Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




आदम, तँ कहाँ छस्?

(उत्पत्तिको पुस्तकमाथि- प्रवचन संख्याः ८९)
ADAM, WHERE ART THOU?
(SERMON #89 ON THE BOOK OF GENESIS)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, २७ नवम्बर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, November 27, 2016

'अनि परमप्रभु परमेश्वरले मानिसलाई यो आज्ञा दिनुभयो, 'बगैंचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्'(उत्पत्ति २:१६-१७)।


सबैभन्दा पहिलो मानिस आदम परमेश्वरद्वारा पूर्ण निर्दोष अवस्थामा सृष्टि गरिएको थियो। तिनलाई एउटा सुन्दर बगैंचामा राखियो। त्यो बगैंचाको हरेक रूखको फल खानलाई असल थियो। आदमले हात बढाएर ती मिठामिठा फलहरू टिप्न सक्थे। त्यो सुन्दर बगैंचामा तिनलाई कुनै फिक्री थिएन, तिनको कुनै शत्रु पनि थिएन। सबै पशु र पक्षीहरू शाकाहारी थिए। मानिसलाई चोट पुऱ्याउने वा कुनै पनि प्रकारले तिनको हानि गर्ने कोही पनि थिएन। मानिस आफै पनि शाकाहारी थियो। त्यसकारण तिनले मासु खानका निम्ति कुनै पशु मार्नु पर्दैनथ्यो। अदनको बगैंचाका सबै कुरा शान्तप्रिय थियो। त्यहाँ तिनलाई आँधी आउँछ र लुक्नुपर्छ भन्ने पनि थिएन, किनकि त्यत्तिञ्जेल आकाशबाट पानी परेकै थिएन। 'तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे'(उत्पत्ति २:६)। मानिसको निम्ति चिन्ता गर्नुपर्ने कुरा केही पनि थिएन। तिनलाई बिरामी बनाउने कुनै रोग थिएन। तिनले लडाइँ गर्नुपर्ने कुनै शत्रु थिएन, तिनी डराउनु पर्ने कुनै शत्रु थिएन। त्यो एक सिद्ध स्वर्गलोक थियो।

अनि आदमलाई दुःख दिने तिनको कुनै पाप थिएन। तिनीभित्र पापको स्वभाव थिएन, तिनमा चिन्ता गर्न पर्ने कुनै मनोवैज्ञानिक समस्याहरू थिएन। आदम आफैभित्र सिद्ध थिए। आदमको परमेश्वरसँग मिलाप थियो। त्यो एक सिद्ध स्वर्गलोक थियो। उसले केटी साथी पाउनका निम्ति पनि चिन्ता गर्नु परेन। परमेश्वरले तिनलाई सान्त्वना दिने र सहायता गर्ने स्वास्नीको रूपमा तिनको निम्ति एउटी सिद्ध, सुन्दर, मनपर्दी स्त्री बनाइदिनुभयो। यसैले तिनी एकलै हुन परेन। त्यस स्त्री सिद्ध भएकीले गर्दा उसले तिनको मन दुखाउने, तिनलाई छोडेर जाने कुरै थिएन, त्यस स्त्रीले तिनलाई प्रेम नगर्ने वा त्याग्ने कुनै सम्भावना नै थिएन। त्यहाँ कुनै पाप नभएकोले त्यस स्त्रीले परमेश्वरलाई अप्रसन्न नतुल्याई तिनको हरेक यौन इच्छा र खाँचो पूरा गरिदिन्थी। त्यो एउटा सिद्ध स्वर्गलोक थियो।

