Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




तिनीहरूका बीचबाट निस्केर आओ

COME OUT FROM AMONG THEM!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, १३ नवम्बर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, November 13, 2016

'यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ'(२ कोरिन्थी ६:१७-१८)।


'तिनीहरूका बीचबाट निस्केर आओ।' त्यसको अर्थ ती मानिसहरूलाई छोड्नु हो जो पापमा जिउँछन्। 'अलग' हुनुको अर्थ त्यही हो। 'तिनीहरूका बीचबाट निस्केर आओ।' 'अलग' हुनु भन्ने कुरा बाइबलको एउटा अति महत्त्वपूर्ण कुरा हो। अलग हुनु महत्त्वपूर्ण छ, किनकि त्यसो नगरी तपाईं एक ख्रीष्टियन बन्न सक्नुहुन्न। अलग हुनु महत्त्वपूर्ण छ, त्यसो नगरी तपाईं एक विजयी जीवन जिउन सक्नुहुन्न। अलग नभई तपाईं विजय पाउने जीवन जिउन सक्नुहुन्न। अलग हुनु भनेको विश्वास नगर्ने व्यक्तिहरूसित मित्रतामा नबाँधिनु हो। अलग हुनु भनेको संसारलाई प्रेम नगर्नु हो। बाइबलले भन्छ, 'यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन(१ यूहन्ना २:१५)। फेरि यसले भन्छ, 'संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो'(याकूब ४:४)। मलाई सच्च्याउनका निम्ति एक जना व्यक्तिले येशूले भन्नुभएको वचन भन्यो,'यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने,यसैबाट सबैले जान्नेछन्,कि तिमीहरू मेरा चेलाहरू हौ'(यूहन्ना १३:३५)। तर प्रभुले कसलाई संकेत गरिरहनुभएको थियो? विश्वास नगर्नेहरूलाई होइन। उहाँ चेलाहरूले एक-अर्कालाई प्रेम गर्नुपर्ने विषयमा भनिरहनुभएको थियो। शेक्सपियरले भने,'शैतानले आफ्नो उद्देश्य पूरा गर्न पवित्रशास्त्र बाइबलको वचन उल्लेख गर्न सक्छ।' हाम्रो आजको बाइबल पदले यो कुरा स्पष्ट पार्दछ,

'तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, परमप्रभु भन्नुहुन्छ” (२ कोरिन्थी ६:१७)।

हराएका मानिसहरूबाट अलग बस्नु किन अति नै महत्त्वपूर्ण कुरा हो?

१. पहिलो, यो महत्त्वपूर्ण छ, किनकि बाइबलभरि नै यो शिक्षा दिइएको छ।

लोतकी स्वास्नी सदोम शहरको आफ्ना पापी मित्रहरूसँग अलग नभएकी कारण तिनले आफ्नो प्राण गुमाउन पऱ्यो। परमेश्वरले लोतलाई उहाँले त्यो शहरलाई नाश पार्नुहुनेछ भन्नुभयो। उहाँले त्यसलाई नाश पार्न लाग्नुभएको थियो, किनकि त्यो शहरका मानिसहरू अति नै पापी र सांसारिक थिए। परमेश्वरले लोतलाई भन्नुभयो,'उठ,यस ठाउँबाट गइहाल, किनभने परमप्रभुले यो शहर नष्ट पार्नुहुनेछ'(उत्पत्ति १९:१४)। लोतले आफ्नी स्वास्नीलाई तिनीहरू सदोम छोडेर जानुपर्छ भन्यो। तिनीहरू त्यहाँबाट निस्केर जाँदा तिनी आफ्ना पतिको पछिपछि लागिन्। तर तिनी आफ्ना पापी मित्रहरूलाई छोड्न चाहँदिनथिन्। तिनी आफ्ना पतिको साथमा जान लागिन्। तर 'तिनकी स्वास्नीले पछाडि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्'(उत्पत्ति १९:२६)। डा. चार्ल्स सी. रिर्रीले भनेका छन्,'तिनको मन अझै पनि सदोममा नै थियो। तिनी आफैलाई आफ्ना पापी मित्रहरूबाट अलग गर्न चाहँदिनथिन्। तिनले पछाडि फर्केर हेरिन् अनि हराएका आफ्ना मित्रहरूतिर जान लागिन्। आफ्नो हराएका मित्रहरूकहाँ जानका निम्ति पछाडि फर्केर हेर्ने साथ तिनी 'नूनको थाम भइहालिन्।' परमेश्वरले सदोममा पठाउनुभएको आगो र गन्धकले तिनलाई लपेट्यो। तिनी आगोले भरिएको गन्धकले छोपिइन्। परमेश्वरले तिनको शरीरमा गन्धक बर्साउनुभयो। तिनी तापले गलेको थामको रूप बनिन्। तिनी जिउँदै जलाइन्, किनकि तिनी सदोमका आफ्ना पापी मित्रहरूबाट अलग हुन चाहँदिनथिन्। तिनले आफ्नो आत्मा गुमाइन् र नरकमा गइन्। अनि येशूले भन्नुभयो,

