Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




परमेश्वरका दासको दुःख र विजय

(यशैया ५३ अध्याय- प्रवचन संख्याः १)
THE SUFFERING AND TRIUMPH OF GOD’S SERVANT!
(SERMON NUMBER 1 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, २४ फरवरी, २०१३ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, February 24, 2013

"हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ। जसरी उसदेखि धेरै जना व्याकुल थिए- उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो- त्यसरी नै उसले धेरै जातिमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेको कुरा तिनीहरूले बुझ्नेछन्" (यशैया ५२:१३-१५) ।


कृपया, तपाईंको बाइबलमा यो खण्ड खोलेर राख्नुहोस्। डा. जोन गिल साथै आधुनिक टिप्पणीकारहरूमध्ये "अधिकांश" का विचारअनुसार यी पदहरू अध्याय ५२ को साटो अध्याय ५३ सँग मिलाउनुपर्छ (फ्राङ्क ई. गिबिलिन, डी. डी., द एर्क्सपोजिटर्स् बाइबल कमेन्ट्री, रिजेन्सी रेफरेन्स् लाइब्रेरी, १९८६, भाग ६, पृष्ठ ३००)।

अध्याय ५२ को पद १३ देखि अध्याय ५३ को पद १२ सम्मको सम्पूर्ण खण्डले परमेश्वरको "दुःख भोग्ने दास" लाई सङ्केत गर्दछ। मेथ्यू हेनरीले भनेका छन्,

यो अगमवाणी, जुन यहाँ सुरु भएर अर्को अध्यायको अन्त्यसम्म छ, त्यसले त्यो व्यक्ति येशू ख्रीष्ट नै हुन सक्ने स्पष्ट देखाउँछ; प्राचीन यहूदीहरूले पनि यो कुरा मसीह कै बारेमा भनिएको हो भनी बुझे, तापनि आधुनिक यहूदी (रब्बी) हरू यसको अर्थ बङ्ग्याउन ठूलो कष्ट उठाउँछन्।"... तर फिलिपले त्यहीँ (त्यो खण्ड) बाट नपुसंकलाई ख्रीष्टको प्रचार गर्दै, विगतको विवादलाई पन्साएर त्यो ‘‘उहाँको निम्ति अगमवक्ताले यो भनेको हो,'' उहाँको बारेमा र अरू कुनै मानिसको बारेमा होइन भनी भने, प्रेरित ८:३४,३५ (मेथ्यू हेनरीज् कमेन्ट्री अन द होल बाइबल, हेन्ड्रिकसन् प्रकाशक, १९९९ मा पुनर्प्रकाशित, भाग ४, पृष्ठ २३५)।

प्राचीनकालका रब्बीहरू, अबेन एज्रा अनि अल्सेखले जस्तै यहूदी टार्गमले पनि यसले मसीहलाई सङ्केत गर्दछ भनी भन्दछ (जोन गिल, डी. डी., एन एक्सपोजिसन् अफ द ओल्ड टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टान्डर्ड बेरर, १९८३ मा पुनर्प्रकाशित, भाग १, पृष्ठ ३०९)।

त्यसरी नै सम्पूर्ण इतिहासका ख्रीष्टियन टिप्पणीकारहरूले यस खण्डलाई प्रभु येशू ख्रीष्टसम्बन्धी अगमवाणीको रूपमा हेरेका छन्। स्पर्जनले भनेका छन्,

नत्र अरू कस्तो प्रकारले हेर्न सक्थे? अगमवक्ताले अरू कसलाई संकेत गरेको हुन सक्छ? यदि यी तीन पदमा नासरतको त्यो व्यक्ति, परमेश्वरका पुत्रलाई देखिँदैन भने, ती मध्यरातझैं घोर अन्धकार छन्। हामी यसको हरेक शब्द हाम्रा प्रभु येशू ख्रीष्टको निम्ति प्रयोग गर्न अलिकति पनि हिच्किचाउँदैनौं (सी.एच. स्पर्जन, "द स्योर ट्राइम्फ अफ द क्रूसिफाइड वान्", द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम प्रकाशन, १९७१ मा पुनर्प्रकाशित, भाग x x I, पृष्ठ २४१)।

मेथ्यू हेनरीले अघिबाटै भनेझैं प्रचारक फिलिपले पवित्रशास्त्रको यो खण्डले ख्रीष्टको दुःख-भोगको भविष्यवाणी गर्दछ भनी भने।