परमेश्वर हरेक दिन सिद्ध मिलापमा तिनीसँग बातचीत गर्नुहुन्थ्यो। त्यो बेला तिनलाई कुनै परीक्षा हुँदैनथ्यो। उसले परमेश्वरको क्रोधलाई शान्त पार्न केही पनि गर्न पर्दैनथ्यो, किनकि त्यहाँ शान्त पार्नु पर्ने कुनै क्रोध नै थिएन। तिनी त्यस सुन्दर स्त्रीको साथमा बस्थे, जसले तिनलाई प्रेम गर्थी। तिनी मिठामिठा खानेकुराहरूले भरिएको बगैंचामा बस्थे। परमेश्वरसँग तिनको पूर्ण मेल थियो। त्यो एउटा सिद्ध स्वर्गलोक थियो।

परमेश्वरले तिनलाई एउटा मात्र नियम दिनुभएको थियो। अनि त्यो नियम पालन गर्नु सजिलो थियो। पालन गर्नु पर्ने एउटा मात्र नियम जुन सजिलो थियो। परमेश्वरले तिनलाई भन्नुभयो, 'बगैंचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्'(उत्पत्ति २:१६-१७)। परमेश्वरले त्यत्ति मात्र माग गर्नुभएको थियो। उसले बस, असल र खराबको ज्ञान दिने रूखको फल मात्र खानु हुँदैनथ्यो। त्यो नियम पालन गर्नु त धेरै सजिलो थियो। त्यो एउटा सिद्ध स्वर्गलोक थियो।

तापनि, त्यो बगैंचामा अर्को एक जना व्यक्ति पनि थियो। त्यहाँ शैतान थियो। त्यो पहिले स्वर्गका स्वर्गदूतहरूमध्ये एक थियो। त्यसले परमेश्वरको विरुद्ध विद्रोह गऱ्यो र त्यो पृथ्वीमा खसालियो। शैतान परमेश्वरको शत्रु थियो। तर आदम परमप्रभुद्वारा त्यस शैतानबाट सुरक्षा गरिएका थिए। शैतानले आदमलाई पनि परमेश्वरको विरुद्ध विद्रोह गर्न लगाएर मात्र परेमश्वरको हृदयमा चोट पुऱ्याउन सक्थ्यो।

त्यो बगैंचामा दुइ ओटा रूख थिए, जुन अति महत्त्वपूर्ण थिए। पहिलो थियो, जीवनको रूख। यदि आदमले त्यो रूखको फल खाइरहेका भए तिनी अदमको स्वर्गलोकमा सदासर्वदा जिउने थिए(उत्पत्ति ३:२२)। तर यदि तिनले असल र खराबको ज्ञान दिने रूखको फल खाए तिनी मर्नेथिए। त्यो एउटा सिद्ध स्वर्गलोक थियो- जहाँ पालन गर्नुपर्ने नियम एउटा मात्र थियो- जीवनको रूखबाट खाएर सधैंभरि जिउन सकिन्थ्यो। त्यो नियमको सकारात्मक पक्ष त्यही थियो। असल र खराबको ज्ञान दिने रूखको फलबाट खायौ भने तिमीहरू मर्नेछौ। त्यो नियमको नकारात्मक पक्ष त्यही थियो। त्यो एउटा साधारण नियम थियो- पालन गर्न पनि सजिलो। त्यही रूखको फल खाओ र सधैंभरि जिउन सक। अर्को रूखको फल खायौ भने तिमीहरू मर्नेछौ। त्यो एउटा मात्र नियम पालन गर्नुपर्ने एक सिद्ध स्वर्गलोक थियो- पालन गर्न पनि अति सजिलो नियम!

अब, परमेश्वरले आदम र तिनकी पत्नीलाई रक्षा गर्नुभयो, शैतानले तिनीहरूको हानि गर्न सक्दैनथ्यो। त्यसले तिनीहरूको परीक्षा मात्र गर्न सक्थ्यो, तिनीहरूलाई त्यो सजिलो नियम तोड्ने परीक्षा गर्न सक्थ्यो। शैतान एउटा गुजुल्टिने सर्प थिएन। परमेश्वरले मानिस र त्यो सर्पलाई सराप दिनुभएपछि मात्र त्यो त्यस्तो बनेको हो। तर अहिले यस बेला शैतान बगैंचाको कुनै पशुभित्र पसेको थियो। पछिबाट त्यो र त्यसका भूतात्माहरू ख्रीष्टको आज्ञा पाएर सुँगुरहरूभित्र पसेका थिए। तापनि, यहाँ त्यो 'एक ज्योतिर्मय स्वर्गदूतको भेषमा' देखा पऱ्यो(२ कोरिन्थी ११:१४)।

