Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




शैतानलाई कसरी जित्ने

HOW TO OVERCOME THE DEVIL
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, ६ नवम्बर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट
टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, November 6, 2016

“तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्” (प्रकाश १२:११) ।


शैतान र त्यसका शैतानिक दूतहरू स्वर्गबाट बाहिर निकालिएका थिए। तिनीहरू अझै पनि स्वर्गीय स्थानाहरूमा घुमिहिँड्दथे। शैतानलाई 'आकाशको शक्तिको मालिक' भनिएको थियो (एफिसी २:२)। भूतहरू अहिले पनि 'स्वर्गीय स्थानहरू' भित्र पस्न सक्छन्(एफिसी ६:१२)- तिनीहरू कहिलेकाहीं 'स्वर्गीय स्थानहरू' मा जान सक्छन्। त्यसैकारण अय्यूब १६ ले हामीलाई भन्छ,'स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो।' तर तिनीहरूले महासङ्कष्टको पहिलो साढे तीन वर्षसम्म त्यसो गर्न सक्ने छैनन्। महासङ्कष्ट आउने लागेको ख्रीष्ट विरोधीको शासनमा इस्राएल र ख्रीष्टियनहरूमाथि सात वर्षसम्म हुने ठूलो सतावटको काल हो। त्यो महासङ्कष्ट ख्रीष्ट विरोधीले इस्राएलसँग एउटा करारमा हस्ताक्षर गरेपछि शुरु हुनेछ(दानिएल ९:२७)।

त्यो सात वर्षको बीचमा शैतान र त्यसका भूतात्माहरू स्वर्गीय स्थानहरूबाट हटाइएर पृथ्वीमा फालिनेछन्। हामी बाइबलमा पढ्छौं,

'अनि स्वर्गमा लडाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे, तर तिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन। त्यो ठूलो अजिङ्गर तल फालियो- त्यो प्राचीन सर्प, जो सारा इस्राएललाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू साथसाथै फ्याँकिए'(प्रकाश १२:७-९)।

“शैतान यस कुराले गर्दा अत्यन्तै रिसाउनेछ। किनकि हामीलाई भनिएको छ,'किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ” (प्रकाश १२:१२)।

शैतान अहिलेदेखिनै रिसाउन थालिसकेको छ। इस्राएलको पुनर्जन्म हुनु अन्त्यको चिन्ह हो भनी त्यसले जान्दछ। धेरै जना प्रचारक र ईश्वरशास्त्रका प्राध्यापकहरूले भन्दा ज्यादा त्यसले अन्त्यको चिन्हको बारेमा जान्दछ। त्यसैकारण ख्रीष्टियनहरू 'शैतानका युक्तिहरू' प्रति सचेत हुनुपर्छ। त्यसैकारण हामीले त्यो र त्यसका भूतात्माहरूको विरुद्धमा झनझन् बढी कुश्ती लड्नुपर्छ, किनकि यो युगको अन्त्य नजीक आइरहेको छ। त्यसैकारण हामीलाई यस्तो चेताउनी दिइएको छ,'आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्'(२ तिमोथी ३:१)। किनभने शैतानले 'आफ्नो समय थोरै छ भनी' थाहा पाइसकेको छ(प्रकाश १२:१२)।

कति मानिसहरू अब हामीमा जागृति आउन सक्दैन भनी शिक्षा दिन्छन्। तिनीहरू अब शैतानको शक्ति धेरै नै बढेकोले परमेश्वरले चर्चहरूमा जागृति पठाउन सक्नुहुन्न भनी भन्छन्।