"तब ती नपुंसकले फिलिपलाई भने, 'कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?' तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए" (प्रेरित ८:३४-३५)।

हामी प्राचीन टार्गम, प्राचीनकालका रब्बीहरू, प्रचारक फिलिप र यस युगका ख्रीष्टियन टिप्पणीकारहरूले भन्दा अझ राम्रोसँगले बुझ्न सक्दैनौं। हाम्रो आजको बाइबल खण्डको प्रत्येक शब्द मसीह, प्रभु येशू ख्रीष्टको अगमवाणी हो।

१. सर्वप्रथम, हामी ख्रीष्टले परमेश्वरका निम्ति गर्नुभएको सेवा देख्छौं।

१३ पदको वचन स्वयम् परमेश्वर पिताले भन्नुभएको हो,

"हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ" (यशैया ५२:१३)।

परमेश्वर हामीलाई उहाँको "दास" लाई हेर्नु भन्नुहुन्छ। जब प्रभु येशू पृथ्वीमा आउनुभयो, उहाँले

"आफैलाई रित्त्याईकन कमारा को रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो" (फिलिप्पी २:७)।

पृथ्वीमा परमेश्वरको दासको रूपमा ख्रीष्टले बुद्धिमानीसाथ व्यवहार र काम गर्नुभयो। प्रभु येशूले पृथ्वीको उहाँको सेवकाइमा जे भन्नु र गर्नुभयो, ती बुद्धिमानीसाथ गरिएका थिए। उहाँ सानो बालक हुनुहुँदा मन्दिरमा रब्बीहरू उहाँको बुद्धि देखेर अचम्मित भए। पछिबाट उहाँ बोल्नुहुँदा फरिसी र सदुकीहरूले उहाँलाई जवाफ दिन सकेनन्, अनि रोमी राज्यपाल पिलातसको पनि मुख बन्द भयो।

फेरि परमेश्वरको दासको विषयमा हाम्रो आजको पदले भन्छ,

"ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ"
      (यशैया ५२:१३)।

यी शब्दहरूलाई "उठाउनु," "उचाल्नु," "अति उच्च पार्नु" भनेर पनि अनुवाद गर्न सकिन्छ। डा. एडवर्ड जे. यङ्गले भनेका छन् कि "फिलिप्पी २:९-११ र प्रेरित २:३३ मा ख्रीष्ट उच्च पारिनुभएको जुन वर्णन गरिएको छ, त्यसलाई सम्झना नगरी यी वचनहरू पढ्नु असम्भव छ" (एडवर्ड जे. यङ्ग, पीएच. डी., द बुक अफ आइजैया, एर्डमान्स, १९७२, भाग ३, पृष्ठ ३३६)।

"त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ" (फिलिप्पी २:९)।

"यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो,..र उहाँले यो खन्याइदिनुभएको हो" (प्रेरित २:३२-३३)।

"हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ" (यशैया ५२:१३)।

उचालिनु- "माथि उठाइनु"। अल्गाइनु- "प्रशंसा गरिनु।" "अति उच्चमा- "धेरै माथि।" यी शब्दहरूले ख्रीष्ट कति माथिसम्म उचालिनुभएको छ भन्ने देखाउँछ। उहाँ मरेकोबाट पुनर्जीवित हुनुभयो। अनि स्वर्गारोहणमा स्वर्गतिर उचालिनुभयो। अनि अहिले उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। उचालिनुभएको- "माथि उठाइनुभएको"। अल्गाइनुभएको- "प्रशंसा गरिनुभएको।" अति उच्चमा- यति माथि कि, स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि। आमिन।

उचालिनुभयो उच्चमा उहाँ मर्नलाई
"अब सिद्धियो" उहाँको थियो पुकार
अहिले स्वर्गमा उच्च पारिनुभएको
हल्लेलूयाह! कस्ता उद्धारकर्ता!
   (‘‘हल्लेलूयाह, कस्तो उद्धारकर्ता!'' फिलिप पि. ब्लिसद्वारा रचित,
      १८३८-१८७६)।

"हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ" (यशैया ५२:१३)।

येशू हुनुहुन्छ, अनि सदासर्वदा हुनुहुनेछ। परमेश्वर पिताको दास- पुत्र परमेश्वर- मरेकोबाट फेरि जीवित हुनुभयो, स्वर्गमा उक्लिजानुभयो, र पिताको दाहिने हातपट्टि बस्नुभएको छ। हल्लेलूयाह कति अचम्मका उद्धारकर्ता!