त्यो शुरुको सर्प कस्तो देखिन्थ्यो भन्ने कुरा हामी जान्दैनौं। तर यति जान्दछौं, कि त्यसका खुट्टाहरू थिए। अनि त्यो तिनीहरूले त्यस अदनको बगैंचामा देख्दै आएका एउटा प्राणी थियो, किनकि हव्वा त्यसलाई देखेर डराइन। हामी यो पनि जान्दछौं, शैतान त्यो प्राणीमा प्रवेश गरेको थियो, र त्यसको मुखबाट आदमकी स्वास्नीसँग बोलेको थियो। त्यो बोल्दा हव्वा अचम्मित भइन। सायद हव्वाले धेरैचोटि त्योसँग बातचीत गरेकी थिई र त्योसँग बातचीत गर्ने सायद उसलाई बानी बसेको थियो। शैतानले आज पनि त्यस्तै प्रकारले काम गर्छ। त्यो पापीहरूसित तिनीहरूको मनमा बोल्छ, तिनीहरूलाई त्यसको कुरा सुन्ने बानी नै पर्छ, र त्योसँग तिनीहरू डराउँदैनन्।

एक दिन हव्वा बगैंचामा एकलै थिई। आदम त्यो बगैंचामा कतै त्यसको 'गोडगाड र हेरचाह'(उत्पत्ति २:१५) गर्दै थिए। हव्वा बगैंचाको बीच भागमा थिई, उसले असल र खराबको ज्ञान दिने रूखको फल हेर्दैथिई। यही बेला शैतान ऊकहाँ आयो। यही बेला शैतानले हव्वाको कानमा सुस्तरी सोध्यो,'के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ'(उत्पत्ति ३:१)? अनि शैतानले परमेश्वरको वचनमाथि शङ्का व्यक्त गऱ्यो। शैतानले आज पनि त्यस्तै गर्छ। त्यसले हामीलाई बाइबलमा भएको परमेश्वरको वचनमा विश्वास नगर्न परीक्षा गर्छ। परमेश्वरले हामीलाई जे भन्नुहुन्छ त्यसले विश्वास नगर्न त्यसले हामीलाई परीक्षा गर्छ। पास्टरले प्रचार गर्दा भनेका परमेश्वरको वचनमा विश्वास नगर्न त्यसले हामीलाई पऱीक्षा गर्छ। तर त्योभन्दा अझ ठूलो कुरा, परमेश्वरले 'बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ' भन्नुभएको छ भनी शैतानले परमेश्वरको वचनलाई बङ्ग्याउँदै त्यस घातक रूखको फल उसले खान सक्छे भन्यो। शेक्सपियरले भनेका छन्,'शैतानले आफ्नो उद्देश्यका निम्ति परमेश्वरको वचन उदधृत गर्न सक्छ।' यहाँ शैतानले परमेश्वरले भन्नुभएको वचनको यो दोस्रो भागलाई त्यसै छाडिदियो,' तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्'(उत्पत्ति २:१७)। शैतानले परमेश्वरको वचनको त्यो भाग छोडिदियो। पवित्र बाइबल व्यवस्था १२:३२ र प्रकाश २२:१९ मा, दुइ पल्ट पवित्रशास्त्रको एउटै पनि वचन नछाड्नु भनी हामीलाई चेताउनी दिइएको छ, जहाँ वचनले भन्छ,'कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र शहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ।' संसारका सबै उदारवादी सेमिनरीहरूमा यस्तो कुरा सिकाइन्छ। सेवकाइका निम्ति अध्ययन गरिरहेका जवानहरूलाई बाइबलका केही भाग सत्य छैनन् भनी सिकाइन्छ। म पढेको उदारवादी सेमिनरीमा पनि मलाई यस्तै शिक्षा दिइएको थियो। यस्तो दुष्ट शिक्षामा विश्वास गऱ्यो भने मानिसको जीवन नाश हुन्छ। प्रेरित पावलले भनेका छन्,'सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो'(२ तिमोथी ३:१६)। मूल हिब्रू र ग्रीक पवित्रशास्त्रको प्रत्येक शब्द परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो। त्यसै कारण म किङ जेम्स बाइबल नै प्रयोग गर्ने गर्छु। आधुनिक बाइबलहरूले मर्कूस ९:२९ मा 'र उपवास' वाक्यांश हटाएको छ वा यशैया ७:१४ मा 'कन्या' लाई 'जवान स्त्री' भनी बदलाएको छ। यस्ता परिवर्तनहरू पवित्रशास्त्रका दुइ प्रतिलिपिहरूमा आधारित छन्, जुन भर्खरै ज्ञानवादमा लागेका प्रतिलिपि बनाउनेहरूले बिगारेका हुन् भनी म विश्वास गर्छु।