'लोतकी स्वास्नीलाई याद गर'(लूका १७:३२)

यदि तपाईं पनि चर्च छोडेर आफ्ना पापी मित्रहरूकहाँ फर्केर जानुहुन्छ भने तपाईंलाई पनि यस्तै हुन सक्छ। तपाईं परमेश्वरको दण्डको आगोमा नाश हुनुहुनेछ।

'लोतकी स्वास्नीलाई याद गर'

हाम्रा ब्याप्टिस्ट पिता, जोन बनयानले त्यस्तै कथा बताएका छन्। एक जना व्यक्ति विनाशको शहर छोडेर गयो। ख्रीष्टको पछि दगुर्दै जाँदा उसले पछाडि फर्केर हेरेन। उसका उद्धार नपाएका दुइ जना मित्र उसको पछिपछि आए। तिनीहरूले उसलाई त्यो विनाशको शहरमा फर्केर जानुहोस् भने। तर उसले तिनीहरूका कुरा सुनेन। तिनीहरूले उसलाई आफ्ना हराएका मित्रहरूकहाँ फर्केर आउनुहोस् भने। तर उसले त्यसो गरेन। ऊ आफ्ना हराएका मित्रहरूबाट अलग भयो र बच्यो(जोन बनयानको यात्रीको प्रगति बाट केही शब्दहरू थपेर व्याख्या गरिएको)।

यदि तपाईं चर्च आउनु थाल्नुभयो र उद्धार पाउन चाहनुभयो भने तपाईंलाई पनि त्यस्तै हुनेछ। तपाईंको हराएका मित्रहरू र आफन्तहरूले तपाईंलाई फर्काएर लैजाने सक्दो कोसिस गर्नेछन्। तिनीहरूको साथमा पापमय जीवनमा फर्काउने कोसिस गर्नेछन्। बनयानका मानिसका मित्रहरूले भने,'के तपाईं आफ्ना सबै सांसारिक मित्रहरूलाई छोड्नुहुनेछ?' बनयानको मानिसले भन्यो,'अँ छोड्छु, म तिनीहरू सबैलाई छोड्नेछु, किनकि त्यसो गरेर मात्र म ख्रीष्टमा उद्धार पाउन सक्छु।' लोतकी स्वास्नीलाई पनि यस्तै हुनेथियो। तिनी आफ्ना पापी मित्रहरूकहाँ फर्केर गइन्, अनि परमेश्वरको दण्डको आगोमा जिउँदै जलेर मरिन्। बनयानको समयमा पनि यस्तै हुन्थ्यो। अनि आज पनि त्यस्तै छ। पापमय जीवन जिउने मित्रहरूबाट अलग भएर मात्र तपाईं सधैंभरि बचाइनुहुनेछ। तपाईंका पापी मित्रहरूले तपाईंलाई चर्च आउनदेखि रोक्छन् भने तिनीहरूलाई त्याग्नुहोस्। तिनीहरूलाई पछाडि छोडेर येशूकहाँ आउनुहोस्। एक साँचो ख्रीष्टयन भन्ने तरिका त्यही मात्र हो।

'यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो,' परमप्रभु भन्नुहुन्छ। ...म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ' (२ कोरिन्थी ६:१७-१८)।

