Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्ट- धेरै मानिसहरूले इन्कार गरे

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ३)
CHRIST – REJECTED BY THE MASSES
(SERMON NUMBER 3 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, १० मार्च, २०१३ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, March 10, 2013

"हाम्रो समाचार कसले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:१-२)


यशैयाले परमप्रभुका दु:ख भोग्ने दाससम्बन्धी सन्देशमा थोरैले मात्र विश्वास गर्नेछन्, र थोरैले मात्र उहाँको अनुग्रहको अनुभव गर्नेछन् भनी भने। प्रेरित यूहन्नाले ख्रीष्टको समयका अधिकांश यहूदीहरूको अविश्वासको वर्णन गर्न यशैया ५३:१ उदधृत गरेका छन्।

"उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यशैया अगमवक्ताको वचन पूरा होस्, हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गऱ्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? "” (यूहन्ना १२:३७-३८)

प्रेरित पावलले पनि यहूदीहरूले भन्दा बढी अन्यजातिहरूले नै प्रभु येशूलाई ग्रहण गर्नेछन् भन्ने कुरा देखाउन ख्रीष्टको स्वर्गारोहण भएको तीस वर्षपछि यो पद उल्लेख गरेका छन्। पावलले भने,

"किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ।...तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ? ” (रोमी १०:१२,१६)

प्रभु येशू ख्रीष्ट आफैले पनि हामीलाई यही कुरा भन्नुभएको छ। उहाँले भन्नुभयो, उद्धार पाउनका निम्ति उहाँमाथि विश्वास गर्ने थोरै हुनेछन्।

"किनभने जीवनमा पुऱ्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्" (मत्ती ७:१४)।

निम्न कुरा भन्नुहुँदा ख्रीष्टले त्यस्तै कुरा गर्नुभयो,

"साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्" (लूका १३:२४)

संसारका मानिसहरू प्राय: सबै जना स्वर्ग जानेछन् भनी विश्वास गर्छन्। तर प्रभु येशूले यसको ठीक उल्टो कुरा भन्नुभयो,

"त्यो भेट्टाउने थोरै नै हुन्छन्" (मत्ती ७:१४)।

"म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्"
      (लूका १३:२४)

यो विचलित पार्ने कुरा यशैयाको दु:खपूर्ण विलापमा प्रतिध्वनित हुन्छ।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?" (यशैया ५३:१)

यस्तो किन भयो भनी हामी प्रश्न गर्न सक्छौं। यहूदीहरूले एक महान् र शक्तिशाली शासक, वैभव र सम्पत्ति भएका एक राजा, तिनीहरूका मसीह होऊन् भन्ने चाहेका थिए, अनि अन्यजातिहरूले कुनै मसीहको बाटो हेरेका थिएनन्। यसैकारण हामी देख्छौं, मानिसहरूले ख्रीष्ट त्यस्तो दु:ख भोग्ने तुच्छ दासको रूपमा आउने अनि तिनीहरूका पापको दाम तिर्न क्रूसमा मर्नुहुने आशा गरेका थिएनन्।

प्रेरित आठौं अध्यायमा, इथियोपियाको त्यस नपुंसकले पनि यहूदी धर्मका पूजाहारीहरू र फरिसीहरूझैं यो कुरा बुझ्न सकेन। प्रचारक फिलिपलाई आत्माले तिनको रथको छेउमा पुऱ्याउनुहुँदा तिनले यशैया ५३ अध्याय पढिरहेका थिए।

      "फिलिप तिनीकहाँ दौडेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक
पढिरहेको सुनेर उनले सोधे, 'तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?'
तब तिनले भने, '...म कसरी बुझ्न सक्छु र'"(प्रेरित ८:३०-३१)।

यस अफिक्री व्यक्तिले यहूदी धर्म अँगालेको थियो। स्पष्ट छ, तिनी पुरानो करार पवित्रशास्त्रसित परिचित थिए, तर पवित्रशास्त्रको यो खण्ड बुझ्न तिनी पनि शास्त्रीहरूझैं अन्धो थिए।

मलाई लाग्छ, यो खण्ड हेर्ने कसैले पनि मसीह आउनुहुँदा धनी र प्रसिद्ध, ठाँट र मानवीय गौरवसहित आउनुहुने छैन, तर ''मानिसहरूद्वारा घृणा र इन्कार गरिएको'' व्यक्ति हुनलाई ''अफसोसमा परेको र कष्टसित परिचित मानिस'' को रूपमा आउनुहुनेछ भनी बुझेको हुनुपर्छ। पवित्र बाइबलमा यो कुरा स्पष्ट लेखिएकै पनि छ,

"उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले
उहाँलाई ग्रहण गरेनन्" (यूहन्ना १:११)।

बाइबलको यस अगमवाणीमा मसीहको बारेमा स्पष्ट वर्णन गरिएको भए पनि सम्पूर्ण इस्राएली जाति(राष्ट्र)ले प्रभु येशूलाई तिनीहरूका उद्धारकर्ताको रूपमा ग्रहण गरेन। अनि अगमवक्ताले हाम्रो आजको बाइबल खण्डको दोस्रो पदमा तिनीहरूले उहाँलाई इन्कार गर्नुको कारण बताएका छन्,

"ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:२)।

तर अन्यजातिहरू भन्दा अति कठोर बन्दै उहाँलाई इन्कार गर्ने यहूदीहरूलाई हामीले दोष लाउनुहुँदैन, किनकि अन्यजातिहरूले पनि धेरै ठाउँमा उहाँलाई इन्कार गरेका थिए। स्पर्जनले भनेका छन्,

"याद राख्नुहोस्, यहूदीहरू जस्ता थिए, अन्यजातिहरू पनि त्यस्तै थिए। येशू ख्रीष्टको सुसमाचार संसारमा सबैभन्दा सरल कुरा हो, तापनि कुनै पनि व्यक्तिलाई नसिकाइञ्जेल(परमेश्वरद्वारा)त्यो उसले बुझ्न सक्दैन। पापले आत्मिक कुराहरूको विषयमा मानव जातिमा मानसिक असक्षमता ल्य़ाएको छ...तपाईंमा पनि ल्याएको छ कि? के तपाईं पनि अन्धो हुनुहुन्छ? अहो, यदि हुनुहुन्छ भने त परमेश्वरले तपाईंलाई प्रभु येशूको विश्वासमा अगि बढाऊन्" (सी.एच. स्पर्जन, अ रूट आउट अफ ड्राइ ग्राउन्ड, द मेट्रो पोलिट्रन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७१, पुनर्प्रकाशित, भाग अठारौं, पृष्ठ ५६५-५६६)।

अब आजको हाम्रो बाइबल खण्डको दोस्रो पदमा फर्कंदै प्रभु येशूलाई किन इन्कार गरियो, त्यसका तीन कारणहरू हेर्नेछौं। दोस्रो पद ठूल सोरमा पढ्नुहोस्,

“ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:२)।

१. पहिलो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँ मानिसको निम्ति एउटा कलिलो बोट, एउटा दुधे बालकजस्तो देखिनुहुन्छ।

यस कुराले गर्दा थोरैले प्रभु येशूमा विश्वास गर्छन्।

"ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो" (यशैया ५३:२)।

वा, डा. गिलले भनेझैं, "शब्दले संकेत गरेअनुसार रूखको जराबाट उम्रने एउटा सानो टुसाको रूपमा, जसमा कसैले ध्यान दिँदैन वा वास्ता गर्दैन, जसबाट कुनै किसिमको आशा राखिँदैन; अनि यो अलङ्कारिक शब्दले ख्रीष्टको जन्ममा उहाँलाई तुच्छ र निराशजनक रूपमा देखिन्छ। त्यही कारणले गर्दा प्राय: यहूदीहरूले उहाँमाथि अविश्वास गरे, उहाँलाई इन्कार अनि हेला गरे(जन गील डी.डी. एन एक्स्पोजिसन अफ ओल्ड टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टेनडर्ड बेरिअर, १९८९ पुनर्प्रकाशित, भाग १, पृष्ठ ३१०-३११)।

"ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो" (यशैया ५३:२)।

यसको अर्थ ख्रीष्ट पिता परमेश्वरको "सामु" जन्मनु र बढ्नुभयो भन्ने हो, जसले उहाँलाई ध्यान दिनुभयो र उहाँलाई सामर्थी तुल्याउनुभयो। अझ डा. यङले भनेका छन्,"तापनि मानिसहरूलाई त्यो दास(येशू) कलिलो टुसाजस्तो लाग्यो। मानिसहरू कलिला टुसाहरू काटेर छाँटछन्, किनकि तिनले रूखबाट जीवन पाउँछन्, अनि मानिसहरूको दृष्टिमा ती काटेर फाल्नुपर्छ" (एडवर्ड जे. यङ्ग, पीएचडी, द बुक अफ आइजैया, विलियम बी. एर्डमन्डस् पब्लिसिङ कम्पनी, १९७२, भाग ३, पृष्ठ ३४१-३४२)।