म पढेको उदारवादी सेमिनरीमा हामीलाई क्लासमा आउँदा रिभाइज्ड स्टेन्डर्ड बाइबल ल्याउनु भनिन्थ्यो। तर म उनीहरूको कुरा सुन्दिनँ थिएँ, र सधैं किङ जेम्स बाइबल बोकेर जान्थें। म 'नयाँ' अनुवादहरूमा पटक्कै विश्वास गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुँदैन। कहिलेकाहीं म ती बाइबलबाट उल्लेख गर्छु, जहाँ त्यो किङ जेम्स बाइबलसँग मिलेको हुन्छ, तर मेरो व्यक्तिगत बाइबल पठनमा वा मेरो कुनै पनि प्रवचनको मुख्य बाइबल खण्डको रूपमा म ती कहिल्यै पनि प्रयोग गर्दिनँ। मैले किङ जेम्स बाइबल पढ्ने मेरो जीवनभरको बानी बनाएको छु, तपाईंहरूले पनि बनाउनुपर्छ।

त्यो दिन अदनको बगैंचामा हव्वालाई परीक्षा गर्दा सर्पले परमेश्वरको विशुद्ध वचनमा शङ्का गऱ्यो र त्यसलाई बङ्ग्यायो। परमेश्वरले त्यस दम्पत्तिलाई त्यो मनाही गरेको फल स्पष्ट रूपमा नखानू भन्नुभएको थियो। तर नखानू मात्र भन्नुभएको थियो। त्यो 'छुने' विषयमा परमेश्वरले केही पनि भन्नुभएको थिएन। जब हव्वाले 'त्योचाहिँ नखानू न नछुनू, नत्रता तिमीहरू मर्छौ' भनी, त्यसबेला उसले परमेश्वरको वचनमा आफ्नो कुरा थपी। त्यसरी उसले व्यवस्था १२:३२ को वचन उल्ल्ङ्घन गरी, जहाँ परमेश्वरले यसो भन्नुभएको छ,'जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ नगर'(व्यवस्था १२:३२)। यो आज्ञा फेरि प्रकाश २२:१८ मा पनि दिइएको छ,

'यस पुस्तकको अगमवाणीको वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छुः यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ' (प्रकाश २२:१८)।