तिनीहरूका बीचबाट निस्केर आओ। अलग हुनु आवश्यक छ। यदि तपाईं येशूद्वारा पाप र नरकबाट बचाइन चाहनुहुन्छ भने तपाईंले आफ्ना पापी मित्रहरूलाई त्याग्नुपर्छ। यदि तपाईं साँच्चै येशूद्वारा पापबाट बचाइन चाहनुहुन्छ भने तपाईंले पापमय जीवन जिउने आफन्त र हराएका मित्रहरूलाई त्याग्नुपर्छ। बाइबलले भन्छ,

'अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?' (२ कोरिन्थी ६:१४)।

डा. जोन आर. राइसले यस्तो टिप्पणी गरेका छन्। तिनले भनेका छन्,

बाइबलका सिद्धान्तहरूमध्ये सबैभन्दा स्पष्ट ख्रीष्टियनहरू अलग हुनुपर्ने सिद्धान्त हो। यही एउटा शिक्षा थियो, जसमाथि परमेश्वरले यहूदीहरूलाई दिनहुँ, बारम्बार, निरन्तर जोड दिनुभयो। जब एक जना हिब्रू किसानले खेत जोत्दा आफ्नो मनमा यसो भन्थ्यो,'परमेश्वरले मलाई दुइ ओटा पशु मिलाएर नजोत्ने आज्ञा दिनुहुन्छ। म दुइ ओटा गोरु वा दुइ ओटा गधा जोत्न सक्छु, तर तिनीहरूलाई मिसाएर जोत्नु सक्दिनँ। म तिनीहरूलाई मिसाउन सक्दिनँ, किनकि परमेश्वर मैले यो सम्झना गरेको चाहनुहुन्छ,कि म ती मानिसहरूसँग मिसिनुहुँदैन, जो परमेश्वरका मानिसहरू होइनन्'(डा. जोन. आर.राइस, दि अनइक्वल योक, द सर्ड अफ द लर्ड,१९४६, पृष्ठ ४-५)।

अविश्वासीहरूसँगको मित्रताबाट अलग हुने शिक्षा बाइबलको एकछेउदेखि अर्को छेउसम्म दिइएको छ।

'अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?'(२ कोरिन्थी ६:१४)।

२. दोस्रो, अलग्गाइले तपाईंलाई संसारको संगतिबाट बाहिर निकाल्छ अनि स्थानीय चर्चको संगतिमा ल्याउँछ।

यूहन्ना १५:१९ मा प्रभु येशूले भन्नुभएको वचन सुन्नुहोस्। येशूले भन्नुभयो,

'यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ'(यूहन्ना १५:१९)।

'तिमीहरूलाई संसारबाट मैले चुनें' भन्ने वचनमा ध्यान दिनुहोस्। यो वचन सुन्ने गरी भन्नुहोस्, 'तिमीहरूलाई संसारबाट मैले चुनें।'

यूहन्ना १७:६ मा प्रभु येशू फेरि भन्नुहुन्छ,

'संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु' (यूहन्ना १७:६) ।

यी दुवै पदमा 'संसार' भनी अनुवाद गरिएको ग्रीक शब्दले मानव जातिलाई बुझाउँछ। येशूले भन्नुभयो,

'तिमीहरूलाई संसारबाट मैले चुनें'(यूहन्ना १५:१९) ।

यसको अर्थ अलग हुनु हो। हामी 'संसारबाट चुनिएका हौं।'

नयाँ करारमा 'चर्च' भनी अनुवाद गरिएको ग्रीक शब्द 'एक्लेसिया' हो। यसको अर्थ 'बोलाइएका मानिसहरू' हो, 'एक' को अर्थ 'बाट', अनि 'कलिओ' को अर्थ 'बोलाउनु' (दाखको बोट) हो। यसरी 'चर्च' को अर्थ 'बोलाइएका मानिसहरू' भन्ने हुन्छ (स्कोफिल्ड, मत्ती १६:१८ को टिप्पणी)।

प्रेरित २:४७ ले के भन्छ सुन्नुहोस्। त्यहाँ यरूशलेमको स्थानीय चर्चमा के भयो भन्ने विवरण हामी पाउँछौं। यसले भन्छ,

'उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो'(प्रेरित २:४७) ।

प्रभु येशूले भन्नुभयो,

'तिमीहरूलाई संसारबाट मैले चुनें'(यूहन्ना १५:१९) ।

आधुनिक अंग्रेजी अनुवादमा यो अति स्पष्ट छ,

'अनि प्रभुले दिनदिनै चर्चको संख्यामा(बोलाइएका मानिसहरू) थपिदिनुहुन्थ्यो'(प्रेरित २:४७) ।