के त्यही कारणले गर्दा नै प्रधान पूजाहारी र फरिसीहरूले प्रभु येशूबाट छुटकारा पाउन चाहेका होइनन् र? तिनीहरूले भने,

"यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्" (यूहन्ना ११:४८)।

"मानिसहरू कलिला टुसाहरू काटेर छाँटछन्, किनकि तिनले रूखबाट जीवन पाउँछन्, अनि मानिसहरूको दृष्टिमा ती काटेर फाल्नुपर्छ"( यङ्ग, ऐजन)। तिनीहरू उहाँमाथि विश्वास गर्दा यहूदी जातिको रूपमा आफ्नो पहिचान गुमाइन्छ भनी डराए। एउटा "कलिलो बोट", एउटा टुसाको रूपमा उहाँले तिनीहरूका जातिको "रूखबाट जीवन लिनुहुन्छ" भनी तिनीहरू डराए।

अनि के तपाईं पनि त्यही कारणले उहाँलाई इन्कार गर्नुभएको त छैन? यस विषयमा गहन रूपले विचार गर्नुहोस्। के यो तपाईंको निम्ति पनि सत्य होइन- हुन सक्छ, उहाँकहाँ आउँदा र उहाँमाथि विश्वास गर्दा तपाईंको कुनै महत्त्वपूर्ण कुरा गुमाउनु पर्ला भनी डराउनुभएको छ कि? ख्रीष्टले "रूखबाट जीवन लिनुहुन्छ," उहाँले तपाईंको कुनै महत्त्वपूर्ण कुरा चुसेर लिनुहुन्छ भनी तपाईं डराउनुभएको कुरा के साँचो होइन र?

मैले डा. केगनलाई सन् १९२९ मा द स्याटर्डे इभनिङ पोस्ट मा प्रकाशित एउटा लेखको प्रतिलिपि प्राप्त गर्ने आग्रह गरेँ। त्यो महान् भौतिकशास्त्री डा. अलबर्ट आइन्स्टाइनसँग लिइएको एक अन्तर्वार्ता थियो। अन्तर्वार्ता लिने व्यक्तिले उनलाई सोधे,"के तपाईं प्रभु येशूको ऐतिहासिक अस्तित्वलाई स्वीकार गर्नुहुन्छ?" आइन्स्टाइनले जवाफ दिए,"यसमा कुनै शङ्कै छैन। प्रभु येशूको वास्तविक उपस्थिति अनुभव नगरी कसैले पनि सुसमाचारका पुस्तकहरू पढ्न सक्दैनन्। हरेक शब्दमा उहाँको व्यक्तित्व धड्कन्छ। कुनै पनि काल्पनिक कथा यस्तो जीवनले भरिएको छैन" (द स्याटर्डे इभनिङ पोस्ट, २६ अक्टोबर, १९२९, पृष्ठ ११७)। आइन्स्टाइनले ख्रीष्टलाई उच्च सम्मान गर्थे। तर दुःखको कुरा उनले प्रभुमा कहिल्यै पनि विश्वास गरेनन्। तिनलाई कुन कुराले रोक्यो? त्यो एउटा बौद्धिक समस्या थिएन। आइन्स्टाइन एक व्यभिचारी थिए, र तिनी त्यो पाप त्याग्न चाहँदैनथे। कुरा स्पष्ट छ। एक साँचो ख्रीष्टियन बन्नका निम्ति तपाईंले केही कुराहरू त्याग्नुपर्छ।

अब, मैले तपाईंलाई यो कुरा सत्य होइन भनेँ भने म एक झुटो शिक्षक हुनेछु। तपाईं कुनै कुरा नगुमाइ ख्रीष्टमा आउन सक्नुहुन्छ भनी म तपाईंलाई भन्छु भने मैले झुटो शिक्षा प्रचार गरिरहेको हुन्छु। अवश्य, ख्रीष्टकहाँ आउनका निम्ति केही मूल्य चुकाउनुपर्छ। यसको निम्ति तपाईंको आफ्नै जीवनको मूल्य चुकाउनु पर्छ। के ख्रीष्टले यो कुरा स्पष्ट बताउनुभएको छैन र? उहाँले भन्नुभयो,

"कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?" (मर्कूस ८:३४-३७)