२. दोस्रो, हामी पापको निम्ति ख्रीष्टले गर्नुभएको बलिदान देख्छौं।

कृपया, पद १४ ठूलो सोरमा पढ्नुहोस्।

"जसरी उसदेखि धेरै जना व्याकुल थिए- उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो" (यशैया ५२:१४)

डा. यङ्गले भनेका छन् कि दासको त्यो भयानक कुरूपता देख्नेहरू भयभीत र त्रासित भए (हुनेछन्).. उहाँको कुरूपता यति भयानक हुनेछ, कि उहाँ मानिसजस्तो पनि देखिनुहुन्न, उहाँको आकृति यति विचित्र (कुरूप) भएको थियो कि उहाँ मानिसजस्तो देखिनुहुन्नथ्यो। यो उहाँको दुःख कति ठूलो थियो भनी बताउने एउटा ठोस तरिका हो" (ऐजन, पृष्ठ ३३७-३३८)।

प्रभु येशू उहाँले दुःख भोग्नुभएको समयमा भयानक रूपले कुरूप हुनुभएको थियो। क्रूसमा टाँगिनुभन्दा अघिल्लो रात उहाँ "सङ्कष्टमा" हुनुहुन्थ्यो।

"..उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए" (लूका २२:४४)

यो उहाँ पक्राउ पर्नुभन्दा अघिको कुरा हो। त्यहाँ गेतसमनीको अन्धकारमा तपाईंको पापका निम्ति ख्रीष्टमाथि दण्ड आउन थाल्यो। सिपाहीहरू उहाँलाई पक्राउ गर्न आउँदा उहाँ रगतको पसीनाले निथ्रुक्क भिजिसक्नुभएको थियो।

फेरि तिनीहरूले उहाँलाई लगे अनि उहाँको अनुहारमा हिर्काए। अर्को ठाउँमा यशैया अगमवक्ताले दुःख भोग्ने दासले भन्नुभएको कुरा हामीलाई बताउँछन्,

"मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ'' (यशैया ५०:६)।

लूकाले भनेका छन्, "तिनीहरूले उहाँलाई अनुहारमा हिर्काए" (लूका २२:६४)। मर्कूसले भनेका छन् कि पिलातसले उहाँलाई "कोर्रा लगाए" (मर्कूस १५:१५)। यूहन्नाले भनेका छन्,

"तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए। अनि सिपाहीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए, र उहाँको नजीक आएर भने, 'प्रणाम, यहूदीहरूका राजा!' अनि तिनीहरूले उहाँलाई थप्पड् लाए" (यूहन्ना १९:१-३)

त्यसपछि तिनीहरूले उहाँका हात र खुट्टाहरू क्रूसमा कीला ठोकिदिए। यो कुरा डा. यङ्गले यसरी भनेका छन्, "उहाँको रूप यति कुरूप भएको थियो, कि उहाँ मानिसजस्तो देखिनुहुन्न थियो" (ऐजन, पृष्ठ ३३८)।

"जसरी उसदेखि धेरै जना व्याकुल थिए- उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो" (यशैया ५२:१४)।

कोर्राले हानेपछि, कुटाई खाएपछि अनि क्रूसमा टाँगिएपछि ख्रीष्ट कस्तो देखिनुहुन्थ्यो भनी चित्रण गर्ने प्रायः आधुनिक चित्रहरूमध्ये श्री मेल गिब्सनको ‘ख्रीष्टको दुःख-भोग" नामक चित्रजस्तो दुरुस्त अरू कुनै चित्र छैन। द स्कोफिल्ड स्टडी बाइबलले यस पदको विषयमा यसो भन्छ, "यसको अक्षरसः अनुवाद डरलाग्दो हुन्छः "उहाँको रूप यति बिग्रिएको थियो कि उहाँको आकृति र स्वरूप मानिसको जस्तो थिएन- अर्थात् मानिस जस्तो थिएन, त्यो क्रूरताको वर्णन मत्ती २६ मा गरिएको छ। जोसेफ हार्ट (१७१२-१७६८) द्वारा रचित यो स्तुति-गीत सुन्नुहोस्:

मुकुटले उहाँको कनपटमा घाउ र रक्ताम्मे भयो
हरेक अङ्गबाट रगतको धारा बग्यो,
उहाँको पिठिउँ गह्रौं कोर्राले चिथ्राचिथ्रा भयो
धारिलो भालाले उहाँको मुटु घोंच्यो।
श्रापित क्रूसमा नाङ्गै टाँगिनुभयो
पृथ्वी र माथि स्वर्गतिर उदाङ्गो
चोटहरू र रगतको प्रदर्शन
घाइते प्रेमको दुःखद प्रदर्शन!
("उहाँको दुःख-भोग'' जोसेफ हार्ट- १७१२-१७६८ द्वारा रचित,
"यो मध्यरात र जैतुनको डाँडामा'' भजनको लयमा)।

अनि किन, प्रिय उद्धारकर्ता किन
रगत बगाउँदै तपाईंले दुःख भोग्नुभयो?
कुन शक्तिशाली उद्देश्यले तपाईंलाई बढायो
उद्देश्य सरल थियो- ती सब प्रेमको खातिर गरिए!
   ("गेतसमनी, जैतुनको कोल!'' जोसेफ हार्ट (१७१२-१७६८) द्वारा रचित,
      ‘‘यो मध्यरात र जैतुनको डाँडामा'' भजनको लयमा)।

किन, मेरो प्रिय उद्धारकर्ता तपाईंको रूप "कुनै पनि मानिसको भन्दा त्यत्ति धेरै किन बिग्रिएको थियो, अनि तपाईंको आकृति मानिसहरूका छोराहरूको भन्दा धेरै किन बिग्रिएको थियो?" यसको उत्तर १२ पदमा दिइएको छ, अध्याय ५३ को अन्त्यमा, "किनकि उसले धेरैको पाप बोक्यो" (यशैया ५३:१२)। तपाईंका पापको निम्ति ख्रीष्टले चढाउनुभएको बलिदान यही नै हो- प्रतिनिधि बनेर चढाइएको बलिदान- येशू तपाईंका पापको निम्ति तपाईंको स्थानमा दुःख भोगेर क्रूसमा मर्नुभयो! यसमा हामी ख्रीष्टले परमेश्वरका निम्ति गर्नुभएको सेवा देख्दछौं। यसरी तपाईंको पापको मूल्य चुकाउन ख्रीष्टले गर्नुभएको बलिदान देख्दछौं।

३. तेस्रो, हामी ख्रीष्टले दिनुहुने मुक्ति प्रयोगमा ल्याइएको देख्छौं।

कृपया, खडा हुनुहोस् अनि यशैया ५२:१५ ठूलो सोरमा पढ्नुहोस्।

"त्यसरी नै उसले धेरै जातिमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्" (यशैया ५२:१५)।

तपाईंहरू बस्न सक्नुहुन्छ। डा. यङ्गले भनेका छन्, यहाँ, यो पदमा, १४ पदको ख्रीष्टको बलिदान र दुःखको व्याख्या र प्रयोग गरिएको छ,

उहाँ(अर्थात् ख्रीष्ट)किन कुरूप हुनुभयो भन्ने कुरा अगमवक्ताले बताएका छन्। यसरी.. यो कुरूप हुने अवस्थामा "उहाँले धेरै जातिमाथि छर्कनुहुनेछ।" कुरूप हुने, दासले अरूहरूका निम्ति केही गरिदिन्छ, त्यसमा उसले शुद्ध पार्ने विधि गर्छ। उहाँको कुरूपता(उहाँको दुःखमा) त्यो सर्त थियो, जसमा उहाँले जाति-जातिमाथि आफै शुद्धता ल्याउनुहुनेथियो। "उहाँले छर्कनुहुनेछ" भन्ने क्रिया शब्दले शुद्ध पार्नका निम्ति पानी वा रगत छर्कने कुरा बुझाउँछ। यो ख्रीष्टले(एक पूजाहारीको रूपमा) गर्नुहुने यस्तो कार्य हो, जसको यहाँ वर्णन गरिएको छ, अनि यो कामको उद्देश्य अरूहरूमा शुद्धता र पवित्रता ल्याउनु हो, एक पूजाहारीको रूपमा उहाँ आफैले पानी र रगत छर्कनुहुनेछ, र यसरी धेरै जातिलाई शुद्ध पार्नुहुनेछ। उहाँले दुःख भोग्ने एक व्यक्तिको रूपमा यो काम गर्नुहुनेछ, जसको दुःख भोगाई शुद्धिकरण गर्न अनि उहाँलाई हेर्नेहरूको आचरणमा गहन परिवर्तन उत्पन्न गर्नु हो (ऐजन, पृष्ठ ३३८-३३९)।

