जमिन डुब्दो बालुवा हो,
अरू सबै जमिन डुब्दो बालुवा हो।
(‘द सलिड रक’ एडवर्ड मोटे- १७८७- १८७४ द्वारा रचित)

तपाईं एक भयानक पापी हुनुहुन्छ। तर येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ। त्यसैकारण उहाँ तपाईंका निम्ति मर्नुभयो। यदि तपाईं उहाँकहाँ आउनुभयो भने उहाँले तपाईंको पाप क्षमा गर्नुहुनेछ। उहाँले तपाईंको पाप उहाँको रगतले धुनुहुनेछ। यदि तपाईंले येशूमा विश्वास गर्नुभयो भने, उहाँले तपाईंका पापबाट तपाईंलाई बचाउनुहुनेछ। यदि तपाईं येशूमाथि विश्वास गर्नेबारे हामीसँग कुराकानी वा प्रार्थना गर्न चाहनुहुन्छ भने अहिले नै यहाँ अगाडि आउनुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघिश्री बैंजामिनकिन्केडग्रिफिथद्वाराएकलगीतप्रस्तुत गरियो।
      (‘कम अन्टु मी’-श्री चार्ल्स पी. जोनेस- १८६५-१९४९- द्वारारचित)