उदारवादीहरू परमेश्वरको वचनलाई बङ्ग्याउँछन् र कति ओटा भाग हटाउँछन्। मोर्मोनजस्ता झुटो शिक्षाका समूहहरूले मोर्मोनहरूको पुस्तकमा परमेश्वरको वचनमा थपेका छन्। यसरी परीक्षाचाहिँ परमेश्वरको वचनका केही भाग हटाउने वा थप्ने थियो। कुरानमा ख्रीष्टको क्रूसको मृत्युको उल्लेख छैन। झुटा शिक्षाहरूले परमेश्वरको वचनमा थप्छन्, ख्रीष्टियन वैज्ञानिकहरू पनि श्रीमती मेरी बेकर एड्डीका लेखहरूमा त्यसरी नै थप्छन्। परमेश्वरको वचनमा घटबढ गर्नु नै सबै झुटा शिक्षाहरूको जड हो। यसरी बाइबलको वचनमा थपेको वा त्यसबाट केही भाग हटाएको कारण नै आजको दिनसम्म हव्वालाई भएको परीक्षा दोहोरिन्छ, अनि सबै झुटा शिक्षाहरूको केन्द्रमा यही कुरा पाइन्छ।

अब शैतानले हव्वालाई परीक्षा गरेर यति टाढा पुऱ्यायो कि शैतानले सीधै परमेश्वरको वचनमाथि आक्रमण गरेको उसले सुनी। त्यसले उसलाई भन्यो,तिमीहरूले त्यो मनाही गरिएको फल खायौ भने 'मर्दैनौ।'

'जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैको आँखा खुले, र 'नाङ्गै पो रहेछौं' भनी तिनीहरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए' (उत्पत्ति ३:६,७)।

तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरे। अब तिनीहरूले आफूहरू नाङ्गा पापीहरू भएका थाहा पाए। पश्चात्ताप गर्नु र परमेश्वरको कृपाको निम्ति बिन्ती गर्नुको साटो 'तिनीहरूले अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए'(उत्पत्ति ३:७)। आजका पापीहरूले पनि ठीक यस्तै गर्छन्। तिनीहरू 'असल कामहरू गरेर' वा आफै 'भक्तिको भेष धारण गरेर'(२ तिमोथी ३:५) तथा अरू विभिन्न प्रकारले आफ्ना पापहरू ढाक्ने कोसिस गर्छन्।

जब तिनीहरूले परमेश्वरले तिनीहरूलाई बोलाइरहनुभएको आवाज सुने,'आदम र तिनकी पत्नी बगैंचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। तर परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो,'तँ कहाँ छस्?'(उत्पत्ति ३:८,९)। डा. डब्ल्यु.ए. क्रिसवेलले भनेका छन्,

यो परमेश्वरले कुनै बेला उच्चारण गर्नुभएको सबैभन्दा दुःखको वचन हो, 'आदम, तँ कहाँ छस्'? [यसभन्दा अघि] ती पुरुष र स्त्रीले स्वर्गीय उत्सुकतासाथ परमप्रभुलाई भेट्ने गर्थे... परमेश्वर तिनीहरूसँग बातचीत गर्नु आउनुभएको समय सधैं आनन्द, महिमित हुन्थ्यो। तिनीहरूमा कुनै डर थिएन। तर अब तिनीहरूले पाप गरेका थिए। मानिस डराएको थियो। दुवै लजाएका थिए। अनि परमप्रभुले दुःखी सोरमा भन्नुभयो,'ए आदम, तँ कहाँ छस्, र तैंले के गरिस्?' यो हृदय तोडिएको प्रश्नको उत्तर नै पाप, अनुग्रह र प्रायश्चितको सम्पूर्ण कथा हो (डा. डब्ल्यु.ए. क्रिसवेल,पीएचडी,बेसिक बाइबल सर्मन्स् अन द क्रस, ब्रोडमेन प्रेस,१९९०, पृष्ठ ५५)।

आज रात परमेश्वर तपाईंलाई बोलाउनुहुन्छ,'ए पापी, तिमी कहाँ छौ?'

'अनि परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो,'तँ कहाँ छस्?'(उत्पत्ति ३:९)

प्रयोग

अब म तपाईंहरूलाई यो खण्ड र वचनबाट जीवनमा अप्नाउनु पर्ने कुराहरू बताउँछु। आज रात तपाईं कहाँ हुनुहुन्छ?