कुरा स्पष्ट छ, होइन त? ख्रीष्टकहाँ आउनका निम्ति तपाईंले आफैलाई इन्कार गर्नुपर्छ, तपाईंले आफ्ना विचारहरू, आफ्ना योजनाहरू, आफ्ना आकांक्षाहरू त्याग्नुपर्छ। तपाईंले आफैलाई उहाँतिर फर्काउनुपर्छ। ख्रीष्टमा भरोसा गर्नु भनेको यही हो। तपाईं उहाँमाथि भरोसा राख्नुहुन्छ, तपाईं आफैमाथि होइन। तपाईं आफैलाई उहाँको हातमा दिनुहुन्छ- तपाईंका आफ्नै विचार र उद्देश्यहरूको पछि लाग्नुहुन्न। तपाईं आफ्नो जीवन उहाँमा सुम्पेर त्यो गुमाउनुहुनेछ। जब तपाईं आफ्नो प्राण ख्रीष्टमा समर्पण गर्दै त्यो गुमाउनुहुन्छ, तब तपाईंको जीवन अनन्तकालका निम्ति बचाइनेछ।

यसरी "कलिलो बोट" शब्दले परमेश्वरको दृष्टिमा ख्रीष्ट जीवनदाता हुनुहुन्छ भन्ने बुझाउँछ। तर मानिसको दृष्टिमा उहाँ जीवन(प्राण) लिनेजस्तो हुनुहुन्छ, यसैकारण धेरै मानिसले उहाँलाई इन्कार गर्छन्। तिनीहरू आफ्नो जीवन त्याग्न अनि उहाँलाई मार्गदर्शक बनाउन डराउँछन्।

२. दोस्रो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँ सुक्खा जमीनबाट निस्केको जरोजस्तो देखिनुहुन्छ।

“ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो..." (यशैया ५३:२)।

मेरो समय बितिसक्यो, किनकि मैले पहिलो बुँदामा धेरै समय लिएँ। तर हामी ख्रीष्ट कसरी "सुक्खा जमीनबाट निस्केको जरोजस्तो" देखिनुभयो भन्ने कुरा सजिलै देख्न सक्छौं। डा. यङ्गले भनेका छन्,

सुक्खा जमीन ले निम्न अवस्था र पृष्ठभूमिलाई संकेत गर्दछ, जहाँ त्यो दास(ख्रीष्ट) देखा पर्नुपर्थ्यो। यसले त्यो दासको जीवन कस्तो दयनीय प्रकारको अवस्थामा जिइएको थियो भन्ने बुझाउँछ।... सुक्खा बाँझो जमीनको जराले प्राण(जीवन) बचाएर राख्न ठूलो संघर्ष गर्नुपर्छ” (यङ्ग, ऐजन, पृष्ठ ३४२)।

यो अगमवाणीले ख्रीष्ट कस्तो गरिबीमा जन्मनुभयो भन्ने संकेत गर्दछ। उहाँलाई पुत्रको रूपमा स्वीकार गर्ने पिता एक साधारण सिकर्मी थिए। उहाँकी वास्तविक आमा मरियम एउटी गरिब कन्ये केटी थिइन्। उहाँ गाईको गोठमा जन्मनुभयो अनि "सुक्खा जमीनबाट निस्केको जरोजस्तो" गरिबहरूको बीचमा हुर्किनुभयो। उहाँले गरिब र तुच्छ मानिसहरूको बीचमा उहाँको जीवनको काम गर्नुभयो। उहाँका चेलाहरू साधारण मछुवाहरू थिए। "सुक्खा जमीनबाट निस्केको जरो" को रूपमा उहाँ राजा हेरोद, रोमी राज्यपाल पिलातस, ज्ञानी शास्त्री र फरिसीहरूद्वारा इन्कार गरिइनुभयो। तिनीहरूले उहाँलाई अधमरो हुने गरी कोर्रा लगाए, त्यसपछि उहाँका हात र खुट्टाहरूमा क्रूसमा कीला ठोकिदिए। तिनीहरूले उहाँको तोडिएको, मृत शरीर पैंचो लिएको चिहानमा राखे। पृथ्वीमा उहाँको सम्पूर्ण जीवन, उहाँको दुःख र उहाँको मृत्यु, सबै "सुक्खा जमीनबाट निस्केको जरो" जस्तो जिइएको थियो। तर परमेश्वरलाई धन्यवाद होस्! तेस्रो दिन "सुक्खा जमीनबाट निस्केको जरो" जस्तो उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। हल्लेलूयाह!