यसैले, हामी संसारबाट चर्चभित्र बोलाइएका मानिसहरू हौं।

'तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, परमप्रभु भन्नुहुन्छ' (२ कोरिन्थी ६:१७)।

बाइबलले जुन अलग हुने कुरा गरेको छ त्यसले तपाईंलाई संसारको संगतिबाट बाहिर निकाल्दछ। अलग हुने कार्यले तपाईंलाई स्थानीय चर्चको संगतिमा ल्याउँछ। तपाईं संसारलाई पछि छोड्नुहुन्छ, अनि तपाईं चर्चमा सबै नयाँ मित्रहरू बनाउनुहुन्छ।

३. तेस्रो, अलग हुने कुरा हृदयको विषय हो।

कृपया, याकूब ४:४ हेर्नुहोस्। यो नेपाली बाइबलको पृष्ठ १७०० मा छ। आउनुहोस्, हामी सबै खडा भएर जोड्सँगले यो पढौं,

'व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ' (याकूब ४:४)।

यो भनाइ स्पष्ट छ! 'जो संसारसँग मित्र हुन चाहन्छ, त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।' तपाईंहरू बस्न सक्नुहुन्छ।

प्रभु येशू हराएका मानिसहरूप्रति दयालु हुनुहुन्थ्यो। उहाँले कर उठाउने र पापीहरूसँग पनि बसेर खानु भयो। तर उहाँका घनिष्ठ मित्र उहाँका चेलाहरू, मरियम, मार्था र लाजरस थिए। उहाँ मित्रहरू सबै साँचो ख्रीष्टियनहरू थिए- उहाँले तपाईंलाई उहाँको पछि लाग्न बोलाउनुहुन्छ। तपाईंका सबै घनिष्ठ मित्रहरू साँचो ख्रीष्टियन हुन् भनी निश्चित गर्नुहोस्। जुन मित्रहरू साँचो ख्रीष्टियन होइनन्, तिनीहरूलाई त्यागिदिनुहोस्। बाइबलले त्यस्तै शिक्षा दिँदछ।

'यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ'(२ कोरिन्थी ६:१७-१८)।

अलबर्ट बारनेसले बाइबलका ती वचनहरूको आधारमा यस्तो टिप्पणी गरेका छन्। तिनले भने,

      तिनीहरू(जो ख्रीष्टियन बन्न चाहन्छन्)ले आफैलाई संसारबाट अलग गर्ने संकल्प गर्नुपर्छ। यस्तो अलग्गाइबिना, अनि जुन मानिसहरू (विश्वास नगर्ने) साथीहरू त्याग्न र परमेश्वरका मानिसहरूको बीचमा आफ्ना मित्रहरू र खुशी खोज्न अनिच्छुक हुन्छन्(तिनीहरू साँचो ख्रीष्टियन बन्न सक्दैनन्) त्यहाँ कुनै (ख्रीष्टियन विश्वासको) अस्तित्व हुँदैन,... परमेश्वरका मित्रहरू र पापका मित्रहरू बीच रेखा खिँच्नुपर्छ। हामी छिमेकी र नागरिकहरूको रूपमा उनीहरूसँग हेलमेल गर्न इन्कार गर्दैनौं.. तापनि हाम्रो चुनिएका मित्रहरू र हाम्रा प्रिय मित्रता परमेश्वरकै मानिसहरूसित हुनुपर्छ। किनकि, परेमश्वरका मित्रहरू हाम्रा मित्रहरू बन्नुपर्छ, हामीले उनीहरूमा आफ्नो खुशी पाउनुपर्छ, अनि हामी कामुकता, अभिलाषा र पापका मित्रहरूलाई भन्दा ख्रीष्टका मित्रहरूलाई मन पराउँछौं भनी संसारले देख्नुपर्छ(अलबर्ट बारनेस,नोट्स अन द न्यू टेस्टामेन्ट, II कोरिन्थियन्स, बेकर बुक हाउस, १९८५, पुनर्प्रकाशित, पृष्ठ १६२)

संसारले यो देख्नुपर्छ, कि तिनीहरू जे चाहन्छन् त्यो हामी चाहँदैनौं!