यो अगमवाणी दुरुस्त पूरा हुँदै ख्रीष्टको सुसमाचार प्रचारले यहूदी धर्मको बन्धन तोडिदियो र यो एउटा सर्वमान्य धर्म बन्यो। पहिलो शताब्दीदेखि नै "धेरैओटा जाति" लाई सुसमाचार प्रचार गरिएको छ, अनि सारा संसारमा नै मानिसहरू येशूको रगतद्वारा शुद्ध हुँदैछन्, अनि तिनीहरूलाई येशू ख्रीष्टमा पाइने मुक्तिमा ल्याइँदैछ, अनि डा. यङ्गले भनेझैं, "उहाँलाई हेर्नेहरूका आचरणमा गहन परिवर्तन उत्पन्न गर्दैछ।" संसारका जाति-जातिका सबै राजाहरू मुक्ति पाएका मानिसहरू नभए पनि तिनीहरूले "उहाँको अगाडि आफ्नो मुख बन्द गर्छन्" र नामधारी ख्रीष्टियन बन्छन्, र उहाँको विरुद्धमा बोल्दैनन्। आजको दिनसम्म रानी एलिजाबेथ द्वितीयले "उहाँको अगाडि" आफ्नो मुख बन्द राखेकी छिन्, अनि वेस्टमिनिस्टरको एब्बीमा ख्रीष्टियन सेवा हुँदा उनले आदरसाथ चूपचाप उहाँको अगाडि शिर निहुराउँछिन्। पश्चिमी र पूर्वीय संसारका अरू धेरै जना राजाहरूले कम्तीमा पनि उहाँप्रति बाहिरी आदर प्रकट गर्छन्। अनि तिनीहरूमध्ये धेरै जनाले रानी भिक्टोरियाले झैं आदर मात्र प्रकट नगरेर अरू धेरै कुरा गरेका छ्न्। साँच्चै, ख्रीष्टियमतको सुरुका वर्षहरूमा सम्राट कन्स्टेनटाइनले अनि अरू धेरै जनाले पनि त्यसै गरेका थिए।

"किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्" (यशैया ५२:१५)।

अगमवक्ता यशैयाले भविष्यवाणी गरेझैं ख्रीष्टको सुसमाचार संसारका जाति-जातिबीच फैलिएको छ।

"त्यसरी नै उसले धेरै जातिमाथि छर्कनेछ" (यशैया ५२:१५)।

अमेरिकाका राष्ट्रपति, जो नाम मात्रका ख्रीष्टियन हुन्, उनले पनि कहिलेकाहीं मण्डलीमा आएर आफ्नो शिर निहुराउँछन् अनि उहाँको अगाडि उनको मुख बन्द राख्छन्।"

तर मैले यो भन्नै पर्छ, कि यो अचम्मको भविष्यवाणीले युरोप, संयुक्त राज्य र अमेरिकाको विषयमा त्यत्ति धेरै कुरा बताउँदैन, जस्तो यसले एक पल्ट बताएको थियो। बाइबलमाथि भएको उदारवादको आक्रमण अनि फेन्नीले सुसमाचारलाई विकृत बनाई मण्डलीहरूलाई कमजोर पारेका र विभिन्न प्रकारले "निर्णयहरू गर्न लाउने" उसका भ्रमात्मक तरिकाहरूको पछि लाग्ने तिनका आधुनिक चेलाहरूको कारण पश्चिमी मुलुकका मण्डलीहरू भ्रम र गन्जागोल अवस्थामा छन्। तापनि अहिले विश्वास त्याग गरिरहेका, कमजोर हुँदै गइरहेका पश्चिमका मण्डलीहरूमा कुनै बेला देखिएको शक्तिशाली जागरण र जागृति आज विशाल तेस्रो विश्वमा फैलिँदैजाँदैछ। चीन, दक्षिणपूर्व एसिया, भारत अनि संसारका अन्य भागहरूमा अहिले असंख्यौं मानिसहरू सुसमाचार प्रचार गर्ने मण्डलीहरूमा आइरहेका समाचार पढ्दा हाम्रो हृदय गदगद् हुन्छ। निश्चय, तिनीहरू बारम्बार सतावटमा पर्छन्, तर दोस्रो शताब्दीमा तर्तुलियनले भनेझैं, "सहिदहरूको रगत मण्डलीको बीउ हो।" अनि तेस्रो विश्वका देशहरूमा आज यो सत्य भइरहेछ। सामान्य रूपले अमेरिका र पश्चिमी मुलुक तिनीहरूका ख्रीष्टियन पृष्ठभूमिबाट पछि हटेर जाँदैछन्, अनि मानवतावादी, रहस्यमय आत्मिक भ्रममा मिसिँदैछन्, तापनि स्पर्जनले यस्तो भविष्यवाणी गरेका थिए,