अनि अझै पनि धेरै जना मानिसहरू उहाँमाथि विश्वास गर्दैनन्। तिनीहरू उहाँलाई "जीवन चुस्ने" र "मरेको यहूदी" जस्तो ठान्छन्।

"हाम्रो समाचार कसले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:१-२)।

३. तेस्रो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँमा न कुनै रूप नता आकर्षण, नता हामीलाई मन पर्ने सुन्दरता नै थियो।

कृपया, खडा भएर दोस्रो पद ठूलो सोरमा पढ्नुहोस्।

"ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:१-२)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

येशूमा "न रूप नता आकर्षण" थियो, बाहिरी रूपमा कुनै गौरव र शोभा थिएन। डा. यङ्गले भनेका छन्,"जब हामी यस दास(ख्रीष्ट)लाई हेर्दछौं, तब हामीलाई मन पर्ने कुनै सुन्दरता उहाँमा पाउँदैनौं। अर्को शब्दमा भन्नपर्दा, हामी बाहिरी रूपलाई हेरेर मात्र न्याय गर्दछौं र त्यो ठीक र साँचो हुँदैन। यो एउटा दुःखद तस्वीर हो। यो दास(ख्रीष्ट) उहाँका आफ्नै मानिसहरूको बीचमा बस्नुभयो, अनि उहाँको शारीरिक रूपको पछिल्तिर विश्वासको आँखाले उहाँको साँचो महिमा देखेको हुनुपर्छ; तर उहाँको बाहिरी रूपलाई हेरेर इस्राएलले त्यसको आँखालाई प्रसन्नता दिने कुनै कुरा भेट्टाएन.., त्यस दास(ख्रीष्ट)को रूप यस्तो थियो कि, मानिसले गलत दृष्टिकोणले विचार गर्दै उहाँलाई पूर्ण रूपले गलत प्रकारले बुझे" (डा. यङ्ग, ऐजन)।

बाहिरीरूपमा येशूसित संसारलाई आकर्षित गर्ने कुनै सुन्दरता वा गौरव थिएन। उहाँले अधिकांश मानिसलाई आकर्षित गर्ने थोकहरू दिनुहुन्न। उहाँले सफलता वा यश वा पैसा वा सांसारिक सुख-विलासको प्रस्ताव दिनुहुन्न। बरु यसको ठीक विपरीत कुरा भन्नुहुन्छ। आजको सेवाको सुरुमा श्री प्रुद्योमेले पढ्नुभएको बाइबल खण्डले ख्रीष्टले हामीलाई के दिनुहुन्छ भन्ने कुरा बताउँछ।

"कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?" (मर्कूस ८:३४-३७)

ख्रीष्टले हामीले आफैलाई इन्कार गर्नुपर्ने प्रस्ताव राख्नुहुन्छ। ख्रीष्टले एक व्यक्तिले उसको आफ्नै जीवन र उद्देश्यप्रति आफ्नो नियन्त्रण छोड्ने प्रस्ताव राख्नुहुन्छ। ख्रीष्टले आत्माको उद्धार, पाप क्षमा र अनन्त जीवनको प्रस्ताव राख्नुहुन्छ। यी छुन नसकिने, मानिसको भावना र दृष्टिद्वारा स्पर्श वा देख्न नसकिने कुराहरू हुन्, जुन कुराहरू स्वभावले आत्मिक हुन्छन्। त्यसकारण जुन व्यक्तिहरूका भित्रिय आँखाहरू परमेश्वरद्वारा उघारिएका थिएनन्, तिनीहरूले ख्रीष्टलाई इन्कार गरे, किनकि

"जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसका निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ" (१ कोरिन्थी २:१४)

तर आज बिहान म यो सोच्छु, कि यदि परमेश्वर "ऊसित हामीलाई मन पर्ने कुनै सुन्दरता नभए पनि, म तिमीलाई मेरा पुत्रकहाँ खिँचिरहेको छु" भन्दै तपाईंसँग बोलिरहनुभएको छ कि? के तपाईंले आफ्नो हृदयमा त्यस्तो कुनै अनुभव गर्नुभएको छ? संसारले बितेर जाने सुखका पलहरू वा बितेर जाने सफलताका पलहरू दिन्छ भन्ने के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ? के तपाईंले कहिल्यै आफ्नो आत्माको बारेमा सोच्नुभएको छ? यदि येशूले उहाँको रगतले तपाईंका पापहरू पखाल्नुभएन भने तपाईंले आफ्नो अनन्तता कहाँ बिताउनुहुनेछ भन्ने कुरा कहिल्यै सोच्नुभएको छ? के तपाईंले यी कुराहरूको विषयमा सोचिरहनुभएको छ? यदि सोच्नुभएको छ भने, के तपाईं "न कुनै रूप नता आकर्षण...हामीलाई मन पर्ने कुनै सुन्दरता नभएको" उहाँकहाँ सरल विश्वास गर्दै आउनुहुनेछ(यशैया ५३:२)? के तपाईं नासरतका येशूको अगाडि घुँडा टेक्नुहुनेछ, आफ्नो सम्पूर्ण हृदयले उहाँमाथि विश्वास गर्नहुनेछ? तपाईंले त्यसो गर्नुहुनेछ भन्ने मेरो प्रार्थना छ।