एटर्नी जय सेकुलोले हालैमा भने, 'इराक र सिरियामा ख्रीष्टियनहरूको अवस्था अति नै भयानक छ। तिनीहरू जिउँदै जलाइन्छन्, क्रूसमा टाँगिन्छन् अनि तिनीहरूका टाउका काटिन्छन्। अहिले आइएसआइसले रसायनिक हतियारहरू प्रयोग गर्दैछन्। त्यहाँ भइरहेका हत्याहरू असहनीय छ।' तापनि अघि कहिल्यै नभएको सबैभन्दा ठूलो जागृति इरान, इराक र सिरियामा भइरहेको छ। श्री सेकुलोले मुसलमान आतंकवादीहरूलाई रोक्न तिनलाई पैसा पठाउनु भनेका छन्। म भन्छु, त्यसो गर्नु मूर्खता हो। मूर्ख कुरा हो! तिनीहरूलाई पैसा चाहिएको होइन। तिनीहरूलाई हाम्रो प्रार्थना चाहिएको छ, ताकि परमेश्वरले तिनीहरूमा जागृति पठाऊन्। त्यसैकारण तिनीहरूलाई ख्रीष्टियनहरूको प्रार्थनाको खाँचो छ,

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! आगोले झिँजामिजा डढाएर र पानी उमालेझैं, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस्' (यशैया ६४:१,२)।

डा. मार्टिन लोयड जोनेसले भने,'त्यो जागृतिको विषयमा गरिएको सर्वोच्च प्रार्थना हो। त्यो जागृतिमा परमेश्वरका आत्मा आऊन् भनी गरिएको विशेष, जरूरी प्रार्थना हो। काउपर्सको भजनको पंक्तिले यो प्रार्थना जसरी व्यक्त गरेको छ, त्यस्तो अरू कुनै कुराले गरेको छैन,'आकाशहरू फटाएर तपाईं चाँडै ओर्लनुहोस्, बनाउनुहोस् हजारौं हृदयलाई तपाईंको आफ्नो।' इस्राएलीहरू विरोधी जातिहरूको सम्मुख पर्थे, शत्रुहरू तिनीहरूका चारैतिर भेला हुन्थे, तर त्यसले के हुन्थ्यो? तिनीहरूको साथमा परमेश्वर हुनुहुन्थ्यो, जसले पर्वतहरू हल्लाउन सक्नुहुन्थ्यो, अनि प्रार्थना(हामीले) त्यसैका निम्ति गरिनुपर्छ(लोयड जोनेस, रिभाइभल, क्रसवे बुक्स, १९९४ संस्करण, पृष्ठ३०५,३०७)।'

जब तपाईं ती मुसलमानहरूले ख्रीष्टियनहरूलाई गरिरहेका भयानक कुराहरूको बारेमा पढ्नुहुन्छ, तब अमेरिकामा भएको एटर्नीलाई पैसा नपठाउनुहोस्। तिनले वा पृथ्वीको अरू कसैले पनि तिनीहरूलाई कसरी सहायता गर्न सक्छन्? तिनीहरूले अघिबाटै जागृतिको अनुभव गर्न थालिसकेका छन्, हजारौं मुसलमानहरू प्रभु येशू ख्रीष्टमा आइरहेका छन्। पैसा नपठाउनुहोस्। त्यसले तिनीहरूलाई सहायता पुऱ्याउँदैन। बरु सर्वशक्तिमान् परमेश्वरकहाँ शक्तिशाली प्रार्थनाहरू पठाउनुहोस्। उहाँले, केवल उहाँले मात्र तिनीहरूलाई बचाउन सक्नुहुन्छ। यी नयाँ ख्रीष्टियनहरू जिउँदै जलाइँदा, क्रूसमा टाँगेर मारिँदा र तिनीहरूका टाउका काटिँदा पनि परमेश्वरले उहाँको अंगालो खोल्नुहुन्छ, अनि स्वर्गको अनन्त आनन्दमा तिनीहरूलाई स्वागत गर्नुहुन्छ। अनि ती शहिदहरूले आफूले भोगेका दुःख-कष्टद्वारा अझ धेरै मुसलमानहरूलाई आतंकवादबाट फर्केर क्रूसमा टाँगिनुभएको ख्रीष्टमा आउने प्रेरणा दिन्छन्, उनै ख्रीष्ट जो तिनीहरूका प्राणहरू बचाउन क्रूसमा मर्नुभयो। दोस्रो शताब्दीमा प्राचीन ख्रीष्टियनहरू मूर्तिपूजक रोमीहरूद्वारा सताइँदा तर्तुलियनले भने,'सहिदहरूको रगत चर्चको बीउ हो।' हामीले सुनेका रिपोटअनुसार मुसलमान नेताहरू तिनीहरूका धेरै मानिसहरूले प्रभु येशू ख्रीष्टमा विश्वास गरिरहेका देखेर डराउन थालेका छन्। महान् धर्म-सुधारक लुथरले तिनको समयमा सतावटमा परेका ख्रीष्टियनहरूका निम्ति एउटा भजन रचे,