१.  के तपाईं परमेश्वरको नजरबाट लुकिरहनुभएको छ? जस-जसले पश्चात्ताप गर्न चाहँदैनन् तिनीहरू सबै परमेश्वरको नजरबाट लुकिरहेका हुन्छन्। के तपाईं पनि त्यस्तो हुनुहुन्छ? पवित्र आत्माले तपाईंलाई ख्रीष्टकहाँ बोलाउनुहुँदा के तपाईं परमेश्वरदेखि लुक्नुहुन्छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

२.  के तपाईंले बाइबलमा विश्वास गर्न नचाहनुभएको कारण परमेश्वरदेखि लुकिरहनुभएको छ? के शैतानले तपाईंलाई परमेश्वरको वचन एउटा पुरानो पुस्तक हो भनी सोच्ने बनाएको छ? के तपाईंले त्यसमा विश्वास गर्न नपरोस् भनेर हो? के त्यसले तपाईंलाई प्राप्त गर्न सकिने स्वर्ग पनि छैन, डराउनु पर्ने नरक पनि छैन भनेको छ? के आजको रात तपाईंको पाप त्यही नै हो? के आजको रात तपाईंको पाप त्यही नै हो?

३.  के तपाईंले एक असल र नैतिक जीवन जिइरहनुभएको छ भनी सोच्नुहुन्छ? के तपाईं आफूलाई धेरै राम्रो ठान्नुहुन्छ, र तपाईंका पापाहरू स्वीकार गर्न र ख्रीष्टको प्रायश्चितको मृत्युद्वारा बचाइनु आवश्यक छैन भन्ने सोच्नुहुन्छ? के तपाईंको असल र नैतिक जीवन तपाईंलाई बचाउन पर्याप्त छ? के शैतानले यो झुटो कुरा तपाईंलाई भनेको छ? के तपाईं त्यही कुरामा विश्वास गर्नुहुन्छ? ? के आजको रात तपाईंको पाप त्यही नै हो?

४.  जागृतिको बेला परमेश्वर ओर्लेर आउनुहुँदा के तपाईंले आफैलाई पापको, तपाईंको मन र दुष्ट हृदयको पापको दोषी महसुस गर्नुभयो? के आफ्ना पापको निम्ति रुनेहरूलाई देखेर तपाईंले तिनीहरूलाई कमजोर र मूर्ख ठान्नुभयो? के अहिले पनि तपाईं त्यस्तै सोच्नुहुन्छ? के शैतानले तपाईंलाई रुने र पश्चात्ताप गर्नेहरू मूर्ख हुन् भनी सोच्ने बनाएको छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

५.  जब तपाईंले जोन केगनले पापसँग संघर्ष गर्दै राति तिनी सुत्न पनि नसकेका कुरा सुन्नुभयो, के तपाईं तिनलाई एक अनौठो व्यक्ति ठान्नुभयो? के त्यसको कुनै आवश्यकता थिएन भनी सोच्नुभयो, के एक मूर्ख केटो पापको निम्ति चिन्तित भएको ठान्नुभयो? के शैतानले तपाईंलाई जोन केगन अति भावुक भएको थियो भनी सोच्ने बनायो? के त्यसले तपाईंको आत्माका निम्ति त्यस्तो केही आवश्यकता छैन भन्यो? के आजको रात तपाईंको पाप त्यही नै हो?

६.  जब म तपाईंलाई साँचो परिवर्तनमा पापसँग संघर्ष गर्नुपर्छ र तपाईंको पापको निम्ति गहन रूपमा दुःखी हुनुपर्छ भन्छु, त्यस बेला के शैतानको कुरा सुन्नुभयो? के मैले भनेको कुरालाई खारिज गर्नुभयो, र तपाईं जस्तो हुनुहुन्छ, ठीकै हुनुहुन्छ भनी सोच्नुभयो? के आजको रात तपाईंको पाप त्यही नै हो?