हामी सबै जना खडा भएर श्री ग्रिफिथले आजको प्रवचनभन्दा अगाडि गाउनुभएको भजनका दुइ खण्ड एकसाथ गाऔं।

लिनुहोस् संसार, तर दिनुहोस् येशू मलाई, यसका सारा आनन्द नाम मात्रका
तर उहाँको प्रेम सधैं रहिरहन्छ, अनन्तसम्म एकसमान,

लिनुहोस् संसार, तर दिनुहोस् येशू मलाई, क्रूसमा उहाँको मेरो भरोसा हुनेछ
जबसम्म स्पष्ट, उज्ज्वल दर्शन, आमनेसामने प्रभुलाई म देख्दिनँ
अहो, उँचाइ र गहिराइ कृपाको! अहो, लमाइ र चौडाइ प्रेमको!
अहो, छुटकाराको पूर्णता, माथि अन्त्यहीन जीवनको प्रतिज्ञा!
   ("लिनुहोस् संसार, तर दिनुहोस् येशू मलाई," फेन्नी जे. क्राबाईद्वारा रचित, १८२०-१९१५)।

यदि परमेश्वर तपाईंको हृदयमा बोल्नुभएको छ भने अनि तपाईं बितेर जाने यस संसारका सुख-विलासहरू त्याग्न तयार हुनुहुन्छ भने, यदि तपाईं येशू ख्रीष्टमा समर्पित हुन र विश्वासद्वारा उहाँकहाँ आउन चाहनहुन्छ भने, तपाईंका पापहरू उहाँको रगतद्वारा पखालिऊन् भन्ने चाहनुहुन्छ भने, यदि तपाईं त्यस विषयमा हामीसित कुराकानी गर्न चाहनुहुन्छ भने कृपया के तपाईं अहिले नै पछिल्तिरको कोठामा जानुहुनेछ? डा. केगनले तपाईंहरूलाई शान्त स्थानमा लगेर यस विषयमा कुराकानी गर्नुहुनेछ। मेरो यही प्रार्थना छ, येशूमा सरल प्रकारले विश्वास गरेर तपाईंहरूले उद्धार पाउनुहोस्। डा. केगन, कृपया प्रभुलाई ग्रहण गर्न चाहनेहरूका निम्ति यहाँ आएर प्रार्थना गर्नुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो ऐबेल प्रुद्योमेद्वारा – मर्कूस ८:३४-३७
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
("लिनुहोस् संसार, तर दिनुहोस् येशू मलाई," फेन्नी जे. क्राबाईद्वारा रचित, १८२०-१९१५)।


रूपरेखा

ख्रीष्ट- धेरै मानिसहरूले इन्कार गरे

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ३)
CHRIST – REJECTED BY THE MASSES
(SERMON NUMBER 3 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

"हाम्रो समाचार कसले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमीनबाट निस्केको जरोजस्तो बढ्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता नता महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन" (यशैया ५३:१-२)

(यूहन्ना १२:३७-३८; रोमी १०:१२,१६; मत्ती ७:१४; लूका १३:२४;
प्रेरित ८:३०-३१; यूहन्ना १:११)

१.  पहिलो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँ मानिसको निम्ति एउटा कलिलो बोट, एउटा दुधे बालकजस्तो देखिनुहुन्छ। यशैया ५३:२क; यूहन्ना ११:४८; मर्कूस ८:३४-३७

२.  दोस्रो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँ सुक्खा जमीनबाट निस्केको जरोजस्तो देखिनुहुन्छ। यशैया ५३:२ख

३.  तेस्रो, ख्रीष्टलाई इन्कार गरियो, किनकि उहाँमा न कुनै रूप नता आकर्षण, नता हामीलाई मन पर्ने सुन्दरता नै थियो। यशैया ५३:२ग; मर्कूस ८:३४-३७; १ कोरिन्थी २:१४