बारनेसले हामीलाई भनेका छन्,'हामीले आफैलाई संसारबाट अलग गर्ने..अनि हाम्रा घनिष्ठ मित्रहरू र आनन्द परमेश्वरका मानिसहरूको बीचमा खोज्ने संकल्प गर्नुपर्छ'(ऐजन)।

जोन बनयानले यो कुरा तिनीहरूलाई भनेका थिए जसले उद्धारको खोजी गर्ने व्यक्तिलाई पछिल्तिरबाट तानेका थिए। तिनले भने,

'तपाईंहरू विनाशको शहरमा बस्नुहुन्छ... अनि त्यहाँ मर्ने व्यक्तिहरू चिहानभन्दा गहिरोमा, आगो र गन्धकको ठाउँमा पर्नेछन्। विश्वस्त हुनुहोस्, अनि मेरो साथ ख्रीष्टकहाँ आउनुहोस्।' उसको पछि लाग्ने व्यक्तिले छक्क पर्दै भन्यो, 'के अरे!' 'अनि तिम्रा सबै मित्रहरू र आराम-सुविधाहरू पछि छोडनु?' अनि त्यस व्यक्तिले(ख्रीष्टलाई खोजिरहेको) भन्यो,'हो, किनकि तिमीले त्याग्ने सबै कुराहरू मैले खोजिरहेको कुरासँग तुलना हुन सक्दैन, किनकि म ख्रीष्टको खोजी गर्दछु- पापको होइन' (जोन बनयान,पिलग्रिम्स प्रोग्रेस इन टुडेज इङलिस, जेम्स एच. थोमसद्वारा फेरि भनिएको, मुडी प्रेस,१९६४, पृष्ठ १३-१४)। '

तपाईं संसारबाट बाहिर ख्रीष्टकहाँ बोलाइनुभएको छ। जुन व्यक्ति संसारमा मित्रता र आराम-सुविधा खोज्न छोड्नु मान्दैन, उ कहिल्यै पनि ख्रीष्टमा आउँदैन। तपाईं एकै पल्टमा दुइ ओटा दिशामा हेर्न सक्नुहुन्न! 'दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ'(याकूब १:८)। 'दोहोरो मन' भएको मानिस ख्रीष्टमा आउँदैन।

'यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, ... र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ,'(२ कोरिन्थी ६:१७-१८)।

ख्रीष्ट चाहनुहुन्छ, तपाईंले संसारमा भरोसा राख्न छोड्नुहोस् अनि त्यसको साटो बरू उहाँमाथि भरोसा राख्नुहोस्। जसरी एउटा पुरानो भजनले भन्छ,

'तिम्रो हृदय मलाई देऊ,' भन्छन् मानिसका उद्धारकर्ता
   बोलाउँदै कृपामा घरी-घरी,
असीमित अनुग्रह मलाई दिइएको छ
   के मरिनँ म तिम्रो निम्ति, तिम्रो हृदय मलाई देऊ।
'तिम्रो हृदय मलाई देऊ,' 'तिम्रो हृदय मलाई देऊ,'
   सुन सुस्त कानेखुशी, जहाँ छौ तिमी,
अँध्यारो संसारबाट उहाँले तिमीलाई बाहिर निकाल्छन्,
   कोमलतासाथ बोल्दै, 'तिम्रो हृदय मलाई देऊ,'
(गिभ मि दाय हार्ट- एलिजा ई. हिविट-१८५१-१९२०-द्वारा रचित)