७.  मैले तपाईंले गर्नुभएका पापहरू साना छन् र त्यसले तपाईंलाई नरकको योग्य बनाउँदैन भनेको कहिले सुन्नुभएको छ? शैतानले त्यस्तो विचार तपाईंको मनमा हालिदिँदा के तपाईंले विश्वास गर्नुभयो? के तपाईंका पापहरू अति साना छन्, र परमेश्वरले तिनको न्याय गर्नुहुन्न भनी सोच्नुहुन्छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

८.  के तपाईंका मित्रहरू हराएका मानिसहरू हुन्? के तपाईं अख्रीष्टियन मित्रहरूको साथमा लागेर पनि परमेश्वरले तपाईंलाई आशिष् दिनुहुन्छ र रक्षा गर्नुहुन्छ भनी सोच्नुहुन्छ? जब तपाईं बाइबलले 'संसारको सँगको मित्रता परमेश्वरसँगको शत्रुता हो'(याकूब ४:४) भनेको सुन्नुभयो, के तपाईंले संसारका मित्रहरूलाई छोडिदिनुभयो? कि तिनीहरूसँग मित्रता गर्दा केही पनि हुँदैन भन्ने सोच्नुभयो? के आजको रात तपाईंको पाप त्यही नै हो?

९.  के तपाईं आफूले चिनेको कुनै व्यक्ति- यहाँसम्म कि चर्चमा हुने कुनै व्यक्तिसँग पनि यौन-सम्पर्क गर्ने कुरा सोचिरहनुहुन्छ- के त्यस्तो विचार गर्दा केही पनि हुँदैन र त्यसले उनीहरूप्रतिको तपाईंको कामवासना बढाउँछ भनी शैतानले भनेको छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

१०.  के तपाईं भिडियो गेममा घन्टौं बिताउँदा केही पनि हुँदैन भन्ने सोच्नुहुन्छ? के शैतानले त्यो कुनै हानि नगर्ने रमाइलो खेल हो भनेको छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

११.  के तपाईं म पास्टरसँग डराउनुहुन्छ? मसँग किन डराउनुहुन्छ? के म धेरै कठोर भएकोले गर्दा हो? के मैले भनेको वा गरेको कुरामा कुनै गल्ती भेटेर हो? तपाईं परमेश्वरको नजरबाट लुकिरहनुभएको कारण शैतानले तपाईंलाई मदेखि डराउने बनाएको हो, र त्यसैले म सिद्ध नभएको दोष लगाएको हो? आज बिहान जोन केगनले तिनको प्रवचनमा मेरो विषयमा बोल्दै जसरी 'हे परमेश्वर, हाम्रा पास्टरका निम्ति तपाईंलाई धन्यवाद!' भने, के तपाईं त्यसो भन्न सक्नुहुन्छ? मैले तपाईंहरूको 'प्राणको हेरचाह' गरेका निम्ति के तपाईं मलाई प्रेम गर्नुहुन्छ-कि मलाई परमेश्वरको प्रवक्ता ठानेर मसँग डराउनुहुन्छ र तपाईंको गुप्त जीवन मदेखि लुकाउनुहुन्छ, जसरी हप्की पाइन्छ भन्ने डरले आदमले आफ्नो गुप्त जीवन लुकाए, त्यसरी तपाईंको गुप्त जीवन मदेखि लुकाउनुहुन्छ? के शैतानले तपाईंलाई मदेखि डराउने बनाएको छ? के आजको रात तपाईंको पाप त्यही नै हो?(हिब्रू १३:१७)

१२.  के तपाईंले पहिले पास्टरसँग कुराकानी नगरी कुनै केटा वा केटी आफ्नो मित्र बनाउन चाहनुभएको छ? के तपाईं चर्चलाई नेतृत्त्व गर्ने पास्टरलाई भरोसा गर्नुहुन्छ, कि आदम बगैंचामा लुकेझैं उनीदेखि लुक्नुहुन्छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