'शक्तिशाली किल्ला हुन् हाम्रा परमेश्वर, कहिल्यै नढल्ने किल्ला
   हाम्रो सहायक उहाँ, ठूलो कठिनाइको भलको बीचमा
किनकि हाम्रो त्यो प्राचीन शत्रु दुःख दिन खोज्छ हामीलाई
   त्यसको युक्त र शक्ति छ ठूलो, घृणा मिसिएको
पृथ्वीमा छैन कोही त्यो समान!
   आफ्नै शक्तिमा भरोसा गऱ्यौं कि, हाम्रो मेहनतको हुन्छ हार
थिएन र सही व्यक्ति हाम्रो साथ, परमेश्वरको चुनाउको व्यक्ति
   सोध्छ को हुन् ती व्यक्ति? ख्रीष्ट येशू, उहाँ नै हुन्
परमप्रभु साबोथ उनको नाउँ, युगौंदेखि एकसमान
   अनि उहाँले लडाइँ जित्नै पर्छ।
('अ माइटी फोट्रेस इज आवर गड्,' मार्टिन लुथर टीएचडी,१४८३-१५४६, द्वारा रचित)

अनि चीन देशमा ठीक यस्तै भएको छ। कम्युनिस्ट तानाशाह माउ से तुङद्वारा विदेशी मिसनेरीहरूलाई चीन देशबाट बाहिर खेदियो। त्यो सांस्कृतिक आन्दोलनको समयमा चर्च भवनहरू जलाएर खरानी बनाइए। पास्टरहरूलाई झ्यालखानमा हालियो। हजारौं चिनियाँ ख्रीष्टियनहरूलाई सताइयो, हत्या गरियो अनि झ्यालखानमा हालियो। तर परमेश्वर तिनीहरूका साथमा हुनुहुन्थ्यो। ख्रीष्टियमतको एउटा ठूलो जागृति शुरु भयो। कम्युनिस्टहरूले ख्रीष्टियन विश्वास फैलिन नदिनका निम्ति हरसम्भव कोसिस गरे। तर तिनीहरू असफल भए। अहिले चीन देशमा १५ करोडभन्दा धेरै ख्रीष्टियन छन्। सम्पूर्ण अमेरिका, केनडा र युरोपमा भन्दा धेरै मानिसहरू आज चीनका चर्चमा छन्। परमेश्वरले कम्युनिस्ट चीन देशमा त्यो काम गर्नुभयो- उनै परमेश्वरले त्यो काम मध्य-पूर्वमा पनि गर्न सक्नुहुन्छ। वास्तवमा उहाँले त्यो गर्दै हुनुहुन्छ। परमेश्वरले ती मुसलमान देशहरूमा हजारौं –हजार ख्रीष्टियनहरू खडा गरून् भनी प्रार्थना गर्नुहोस्। जसरी मार्टिन लुथरले भनेका छन्,

जेथा र नातेदारहरू गुमोस्, यो मरणशील जीवन पनि गुमोस्,
शरीर तिनीहरू मार्न सक्छन्, परमेश्वरको सत्यता रहिरहन्छ उहाँको राज्य सदासर्वदा छ।

आउन लागेको महासङ्कष्टमा ख्रीष्टियनहरूलाई ठीक यस्तै हुन्छ। शैतानले तिनीहरूमाथि भयानक रूपले आक्रमण गर्नेछ।

ख्रीष्टका शत्रुहरू आएर हजारौं ख्रीष्टियनलाई झ्यालखानमा हाल्नेछन् र तिनीहरूका टाउकाहरू काट्नेछन्। तर तिनीहरूले शैतानलाई जित्ने छन्! कसरी?

'तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्' (प्रकाश १२:११) ।

'थुमाको रगतद्वारा।' येशू ख्रीष्टको रगतले तिनीहरूलाई अनन्त कालसम्मका निम्ति सुरक्षित राख्नेछ। आज पनि जब शैतानले तपाईंलाई आक्रमण गर्छ, जब त्यसले तपाईंलाई दुःखी र निराश बनाउँछ, त्यो बेला येशू ख्रीष्टको रगतको सम्झना गर्नुहोस्। जब तपाईं उद्धारकर्ताको रगतलाई हेर्नुहुन्छ, तब तपाईं महासङ्कष्ट कालमा ख्रीष्टियनहरू उठाइएझैं तपाईंको आत्मदया र डरबाट उठाइनुहुनेछ। तपाईं सबै पाप र दुःखहरू उठाइलग्नुहुने परमेश्वरको थुमाको रगतद्वारा शैतानलाई जित्नुहुनेछ।

अनि तिनीहरूले शैतानलाई जित्नेछन्।

'तिनीहरूका आफ्ना गवाहीको कारण।' तिनीहरूले आफ्ना उद्धारकर्ता येशूको साक्षी दिनेछन्। शहिद हुनु शैतानमाथिको ठूलो विजय हो। 'शहिदहरूको रगत(साँच्चै) चर्चको बीउ हो।' पास्टर शमूएल ल्याम्बलाई धेरैचोटि चिनियाँ झ्यालखानमा हलियो। अन्त्यमा तिनले भने,'कम्युनिस्टहरूले मलाई पक्राउ गर्न छाडे। हरेक चोटि तिनीहरूले मलाई पक्राउ गर्दा हाम्रो चर्च वृद्धि भयो, यसैले तिनीहरूले मलाई पक्राउ गर्न छाडे। धेरै सतावट हुनुको अर्थ धेरै आशिषहरू आउनु हो।'

हामी सबै खडा भएर यो भजन गाऔं।

हाम्रा पिताहरूका विश्वास अझै छ जिउँदो
   कालकोठरी, आगो र तरवार भए पनि,
अहो, हाम्रा हृदय खुशीले धड्कन्छ
   जब सुन्छौं त्यो महिमित वचन!
हाम्रा पिताहरूको विश्वास, पवित्र विश्वास
   हुनेछ तिम्रो लागि मृत्युसम्म साँचो!
('फेथ अफ आवर फादर्स्' फ्रेड्रिक डब्लु. फेबर, १८१४-१८६३, द्वारा रचित)

अनि महासङ्कष्टमा ख्रीष्टियनहरूले ख्रीष्टको निम्ति मर्न तयार भएर शैतानलाई जित्नेछन्।'तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।' ख्रीष्टको निम्ति मर्न परे पनि तिनीहरूले आफ्नो ज्यानको माया गरेनन्। त्यसरी नै तिनीहरूले शैतानलाई जित्छन्। हामी खडा भएर त्यो भजन फेरि गाऔं,

हाम्रा पिताहरूका विश्वास अझै छ जिउँदो
   कालकोठरी, आगो र तरवार भए पनि,
अहो, हाम्रा हृदय खुशीले धड्कन्छ
   जब सुन्छौं त्यो महिमित वचन!
हाम्रा पिताहरूको विश्वास, पवित्र विश्वास
   हुनेछ तिम्रो लागि मृत्युसम्म साँचो!