जोन केगन भर्खरको जवान छँदा तिनी चर्चका केही खराब केटाहरूसँग घुम्थे। ती केटाहरू चर्च त आउँथे, तर मैले प्रचार गरेका कुराहरूमा हाँस्ने गर्थे। तिनीहरू घिनलाग्दा ठट्टाहरू भन्थे। तिनीहरू व्यभिचार र गाँजाजस्तो मादक पदार्थको बारेमा कुराकानी गर्दथे। तर डा. केगनले तिनीहरू गलत छन् भनी बुझ्न थाले। तिनको हृदय पापको निम्ति दोषी भयो। तिनका पापहरूले तिनलाई नरकतिर तानिरहेको छ भन्ने महसुस गरे। अन्त्यमा तिनी ती खराब केटाहरूको संगतदेखि अलग भए। तिनले ती मित्रहरूलाई पूर्ण रूपले त्यागिदिए र आफ्नो हृदय ख्रीष्टलाई दिए। तिनले हाम्रो चर्चका जवानहरूसँग मित्रता गरे, जो असल ख्रीष्टियनहरू थिए। चाँडै तिनको हृदय परिवर्तन भयो। मेरा प्रवचनहरू सुनेर हाँस्ने केटाहरू प्रायः सबै हाम्रो चर्च छोडेर गइसकेका छन्। तर डा. केगनले ख्रीष्टमा विश्वास गरे अनि उद्धार पाए। तिनले उद्धार मात्र पाएनन्, तर अब तिनी बाइबल सेमिनरीमा जाँदैछन् र एक पास्टर बन्नेछन्। जोनले प्रचार गर्दा तपाईंहरू तिनको हृदय पापप्रतिको घृणा र येशूप्रतिको प्रेमले भरिएको महसुस गर्न सक्नुहुन्छ। म गर्वसाथ भन्छु, अब डा. केगन मेरा घनिष्ठ मित्रहरूमध्ये एक हुन्। विगत शुक्रबार जोन र जुली सिभिले मेरो परिवारको साथमा रातिको भोजन खान र मेरा छोराहरूको जन्मदिनका नाटकहरू हेर्न गए। ती खराब केटाहरू गएपछि परेमश्वरले जोनलाई नयाँ मित्रहरूको झुन्ड दिनुभयो। एरोन यान्सी, ज्याक गेन, नोआ सङ र म वृद्ध प्रचारकजस्ता मित्रहरू दिनुभयो। हामी सबै जोन केगनलाई आफ्नो मित्र भन्न गर्व गर्छौं, किनकि अब तिनी ख्रीष्टका मित्र हुन्- अनि अब 'चर्चका दुष्ट' केटाहरूका मित्र होइनन्। तिनी ख्रीष्टमा आए। तिनी हामीकहाँ आए। तिनी एक दिन हाम्रो यो चर्चका पास्टर हुनेछन् भन्ने सोचेर हामी कति खुशी छौं। ती दुष्ट केटाहरू सारा अनन्तताभरि नरकको आगोमा जलिरहेका बेला तिनी यहाँ प्रचार गरिरहेका हुनेछन्।

के तपाईं ती पापी मित्रहरूलाई छोडेर आउनुहुनेछ? के तपाईं परेमश्वरका पुत्र येशूमा विश्वास गर्नुहुनेछ? के तपाईं उहाँकहाँ आउनुहुनेछ, र उहाँको रगतद्वारा आफ्ना पापहरूबाट शुद्ध हुनुहुनेछ? जोन केगन, तिनका बुबा, र म आफै पनि त्यस विषयमा यहाँ पुल्पिटको अगाडि तपाईंहरूसँग बातचीत गर्न चाहन्छौं। तपाईंहरू आइरहनुभएको बेला श्री ग्रिफिथले 'तिम्रो हृदय मलाई देऊ' भजन गाउनेछन्। तिनले यो भजन गाउँदै गर्दा तपाईंहरू आउनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो श्री नोआ सङद्वारा – २ कोरिन्थी ६:१४-१८
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
         (गिभ मि दाय हार्ट- एलिजा ई. हिविट-१८५१-१९२०- द्वारा रचित)


रूपरेखा

तिनीहरूका बीचबाट निस्केर आओ

COME OUT FROM AMONG THEM!

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट अलग हो, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ' (२ कोरिन्थी ६:१७-१८)।

(१ यूहन्ना २:१५; याकूब ४:४; यूहन्ना १३:३५)

१. पहिलो, यो महत्त्वपूर्ण छ, किनकि बाइबलभरि नै यो शिक्षा दिइएको छ।
उत्पत्ति १९:१४,२६; लूका १७:३२; २ कोरिन्थी ६:१४

२. दोस्रो अलग्गाइले तपाईंलाई संसारको संगतिबाट बाहिर निकाल्छ अनि
स्थानीय चर्चको संगतिमा ल्याउँछ।
यूहन्ना १५:१९; यूहन्ना १७:६;
प्रेरित २:४७

३. तेस्रो,३. अलग हुने कुरा हृदयको विषय हो। याकूब ४:४; १:८