१३.  के तपाईंको हृदयमा कुनै यस्तो अन्धकारको कुरा छ, जसले गर्दा हामीले तपाईंलाई 'के ख्रीष्टमा विश्वास गर्नुहुन्छ' भनी सोद्धा तपाईंको मुखलाई बन्द गरिदिन्छ। के शैतानले तपाईंलाई त्यसै गर्नु भनेको छ? के तपाईंले केही जवाफ दिनुभएन भने ख्रीष्टलाई इन्कार गरेकोमा तपाईंलाई क्षमा हुनेछ भनी त्यसले भनेको छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

१४.  के तपाईं चर्चको कुनै व्यक्तिसँग ईर्ष्या गर्नुहुन्छ? के तिनीहरूको प्रशंसा गरिन्छ, तर तपाईंको गरिँदैन भनी ईर्ष्या गर्नुहुन्छ? के आजको रात तपाईंको पाप त्यही नै हो?

१५.  प्रभुलाई ग्रहण गर्ने निमन्त्रणा दिँइँदा के तपाईं अगाडि आउन इन्कार गर्नुहुन्छ? के तपाईं 'मूर्खको बाटो आफ्नै नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ' भन्ने बाइबलको भनाइलाई अस्वीकार गर्नुहुन्छ? के तपाईं त्यत्ति मूर्ख हुनुहुन्छ, कि प्रवचनको अन्त्यमा सल्लाह लिन पनि इन्कार गर्नुहुन्छ? के आजको रात तपाईंको पाप त्यही नै हो?


यो वर्ष हाम्रो चर्चमा जागृति आउँदा के यी अथवा अरू कुनै पापले तपाईंलाई ख्रीष्टमा विश्वास गर्नबाट रोकेको थियो? 'ए आदम, तँ कहाँ छस्?' के तपाईंले परमेश्वर तपाईंको पापको विषयमा बोल्नुभएको आवाज सुन्नुभयो? अनि के तपाईंले आदमले झैं यसो भन्नुभयो,'मैले तपाईंको सोर सुनें, र म डराएँ र म लुकें?' तपाईंहरूका निम्ति बाइबलका दुइ ओटा पद छोड्न चाहन्छु,

'आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ' (हितोपदेश २८:१३)।

'तर उहाँ ज्योतिमा हुनुभएझैं यदि हामी पनि ज्योतिमा हिँड्छौं भने, एउटा अर्कासित हाम्रो संगति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ' (१ यूहन्ना १:७)।

कृपया सबै जना एकसाथ खडा हुनुहोस्। डा. केगन, जोन केगन र म यहाँ पुल्पिटको अगाडि हुनेछौं, जो-जो आफ्ना पापबाट फर्केर प्रभु येशू ख्रीष्टमा विश्वास गर्न चाहन्छन्- उहाँको अमूल्य रगतद्वारा सबै पापबाट शुद्ध हुन चाहन्छन् उनीहरूलाई हामी सल्लाह दिनेछौं। हामी भजन नम्बर ७ गाउनेछौं, तपाईंको स्थानबाट उठेर यहाँ अगाडि आउनुहोस्। भजन नम्बर ७ गाऔः

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, हरेक इच्छा
   तपाईंको महिमा गर्न मेरो प्राण प्रेरित,
तपाईंको सिद्धता, तपाईंको पवित्र प्रेम,
   मेरो बाटो उज्यालो माथिको ज्योतिले।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो, नोआ सङद्वारा – उत्पत्ति ३:८-१०
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
'हे परमेश्वर मलाई जाँच्नुहोस्'(भजन १३९:२३-२४)
'आई एण कमिङस,लर्ड' (लिविस हर्टसगद्वारा रचित, १८२८-१९१९, कोरस मात्र)