हाम्रा पिताहरू अँध्यारो कैदमा बाँधिए साङलाले
   तापनि थिए हृदय र विवेकमा स्वतन्त्र,
कति मिठो तिनका सन्तानको भाग्य हुनेछ
   यदि मरे तिनीहरू झैं तपाईंको निम्ति!
हाम्रा पिताहरूको विश्वास, पवित्र विश्वास
   हुनेछ तिम्रो लागि मृत्युसम्म साँचो!

'तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्' (प्रकाश १२:११) ।

अहिले शैतानलाई जित्ने मानिसहरू ती हुन्, जुनहरू आज ती वचन पालन गरी जिउँछन्। हामीले हाम्रो चर्चमा जागृति पठाइदिनुहोस् भनी परमेश्वरसँग ४२ वर्षसम्म प्रार्थना गऱ्यौं। तर कुनै जागृति आएन। त्यसको कारण मलाई स्पष्ट थाहा छ। मानिसहरू केही क्षणका निम्ति आए, अनि फर्केर गइ फेरि पाप गर्न लागे। हृदय नै परिवर्तन नभएका त्यस्ता मानिसहरूले जागृतिको अनुभव कसरी गर्न सक्छन्? त्यो असम्भव थियो। वर्षैपछि तिनीहरू पापमय र स्वार्थी जीवन जिउनका निम्ति गए। अन्त्यमा तिनीहरू जान छाडे। आखिरीमा हाम्रा केही छोराछोरीका हृदय साँच्चै परिवर्तन भए। त्यसपछि बिस्तारै अरू केही आए र साँचो रूपले परिवर्तन भए। अन्त्यमा 'चर्च' का चार वा पाँच जना केटाकेटीहरूको मात्र हृदय परिवर्तन भएन। अनि परमेश्वरले अन्त्यमा हाम्रा प्रार्थनाहरूको उत्तर दिनुभयो। जब दुष्टहरू निस्केर गए, तब परमेश्वरले हामीकहाँ जागृति पठाउनुभयो।

एउटी केटीले साँच्चै, हृदयबाटै जागृतिका निम्ति प्रार्थना गर्न थाली। एउटी महिलाले ग्वाँग्वाँ रुँदै जागृतिका निम्ति प्रार्थना गर्न थाली। त्यही बेला तीन जना जवान मानिस मेरो साथमा जागृतिका निम्ति प्रार्थना गर्न मेरो घरमा आए। अन्त्यमा, जब संसारमा हराएका सबै मानिसहरू निस्किएर गइसके, तब हाम्रा प्रार्थनाहरूको उत्तर दिइयो। केही हप्ताको समयभित्रै चौबिस जना मानिसको हृदय परिवर्तन भए। तिनीहरू आफ्ना पापको निम्ति गहिरो रूपले कायल भए। तिनीहरू रुँदै र कराउँदै येशूकहाँ आए। तिनीहरूमध्ये दुइ जना ८० वर्षभन्दा बढी उमेरका थिए, हाम्रो समयमा त्यस्तो हुनु प्रायः असामान्य कुरा हुन्थ्यो। तिनीहरूमध्ये तेह्र जना कलेज पढ्ने उमेरका जवानहरू थिए। तीमध्ये एक जना विश्वासबाट पछि हटेको साउदर्न ब्याप्टिस्ट थियो। उसले आफूले अघिबाटै उत्तर पाइसकेको कुरा लिएर मसँग धेरै महीनासम्म तर्क गरेको थियो। तर यस वर्ष त्यो जागृतिमा उसले साँच्चै उद्धार पाएको थियो। त्यस्तो छोटो समयमा २४ जना व्यक्ति परिवर्तन भएको हामीले अघि कहिल्यै पनि देखेका थिएनौं। ती सेवाहरूमा हामी सबैले परमेश्वरको उपस्थितिको अनुभव गर्न सक्थ्यौं। अबको केही हप्ताभित्र म तिनीहरूमध्ये आधा जतिलाई बप्तिस्मा दिनेछु।