येशूले यहूदी जातिलाई मात्र होइन, तर सबैतिरका अन्यजातिहरूमाथि छर्कनु हुनेछ। सबै देशले तपाईंको बारेमा सुन्नेछन्, अनि घाँसहरूमाथि झरी आएझैं तपाईं आउनुभएको महसुस गर्नेछन्। ओझेलमा परेका टाढा-टाढाका कुलहरू अनि सूर्य अस्ताउने देशका बासिन्दाहरूले तपाईंको शिक्षा सुन्नेछन् अनि त्यसमा पिउनेछन्...। तपाईंले आफ्नो अनुग्रहपूर्ण वचनले धेरै जातिलाई छर्किनुहुनेछ (ऐजन, पृष्ठ २४८)।

स्पर्जनले एक हजार वर्ष अघि जुन वचनहरू भने त्यो समयभन्दा आज तिनको "अगमवाणीय" सन्देश अझ बढी वास्तविक बनेको छ। अनि यस्तो भएकोमा हामी आनन्दित हुन्छौं। आमिन।

यो प्रतिज्ञा अझै पनि पूर्ण रूपले पूरा भइसकेको छैन। तर यो पूरा हुनेछ- किनकि यो यशैया अगमवक्ताद्वारा परमप्रभुको मुखबाट बोलिएको हो, जसले भन्नुभयो,

"जाति-जाति तेरो प्रकाशमा आउनेछन्" (यशैया ६०:३)।

"जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ" (यशैया ६०:५)।

"हेर, तिनीहरू टाढादेखि आउनेछन्- कोही उत्तरदेखि, कोही पश्चिमदेखि र कोही आश्वानको देशदेखि आउनेछन्" (यशैया ४९:१२)।

चीन देशमा पहिलो मिसनेरी भएर जाने व्यक्ति जेम्स हडसन् टेलरले भने कि "सिनिम" चीनको भूभाग थियो, स्कोफिल्ड स्टडी बाइबलले पनि यशैया ४९:१२ को टिप्पणीमा त्यो चीनको भूभाग थियो भन्दछ। आज हाम्रै आँखाको अगि चीनमा यो घटना भइरहेको देख्दा हामी टेलर र स्कोफिल्डसँग कसरी असहमत हुन सक्छौं र? निश्चय, कम्तीमा प्रयोगको विषयमा नै भए पनि यो सत्य छ। गणतान्त्रिक चीन देशमा, अनि टाढा-टाढाका अरू देशहरूमा दिनहुँ हजारौं मानिस ख्रीष्टमा आइरहेका छन्, यस्तो भइरहेकोमा हामी आनन्दित हुन्छौं।

जसरी अमेरिकाले प्रत्येक दिन गर्भमा हुने तीन हजार असहाय शिशुको हत्या गर्दछ, अनि मण्डलीहरू हजारौंको संख्यामा बन्द भइरहेका छन्, तापनि टाढा-टाढाका देशहरूमा ख्रीष्टको काम बढिरहेको छ, र त्यो अझै बढदैजानेछ। हे परमेश्वर, तिनीहरूलाई अझ धेरै नयाँ आत्माहरू दिनुहोस्। परमेश्वर, ती मानिसहरू, जसले ख्रीष्टलाई चिन्छन् तिनीहरूलाई उहाँको नाउँको खातिर स्वेच्छाले दुःख भोग्ने साहस दिनुहोस्, तिनीहरू उहाँको दोस्रो आगमनमा चाँडै जाति-जातिहरूमाथि विजयी हुन सकून्!

तर आज बिहान म तपाईंलाई सोध्न चाहन्छु,"के तपाईं ख्रीष्टलाई चिन्नुहुन्छ? के तपाईंले उहाँलाई विश्वासद्वारा हेर्नुभएको छ, तपाईंको, हो तपाईंकै पापहरूको मूल्य चुकाउन 'जसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो'!" के उहाँले आफ्नो रगत तपाईंको पापमाथि छर्कनुभएको छ, र के स्वर्गमा परमेश्वरको पुस्तकमा त्यो लेखिएको छ? के तपाईं संसारको पाप उठाइलैजाने परमेश्वरको थुमाको रगतले शुद्ध पारिनुभएको छ? यदि शुद्ध पारिनुभएको छैन भने, के तपाईं उहाँको उपस्थितिमा "आफ्नो मुख बन्द" राख्दै र येशूको अगि आफ्नो शिर निहुराउँदै उहाँलाई तपाईंका आफ्नै प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुहुन्छ? अनि के तपाईं अहिले नै त्यसो गर्नुहुनेछ?"

कृपया, खडा भएर तलको भजन गाउनुहोस्।

मानव अपराधको अति ठूलो बोझ, उद्धारकर्तामाथि लादियो    दुःखको वस्त्रको निम्ति जस्तो, उहाँलाई पापीहरूका निम्ति प्रदर्शन गरियो
पापीहरूका निम्ति प्रदर्शन गरियो।

अनि मृत्युको ठूलो पीडामा, उहाँ रुनुभयो, उहाँले मेरो निम्ति प्रार्थना गर्नुभयो,
   मेरो अपराधी आत्मालाई अंगालेर प्रेम गर्नुभो, जब क्रूसमा कीला ठोकियो,
जब क्रूसमा कीला ठोकियो।

कति अचम्मको प्रेम! मानिसको भाषाले बुझ्न नसक्ने प्रेम
   प्रेम, जो अनन्त प्रेमको एउटा विषय बन्नेछ,
एउटा अनन्त प्रेम।
   (''लभ इन एगोनी'' विलियम विलियम्सद्वारा रचित, १७५९;
      ‘‘मेजेस्टिक स्वीटनेस् सिट्स एन्थ्रोन्ड'' को लयमा)।

यदि तपाईं प्रभु येशूमा विश्वास गर्ने र ख्रीष्टियन बन्ने विषयमा कुराकानी गर्न चाहनुहुन्छ भने यो सेवाको पछि हामीसँग भेट्नुहोला। डा. केगनले तपाईंलाई एकान्त स्थानमा लैजानुहुनेछ, जहाँ हामी कुराकानी गर्न सक्नेछौं। कृपया, अहिले नै जानुहोला। डा. चान, कृपया हाम्रो निमन्त्रणा स्वीकार गर्नेहरूका निम्ति हामीलाई प्रार्थनामा अगुवाइ गर्नुहोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।


सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो ऐबेल प्रुद्योमेद्वारा – मत्ती २७:२६-३६
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
( ''लभ इन एगोनी''- विलियम विलियम्सद्वारा रचित, १७५९)


रूपरेखा

परमेश्वरका दासको दुःख र विजय

(यशैया ५३ अध्याय- प्रवचन संख्याः १)
THE SUFFERING AND TRIUMPH OF GOD’S SERVANT!
(SERMON NUMBER 1 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

"हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ। जसरी उसदेखि धेरै जना व्याकुल थिए- उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो- त्यसरी नै उसले धेरै जातिमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेको कुरा तिनीहरूले बुझ्नेछन्" (यशैया ५२:१३-१५) ।

(प्रेरित ८:३४-३५)

१.  सर्वप्रथम, हामी ख्रीष्टले परमेश्वरका निम्ति गर्नुभएको सेवा देख्छौं, यशैया ५२:१३; फिलिप्पी २:७; फिलिप्पी २:९; प्रेरित २:३२-३३.

२.  दोस्रो, हामी पापको निम्ति ख्रीष्टले गर्नुभएको बलिदान देख्छौं, यशैया ५२:१४; लूका
२२:४४; यशैया ५०:६; लूका २२:६४; मर्कूस १५:१५; यूहन्ना १९:१-३; यशैया
५३:१२.

३.  तेस्रो, हामी ख्रीष्टले दिनुहुने मुक्ति प्रयोगमा ल्याइएको देख्छौं, यशैया ५२:१५; ६०:३,५; ४९:१२.