यो एउटा खुशीको समय हुनुपर्छ, परमेश्वरले त्यसरी उहाँका आत्मा खन्याउनुभएको निम्ति, ख्रीष्टले क्रूसमा बगाउनुभएको रगतले तिनीहरूका पापबाट शुद्ध पार्न तिनीहरूलाई खिँच्नुभएका निम्ति उहाँलाई धन्यवाद दिने समय हुनुपर्छ। परमेश्वरले तपाईंको निम्ति जे गर्नुभएको छ त्यसको गवाही दिन आउँदो शनिबार तयार भएर आउनुहोस्।

आशा गरिन्छ, यो वर्षको अन्त्य हुनुभन्दा अघि अझ केही मानिसहरूले विश्वास गर्नेछन्। हिजो राति अर्को एक जनाले विश्वास गरेको छ। म निश्चित छु, यो २०१६ साललाई हामी परमेश्वरले पठाउनुभएको पहिलो जागृतिको रूपमा याद राख्नेछौं।

तर सधैं जागृतिको अवस्थामा हुनेछ भन्ने हामी विचार गर्दैनौं। हुन सक्छ, परमेश्वरले फेरि धेरै महीना वा वर्षपछि त्यो फेरि पठाउनुहुनेछ। त्यस बेलासम्म हामीले परमेश्वरलाई उहाँले महान् रूपले उहाँका आत्मा खन्याउनुभएका निम्ति धन्यवाद दिनुपर्छ। हामी निरन्तर जागृति ल्याउने कोसिस जिउनुहुँदैन, नत्र हामी निराश र दुःखी हुन पर्छ। एउटा चर्च निरन्तर जागृतिको अवस्थामा जिउन सक्दैन। हामी अलिअलि गर्दै जागृत गराइन्छौं। यसले हामीलाई थकित बनाउँछ। यसैले, हामी केही क्षण रोकिऔं, र ती २४ जना नयाँ विश्वासीका निम्ति परमेश्वरको प्रशंसा गरौं। समय-समयमा अझ अरू मानिसहरूले विश्वास गर्नेछन्। अनि म विश्वास गर्छु, भविष्यमा अझ ठूलो जागृति आउनेछ। तर यस वर्षको बाँकी समयभरि परमेश्वरको शक्ति र ख्रीष्टको रगतका निम्ति हामी रमाऔं। अनि यी नयाँ विश्वासीहरूका निम्ति प्रार्थना गरौं, कि महासङ्कष्टको समयका ख्रीष्टियनहरू झैं तिनीहरू 'थुमाको रगत र आफ्ना गवाहीको कारण विजयी(शैतानमाथि) होऊन्, र मृत्युसम्मै पनि आफ्नो ज्यानको माया नगर्नेहरू बनून्' (प्रकाश १२:११)। हामी खडा भएर परमेश्वर जागृति पठाउनुहोस् भन्ने यो विशेष भजन गाऔं।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, हरेक इच्छा
   तपाईंको महिमा गर्न मेरो प्राण प्रेरित,
तपाईंको सिद्धता, तपाईंको पवित्र प्रेम,
   मेरो बाटो उज्यालो माथिको ज्योतिले।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)

यदि तपाईंले अझसम्म उद्धार पाउनुभएको छैन भने तपाईंका पापहरूका निम्ति पश्चात्ताप गर्नुहोस्- ख्रीष्टमा फर्कनुहोस् र उहाँमाथि विश्वास गर्नुहोस् अनि उहाँले क्रूसमा तपाईंका निम्ति बगाउनुभएको रगतद्वारा शुद्ध हुनुहोस्। तपाईं एक पापी हुनुहुन्छ भनी तपाईंले महसुस गर्नुपर्छ। त्यसपछि येशूले क्रूसमा बगाउनुभएको रगतद्वारा तपाईंका पापहरू पखालिनेछन् भनी तपाईंले उहाँमा विश्वास गर्नुपर्छ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो ऐबेल प्रुद्योमेद्वारा: प्रकाश १२:७-१२
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियोः
      ( 'अ माइटी फट्ट्रिस इज आवर गड्'- मार्टिन लुथर, १४८३-१५४६, द्वारा रचित)